आरके श्रीवास्तव,राैतहट,१८ गते फागुन ।
राैतहट । आँपमा अहिले माेजर/मजुर(फूल) लाग्न थालेको छ । आँपमा पर्याप्त मजुरा लागेपछि किसानहरू हर्षित भएका छन् । लिचिमा पनि मजुरा लाग्न सुरू भएको हाे ।
आँप तथा लिचीको खेती गर्ने राैतहट लगायत तराई मधेसका किसान यति बेला आँप र लिचीमा लागेको फूलले खुसी छन् ।
फागुनको अन्तिममा अहिले चलिरहेको छ । याे मजुरा लाग्ने समय हाे । चैतको मध्यसम्म टिकाेरा(आँपकाे सुरूआति अवस्था) चिचिला देखापर्ने गर्दछ ।
आँप किसानलाई मुजुरा राम्रो लागेपछि चिचिला पनि राम्रो लाग्ने सम्भावनाले सन्तुष्ट बनाएको हो । राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ८ काे पिप्रा पाेखरियामा १० कठ्ठामा आँपकाे बाेट लगाएका शम्भु यादवले राम्रो मुजुरा लागेकोले राम्रो आम्दानी हुने विश्वासमा किसानहरू रहेको बताए ।
राैतहट सहित मधेसको हरेक जिल्लामा आँप र लिचीमा निकै राम्रोसित मुजुरा लागेको छ । मुजुराको सुगन्धले मुग्ध किसानहरूचाहिँ फल लाग्ने विश्वास लिएका छन् । राैतहटको बाैधीमाई नगरपालिका २ निवासी आँप व्यवसायी मेवालाल प्रसाद पटेलले भने, ‘फूल त गज्जबै फुलेको छ अब संरक्षण गरेर पर्याप्त आम्दानी लिने विश्वास पलाएको छ ।’
आँप लिचीमा राम्ररी मञ्जरी लागेपछि मधुआ नामको किराले आक्रमण गर्ने डर हुन्छ । अहिलेसम्म मधुआ खासै नदेखिएको र होली सकिएपछि रोग र किराबाट जोगाउने औषधि छर्ने किसानको भनाइ छ ।
त्यससँगै लागेको चिचिलालाई बलियो र पोटिलो बनाउने औषधि पनि किसानहरूले छर्ने गरेको साहले बताए ।
रोग र किराबाट जोगाउने औषधि नछर्दा बाली जोगाउन नै मुस्किल हुने भएकोले किसानलाई रासायनिक औषधि छर्नु बाध्यता भएको साहले बताए । रोग र किराको आक्रमणबाट जोगाउन नसक्ने हो भने, अहिले खुसी देखिएका किसान निराश हुने र बागवानी लगाउनुको खासै औचित्य नहुने किसानकाे दाबी छ ।
लिची व्यवसायी रामईश्वर साह कानु भन्छन्-यसपालि मुजुरा राम्रै हाे तर सम्बन्धित निकायबाट चाहिने जतिकाे सरसल्लाह तथा अाैषधी उपचार नपाउँदा उत्पादनमा ह्रास आउने संभावनाले पनि हामीलाई चिन्तित बनाएको छ ।
रासायनिक विषादिले स्वास्थ्यको लागि हानि गर्ने हुँदा सम्भव भएसम्म आयुर्वेदिक औषधि छर्नुपर्ने सुझाव उपभोक्ताको छ । लिची र आँपको उत्पादन राम्रो हुँदा किसानहरूले राम्रो आम्दानी गर्ने गरेका छन् ।
प्रेमचन्द्र झा,राैतहट,१८ गते फागुन ।
राैतहट। फतुवा विजयपुर नगर पालिकामा भएको टिपर आतंक राेकन माग गर्दै स्थानीय समाजसेवीले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएका छन ।

