२०८३ भाद्र ७
२०८३ भाद्र ७

 

काठमाडाैं, २५ असार ।

अविरल वर्षा र बाढीले पाकिस्तानको आर्थिक अवस्था नाजुक बनाएको छ ।

अविरल वर्षाका कारण मुलुकभर अहिलेसम्म कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (NDMA) लाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेकाे छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् हालसम्म मारिने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।

 

भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।

गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

 

इस्लामबाद, २५ असार ।

पाकिस्तानमा मास्क लगाएका बदमाशहरूले शनिबार राति थप एक पत्रकारलाई अपहरण गरेका छन् ।

द न्युज इन्टरनेशनलको रिपोर्ट अनुसार दैनिक जंगका वरिष्ठ रिपोर्टर सैयद मुहम्मद अस्कारीलाई कयुमाबाद केपीटी इन्टरचेन्ज नजिकै मुखौटा लगाएका र सादा लुगा लगाएका बदमाशहरूले अपहरण गरेका थिए।

अस्करीभन्दा अगाडि जियो न्यूजका पत्रकार जुबेर अन्जुम पनि अपहरणमा परेका छन् ।

 

हेमन्त केसी ,सुर्खेत , २५ असार।  

भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठको अन्तिम साता जाजरकोटमा पठाएका नयाँ सडक योजनाहरु वातारणीय प्रभाव मुल्याकंन विना नै खनिएको पाइएको छ । वन क्षेत्र सखाप बनाएर यि नयाँ योजनाहरु जथाभावी निर्माण गर्दा बर्षायाममा पहिलोको उच्च जोखिम बढेको छ ।

प्रहरी ,प्रशासन तथा डिभिजन वन कार्यालयको सहयोगमै ति २८ योजनाहरु निर्माण भएको पाइएको छ । प्रहरीले सुरक्षा दिएरै सडक निर्माण कार्य गरिएको समेत खुलेको छ । सामुदायिक वन उपभोक्ता समूहले सडक निर्माण कार्य राक्न दिइएको निवेदन समेत लत्याएर शक्ति केन्द्र नजिक रहेका व्यक्तिलाई उपभोक्ता समितिमा राखी सडक निर्माण गरिएको हो । उपभोक्ता समितिका पदाधिकारीले सिधै वनमा डोजर हालेर सडक खनि पूर्वाधार विकास कार्यालयबाट प्राविद्यिकलाई सडक नाप्ना समेत बोलाएको पाइएको छ । आवश्यकताभन्दा पनि सडक निर्माण कार्यलाई नाममा कमाइ खाने भाँडो बनाई कार्यक्रतामूखी बजेट छरेर जहाँ ,तही सडक खनिएका छन् ।

यसरी खनिएका सडकमध्ये बल्ले हाडेइनजा सडक निर्माण छेडागाड १२ , कार्कीज्यूला करुका घर्तीगाउँ सडक बारेकोटल ५ , भगवती माध्यमकि विद्यालयदेखि एकीकृत बस्तीसम्म सडक निर्माण , भदाले लामातडा बाह्र भदौ सडक छेडागाड १२ , खट्कटा देखि सक्ला टोलसम्म बारेकोट ९ , मेलटाकुरी बिरा सडक जुनीचाँदे ४ , उखाले देखि तल्लो हितानगाउँ सम्म सडक नलगाड १३ , कोल्यानी छुतीपाल्ती बण्डाला बारेकोट ८ , कुरीखेत जब्ल बल्लेवाट जुम्ली पोखरी सडक , चिप्लेटा चौखेढुंगा बा्रहथान रिमिदारा सडक , साप्नेखेत गमराख राँगाखाली हुँदै हल्चौर बारेकोट जोडने सडक , भुम्के बुरेली सडक भेरी ४ , लामातरा सालातडा राउटेडाडा रानीखेत जुनिचाँदे ५ र खन्नेटा देउराली शिवालय २ का सडक रहेका छन् ।

 

त्यस्तै उम्मे ढुंगादेखि जुरेली सडक नलगाड १ , रानी खेत जिरो प्वाइन्ट थर्पडाडा हुँदै रगुनाथ नलगाड ५ , मैला डाडादेखि चोती बिसाउन हुँदै स्वास्थ्य केन्द्र भेरी ५ लगाएतका २८ वटा नयाँ योजना वातारणीय प्रभाव मूल्यांकन विना नै खनिएका छन् । वन क्षेत्र फडानी गरेर जथाभावी सडक खनि पूर्वाधार विकास कार्यालयलाई दबाबमा राखेर शक्ति केन्द्र नजिक भएका व्यक्तिले भुक्तानी समेत लिएको पाइएको छ ।

