२०८२ कार्तिक २८
२०८२ कार्तिक २८

आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख । 

राैतहट । राैतहटको फतवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरकाे छठ घाटसँगै हनुमान मन्दिरको आज एक कार्यक्रम गरी शिलान्यास गरीएको छ ।

साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे प्रमुख अतिथ्यतामा हनुमान मन्दिरको शिलान्यास गरीएको हाे ।

आम जनता पार्टीका वडा कमिटि उपाध्यक्ष चन्दन प्रसाद यादवले वडा अध्यक्ष यादवकाे राेहबरमा शिलान्यास गर्नु भएको हाे । वडा स्तरीय याेजनाबाट मन्दिरको निर्माण गर्न जमर्को गरीएको वडा अध्यक्ष यादवले बताएका छन् ।

 

गाउँमा धेरै मानिसहरूले हनुमानजीकाे पूजा गर्ने गर्छन् वहाँहरूकै माग अनुसार मन्दिर निर्माण हुन लागेकाे उनकाे भनाइ छ । यसबाट हनुमान भक्तहरूलाई पुजापाठ गर्न सहज हुने बताए ।

 

मन्दिर र धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहदै आएकाे आफ्नो वडामा यस्ता मन्दिर निर्माण हुनुले बाहिरी धार्मिक पर्यटन भित्र्याउन मदत पुग्ने उनले बताएका छन् ।

वर्षाैं पुरानाे महादेव मन्दिर पनि शितलपुरमा नै रहेको छ । यहाँ  सयौंको संख्यामा मानिसहरू पुजापाठ गर्न आउने गरेका छन् ।

मंगलबार शिलान्यास गरिएको साे मन्दिरकाे निर्माण कार्य यसै चालू आर्थिक वर्षमा सम्पन्न गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडाकाे विकास र समृद्धिका लागि आफू दिनरात लागि परेको उनकाे भनाइ छ । उनले आफनाे वडाकाे विकासका लागि कृषि बाटाेघाटाे निर्माण देखि लिएर धेरै कामहरू गरेका छन् ।

मन्दिर शिलान्यासकाे अवसरमा स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियोे ।

काठमाडौं,०४ गते माघ ।

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भयो ।

 

उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहाद्र्रता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत सम्बन्ध रही आएको बताउनु भयो । ‘दुई देशबीचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’

 

उपराष्ट्रपति यादवले हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फस्र्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्त्व प्रतिविम्बित हुन्छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुशी छौं।’ उहाँले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबीचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गर्नुभएको नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरुको बैठकले दुई देशबीच आपसी विश्वास र सहयोगको वातावरण बनेकोमा हर्षित छु।’

 

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै हामीले भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताउनु भयो । ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका रुपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र

समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’ उहाँले नेपालको विकास प्राथमिकताहरुमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन र मानव संशाधन विकास रहेको बताउनु भयो ।

 

‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न बस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन् ।’

 

उहाँले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले नेपाल र भारतलाई शताब्दीयौंदेखि जोडेको उल्लेख गर्दै हामीले दुई मुलुकका जनताको बृहत्तर लाभको लागि स्रोतहरूको संरक्षण र परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भेटमा हाम्रा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीयमञ्चहरूमा पनि निकट रुपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले भारतको ७६ औं गणतन्त्र दिवस (२६ जनवरी) को अवसरमा राजदूतमार्फत् भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । भारतीय महामहिम राजदूत नवीन श्रीवास्तवले भारतले ‘नेबरहुड फस्र्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहु्ँ निर्यातमा प्रतिबन्धका बाबजूद नेपालाई दुई लाख टन गहूँ निर्यातका लागि अनुमति दिएको बताउनु भयो । उहाँले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकिकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै नेपाललाई भारतले एक हजार चौसठी मेगावाट विजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताउनुभयो ।

 

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पर्यटन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मंगलवार  पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

पर्यटन बर्षको अवसर पारेर प्रदान गर्ने  उक्त पुरस्कार मुल्यांकनको आधारमा ३ जनालाई प्रदान गरिनेछ ।

