२०८३ भाद्र ७
२०८३ भाद्र ७

 

काठमाडौं, १७ असार ।

विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेबीच आठौँ विकेटकमा लागि नटआउट ७९ रनको साझेदारी भएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।

 

नेपालका जितमा ऐरीले नटआउट ८५ बलमा ७९ रन नटआउट बनाए । यस्तै सन्दीपले ३७ बलमा नटआउट २३ रन बनाए । टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले अलआउट हुँदै १८१ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाएर ४३.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।

 

यसअघि नेपालका लागि करण केसी र सन्दीपले तीन तीन विकेट लिएका थिए भने गुल्सन झाले २ र दीपेन्द्र तथा प्रतिश जिसीले एक एक विकेट लिएका थिए । अब नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ ।

 

काठमाडौ,  १७ असार ।

सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित भएको छ । आइतबार नेप्से सूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै उपसमूहहरु घटेका छन् ।

 

सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो । नाफा भएकाहरुले बिक्री गरे पनि बजारमा क्रेता पक्ष राम्रै रहेको देखिएको छ । नेप्से दोहोरो अंकले घटेका बेला पनि कारोबार रकम औसतमा रहेको छ ।

 

यस दिन २८६ कम्पनीको १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ लाख ५६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

 

काठमाडाैं, १७ असार ।

झापाकाे झापा गाउँपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित कन्काई नगरपालिका-२ बस्ने २८ वर्षीय गोपाल ठकुरीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकै बाह्रदर्शी गाउँपालिका-६ माहारानी झोडा बस्ने ६१ वर्षीय नर बहादुर सुनारलाई अवैध लागूऔषध गाँजा २ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । सुनारले लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजाहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

मकवानपुरकाे  हेटौंडा उपमहागनगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित भिमफेदी गाउँपालिका-५ बस्ने २४ वर्षीय रोहित मिजारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र-०३-००१ ज ३१५ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

पर्साकाे बहुदरमाई गाउँपालिका-७ भौटराटारबाट अवैध लागूऔषध गाँजाको धुलो १ केजीसहित सोही ठाउँ बस्ने ६५ वर्षीय  महेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको प्रहरीले साइकलयात्री महतोलाई जाँच गर्दा उक्त गाँजाको धुलोसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

 

कैलालीकाे जानकी गाउँपालिका-५ अमौराबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ सय ६० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ  गाउँपालिका-५ बस्ने ३४ वर्षीय अनिल चौधरी र २२ वर्षीय पुरन चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

 

धनकुटा, साँगुरिगढी गाउँपालिका-६ नमस्ते झरना छेउबाट अवैध लागूऔषध गाँजा ७३ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उक्त झरना छेउमा बेवारिसे अवस्थामा रोकी राखेको बीआर ३८ इ ४०८४ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

 

उदयपुर, १७ असार ।

६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

 

काठमाडौं, १७ असार ।

काठमाडौं महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र  ४ बुकतास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

मुम्बइ, १७ असार ।

बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् ।

 

आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर अब राशाले अभिषेक कपुरको फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् भन्ने पुष्टि भएको छ ।

 

रस थडानीको यो डेब्यु फिल्म एक्सन–एड्भेन्चर फिल्म हुनेछ, जसको छायांकन छिट्टै सुरु हुँदैछ । यस फिल्मबाट अजय देवगनका भतिजा अमन पनि राषासँग डेब्यु गर्दैछन् । फिल्ममा अजय देवगन पनि रहने बताइएको छ । फिल्मको नाम भने खुलाइएको छैन तर सन् २०२४ को फेब्रुअरी–मार्चसम्ममा रिलिज हुने बताइएको छ । समाचार अनुसार यो ९ फेब्रुअरी २०२४ मा रिलीज हुन सक्छ।

 

राशि थडानी भर्खर १८ वर्षकी भएकी छिन् र उनले यसै वर्ष स्नातक गरेकी छिन् । राशा राम्रो डान्सर पनि हुन् । आमा रविना टण्डनसँगको उनको तस्बिर सामाजिक सञ्जालमा प्रायः देखी नै रहन्छ । अमनको कुरा गर्दा उनी अजय देवगनकी बहिनी नीलमका छोरा हुन् । अमनलाई अभिनयको मन छ र उनी चलचित्रमा काम गर्न चाहन्छन् । अभिषेक कपुरले यी दुबै स्टार किड्सलाई लन्च गर्ने जिम्मेवारी लिएका छन् ।

 

यसअघि अभिषेकले सारा अली खानलाई फिल्म केदारनाथमा लन्च गरेका थिए ।

 

नयाँदिल्ली, १७ असार ।

छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।

 

प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

हवल्दारले आफनी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ ।

 

राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो । यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

 

यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ ।

 

बैंकक, १७ असार ।

गत हप्ता, बैंककको एक विद्यालयमा फायर ड्रिलको क्रममा आगो निभाउने उपकरण विस्फोट भयो। दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो लापरवाहीलाई जवाफदेही बनाउन जनताको माग छ ।

 

यसैबीच १८ वर्षीय विद्यार्थीको अन्तिम संस्कारमा चार दमकल पनि पुगेका थिए । भगवा लुगा लगाएका, टाउको खौरिएको, चारै हात समातेर भुइँमा घुँडा टेकेको देखियो । परम्परागत रूपमा यो प्रथा मृतकका रगतका नातेदारहरूको लागि हो, त्यसैले बौद्ध धर्मगुरुहरू यसरी पुग्नु अचम्मको कुरा थियो।

 