समाजसेवी शिवपुजन प्रसाद यादवको नेतृत्वमा आएको टोलीले स्थानीय ४ वटा क्रसरको मालसमान ढुवानी गर्ने टिपहरुका कारण स्थानीय जनताको ज्यु ज्यान जोखिममा परेको भन्देै टिपर आतंकको विकल्प खाेज्न माग गरेका छन । विगतमा टिपरबाट ज्यान जाने मानिसको स्वतन्त्रता पुर्वक बच्न पाउने अधिकार सुरक्षित पार्न भनि अनुराेध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाई ज्ञापन पत्र बझाईएको हो । ज्ञापनपत्र बुझदै निमित प्रमुख जिल्ला अधिकारी यादवले समस्या सामाधानका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन ।
यस्ताे छ ज्ञापनपत्र —
श्री जिल्ला प्रशासन कार्यालय रौतहट गौर का प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएको ज्ञापन पत्र ।
उपरोक्त सम्बन्धमा यस रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका अन्तर्गत हाई न. १० मा र वार्ड न. ८ मा गरेर जम्मा ३ वटा क्रसर उद्योगहरु सन्चालन भई रहेको अवस्थामा वार्ड नं. १० मा माँ कंकाली क्रसर एण्ड सैण्ड वार्षिग उधोग र बोड न. ८ को विजयपुर गाउको दक्षिण हिमिनिवास बंकुल गौर जाने मुख्य सडकको पुर्व तर्फ महालक्ष्मी’ सैन्ड वासिंग उधोग प्रा.लि. सोही स्थानमा सडकको पश्चिम तर्फ सुमुख क्रसर एण्ड सैण्ड वासिङ उधोग प्रा.लि. सन्चालन भई रहेका छन, जुन क्रसर सन्चालन गर्न जंगल छेउको गाँउहरु रांगी, बुटवा, भैसही र हिमालीवास को नजिक हजौरी लाखौ टिपर को मात्रामा मिक्स ग्रेवल संकलन गरी स्टोक गरिराखेको बाट र लालबकैया नदिबाट उक्त तिन वटै क्रसरहरुको लागी दैनिक २०/३० वटा टिपरहरु विहान ३:३० बजे देखी विजयपुर गाँउ दक्षिण मा रहेको कसर सम्म अटुर रुपमा एउटा टिपरले दिनको लगभग १०/१२ टिप टिपरमा ओभर लोड गरी टिपर मा राखेको मिक्स ग्रेभलै लाई न छोपी खुल्ला राखी ४० कि.मी. को गति भन्दा बढि को गतिमा टिपर चलाई आज ५-६ बर्ष देखि लगातार ढुवानी को कार्य क्रसर का मालिकहरुले गर्दै आइरहेको कुरो सर्वविदितै छ ।
यस न.पा. को र्वाड न. १९ मा रहेको सहिद चौक देखी र्वाड न.८ को उक्त क्रसर सम्म को सडक भित्र पर्ने शहिद चौक गाँउ र बजार, हिमालीवास गाँउ र बजार र्वाड न. १० मा रहेको दुधिअवा गाँउ र बजार र्वाड न. ८ मा रहेको विजयपुर गाँउ र बजार क्षेत्र को विचवाट गएको मुख्य पिच सडक लाई टिपरको ओभरलोड को कारण फोड फाड तथा पिचलाई भत्काइ अधिकाश भागमा पिच सडक लाई ग्रेभल सडकमा परिणत गरिसकेको कारण टिप्पर हिडदा टिप्पर ले उडाऐको दुलो ले वाटो नै अधयारो बनाउने र दुलों को कारण अन्य सवारी साधनहरु चलाउने पैदल हिडन यात्रुहरू असहज हुने र दुर्घटना समेत हुने समभावना रहेका र दिन भरी टिप्पर ले धुलो उडाएको उडाई गरेको कारण बाटोमा पर्ने गाउँ बजारहरुको पसल