२०८३ असार ३१
२०८३ असार ३१

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६२ कम्पनिका ८४ लाख ७३ हजार १६ कित्ता शेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंक डिभेन्चर ८३ को ४४ करोड १० लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर २०८८ को ३३ करोड २० लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको जनाएको छ।

निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने केन्द्र र प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि तथा उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले बुधबारदेखि साविककै तौलको ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो । यस सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको  निगमले जनाएको छ ।

यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो । निगमले केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने जनाएको छ । त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरिएको छ ।

निगमका अनुसार हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेको थियो ।

मुलुकगत आधारमा भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट हुने आयात २१.५ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.१ प्रतिशत रहेको थियो ।

११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो ।

बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, ३० प्रतिशत र ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६७.३ प्रतिशत, ३१.७ प्रतिशत र १ प्रतिशत रहेको थियो ।

त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ३८.८ प्रतिशत, ५१.८ प्रतिशत र ९.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९ प्रतिशत रहेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकांक २१ प्रतिशतले बढेको छ ।

त्यस्तै, २०८३ जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले घटेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य घटाएको हो ।

 

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने  आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर २६५ डलरले घटाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको निगमले जनाएको छ ।

यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १९७, डिजल- मट्टीतेल प्रतिलिटर १९५  पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०३० र पुरा सिलिन्डरको २०६० पर्ने निगमले जानकारी दिएको छ । भरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६  करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको ल्याएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले  २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् ।

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रहने र भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् ।

त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।

बजेट भाषणको पूर्ण पाठ:

प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय,

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

शुरुमा म आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरुको घोषणा गर्दछु। 

सम्माननीय सभामुख महोदयसम्माननीय अध्यक्ष महोदय,

सम्माननीय सभामुख महोदयसम्माननीय अध्यक्ष महोदय,

अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु।

सडक तथा सहरी पूर्वधार विकासका लागि रू. 286 अर्ब 48 करोड विनियोजन गरेको छु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

खानेपानी तथा सरसफाईतर्फ रू.37 अर्ब 17 करोड विनियोजन गरेको छु।

ऊर्जा उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि रू. 85 अर्ब 54 करोड विनियोजन गरेको छु।

सूचना तथा सञ्‍चार क्षेत्रका लागि रू. 5 अर्ब 93 करोड विनियोजन गरेको छु।

Anchor

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

खेलकुद क्षेत्रको लागि रू. 4 अर्ब 3 करोड विनियोजन गरेको छु।

शिक्षा क्षेत्रका लागि रू. 218 अर्ब 30 करोड विनियोजन गरेको छु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तर्फ रू. 2 अर्ब 27 करोड विनियोजन गरेको छु।

कृषि तथा पशुपन्छी विकासका लागि रू.46 अर्ब 92 करोड विनियोजन गरेको छु।

वन, वातावरण तथा जलवायु क्षेत्रको लागि रू.12 अर्ब 31 करोड विनियोजन गरेको छु।

संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू. 7 अर्ब 34 करोड र नागरिक उड्ययन क्षेत्रका लागि रू.2 अर्ब 93 करोड विनियोजन गरेको छु।

श्रम तथा रोजगार क्षेत्रमा रू. 3 अर्ब 63 करोड विनियोजन गरेको छु।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि रू.8 अर्ब 31 करोड विनियोजन गरेको छु।

विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि रु. 4 अर्ब र नेपाल इन्टरप्राइज फसिलिटीका लागि रू. 50 करोड विनियोजन गरेको छु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

अब म माथि उल्लिखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु।

अब नेपालको संविधानको धारा ६० अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु:

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय

अब म आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय,

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रको पुनरूत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको बताएका छन् ।

बजेट मार्फत कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्ने घोषणा गर्दै व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्ने घोषणा गरेका छन् ।

कृषिमा बजेटमार्फत आएका कार्यक्रम:

(क) न्यूनतम रू. २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु । उत्पादन सुरु भएको मितिबाट लगातार चार वर्षसम्म यस्तो अनुदान वार्षिक १० प्रतिशतका दरले शोधभर्ना हुनेछ । वास्तविक कृषकलाई उन्नत बीउ, मल, सिंचाइ, विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्नेछौं । कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउदै अन्य अनुदान क्रमशः हटाउदै लैजाने दिशा तय गरेको छु ।

(ख) ठूला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु । देशभर साना तथा मझौला सिँचाइ आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेञ्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौं ।

(ग) किसानबाट सिधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण, व्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु । दुर्गम क्षेत्रमा स्थापना हुने र अर्गानिक, उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त (जी.आइ.) वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्राण्डिङमा सहयोग उपलब्ध गराउनेछौं ।

(घ) कृषि सेवा प्रणालीलाई “किसान- केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनःसंरचना गर्नेछौं । वर्षैभरी कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायकमार्फत कृषकको घरदैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ ।

(ङ) देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बीउ विकास, स्थानीय हावापानी अनुकूलको जात, कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु ।

(च) कृषि उपजको उचित मूल्य सुनिश्चितता, किसान र क्रेताबीच करार, अनुदान तथा नियमनसहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौं ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट, रोयल्टी र वित्तीय हस्तान्तरणमार्फत ६ खर्ब रुपैयाँ बराबर प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था गरेको जानकारी दिएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहमा ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान जाने घोषणा गरेका हुन् ।

त्यस्तै प्रदेश र स्थानीय तहमा ४ अर्ब ६० करोड र ८ अर्ब ९३ करोड समपूरक अनुदान जाने छ भने प्रदेश र स्थानीय तहमा ३ अर्ब ८२ करोड र ९ अर्ब ४० करोड विशेष अनुदान छुट्याइएको छ ।

त्यसैगरी संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा ३९ अर्ब ७२ करोड र २ खर्ब ६ अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने छ भने राजस्व बाँडफाँटबाट कुल १ खर्ब ७५ अर्ब रकम जाने अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको ल्याएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले  २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका हुन् ।

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब रहने र भने पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले उल्लेख गरेका छन् ।

त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केहिओ नेपाली दूतावास र महावाणिज्य दूतावासको शाखाहरू खारेज गरेको घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास,  छङ्दु र सानफ्रान्सिको महावाणिज्य दूतावास तथा विसखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरेका हुन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।