अन्त्येष्टि अघि अभिषेक समारोहमा पुग्ने अग्नि नियन्त्रकहरू पछुताउने वा पश्चाताप गर्ने तरिका थियो। त्यहाँ केटाका दुई सहपाठी विद्यार्थी पनि थिए । वास्तवमा यी मानिसहरू थाई परम्परा अनुसार तपस्या गर्ने उद्देश्यले छोटो समयका लागि भिक्षु बनेका छन्। बुद्ध धर्ममा भिक्षु बन्नु क्षमा खोज्ने तरिका हो। तर थाइल्याण्डमा अरुलाई हानि पुर्याउनेहरुमा यो प्रचलन सामान्य भएको छ ।

 

बौद्ध धर्मगुरुहरू चिन्तित छन् कि यी सुधारात्मक प्रक्रियाहरू दुर्व्यवहारको उपचार गर्न प्रयोग भइरहेको छ। यसले बुद्ध धर्मको प्रतिष्ठामा चोट पुर्‍याइरहेको छ, जुन घोटालाहरू पछि पहिले नै पतन भइरहेको छ। थाई बौद्ध विद्वान केतवाडे कुलाबकाउ भन्छन्, ‘थाई गुम्बाहरूले मृतकको परिवारले सहमत भएमा कसैलाई केही दिन केही हप्ता वा केही महिनाको लागि स्वीकृति दिनेछन्।

 

मनमोहक जीवनमा प्रवेश गर्न र बाहिर निस्कन धेरै सजिलो छ। यसका कारण थाइल्याण्डका धेरै मानिसहरू विभिन्न कारणले भिक्षु बन्न रोज्छन्।

 

सन २०२१ मा एक धनी व्यापारीले मादक पदार्थ सेवन गर्दा दुई जनालाई ठक्कर दिए पछि भिक्षु बने। उनले पीडित परिवारलाई १० करोड रुपैयाँ पनि दिएका थिए । तर भिक्षु बनेर मात्र क्षमा मिल्दैन। गत वर्ष एक युवा प्रहरीको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको थियो ।

 

प्रहरी प्रायश्चितको लागि भिक्षु बने तर यसले जनताको आक्रोश कम भएन । लापरबाही गर्ने चालकलाई कारबाही गर्न माग जारी छ । तीन दिनपछि पुलिसले भिक्षुत्व छाड्नुपर्‍यो, किनभने मानिसहरूले भिक्षु बन्न योग्य नभएको तर्क गरे।

 

महाचुलालोङकरन विश्वविद्यालयका दर्शनशास्त्रका प्राध्यापक सोमपर्ण प्रोमाता भन्छन्, ‘थाइल्याण्डका मानिसहरूले भिक्षु बन्नु भनेको अपराध गर्नु र भिक्षु बन्नु जस्ता गल्तीहरूको प्रायश्चित गर्न सकिन्छ भन्ने विश्वास गर्छन्।

 

यो मनोवृत्तिले समाजलाई राम्रो भन्दा बढी हानि पुर्‍याउँछ किनकि यसले सामान्य मानिस, सरकारी अधिकारी वा राजनीतिज्ञ जो कोहीले पछुताउने सार्वजनिक प्रदर्शन मार्फत अपराधको बोझ कम गर्न सक्छ भन्ने विश्वासलाई कायम राख्छ।

 

काठमाडौं, १७ असार ।

आज नेपालले संयुक्त अरब इमिरेटस (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

 

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

 

पेरिस, १७ असार ।

फ्रान्समा १७ वर्षीय बालक नाहेलको हत्याको पाँचौ दिनसम्म पनि हिंसा जारी छ ।

 

जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन् । उनले जर्मन राष्ट्रपति फ्रान्क(वाल्टर स्टाइनमेयरसँग कुरा गरेपछि आफ्नो भ्रमण स्थगित भएको घोषणा गरे। उनी आइतबारदेखि तीन दिने जर्मनी भ्रमणमा जाँदै थिए ।

 

अर्कोतर्फ फ्रान्समा फैलिएको हिंसा बेल्जियमसम्म पुगेको छ। त्यहाँ भएका हिंसाहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

 

राष्ट्रपति इमानुएल म्याक्रोनले बेलायती गायक एल्टन जोनको कन्सर्टको मजा लिइरहेको भिडियो सार्वजनिक भए पछि उनको ब्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको गैरजिम्मेवारपूर्ण व्यवहार भनेका छन् । सीएनएनका अनुसार बुधवार पेरिसमा एल्टनको कन्सर्ट थियो। म्याक्रोन त्यहाँ आफ्नी पत्नीसँग देखा परेका थिए।

 

एल्टनका पतिले म्याक्रोनसँग स्टेज पछाडि खिचिएको फोटो पनि पोस्ट गरे पछि राष्ट्रपतिको ब्यापक आलोचना सुरू भएको हो ।

 

आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले प्रदर्शनकारीले हालसम्म देशभर २ हजारभन्दा बढी कार जलाएका छन् । प्रदर्शनमा दुई सयभन्दा बढी प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरूले सात सयभन्दा बढी पसल, सुपरमार्केट, रेष्टुरेन्ट र बैंकमा आगजनी र तोडफोड गरेका छन् । चौथो दिन प्रहरीले १३ सय आन्दोलनकारीलाई पक्राउ गरेको छ । न्याय मन्त्री एरिक डुपोन्ट मोरेट्टीले भने, ‘पक्राउ परेका मध्ये ३० प्रतिशत १८ वर्ष मुनिका छन् ।

 

रोयटर्सका अनुसार स्थिति नियन्त्रण गर्न सडकमा ४५ हजार प्रहरीसहित सशस्त्र सवारीसाधन तैनाथ गरिएको छ। अल्जेरियन मुलका एक किशोरलाइ ट्रापफिक प्रहरीले नियन्त्रणमा लिएर गोली चलाए पछि फ्रान्समा हिंसा फैलिएको हो । जुन अझै जारी छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।