घर भित्र, धुलो पसेर घर घर भित्र राखेका मालसमान ओध्यानखान पिन का समान हरुमा धुलो पसी, धुलो बसी दैनिक हाम्रो जिवन लाई अस्त व्यस्त गरी दिएको र धुलोले गर्दा सडकमा हिडन गाह्रो हुने र धुलोले गर्दा प्राय जस्तो मानिस दम र खोको को दिरामी भइरहेको र उक्त सड़क को इवानी ह दूरी भित्र निजी विद्यालय ७ वटा र सरकारी विद्यालय मा. वि. ३ वटा र प्राति वटा गरेर जम्मा १२ विधालय करिब ३४ हजार को संख्यामा बच्चाहरु पडल को लागी आउने जाने भएको मा टिप्पर को आतंक ले स्कूल पहले बच्चाहरुलाई ठुलो समस्या भई रहेकोले उक्त दुवानी कार्य कानून समत ही होईन छान विन गरी बेलुकीको ६ बजे देखी विहान को ६ बेज अवधी भित्र सडक मा दैनिक पानी पटाई धुलो न उड़ाई टिप्पर मा ओभर लोड नं गरी बजार स्कुल र गाउँ क्षेत्र भित्र १५/२० कि.मी. को गतिमा टिप्पर चल्लाई हर्न न बजाई कुवानी गर्न वा टिप्पर चलाउने आवश्यक व्यवस्था मिलाई पाउन का लागि प्रदेश सरकार ले तयार गरेको नदि जन्य पर्दाथ (सकंलन र उपभोग) कार्य विधी २०७५ को परिच्छेद ४ को दफा १२ को उपदर्फा, ५, ६, ७ र ८ को अधारमा यो ज्ञापन पत्र पेश गरेको छौं ।
श्री मान् हामी ले आज ५/६ बर्ष देखी उक्त समस्या मा परि धेरै छन्ति व्योहोरी सकेकाछौं । जस्तो १-२ बर्ष पहिला क्रोसरका टिपरबाट यसै न.पा. का वार्ड नं.११ मा यसै न.पा. वार्ड नं.२ मा वस्ते खेतु चौधरीलाई सडकमा नै च्यापी टीप्पर दुर्घटना (Sports death) मृत्यु भएको र मिति २०८१ साल फागुन ५ गते ५ बजे की समयमा क्रोसर टीप्पर ओभर लोड गरेको कारण विजयपुर बजारको मेन चौकमा टिपरको चक्का आवाज भई ढुंगा उछिटिएर ५ / ६ जना घाईते बनाई दिएको हुँदा र सडकमा हिडडुल गर्न पनि जोखिम अवस्था रहेकोमा धुलोबाट प्रदुषण भई आ आफ्नो पसल तथा घर समेतमा बस्न र आ-आफ्नो कामको लागि सडकमा निस्किन जेब्रा कर्सिङ गर्न बच्चलाई स्कुल जान र स्कुलवाट घर आउन ज्यादै सास्ति भोग्नु परीरहेकोले बाध्य भएर यो ज्ञापनपत्र मार्फत हामीले उपरोक्त उल्लेख भए अनुसार को व्यवस्था अविलम्ब २/४ दिन भित्रमा मिलाई पाउन अनुरोध गरेको छौ उक्त व्यवस्था न भएमा हामी ले बाध्य भएर टिप्पर को डुवानी सेवा बन्द गर्न सड़क जाम गर्नेछौं र सडक जाम हुदा को अवस्थामा हुने असहज वतावरण डॉ. झगड़ा तथा अन्य दाति को जिम्मेवार श्री मान् लगायत सम्बन्धित प्रहरी टक्राएका छौ ।
प्रशासन हुने समेत समयमा नै अवगत गएको व्योहोरा यसै ज्ञापनपत्र मार्फत अनुराेध छ ।
ज्ञापनकर्ता हरु
समगर साह,रामगिर साह,
रासनारायण साह,रामडगर साह, शिव पुजन प्र. यादव, प्रेम शंकर साह
,प्रभात कुमार कोइरी
सहिन्द्र साह
, नरेन्द्र साह
जवाहिर कुश्वाहा.