जनही १५ हजारका दरले नगद  पुरस्कार समेत प्रदान गरिने उक्त पुरुस्कारको राशी ४५ हजार राखिएको छ । देशको आर्थिक समृद्वीको मुख्य आधार पर्यटन नै भएको वताउदै यस्को लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने र प्रोत्साहनको जरुरी भएको महसुस भएअनुसार  पुरस्कार घोषणा गरेको संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिए ।

पुरस्कारको लागि छनोट कार्यविधि समेत वनाईएको छ । पर्यटन बर्षको निर्धारित मिति भन्दा १ महिना अगाडी नै छनोट प्रक्रियाका मापदण्ड सार्वजनिक गर्ने र सोहीअनुसार पत्रकारहरुलाई पुरस्कारको लागि आव्हान गर्ने संघले जनाएको छ ।

मोफसलमा बसेर पत्रकारिता गर्नेहरुको लागि मधेशमा नै एउटा विशिष्ट उदेश्य वोकेको संस्थाले पुरस्कारको घोषणा गर्नु आफैमा नौलो वनेको छ । मधेश प्रदेशमा पहिलोपटक महोत्तरीमा घोषणा भएको यस्तो पुरस्कार अन्य जिल्लाहरुमा समेत बिस्तार गर्नुपर्ने सरोकारवालाहरुले प्रतिक्रिया दिए ।

संस्कृति तथा शिक्षा राज्यमन्त्री सारदादेवी थापाले पर्यटन क्षेत्रमा कलम चलाउनेहरुका लागि यो पुरस्कारले थप उत्साहित वनाउने वाताईन । ‘यो वास्तवमा निक्कै राम्रो काम भएको छ यसवाट पर्यटन पर्वद्वनमा ठुलो योगदान पुग्ने देखिन्छ ।’ राज्यमन्त्री थापाले भनिन ।

न्युज कारखाना

 

 

 

 

८ साउन, महोत्तरी 

जर्मन नागरिक गुड्रन कर्विन्सले महोत्तरीमा फेला पारेको मध्यपाषण युगको हतियार कारखानाको बिषयमा मधेश प्रदेश सरकारले चासो देखाएको छ  ।

जिल्लाको बर्दिवासस्थित पाटुमा रहेको यस ठाँउको थप अध्यन गरी पुरातात्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न गुरुयोजना वनाउने मुख्यमन्त्री सतिश कुमार सिंहले वताए ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले सोमवार आयोजना गरेको घुमौ मधेश, बुझौ मधेश भन्ने कार्यक्रममा स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले १० हजार बर्ष पहिला मानवको चहलपहल रहेको बिषय निक्कै रोचक रहेको प्रतिक्रिया दिए ।

पुरातात्विक महत्वका  हिसावले महत्वपूर्ण भएको बताउदै यसलाई संरक्षण गर्न स्थानीय सरकारले समेत योजना वनाउनुपर्नेमा  मुख्यमन्त्री सिंहले जोड दिए ।

सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइ कर्विन्सले  रातो माटोले पुरिएको अवस्थामा हजारौं मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष निकालेकी थिइन । जुन युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ ।

उन्ले  आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा  अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता भियतनामको सभ्यतासँग मिल्दोजुल्दो भएको र भारतिय सभ्यतासँग कुनै मेल नखाएको पुष्टि गरेकी थिइन ।

कार्विन्सले किताबमा उल्लेख गरेअनुसार ढुंगा, हड्डी वा काठबाट एकातिरको भाग धारिलो बनाएर बनाइएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिए । अर्को रहस्य त के थियो भने हतियारहरुको स्वरूप भारतमा मध्य पाषण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरु भियतनाममा पाइएजस्ता भएको हुनाले यांहाका मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।

पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने उदेश्यले होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशले आयोजना गरेको स्थलगत अनुगमनमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले पनि पाटुको पुरानो मानव सभ्यताको बिषयमा चासो देखाएका छन । नेपालमा पहिलो पटक रेकर्ड भएको १२५५ को शक्तिशाली भूकम्पले समेत  यस क्षेत्रको चुरे पहाड १० फिट माथी उठेको तथ्यहरु फेला परेका छन । यी विवध कारणले पनि यस ठाँउलाई मधेश कै पुरातात्विक केन्द्रकोरुपमा विकास गर्न प्रयास गर्ने मन्त्री मियाँले वताए  ।न्युज कारखाना

 

२६ असार, महोत्तरी 

वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग ।  महोत्तरीको पंचधुरा मन्दिर नजिकै  २४ सय स्क्वायर फिटमा वनाईएको  पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य वनेको छ ।

दैनिक हजारौ मानिसहरुको  आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको वेला  पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले वनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण वनेको हो ।

पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको  पोखरी मन्दिरमा दर्शन गर्न आउने  पर्यटकलाई  आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय विताउने उपयुक्त गन्तव्य समेत वनेको छ ।

‘धार्मिक तीर्थयात्री  र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।’ स्थानीय सोम वहादुरले भने । ‘भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक वन्न सक्छन ।’

छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई वनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य  बिष्णु थापाले वताए ।

मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ  पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी  पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग वहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ ।

जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको वेला सेतो वाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही वनेको स्थानीयहरु वताउछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू वताउछन ।

धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक वनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले वताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व वोकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ ।

अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न वालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने वताउदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू वताउछन ।न्युज कारखाना

 

 

हेटौंडा | धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ। यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ।

यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण मकवानपुर लटारम्मेश्वरलाई पर्यटकहरूले नयाँ गन्तव्य बनाउन थालेका छन् । समुद्री सतहबाट १८५६ मिटर उचाइमा रहेको यो मन्दिरबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई मुग्ध पारेको छ।

यहाँको धार्मिक महत्वबारे एउटा रोचक किंवदन्ती छ। माथिल्लो यज्ञकुण्डमा महादेव त्रिलोक भ्रमण गरिरहँदा उनकी पत्नी सतीदेवीको लट्टा खसेको थियो। त्यही कारणले यो क्षेत्र ‘लटारम’ नामले चिनिन्छ। हरेक वर्ष माघे सङ्क्रान्ति र वैशाख १ गतेका दिन यहाँ विशेष मेला लाग्ने गर्छ। भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको पैदल हिँडाइपछि डब्लु डाँडाको थुम्कोमा महादेवको मन्दिर पुग्न सकिन्छ। त्यहाँबाट आकर्षक गणेश हिमाल र प्राकृतिक सुन्दरताको दिव्य दृश्य अवलोकन गर्न सकिन्छ।

डब्लु डाँडालाई बादलले ढाकिरहन्छ र छिनैमा बादल फाटेर नयाँ दृश्यहरू देखापर्छन्। सिरसिरे हावाले लहरिंदा बोटविरुवाका पातहरू नाच्ने गर्छन्। यी अनौठा प्राकृतिक दृश्यहरूले पर्यटकलाई अलौकिक अनुभूति प्रदान गर्छन्। काठमाडौंबाट मात्र २ घण्टा र हेटौँडाबाट १ घण्टामा पुग्न सकिने भीमफेदी इपाबाट २ घण्टा पैदल चढ्दा लटारम्मेश्वरको दर्शन गर्न सकिन्छ। व्यस्त शहरी जीवनबाट अलग्गिएर प्राकृतिक सौन्दर्य र धार्मिक शान्तिको अनुभव लिन चाहनेहरूका लागि यो स्थान उपयुक्त छ।न्युज कारखाना

 

१३ असार, महोत्तरी 

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव वनाउने योजनामा आफुहरु अग्रसर भएको वताएका छन ।

मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडी बढीसकेको वताउदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकिय गन्तव्य वनाउने प्रतिवद्वता जनाए ।

महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा सुभकामना कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री सिंहलाई पर्यटकिय गन्तव्य वनाउने योजनाहरु सुनाउदै गौतमले मधेशमा निजि लगानीमा नै पाँच तारे होटलसम्म खुलिसकेको वताए ।

