काठमाडौँ । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ ।
संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् ।
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।
यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो । रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए ।
समितिका सभापति थापाका अनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ ।
समितिले विभिन्न सहकारीमार्फत् गोरखा मिडियामा प्रबाह भएको रकमको स्थितिसहित ६ बुँदासहित कागजात माग गर्ने निर्णय गरेको छ । न्युज कारखाना
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ ।
यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ । सभाले ८५ करोड ४१ लाख ८ हजार बजेट प्रस्तुत गरेको नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष २०८१÷०८२ मा नगरको प्रशासनिक भवन निर्माण, फोहोर व्यवस्थापन, श्रमिक हित कोष सहितका कार्यक्रम अघि सारिएको छ । प्रशासनिक भवन निर्माणका लागि ४ करोड ७० लाख, फोहोर व्यवस्थापनका लागि १ करोड, श्रमिक हित कोषका लागि ५ लाख रकम समेत विनियोजन गरेको छ ।
यस वर्ष वडागत सिलिङ वडा नं. १ मा ६३ लाख ५९०, वडा नं. २ मा ६२ लाख ९० हजार २७०, वडा नं. ३ मा ६३ लाख ६९ हजार ३००, वडा नं. ४ मा ६३ लाख ४६ हजार ३८०, वडा नं. ५ मा ६४ लाख ९८ हजार ९८०, वडा नं. ६ मा ६४ लाख ९१ हजार ५८०, वडा नं. ७ मा ६१ लाख ८१ हजार ९००, वडा नं. ८ मा ६२ लाख ३१ हजार ७००, वडा नं. ९ मा ६१ लाख ०८ हजार ६२० र वडा नं. १० मा ६१ लाख ८० हजार ६८० बिनियोजन भएको छ ।
नगरसभाले आर्थिक विधेयक २०८१ स्वीकृत गरेको छ । अघिल्लो वर्षको तुलनामा करको दर वृद्धि नगरेको तर व्यावसायिक कर घटाइएको र ३०० प्रतिशत लाग्दै आएको घरनक्सा जरिवाना २५० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारेको नगर प्रमुख मोहन प्रसाद तुम्बापोले जानकारि दिए ।
यसअघि २५ करोड बेरुजु आएकोमा यसवर्ष १८ करोड घटाएको लेखा अधिकृत पिताम्बर वस्तीले जानकारी दिए । भुलबस देखिएको बढि बेरुजुमा असुल गर्नुपर्ने बेरुजु नरहेको वस्तीको भनाइ छ । ससर्त अनुदानमा आएको बजेट खर्चका लागि रकमै नपठाएको, करारका कर्मचारीको तलब लगायतको बेरुजु देखिएकाले आतिनुपर्ने अवस्था नरहेको वस्तीले बताए ।
सभाले शिक्षामा १ करोड ५७ लाख, स्वास्थ्यमा १ करोड २ लाख ६ हजार, कृषिमा १ करोड, पशुपंक्षि तथा मत्स्य विकासमा ३० लाख, सहकारी क्षेत्रमा ४ लाख, लघु उद्यममा ८ लाख, रोजगार सेवा केन्द्रमा ३ लाख महिला बालबालिका जेष्ठनागरिक अपाङ्गता लक्षित क्षेत्रमा १९ लाख २८ हजार, युवा तथा खेलकुदमा २५ लाख र बाँकी रहेको बजेट पूर्वाधार निर्माण मर्मत सम्भार तथा विपद् व्यवस्थापनको क्षेत्रमा विनियोजन गरिएको उल्लेख छ ।
नगरभित्रका ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि कोशी प्रदेश भित्रका अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा, नगरवासीको उपचारका क्रममा रगत किन्दा लाग्ने सम्पूर्ण खर्च नगरले व्यहोर्ने लगायत २६ वटा निर्णय नगरसभाले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।न्युज कारखाना
माेरङ, मोरङको रंगेली नगरपालिकाले आफ्नो दशौँ नगरसभा सोमबार सम्पन्न गरेको छ । नगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । उपप्रमुख भूमा पराजुलीले ७२ करोड ४ लाख १५ हजार ५८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
सभाले चालु तर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु खर्च भित्र रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न परिवारको निःशुल्क बीमा, स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पारिश्रमिक लगायतका खर्च रहेको छ । आय तर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान १४ करोड ७० लाख, शसर्त अनुदान ३१ करोड १७ लाख १८ हजार ५ सय, समपुरक अनुदान तर्फ १ करोड ५० लाख, विशेष अनुदान ९५ लाख र प्रदेश सरकारबाट ९३ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी राजश्व तर्फ आन्तरिक राजश्वमा ४ करोड ५४ लाख ४५ हजार ५ सय ५८, नेपाल सरकार राजश्व बाँडफाँडबाट १२ करोड ४६ लाख, घरजग्गा रजिष्ट्रेसन मालपोतबाट ५ करोड र प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७८ लाख ७ हजार रुपैयाँ आय हुने अनुमान गरिएको उपप्रमुख पराजुलीले जानकारी दिइन् । त्यस्तै, व्ययतर्फ चालु खर्चमा संघीय शसर्त २७ करोड २९ लाख १८ हजार ५ सय, नगरपालिका केन्द्र १७ करोड १९ लाख ३५ हजार, सूचना प्रविधि शाखाका लागि २६ लाख ४० हजार, स्वास्थ्य शाखाका लागि ७९ लाख ५५ हजार, शिक्षा शाखाका लागि १ करोड ७८ लाख ७७ हजार, न्यायीक समिति १३ लाख १५ हजार, पशुपंक्षी शाखाका लागि २१ लाख ८५ हजार, कृषि शाखाका लागि १० लाख र समाजिक तथा महिला, बालबालिका शाखाका लागि ४५ लाख ७६ हजार र वडा सञ्चालन खर्च ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पराजुलीले बताउनुभयो ।