रामस्वगारथ महतो
,जफरुल महमद, बिरेन्द्र दास, जितु साह,राजकुमार पौडेल
बोधार्थ तथा कार्याथ
१. श्री जिल्ला प्रहरी कार्यालय रौतहट गौर
२. श्री ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुर रौतहट
३. फतुवा विजयपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय विजयपुर रौतहट
आरके श्रीवास्तव,रौतहट,१८ गते फागुन ।
रौतहट । रौतहटको गुजरा नगरपालिकामा करिब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भक्ता पाउनबाट बञ्चित भएका छन् । बिगत ४ महिनादेखि उनीहरु सामाजिक सुरक्षाभक्ता पाउन सकेका छैन्न् । लाभग्राहीको खाता फ्रिज भएपछि सामाजिक सुरक्षाभक्ता वितरण हुन नसकेको बैंक स्रोतले बताएको हो ।
सो नगरपालिकाको वडा नम्बर ९ सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकको कमीकमजोरीले लाभाग्राही सामाजिक सुरक्षाभक्ता पाउनबाट बञ्चित भएका हुन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंककोख खातामा सामाजिक सुरक्षा वापतको रकम पठाएपनि हालसम्म पाउन सकेका छैन्न् ।
एनआइसी एसिया बैंक सिमराभवानीपुरका शाखा प्रबन्धक एमडि सदाम प्रवेजको गैर जिम्मेवारपनका कारण लाभग्राहीको खाता फ्रिज भएपछि भक्ता पाउन सकेका छैन्न् । बारम्बार शाखामा भन्दा नसुनेपछि जनप्रतिनीहरु पनि आक्रोशित बनेका छन् ।
आज गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटा भन्दा छिटो सामाजिक सुरक्षा भक्ता वितरण गर्न अल्टिमेटम दिएका छन् ।
चाँडै सामाजिक सुरक्षा भक्ता वितरण नभए बैंकमै तालाबनदी गर्ने चेतावनी समेत दिएका छन् । बैंकको अगाडी पत्रकार सम्मेलन गरि वडा अध्यक्ष रामजित चौधरीले नगरपालिकाले ठिक समयमा पैसा पठाउँछ भने बैंकले ठिक समयमा पैसा नदिनुको कारण के हो? यसमा बैंकको गल्ती छ । यस तुरुन्तै सच्चयाएर सामाजिक सुरक्षा भक्ता विरतण गरिनुु पर्दछ ।
त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरीले बैंकले विभिन्न बहानावाजी गरेर लाभाग्राहीलाइ दुःख दिने काम मत्रै भइरहेको छ । बैंकले नगरपालिकालाइ दोषी भन्छ । नगरपालिकाले बैंकमा पैसा पठाइसकेको भन्छ । रमजान चलिरहेको र होली नजिक आएकोले केवाइसि भइसकेकोलाइ तुरुन्त पैसा पठाउन आग्रह गरेका छन् ।
त्यसैगरी वडा नम्रब ९ का वडा अध्यक्ष प्रेम चौधरीले अन्य पालिकामा एनआइसी बैंकले सामाजिक सुरक्षाभक्ता विरतण कुनै समस्या छैन् । तर यहाँ मात्रै विभिन्न बखेडा झिकेर लाभग्राहीलाइ हैरान पार्ने काम मात्र भइरहेको छ । उनले भने तुरुन्तै सामाजिक सुरक्षा भक्ता वितरण हुनुुपर्दछ । समयमा पैसा वितरण नगरिए लाभग्राही सँगै आफूहरु पनि बैंकको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
आरके श्रीवास्तव,गरुडा,१८ गते फागुन ।
रौतहट । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले शनिवार राजमार्ग चन्द्रपुरमा रहेको हस्पिटलहरुमा अनुुगमन गरेपछि त्यसको अवसर ग्रामीण क्षेत्रका अवैध हस्पिटल तथा क्लिनिक सञ्चालकहरुमा पर्न थालेको छ । सिएम सिंहले अनुुगमन तिव्र बनाएपछि सञ्चालकहरु अहिले फरार हुन थालेका छन् ।
