२०८३ भाद्र ७
२०८३ भाद्र ७

रौतहट, १९ असार । रौतहटको परोहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि ४७ करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको बजेट ल्याएको छ ।

गत असार १० गते सम्पन्न नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०।८१ का लागि ४७ करोड ५७ लाख ३२ हजार सात सय रुपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

नगरपालिकाले दिएको जानकारी अनुसार चालुतर्फ ३१ करोड १७ लाख ३२ हजार र पुँजीगततर्फ १६ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ

सतौ नगर सभा निति तथा कार्यक्रम २०८०.८१

 

आरके श्रीवास्तव,रौतहट,असार १८ गते

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १ ले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले वडा नम्बर १ मा आज(आईतवार)एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

सो नगरपालिकाको वडा नम्बर १ भित्र बसोबास गर्ने ७० वर्ष माथिका १ सय ५० जनालाई जनही झुल,टर्च र छाता प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको हो । वडा अध्यक्ष बिजय यादवले जेष्ठ नागरिकहरु लाइ ती सामानहरु प्रदान गरेर सम्मान गर्नु भएको हो ।

जेष्ठ नागरिकहरुलाई आत्मसम्मान बढाउनका लागि सम्मान गरिएको वडा अध्यक्ष यादवले बताए । वडा स्तरीय योजना बाट ५ लाख बजेट छुट्टयाएर उक्त कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

सो नगरपालिका अन्तर्गत वडा नम्बर १ मा पहिलो पटक यसरी जेष्ठ नागरिकहरुको आत्मसम्मान हुने काम गरेकोमा उनिहरु सुखी भएका छन् । वडा बाट बृद्धबृद्धालाई सम्मान गर्दा खुसी लागेको बृद्धहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले भनेका छन् म वडा अध्यक्षलाई धन्यबाद दिन्छु ।

बुढापाकालाई यसरी सम्मान गर्नु यो भन्दा ठुलो धर्म अरु नभएको उनीहरुक बताउँछन् । सो अवसरमा वडा सचिव ब्रिजकिशोर यादव, वडा सदस्यहरु रामपृत यादव,सिकलिा देवी,रामप्रवेश मुखिया,जगरनाथ यादव,विरेन्द्र ठाकुर लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

काठमाडौं, १८ असार ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका  छन् ।

उनी श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

साथै उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा पनि सहभागी हुनेछन् ।

 

काठमाडौं, १८ असार ।

दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्न माग गरिएकाके छ ।

 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग  लिँदै सांसद भुवनबहादुर सुनारले दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

 

२३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका उनले सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाए ।

 

विराटनगर, १८ असार ।

सरकारले मोरङस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. झालाई कोशी अस्पतालको मेसुमा नियुक्त गरेका हुन् ।

 

कैलाली, १८ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने भएका छन् । यसबारे परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक रुपमा जानकारी दिएका हुन् ।

 

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् । प्रधानममन्त्री प्रचण्ड आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जाने कार्यक्रम तय भएको मन्त्री साउदको भनाइ छ ।

 

यद्यपि, प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रधानमन्त्रीको सचिवालय र चिनियाँ पक्षले हालसम्म कुनै पनि सार्वजनिक रुपमा जानकारी गराएका छैनन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे जानकारी दिएका हुन् ।

 

काठमाडाैं, १८ असार ।

कञ्चनपुर, डोटी र  मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । कञ्चनपुरकाके भिमदत्त नगरपालिका-४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका-७ बस्ने २३ वर्षीय किरण जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

डोटीकाे दिपायल सिलगढी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रमसहित सोही नगरपालिका-४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपायल सिलगढी नगरपालिका-६ बस्ने २५ वर्षीय पवन शोपबाट खरिद गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

 

मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ । दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

काठमाडौं, १८ असार ।

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

 

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

 

मंगलबार हुने फाइनलमा नेपालले घरेलु टोली मलेसियासँग खेल्नेछ ।

 

काठमाडौ,  १८ असार । 

प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सो शेयरमा आजदेखि जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले जेठ १० गते विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

सो समयमा कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेकोले आजदेखि सर्वसाधारण तथा संस्थापक शेयरधनी दुवैले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सूचना प्रकाशित मितिले १५ दिन भित्र कम्पनी सचिवको कार्र्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

काठमाडौं, १७ असार ।

विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेबीच आठौँ विकेटकमा लागि नटआउट ७९ रनको साझेदारी भएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।

 

नेपालका जितमा ऐरीले नटआउट ८५ बलमा ७९ रन नटआउट बनाए । यस्तै सन्दीपले ३७ बलमा नटआउट २३ रन बनाए । टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले अलआउट हुँदै १८१ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाएर ४३.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।

 

यसअघि नेपालका लागि करण केसी र सन्दीपले तीन तीन विकेट लिएका थिए भने गुल्सन झाले २ र दीपेन्द्र तथा प्रतिश जिसीले एक एक विकेट लिएका थिए । अब नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।