२०८३ बैशाख ४
२०८३ बैशाख ४

 

काठमाडौं, २८ वैशाख ।

नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । ११औँ संस्करणको यो फेस्टिबल यही १ देखि ३ असारसम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सब कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।

महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सवबारे,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेका जानकारी दिइन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर आफूहरुले विगत ११ वर्षदेखि  महोत्सव आयोजना गर्दै आएका बताएकी उनले नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताइन् ।

यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उनले बताइन् । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उनले जानकारी दिइन् ।

महोत्सवका लागि हाल प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरु निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा. मिश्रले बताएकी छिन् । महोत्सवको लागि बढीमा २५ वटा सिनेमा चयन गरिनेछ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सवमा प्रदर्शन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिकामाथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिनेछ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विगतझैं यसपटक पनि सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यबसायिक हुन सेकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक क्षत्रीले बताएका छन् ।

नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा  विधा रहेको पनि क्षत्रीले बताए ।  यस्तै नेपाली खण्डअन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्डअन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।

 

मुम्बई, २६ वैशाख ।

पेन इण्डियाको फिल्मको बाढी आइरहेको वर्तमान समयभन्दा धेरै वर्ष अघि नै पेन इण्डिया सुपरस्टार बनिसकेका अभिनेता रजनीकान्त यो साल करियरकै ठूलो धमाका गर्दैछन् । हालैमात्र उनको फिल्म ‘जेलर’को फस्टलुक सार्वजनिक हुनासाथ त्यसले राम्रै चर्चा पायो ।

 

यो वर्ष रजनीकान्त दुई फिल्ममा देखिँदैछन् । उनी अर्को फिल्म ‘लाल सलाम’मा पनि देखिँदैछन् । यो फिल्ममा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशन छ । ऐश्वर्या ८ वर्षपछि निर्देशनको कुर्सीमा बसेकी हुन् । फिल्मले ९० को दशकको मुम्बईको कथालाई देखाउनेछ ।

 

क्रिकेट खेलको कथालाई उतारिएको फिल्ममा तमिल स्टार विष्णु विशाल र विक्रान्तको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा रजनीकान्तले मुम्बईको एक डनको भूमिका निभाएका छन् ।

 

फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । सार्वजनिक फस्टलुकमा रजनीकान्तले शेरवानी र पाइजामा तथा शीरमा एक रातो टोपी लगाएका छन् ।

 

सन् १९९५ रिलिज ‘बाश्शा (बादशाह)’ रजनीकान्तको सबैभन्दा आइकनिक फिल्ममध्ये एक हो । यो फिल्ममा उनले मुम्बईको एक डनको भूमिका निभाएका थिए । फिल्ममा उनको चरित्रको नाम मानिक थियो, तर उनले आफ्नो मरिसकेको साथी अनवर बाश्शाको सम्झनामा उसको नाम पनि आफ्नो नाममा जोड्छन् । २८ वर्षअघि रिलिज यो फिल्म रजनीकान्तको सफल फिल्ममा पर्छ । यो फिल्म १५ महिनासम्म थिएटरमा प्रदर्शन भएको थियो ।

 

 

मुम्बई, २० वैशाख ।

बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाह पछि सार्वजनिक रुपमा उनको उपस्थिति कमै छ । यहीकारण उनका फ्यानहरुले सामाजिक सञ्जालमा मिडियासँग कटरीना किन टाढिएकी छिन् ।

 

हालैमात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरिना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका विषयले भने होइन । उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।

 

कटरिना सार्वजनिक रुपमा कम देखिनु गर्भावस्था नभई फिल्म ‘टाइगर ३’का कारणले हो । जसमा उनी पुनः एकपटक अभिनेता सलमान खानसँग स्क्रिन शेयर गर्दैछिन् । निर्माताहरु फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्न चाहिरहेका छन् । उनीहरु ‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्न चाहन्छन् । यहीकारण कटरिना आफैंले सार्वजनिक रुपमा आफ्नो उपस्थितिलाई कम बनाइरहेकी छन् ।

 

उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् । कटरीनाको पछिल्लो फिल्म ‘फोनभूत’ बक्सअफिसमा असफल भएको थियो । त्यहीकारण उनी दर्शकमाझ आफ्नो प्रभाव छाड्न कुनै कसर बाँकी नराख्ने सोचमा छिन् ।