तिमी हिड्छौं डालडाल त म हिडछु पात पात भन्ने झैं अवैध हस्पिटल सञ्चालकहरुले पनि जुक्ति लगाएरका छन् । उनीहरुले सेडयूल बनाएर कार्यालय समय सकेपछि बिहान बेलुका हस्पिटल चलाउन थालेका छन् । दिउँसो पख हस्पिटल बन्द गरेर फरार रहने उनीहरु साँझपख निर्वाद रुपमा सञ्चालन गरिहरहेको देखिएका छन् ।
शनिवार अनुुगमका क्रममा मुख्यमन्त्री सिंहले चन्द्रपुरका १० अवैध अस्पताल बन्द गर्न निर्देशन सँगै जिल्लाको ग्रामीण क्षेत्रमा रहेका अबैध हस्पिटल सञ्चालकहरुमा अफरातफरी मचेको छ । कतिले दर्ता गर्न बल्ल कागजात तयार पार्न थालेका छन् । कसैले सरसल्लाहमै व्यस्त छन् ।
मधेशदुष्टिले पनि रौतहटमा पछिल्लो समय सम्बन्धित निकायको अनुमति नै नलिई अस्पताल तथा पोलिक्लिनिकहरू धमाधम सञ्चालन भइरहेको समाचार बाहिर ल्याएको थियो । च्याउ जस्तै उम्रिएका यस्ता अवैध अस्पतालहरुको अनुुगमन हुनुपर्दछ भने स्थानियहरुले माग गरेका थिए ।
मुख्यमन्त्री सिंहको अस्पताल सुधार अभियानको अहिले धेरैले खुलेरै प्रश्सां गरिरहेका छन् । यसलाइ निरन्तरता दिन पनि सुुझाव आइरहेका छन् ।
नियमनकारी निकायको मौनताका कारण जिल्लाको गरुडा,कटहरिया,परसवा,कनकपुर,बिजयपुर,शिवनगर,मौलापुर लगायतका ठाउँमा दर्जनौको संख्यामा अनुमति नै नलिई गैरकानुनी तरिकाले अस्पताल तथा क्लिनिकहरू सञ्चालनमा छन् । ती सबैलाइ अनुगमन गर्नुपर्ने अहिलेको आवश्यकता देखिएका छ ।
बज्जिकाञ्चल संवाददाता,चन्द्रपुर,१७ गते फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालन भइरहेका १० अवैध अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शनिबार अनुगमनका क्रममा उनले बिना दर्ता र मापदण्ड सञ्चालनमा रहेका अस्पतालहरू कानुनी प्रक्रिया पूरा नगरेसम्म नचलाउन आदेश दिए।
अनुगमनका क्रममा ११ अस्पतालमध्ये चन्द्रपुर हस्पिटल प्रालि मात्र दर्ता अनुसार सञ्चालनमा रहेको पाइएपछि बाँकी अस्पतालहरूलाई मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको हो। यस क्रममा हाईवे ट्रमा हस्पिटल, सिभिल हयुमन हस्पिटल, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, हिमालयन पोलिक्लिनिक लगायतका अस्पतालहरू मापदण्ड पूरा नगरेको भेटिएको छ।
मुख्यमन्त्री सिंहले दर्ताविहीन अस्पतालहरूले बिरामी भर्ना गरेर शुल्क लिन नपाउने र अनुमति प्राप्त गरेपछि मात्र सेवा दिन सक्ने स्पष्ट पारे। साथै, कानुनी व्यवस्थाअनुसार १०% इमरजेन्सी बेड र १०% गरिब तथा लक्षित वर्गका बिरामीलाई छुट दिनुपर्ने नियम कडाइका साथ लागू गर्नुपर्ने बताए।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते फागुन ।
राैतहट। नेकपा एमाले केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य अजय कुमार गुप्ताले वडा केन्द्रीत भेलालाई जनताकाे बिचमा लगि युवा- महिलालाई पार्टी प्रति आकर्शित गराउन जाेड दिएका छन । ३ महिने वडा केन्द्रीत भेला अन्तर गत राैतहट क्षेत्र नम्बर १ काे गाैरमा भएको अगुवा कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बाेधन गर्दै साे कुरा बताएका हुन ।पार्टीका अगुवा कार्यकर्तालाई रियल राजनिती गर्न सुझाव दिदै टाईम पासका लागि राजनितिमा नलाग्न केन्द्रीय सदस्य गुप्ताले आग्रह गरेका छन।