प्राकृतिकरुपमा वाहय र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने कयौ ठाउँहरु ओझेलमा परिरहेकोप्रती समर्थन जनाउदै सिक्षा तथा संस्कृती राज्यमन्त्री सारदादेवी थापाले पर्यटनवाट नै आर्थिक आधार तयार हुने जिकिर गरिन ।

यता पर्यटन व्यवसायीहरु र जनप्रतिनिधिहरुको योजना सुनेपछी मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।

होटलहरु खुलेतापनी पर्यटकहरुलाई रोक्न नसकेको स्विकार गर्दै थप व्यवस्थापनको जरुरी भएको उन्को भनाई छ ।

`प्रदेश सरकारले  विभिन्न सर्किटहरु निर्माण गरेर पर्यटन पर्वद्वनको अभियान वनाएको छ ।´ मुख्यमन्त्री सिंहले भने । `पर्यटनको लागि क्षेत्रहरु खोजीरहेका छौ यस्मा तपाईहरुले पनि सहयोग गर्नुपर्छ ।´न्युज कारखाना

 

सर्लाही । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरु भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन ।

 

पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसारका लागि बर्सेनी बजेट विनियोजन भएपनि स्थानीय तह आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चुकेका छन् । स्थानीय तहले संरक्षणमा चासो नदिँदा पर्यटकीय स्थल ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

 

मधेश प्रदेश कै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल राजारानी थूम्कोमा पछिल्लो समय पर्यटक जानै छाडेका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको थूम्को प्रचार प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्न थालेको छ ।

 

कुनै समय युवायुवती समूहमा वनभोज खाने र मनोरञ्जनका लागि पुग्ने थूम्को स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा ओझेलमा परेको त्यहाँका स्थानीय बताउँछन् । थूम्कोमा धेरै पहिले राजारानी आएर बसेका कारण यसको नाम राजारानी थुम्को कायम गरिएको स्थानीय बूढापाका बताउँछन् ।

 

यस्तै अर्को पर्यटकिय महत्त्व बोकेको हरिपुर नगरपालिका ४ फरहदवास्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको मन्दिर पनि ओझेलमा पर्दै गएको छ । राणा शासनका तत्कालीन श्री ३ जंगबहादुरले देहत्याग गरेको स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार प्रसारको अभावमा दर्शनार्थी पुग्न छाडेका छन् । यहाँ पनि स्थानीय तहको बेवास्ताका कारण यो मन्दिर ओझेलमा परेको छ ।

 

यी क्षेत्रको संरक्षण एवम् व्यवस्थापनमा स्थानीय तह जुटे पर्यटनको आकर्षक क्षेत्र बन्ने सम्भावना छ । यसका लागि स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले संरक्षण र प्रचारमा जोड दिनु आजको आवश्यकता बनि सकेको छ ।न्युज कारखाना

महाेत्तरी, १२ माघ ।

महोत्तरीको चुरे क्षेत्र राईमण्डलको पर्यटकीय सम्भाव्यता अध्यन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ ।

 

बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, स्थानीय पत्रकारसँग भएको छलफलमा तत्कालै अध्यन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।

 

उक्त छलफलमा मन्त्री किरातीले राईमण्डलकाे सम्भाब्यता अध्ययन पछि आवाश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् ।

 

डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।

 

अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्वन गर्न आफु तयार रहेको उनकाे भनाई छ ।

 

छलफल पछी महोत्तरी क्षेत्र न. १ का पुर्व सांसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमण्डललाई पर्यटकीय क्षेत्र बनाउने उदघोष गरेको बताउँदै सो प्रतिबद्दता अहिले पनि सम्झिराखेको नेता पोखरेलले बताए ।

 

यता मन्त्री किरातीले अध्ययन टोली पठाउने बताए पछि उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आशजाग्दो भएको बताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमण्डल पर्यटकीय हवको रुपमा बिकास हुने बिस्वास ब्यक्त गरेका छन ।

 

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवको रुपमा विकास हुदै गएको बर्दिवास अब मधेशकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए ।

 

छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्सन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।   न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।