त्यसैगरी पूँजीगततर्फ नगरपालिका केन्द्र १६ करोड ३६ लाख ३६ हजार, संघीय शसर्त ३ करोड ८८ लाख, सघीय समपुरक अनुदान १ करोड ५० लाख, संघीय विशेष अनुदान ९५ लाख, पशु शाखा कार्यक्रम ८ लाख ७५ हजार र कृषि शाखा ३० लाख रुपैयाँ विनियोजन भएको छ । नगरसभाको अवसरमा विभिन्न विद्यालयमा कार्यरत शिक्षक÷शिक्षिकालाई र नगरप्रहरी सुनिता पौडेलीलाई उत्कृष्ट कार्य गरेवापत सम्मान समेत गरिएको थियो ।
रंगेलीको चौतर्फी पूर्वाधार विकास र उज्यालो नगर बनाउन अहोरात्र लागि परेका नगरपालिकामा कार्यरत करण ठाकुरलाई विशेष सम्मान गरिएको थियो । नगरसभापछि मेयर बगडीयाले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखिएको जानकारी दिनुभयो । न्युज कनरखाना
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।
यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनामा आयातमा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो ।
त्यस्तै गत बर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
विदेशी मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । ११ महिनामा सबैभन्दा बढी १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । त्यस्तै यस अवधिमा ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ । त्यस्तै ५१ अर्ब ७ करोड २६ लाख बराबरको एलपीजी ग्याँस आयात भएको विभागले जनाएको छ ।
त्यस्तै मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल रहेका छन् । चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ भने ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । त्यस्तै ६ अर्ब १६ करोड ६० लाख बराबरको स्टिल निर्यात भएको विभागले जनाएको छ ।
न्युज काखाना
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
रौतहटकाे कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । बुधबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । कटहरिया स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख अजय प्रकाश प्रकाश जयवालकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे ।
नगरसभाकाे १० अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर कटहरिया नगरपालिकाले साे समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट कटहरिया नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख जयसवाल र प्रमुख प्रशाकिय अधिकृत सुरेन्द्र प्रधानले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।
नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँकाे बजेट पारित गरिएकाे नगर प्रमुख जयसवालले जानकारी गराउनु भयाे । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको जयसवालले बताए ।
साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान ११ कराेड ५२ लाख,संघिय राजश्व बाँडफाँड १० कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १८ कराेड ४३ लाख २९ हजार,संघिय सरकार सशर्त पुँजिगत ३ कराेड ६६ लाख २५ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५० लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजस्व १ कराेड
गरि कुल ४६ कराेड ६२ लाख ५४ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।
कार्यक्रम सञ्चालन अनिल निधिले गर्नु भएको थियाे । साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर ३ का वडा अध्यक्ष श्याकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह,वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश यादव,कार्यपालिका सदस्य मनाेज कुमार जयसवाल सहित जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।
काठमाडौँ । डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टर बनेका छन् । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ ।
सिस्लेनले फारिस हदाद-जेर्भोसको स्थान लिने भएका छन् । अमेरिका र इटालीका दोहोरो नागरिक रहेका सिस्लेनले सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका रूपमा विश्व बैंकमा सामेल भएका थिए र त्यसपछि विभिन्न क्षेत्रहरूमा विभिन्न
परिचालन र व्यवस्थापकीय पदहरू सम्हालिसकेका छन् । उनको सबैभन्दा भर्खरको असाइनमेन्ट वाशिंगटन डीसीमा आधारित ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा शहरी, विपद् जोखिम व्यवस्थापन, र भूमिको लागि अभ्यास प्रबन्धकको रूपमा हो ।
उनले भनेका छन्- ‘म मेरो नयाँ भूमिका र हाम्रा सबै सरोकारवाला र साझेदारहरूसँग चाँडै भेट्ने प्रतिक्षामा छु । मेरो मुख्य प्राथमिकता सरकार, विकास साझेदारहरू, र विविध सरोकारवालाहरूसँग नजिकको काम गर्दै, गति, मापन र प्रभावमा बैंकको फोकसको आधारमा परिचालन संलग्नताहरूलाई आकार दिन र कार्यान्वयन गर्न रणनीतिक संवादको नेतृत्व गर्नु हुनेछ ।’
सिस्लेनले माल्दिभ्स, नेपाल र श्रीलंकामा करिब ४.८ बिलियन डलरको विश्व बैंकको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।न्युज कारखाना
काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
न्युज कारखाना