राैतहटमा एमाले जतिको संगठिन पाट्री अरु कुनै नभएको दाबी गर्दै जिल्ला ईन्चार्ज समेत रहेका गुप्ताले हाम्रो यस संगठनको शक्तिलाई संमझेर अझै सश्सक्त संगठन निर्माण अभियानमा याेगदान गर्न आग्रह गर्दै निस्कृयलाई परिमार्जन गरि सकृयलाई भुमिकामा ल्याउन सुझाव दिएका छन । जिल्लाको सबै वडा ,गापार नगर वाहेक आवश्यकता परे टाेल टाेलमा भव्यताका साथ भेला गरि आम जन समुदायलाई पार्टिमा संगठित हुने अवसर प्रदान गर्न उनले सुझाव दिएका छन ।
केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १का ईन्चार्य रेखा कुमारी झा राष्ट्रिय अधिवेशनमा तयार रहन र वडा केन्द्रीत अभियानलाई सदस्यता विस्तारमा फाेक्स गर्न आग्रह गरेका छन । क्षेत्रिय अध्यक्ष जमिल अख्तर मन्सुरीको अध्यक्षतामा भएको साे अगुवा कार्यकर्ता भेलामा
केन्द्रीय लेखा समिति सदस्य राजकिशाेर यादव , मधेस प्रदेस कमिटी सदस्य
राम किशाेर महताे, रामपुकार दास ,श्यामसुन्दर पटेल , मिथिलेस यादव जिल्ला अध्यक्ष सचितानन्द साह , जिल्ला सचिव बाबुराम दहाल सहितका वक्ता ले वडा तहको अभियान राैतहटमा पुर्ण रुपले सफल हुने कुरामा प्रतिवद्वता व्यक्त गरेका छन ।
प्रेमचन्द्र झा,राैतहट,१७ गते फागुन ।
राैतहट । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन ।
निर्माण व्यवसायी संघ राैतहटको आठाै साधारणसभा लाई प्रमुख अतिथिको आसनबाट शनिवार गाैरमा उदघाटन गदै सो कुरा बताएका हुन । आर्थिक ऐन नियमाबली निर्माण व्यवसायी मैत्री नहुदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आलोचित हुन परेको अध्यक्ष सिहले बताए । निर्माण व्यवसायीलाई पेसाबाट पलायन हुन बाट बचाउन हालसालै सिमेन्टको मुल्य वृधि राेकनु पर्ने , निर्माण व्यवसायी मैत्री खरिद कानुनमा सन्साेधन गर्नु पर्नेमा सरकारसंग छलफल भएको जानकारी गराउदै व्यवसायीलाई ठेक्कालाई सम्झेर मात्र कम्पटिसनमा जान सुझाव दिएका छन । निर्माण मैत्री कानुन नहुदा ठेकदार ठेकदार आफै आफैमा लडेर सखाप हुन लागेको बताए । निर्माण व्यवसायी महासंघ राैतहटका अध्यक्ष कृष्णदेव यादवकाे अध्यक्षतामा भएको साधारणसभामामधेस प्रदेस सभाका सांसद तथा निर्माण व्यवसायी संघ राैतहटका पुर्व अध्यक्ष नागेन्द्र साह, महासंघका महासचिव राेशन दाहाल , सह महासचिव शिव हरी घिमिरे ,सह कोषाध्यक्ष सन्तोष साह,उपेन्द्र चाैधरी
पालु विक्रान्त विक्रम नेपाल,राष्ट्र निर्माणमा व्यवसायी काे ठुलाे भुमिका दुखमा निर्माण व्यवसायी छ। आत्म हत्या गर्न उन्मुख पालिका स्तरमा संघ बनाउनु पर्ने ।पेटीको काम गर्नेको सम्स्या छ ।सडकमा ठेकदार पुर्याउने काम भएको छ । सबैलाई समान व्यवहार गर्नु पर्छ ।
मधेस प्रदेस अध्यक्ष मुना चाैधरी , जिल्ला काेषाध्यक्ष विक्रान्त विक्रम नेपाल सहितका वक्ताले सार्वजनिक खरिद ऐन एजेन्डाको रुपमा आउनु पर्ने कुरामा जोड दिएका थिए ।
आरएन पटेल,सर्लाही,१७ गते फागुन ।
सर्लाहीको मलंगवा नगरपालिकाको ३८ औं स्थापना दिवसको अवसरमा बज्जिका महोत्सव-२०८१ कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको सदरमुकाम मलंगवाको जानकी पार्टी पैलेशको हलमा मलंगवा नगरपालिकाको आयोजकत्वमा बज्जिका महोत्सव २०८१ सम्पन्न भएको हो।

मलंगवा नगरपालिकाको नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा बज्जिका समाजका विभिन्न जिल्ला लगायत भारत बिहारका अग्रजहरुले बज्जिका भाषा प्रति आ-आफ्नो धारणा राखेका थिए। कार्यक्रम मलंगवा नगरपालिकाको आर्थिक सहयोग तथा सहयोगी संस्था बज्जिका साहित्य समाज सर्लाहीको सहयोगमा सम्पन्न भएको छ।

कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीको अध्यक्ष एवं बज्जिका महोत्सव २०८१ को संयोजक रामचन्द्र महतो कुशवाहाले स्वागत मन्तव्य राखेका थिए। बज्जिका भाषाबारे विस्तृत जानकारी सहित बज्जिकाको इतिहास बारे कार्यक्रममा बज्जिका कवि शिरोमणि संजय साह मित्रले प्रकाश पार्दै आफ्ना मन्तव्य राखेका थिए।

कार्यक्रममा मित्रलाई बज्जिका रत्न उपाधिबाट विभूषित गरिएको थियो भने बज्जिकाञ्चल दैनिकका सञ्चालक राजु कुमार श्रीवास्तवलाई बज्जिका सम्मान बाट सम्मानित गरिएको थियो । त्यस्तै अतिथिहरूलाई सम्मान र मायाकाे चिन्ह पनि प्रदान गरिएको थियो । कार्यक्रममा संजय साह मित्र,किसुनदयाल यादव श्रीकृष्ण,विश्वराज अधिकारी,संजय सुदामा द्वारा लिखित बज्जिका लघुकथा पुस्तक पनि लाेकार्पण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बज्जिका भाषी मधेश प्रदेश सरकारको पूर्व अर्थमन्त्री संजय कुमार यादवले आफु पहिलो पटक २०७४ मा प्रदेश साँसदमा निर्वाचित हुदा बज्जिका भाषामा सपथ ग्रहण गरेको प्रष्ट पार्दै हाल पनि बज्जिका भाषाको लागि संघर्षरत रही मधेश प्रदेश सरकारमा सम्पूर्ण स्थानीय मातृभाषालाई प्राथमिकतामा राखी प्रदेश भरिकै कार्यालयहरुमा कामकाजको भाषा आ आफ्नै मातृभाषा हुने गरि विधेयक पारित गराउन आफूहरु पूर्ण रुपमा प्रयासरत्त रहेको बताएका छन।
साथै बज्जिका भाषा बिकासको लागि आफु हरदम तत्पर रहेको बताउदै आ आफ्नो मातृभाषाको विकासको लागि सबै जनमानसले आ आफ्नै ठाउँबाट पहल गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा विभिन्न जिल्लाका बज्जिका साहित्यकार, बज्जिका कवि, लेखक, गीतकार, गायक लगायत मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीगण, वड़ा अध्यक्षहरु, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार साह, भारत बिहार वैशालीका प्रतिनिधि, विभिन्न जिल्लाका बज्जिका भाषी, बज्जिका सेवी, पत्रकार, सञ्चारकर्मी लगायत बज्जिका भाषाप्रति सदभाव राख्ने शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
प्रेमचन्द्र झा,राैतहट,फाल्गुन १६ गते
राैतहट । भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाण्डाैको आर्थिक सहयोग तथा नेपाल निर्माण व्यवसायी महासंघद्वाराआयोजित
कन्ट्रक्सन मैनेजमेन्ट सम्बन्धि दुई दिने तालिम शुक्रबार सिया पैलेस होटेल गाैरमा सम्पन्न भएकाे छ। तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाेल्दै महासंघका केन्द्रीय सह कोषाध्यक्ष सन्तोष साहले सिकेका कुरा व्यहारमा उतार्न अनुराेध गरेका थिए ।

नेपाल निर्मांण व्यवसायी संघ राैतहटका अध्यक्ष कृष्णदेव यादवकाे अध्यक्षतामा भएको कार्यक्रममा
बारा जिल्ला अध्यक्ष सुरेन्द्र जयसवाल ,