निर्माण गरिएका सडक नभई मृत्यु मार्ग बन्नुका साथै वर्षायाममा भलले बगाउने सडक भएको पाइएको छ । वन क्षेत्र सखाप भएको भनि डिभिजन वनमा परेको उजुरी माथी समेत सुनुवाई नभएको पाइएको छ । प्रदेश सरकारका बहालवाला मन्त्रीहरुको दबाबमा जिल्ला स्थित कार्यालयका प्रमुखहरु चुप लागेर बसेको पाइएको छ । गलत भयो भन्ने थाहा छ तर बोल्न मिलेर के गर्नु भन्दै एक कार्यालय प्रमुखले आफूहरु हैरान भएको बताएका छन् । सडक निर्माण भन्दा अगाडी वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर मात्र सडक निर्माणको सुरुवात गर्नुपर्ने हुन्छ । जिल्लामा जेठ अन्तिममा आएका सडकहरु भने कुनै पनि प्रक्रिया पुरा नगरी सिधै प्रदेशसभा सदस्य तथा मन्त्रीहरुले भनेकै मान्छे उपभोक्ता समितिमा राखेर डोजर लगाइ भकाभक सडक निर्माण गरिएको हो । प्रत्येक टोलमा सडक निर्माण लिने बहानामा पानीका मुहान देखि खेतीयोग्य जमिन समेत ठाउँ ठाउँमा पुरिएको छ ।

नयाँ आएका सडक निर्माण पछि भुक्तानी लिदा पूर्वाधार विकास कार्यालयका प्राविद्यिकलाई समेत मोटो रकम बुझाएर सडक पास गराएर भुक्तानी लिएको समेत खुलासा भएको छ । प्राविद्यिकले उपभोक्ताबाट रकम लिनका लागि मूल्यांकन घटाउने काम गरेको र रकम दिएपछि मात्र मूल्यांकन बढाउने काम गरेको खुलासा भएको छ । पूर्वाधार विकास कार्यालयबाट यो आर्थिक वर्षमा सञ्चालमा रहेका अधिकांश सडकमा आवश्यकता भन्दा बढी बिल उठाएर जिल्ला कार्यालयलाई एकै योजनाबाट ८ लाख सम्म कमिसन असुलेको पाइएको छ । त्यस्ता कमिसन असुल भएका योजनाहरु निर्माण गर्दा प्रहरीले समेत सुरक्षा दिएको पाइएको छ ।

निरीह बन्यो डिभिजन वन

वातारणीय प्रभाव मूल्यांकनविना निर्माण गरिएका सडकका विषयमा डिभिजन वन कार्यालयमा उजुरी परे पनि डिभिजन वन कार्यालय कारबाही गर्न असफल भएको छ ।  देखेर पनि नदेझैँ गरि बसेको डिभिजन वन कार्यालय जाजरकोट वन क्षेत्रको कुरा गर्न बित्तिकै कार्यालयको फोन नै अफ गरेर बसेको आरोप लागेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो समेत जथाभावी निर्माण भएको सडकका विषयमा मौन बसेका छन् । सडक निर्माण गर्दा वन क्षेत्र भएको भन्दै बिरोध गर्ने व्यक्तिलाई तह लगाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरेर काम सुरुवात गरिएको थियो ।

 

 

रन्धिर साह, रौतहट, असार २४ ।

रौतहटको एक किसानको खेतमा काम गर्ने क्रममा निधन भएको छ । निधन हुनेमा जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ स्थित रहेका सोनरनिया निवासी मनिर मिया अन्सारी रहेका छन् । मौलापुरमा आज भएको यो घटनाले किसानहरुको लागि एउटा प्रश्न खडा गरेका छन् भन्दै पुर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुःख व्यक्त गरेका छन् ।

साथै उनले राष्ट्रका लागि काम गर्दै गर्दा निधन भएका कारण मियालाई नेपाल सरकारले क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ, उनले माग राखेका छन् । उनले आज आफ्नो सोसल मिडिया फेस्बुकमा सो विषय वस्तु उल्लेख गरेका छन् । उनी भन्छन् भावपूर्ण श्रद्धाञ्जली सहित गहिरो समवेदना । मृतक किसान परिवारलाई राहत स्वरूप क्षतिपूर्तिको माग गर्दछु ।

अन्सारीको खेतमा काम गर्ने क्रममा चर्कों गर्मीका कारण निधन भएको खबरले दुःखी बनाएको छ । उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । आज देशमा अन्नदाता किसानको अवस्था कति पिडादायी छ ?

