काठमाडौ, २१ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार ठुलो नेपाली गोलभेडा, लौका, घिरौला, पालूगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
साथै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ५३ रुपैयाँ ४० पैसा तोकिएको छ ।
यसैगरी, लोकल गाजर ९२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) र भेडे खुर्सानी ७५ रुपैयाँ, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसा, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसामा काराेबार हुदाँ लाम्चो भन्टा र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, हाइब्रीड सेतो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी र तने बोडी १२५ रुपैयाँमा किनबेच भएकाे छ ।
मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११० रुपैयाँ, परवर, गान्टे मूला, चुकुन्दर र स्कुस ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, पाकेको फर्सी ४३ रुपैयाँ ३३ पैसा, भिण्डी १०५ रुपैयाँ, रायोको साग, न्यूरो, हरियो प्याज, हरियो तरबुजा, लोकल नासपाती र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँमा खरिद बिक्री हुदाँ कुरीलो २३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, फूजी स्याँउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, कालो अंगुर ५७५ रुपैयाँ, भुई कटहर १९० रुपैयाँ, लोकल काक्रो ९२ रुपैयाँ, लोकल लिच्ची १४५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३०० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ पर्नेछ ।
काठमाडौ, २१ असार । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४५ पैसा रहेको छ।
हिजो अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ९४ पैसा र बिक्री दर १३१ रूपैयाँ ५४ पैसामा काराेबार भएकाे थियाे भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ ६९ पैसा र बिक्री दर १४३ रूपैयाँ ३४ पैसा रहेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ७० पैसा र बिक्री दर १६७ रूपैयाँ ४६ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।
उता जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १९ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ कायम गरिएकाे छ ।
काठमाडौं, २१ असार । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