 

काठमाडौं, २० वैशाख ।

बिहीबारबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले मंगलबार साँझ काठमाडाैंमा प्रिमियर गरेको छ । फिल्मकर्मी तथा पत्रकारको उपस्थितिमा काठमाडौंको नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज्मा गरिएको प्रिमियरमा उपस्थितले फिल्मको विषयवस्तुको प्रशंसा गरेका छन् ।

फिल्मले कुशल नृत्यकार बन्ने सपना साँचेको ज्याकी पात्रले बुवाको दबाबमा ब्रिटिस गोर्खामा भर्ती हुन गरेको संघर्षलाई देखाएको छ । फिल्मको समयावधि २ घण्टा २० मिनेटको छ ।

 

फिल्म हेरेपछि निर्देशक प्रदीप भट्टराईले ‘ज्याकीः आई एम ट्वान्थटी वान’ले  नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको दाबी गरे । ‘नेपाली फिल्ममा जे बिक्छ, त्यही बनाउने चलन छ । यो फिल्मका लेखक तथा निर्देशक रेनाशा राई रानाले त्यो परिपाटीलाई भत्काइदिनुभएको छ । यो फिल्मले नयाँ सोचमा फिल्म बनाउने मेकरलाई बाटो खुला गरिदिएको छ’, उनले भने ।

 

अभिनेत्री प्रियंका कार्की र शिल्पा मास्केले नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको बताए । उनीहरुले आफू प्रमुख कलाकार धिरज मगर र जसिता गुरुङको कामबाट प्रभावित भएको बताए । अर्की अभिनेत्री आना शर्माले नेपाली फिल्ममा नृत्य परक फिल्म बनाउन सक्नु आफैमा चुनौतिपूर्ण रहेकोमो त्यो चुनौतीलाई निर्देशक राईले पुरा गरेकोमा खुशी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा यो शैलीको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उल्लेख गरे ।निर्देशक राईले प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको खुलाइन् ।

 

अभिनेत्री जसिता फिल्ममा काम गर्दाको मिहिनेत सम्झिएर भावुक भइन् । अभिनेता धिरजले पनि फिल्मका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए ।  रेनाशा राणा राईको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ ।

 

मुम्बई, १० बैशाख । सन् २००० मा रिलिज सुपरहिट रोमान्टिक मेडी फिल्म ‘हद कर दी आपने’ले हालै २३ वर्ष पुरा गरेको छ ।

 

यो फिल्ममा गोविन्दा र रानीको जोडीलाई दर्शकले खुबै मनपराए ।

 

अब निर्माताले यो फिल्मको रिमेक भर्सन दर्शकमाझ ल्याउने तयारी गरेका छन् ।

 

निर्देशक मनोज अग्रवालका अनुसार फिल्मको रिमेक बनाउने तयारी सुरु भइसकेको छ । उनले स्क्रिप्ट पनि लेखिसकेका छन् । यद्यपि उनलाई भने रिमेकको खबर सार्वजनिक हुनासाथ आफू ट्रोलमा परिने हो कि भन्ने डर छ ।

 

उनले फिल्मको रिमेकमा अघिल्ला फिल्मका हरेक दृश्य नसमेटिने बताए । फिल्मका कलाकारको भूमिका अलग भए पनि फिल्मको सार भने पहिलाकै जस्तो हुने खुलाए ।

 

उनले फिल्ममा गोविन्दा र रानीको जोडी पुनः हुनेमा केही संकेत गरे । ‘उनीहरुसँग नियमित सम्पर्कमा छु । तर फिल्मको बारे कुराकानी भइरहेको छैन’, उनले भने ।

 

काठमाडौं, २ वैशाख ।

वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आएका छन् । उनी नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आएका हुन् । उनले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

उक्त गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत छ जसमा एजाज अलीको एरेन्ज रहेको छ । एक समय नेपाली फिल्मको पार्श्व गायनका चर्चित गायक मिजारका ‘टुनाको धुनमा डाँडा पारी जुनमा’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएका छन् ।

कयौँ फिल्मका गीत गायका मिजारको ‘के भन्ने हाम्रो समय अब यो बाटो मेरै हो कि, पिरतीको मिठो तिर्सना’ लगायतका गीत चर्चित छन् । भिडियाे लिंक : https://youtu.be/aFdHnXLSmHI

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।