भन्ने विषय मनिर मिया अन्सारीको मृत्युले स्पष्ट गर्दछ । खेतमा काम गर्दा गर्दै निधन हुने किसानको परिवारलाई राहतको ब्यवस्था गर्न उचित देखिएकोले मृतक मनिर मियाको परिवारलाई राहत स्वरूप अवश्यक क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष जोड़दार माग गर्दछु ।

 

काठमाडाैं, २५ असार । 

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

नवलपरासी (पश्चिम)काे बर्दघाट नगरपालिका-१२ चौपत्ताबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका-१४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका-७ घर भई बाँके कोहलपुर नगरपालिका-११ बस्ने २६ वर्षीय दिपक वलीलाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बाँकेकै राप्तिसोनारी गाउँपालिका-५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका-५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगंजबाट बैजापुरतर्फ जाँदै गरेको भे.७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

धादिङकाे थाक्रे गाउँपालिका-२ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ४० वर्षीय जय बहादुर तितुङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

 

झापाकाे दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दमक नगरपालिका-६ बस्ने २० वर्षीय अन्जान मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमक नगरपालिका-१ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

मुगु २४ असार ।

पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य दानसिंह परियारसहित पक्राउ परेको विषयमामा एमालेले विरोध प्रदर्शन गरेको छ ।

बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।

 

शनिबार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बर बहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका छन् ।

 

शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए ।

 

काठमाडौं, २५ असार ।

हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ ।

 

नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिएको छ ।

 

हेटौंडा–भरतपुर खण्ड प्रसारण लाइन सञ्चालनमा आएपछि हेटौडाबाट भरतपुरतर्फ र भरतपुरबाट हेटौंडातर्फ करिब १७० मेगावाट विद्युत् प्रवाह गराउन सकिन्छ । अहिले रहेको पुरानो १३२ केभी प्रसारण लाइनबाट करिब ९० मेगावाट मात्र विद्युत् प्रवाह हुँदै आएको थियो । हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि केही सहज हुने छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।

 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजना सन् २००८मा सुरु गरिएको थियो । आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।

 

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो ।विश्व बैंकले आयोजनाबाट २०७८को कात्तिकबाट हात झिकेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।
हेटौंडा–भरतपुर खण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित निर्माणाधीन सबस्टेसनमा लाइन लैजानका लागि २२० केभी चार सर्किट (मल्टी सर्किट)का २ वटा टावर निर्माण भइरहेको छ । उक्त काम आगामी भदौभित्रमा सम्पन्न हुने आयोजना प्रमुख सन्तोष साहले बताए ।

 

हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आईकम टेलबीच  २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको थियो । त्यसपछि नयाँ टेण्डर आह्वान गरी २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

भरतपुर–बर्दघाट खण्ड साउनभित्र

 

आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२०केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण २०७७ चैतबाट यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो । जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकिरहेको थिएन ।

 

सर्वोच्च अदालतले रिट खारेज खारेज गरिदिएसँगै स्थानीयसँग सहमति जुटेपछि टावर निर्माण अगाडि बढेको थियो । अहिले टावर निर्माण भइसकेको छ । १.७ किलोमिटर तार तान्न सुरु गरिएको छ ।  नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको थियो । प्रसारण लाइनको क्षमताले नधान्दा अहिले भरतपुरबाट वर्दघाटतर्फ विद्युत् प्रवाहका लागि समस्या रहेको छ ।

 

 

 

काठमाडौं, २५ असार ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ रहेको जनाएको छ ।  सोमबार जेठ मसान्तसम्मको विवरण सार्वजनिक गरेको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति११ अर्ब ३० करोड अमेरिकी डलरमा रहेको जनाएको हो ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असारमसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

 

आर्थिक वर्ष २०७९÷८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले आफ्नो विवरणमा उल्लेख गरेको छ ।

 

गत जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरुक्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

 

काठमाडौं, २५ असार ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको जनाएको छ ।

राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थतथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको छ ।

 

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ ।

 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

 

काठमाडौं, २५ असार ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको जनाएको छ ।

राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।

 

गत जेठसम्म कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

 

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड,अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाब्एको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो ।

 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

 

निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।