हिजो दिउँसो २ः३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाईएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो ।
भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिए पछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।
काठमाडौं, २१ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
रौतहट, असार २० ।
रौतहटको कटहरिया नगरपालिकामा स्थानीय तहका सदस्यहरु तथा कर्मचारीहरुका लागि तहको एन कानून सम्बन्धित तिनदिने तालिम आजबाट सुरु भएको छ । आज (बुधबार) देखि नगरपालिकाको आयोजनामा पालिका भित्रका कर्मचारी तथा स्थानीय तहका सदस्यहरुकालागि सो तालिम आजबाट सुरु गरेका छन् ।
आजदेखि नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रमको प्रमुख अथिति तथा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले उदघाटन गरेको थियो । सो कार्यक्रममा कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देबि यादवको विशिष्ट अथिति रहेकी थिईन् भने प्रशासकिय अधिकृत राम प्रकाश साह, वडा अध्यक्षहरू, कर्यपालिका सदस्य मनोज जैयसवाल, पालिकाका कर्मचारीहरुको अतिथ्यतामा सो कार्यक्रम संचालन भएको थियो ।
रन्धिर साह, रौतहट, असार २० ।
कटहरियाका नगरपालिकामा आज (बुधबार) देखि राष्ट्रिय परिचयपत्र अनलाईन प्रणाली मार्फत बनाउने कार्य शुरु गरेका छन् । जिल्लाकाे कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकास जयसवाले आज एक कार्यक्रमका बीच राष्ट्रिय परिचयपत्र अनलाईन प्रणाली मार्फत बनाउने कार्य शुरु गरेका छन् । उनले आफ्नो पालिकाका सबै स्थानीयहरु राष्ट्रिय परिचयपत्र बनाउनका लागि गौर जानु पर्ने बाध्यतालाई समाप्त गर्ने उदेश्यसहित आफ्नै पालिकामा आजदेखि निरन्तरता दिने गरि नगर प्रमुख जयसवालले सो प्रणली पालिकामा सुरु गरेको छन् । साथै उनले आफ्नो राष्ट्रिय परिचयपत्र बनाएर निरिक्षण समेत गरेका छन् । मेयर जयसवालका अनुसार हाम्रो पालिकामा १ देखि ९ वटा वडाहरु रहेका छन् । सो वडा बासिहरु सरकारले अवाहन गरेको राष्ट्रिय परिचयपत्रका लागि गौर जानु पर्ने र घन्टौँ लाइनमा बस्नु पर्ने समस्या आजबाट समाधान भएको बताए । उनले नगरपालिका भित्र रहेका जनसमुदायलाई जानकारीको लागि काे लागि सूचना जारी गरेर जनाएका छन् । नगरबासीलाई समयमै सो सेवा लिन नगरप्रमुख जयसवालले आग्रह समेत गरेका छन् ।
रन्धिर सह, रौतहट, असार १९ गते ।
रौतहट प्रहरीले आज (मंगलबार) अस्थायी प्रहरी चौकी जुडिवेला र गैडाटारको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । आज विहान ९ः३० बजेको समयमा कार्यालय प्रमुख एक नारायण कोईरालाले कार्यालय मातहत अस्थायी प्रहरी पोस्ट जुडिवेला र गैडाटार रौतहटको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।
सो चौकीहरुमा निरीक्षणको क्रममा कार्यालयको बस्तुस्थिती व्यक्तिगत टर्नआउट, कार्यालय व्यारेक भवन निरीक्षण गरेका छन् । साथै सो कार्यालयका सम्पादित काम कारवाहीको सम्वन्धमा जानकारी लिनुको साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री ढंगबाट गर्न गराउनु भनि निर्देशन समेत दिएको थियो ।
रन्धिर साह,रौतहट, असार २० ।
रौतहटमा विभिन्न मुद्धामा फरार रहेका एउटै गाउँका ५ जना प्रतिवादीहरु लाई प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लो दिनहरुमा रौतहट प्रहरीले दैनिक रुपमा अभियान नै सञ्चालन गरि फरार प्रतिवादीहरुको पक्राउ गर्ने कार्यलाई तिव्रता दिएको देखिन्छ । यस्तै आज प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ५ जना प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्नेहरुमा गढिमाई नगरपालिका वडा नं. ८ बरियारपुर निवासी करिब ४२ वर्षीय दिनेश राय यादव, सोही गाउँका ३८ वर्षीय सतेन्द्र राय यादव, ४० वर्षीय नवल राय यादव, ४१ वर्षीय रामबिशवास राय यादव र करिब ४१ वर्षीय बिगु राय यादव रहेका छन् । जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय भई हालसम्म फरार रहेका प्रतिवादीहरुलाई रौतहट प्रहरीको गस्ती टोलीले गस्ती गर्ने क्रममा मंगलबार करिब १५ः०० बजेको समयमा रौतहटको गढिमाई नगरपालिका वडा नं. ८ बरियारपुर स्थितमा कुटपिट मुद्दा शिर्षकका फरार उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी रौतहट जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट । बज्जिकाञ्चल खबर।दैनिकको समाचारको प्रभाव परेको छ । खाल्डो खनेर छोडेका ठेकदारले लगाए घेराबेरा लगाएका छन् । कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेको भनि समाचार प्रकाशन भएको थियो । समाचार बाहिर आएपछि ठेकदारको ध्यानाकृष्ट भएको हो । खाल्डो खनेको कारण सो बाटो भएर आउजाउ गर्न दुर्घटनाको जोखिम बढेको थियो ।
उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने थियो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका थिए । जसकारण दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका थिए ।

एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको थियो । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुपरेको थियो ।
यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने जनाएका थिए ।

ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो ।
आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहटको दक्षिणी भेग बौद्धिमाइ नगरपालिकाको कोपवा बजार चौकमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले कोपवा स्थित चौकमा वृक्षारोपण गर्नु भयो ।

उनले धुपीको विरुवा रोपेर शुभारम्भ गरिएको कार्यक्रममा टिकी,क्रेटोन,साइकस लगायतका विरुवाहरु रोपिएको थियो ।
उक्त अवसरमा मेयर यादवले रोपिएको विरुवालाई संरक्षण गरी हुर्काउनु सबैको कर्तव्य रहेको बताए । बौद्धीमाइ वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मीनारायण यादवले पिपरिया चौकको संरक्षणका लागि आफूहरु सधैं सकारात्मक रहेको बताए । साथै सो चौकको सौन्दर्यीकरणका लागि रोड डिभाडर भित्र विरुवाहरु रोपिएको उनले बताए ।