प्रदेस सदस्य विकास विक्रम नेपाल ,उपाध्यक्ष उपेन्द्र यादव ,प्रमोद कुसवाहा ,विक्रान्त नेपाल, अरविन्द जयसवाल, प्रमाेद यादव, सराेज यादव,राजेश झा ,ईन्जिनियर आशुतोष कुमार सिह,निर्मल अर्याल सहितका वक्ताले राष्ट्र निर्माण का अभिभारा बाेकेका सम्पुर्ण निर्माण व्यवसायीका हितमा यस्ता कार्यक्रम गरि राख्न सुझाव दिएका छन । तालिमका प्रशिक्षक प्राध्यापक राजेन्द्रप्रसाद अधिकारीले भेरीएसन,ठेक्का अन्त,भ्याट ,टिडिएस, बैक ग्यारेन्टी, मेजरमेन्ट, ठेक्का राखि राख्ने औचित्य लगायत विषयमा प्रशिक्षण दिएका थिए । उक्त तालिममा राैतहटका सतरी जना निर्माण व्यवसायीको सहभागीता रहेको थियो।
मुकेश कुमार साह,रौतहट,१५ गते फाल्गुण ।
रौतहटको चन्द्रपुर नगरपालिका-४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं स्थापना दिवस सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बसन्त कुमार आचार्यको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमको उद्घाटन नेफस्कुन मधेस प्रदेशकी संचालक सदस्य शोभा राउतले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि राउतले
सहकारी संस्थाहरू समाजको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । चन्द्रोदय साकोसले १७ वर्षको यात्रामा बचत तथा ऋण व्यवस्थापन मात्रै नभई समुदायको सशक्तीकरण र सामाजिक उत्तरदायित्वमा पनि उल्लेखनीय योगदान पुर्याएको उहाँले बताउनुभयो । सहकारी अभियानलाई अझ सशक्त बनाउन आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रमहरू ल्याउनेमा आफु विश्वास्त रहेको राउतको भनाई रहेको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष आचार्यले चन्द्रोदय साकोसको १७ वर्षे यात्राबारे प्रकाश पार्दै आगामी दिनहरूमा मानव सेवा तथा सदस्यहरूको आत्मनिर्भरतातर्फ कटिबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले सहकारी क्षेत्रको महत्व र चन्द्रोदय साकोसको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा सहकारी अभियान,शिक्षा,स्वास्थ्य,खेलकुद,कोरियोग्राफी तथा अन्य क्षेत्रहरूमा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल,चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे शेख आलम, श्री जनजागृति माध्यमिक बिद्यालयका प्रधानाध्यापक शत्रुधन प्रसाद साह, चन्द्रपुर अस्पताल प्रा लि का संचालक डा. सुवास चौधरी, चन्द्रपुर अस्पतालका चिकित्सक डा.रामजि राम, तेक्वान्दो खेलाडी केनिस खड्का,कोरियोग्राफर आशिष लामा, चन्द्रोदय साकोसका कर्मचारी शुभ नारायण चौधरी लगायतलाई प्रशंसा पत्र तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेल,नेफस्कुन सदस्य सेवा कार्यालय हरिवन सर्लाही उपसमिति सदस्य देव बहादुर सापकोटा,चन्द्रपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष निलहरी कोइराला, चन्द्रपुर वडा नं. ६ का वडा अध्यक्ष सहदेब केसी,राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापा,नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की,बिन्दबासिनी साकोसका अध्यक्ष गोबिन्द कोइराला,सृष्टि साकोसका अध्यक्ष राम विश्वास पासवान,नव विकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी,बागमती साकोसका अध्यक्ष समीर बाबु कार्की,संकल्प साकोसका अध्यक्ष गणेश पौडेल लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष बासुदेव अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका प्रमुख व्यवस्थापक कृष्ण लाल थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।