लन्डन, १२ असार ।
हलिउड अभिनेता केभिन स्पेसी बेलायतको अदालतमा यौन उत्पीडनको मुद्दामा उपस्थित भएका छन् । एक दर्जन यौन उत्पीडनसम्बन्धी मुद्दामा ओस्कार–विजेता हलिउड अभिनेता केभिन स्पेसी बुधबार लन्डनको अदालतमा उपस्थित भएका हुन् ।
उनी गत वर्ष बेलायतमा पहिलो पटक अदालतमा उपस्थित भएदेखि बिनाशर्त जमानतमा छन्।स्पेसीको तारकीय क्यारियर ठूलो संख्यामा यौन अपराधको आरोपले रोकिएको छ, यद्यपि उनी कुनै अपराधमा दोषी ठहरिएका छैनन्।
गत वर्ष उनी लन्डनको ओल्ड बेली अदालतमा तीनजना पुरुषहरू विरुद्धको पाँचवटा अपराधमा दोषी नभएको स्वीकार गर्न उपस्थित भएका थिए, जसमा चारवटा यौन उत्पीडन र एक व्यक्तिलाई सहमतिविना घुसपैठ यौन क्रियाकलापमा संलग्न गराउने कारण थियो।
गत वर्ष न्यूयोर्कको एक अदालतले स्पेसीविरुद्ध े यौन दुर्व्यवहारको मुद्दा खारेज गरेको थियो। अदालतमा उपस्थित हुँदा स्पेसीले यौन दुव्र्यवहारको सबै आरोप अस्वीकार गरेकी छन् ।
काठमाडौं, ११ असार । हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युवमा हेर्न पाइने भएको छ ।
कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस् सुन्तलीले आज युट्युवमा फिल्म सार्वजनिक गर्दैछन् । फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइने छ ।
फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
काठमाडौं, १० असार ।
राजु गिरीको निर्देशनमा नेपाली फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ ।
निर्देशक गिरीले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । राजुका अनुसार आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ ।
राजनीतिक विषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ । बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह–निर्माता हुन् ।
निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ, ९ असार ।
अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बन्दैछन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र आगामी २९ गते प्रदर्शन हुँदैछ । उनले डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्याउने कोसिस गर्दैछन् । त्यसो त उनले सोच बनाएर आफू निर्देशनमा आएका होइनन् । आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्वसमेत बुझ्दछन् ।
‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मधे बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ’, अभिनेता खनालले भने,’यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।’ उनले आफ्नो मामाकी छोरी अर्थात् बहिनीले एकल महिलाको रुपमा भोगेको समस्या र समाजसँग गरेको संघर्षलाई नजिकबाट महसुश गरेका थिएँ ।
सम्पन्नताकै बीच पनि बहिनीको मन खुसी नभएको अभिनेता खनाल सम्झिन्छन् । उनले भने,’एकपटक परिवारको रमाइलो माहोलमा थियौँ । आफ्नै परिवारसँग समेत उनी खुलेर खुसी बाड्न सकेकी थिइनन् । उनमा रहेको दुविधा बाहिर धेरै दिदीबहिनामा हुन् सक्छ । त्यसलाई हटाउने र बुझाउने काम ठूलो पर्दामार्फत गर्दैछौँ ।’
ती बहिनीको विवाह भएपछि बल्ल नयाँ जीवन पाएको अभिनेता खनालले सम्झिए । ‘अहिले उनलाई छुटै पाउँछु । उनले बल्ल जीवन बचेकी छिन्’, उनले भने । आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफू भन्दा वरिष्ठ कलाकार नै बढी राखेर चलचित्रमा काम गरेकाछन् । किनकि सिनियर कलाकार अभिनयमा पोख्त हुनुका साथै चरित्र अनुसार उपयुक्त थिए ।
चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर र नव अभिनेत्री प्रमिला कार्कीले गरेको अभिनयको निर्देशक र अनुभवी कलाकारको हैसियतले उनले तारिफ गरे । ‘यसमा करिश्माको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । उनी सुन्दर छिन्, यो भूमिकाले उनमा झनै सुन्दरता थपेको जस्तो लाग्छ’, अभिनेता खनालले भने,’प्रमिला नयाँ थिइन् । छायांकन अगाडी उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन् ।’
एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका अभिनेता खनालले आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने योजना सुनाए । यद्यपि कलाकारितालाई पनि सँगै अगाडी बढाउने उनले बताए । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।
काठमाडौं, ९ असार ।
गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दाहेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विवाह गएको दृश्यले धेरैको मन छुन्छ ।

प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियोमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ मास्टरिङ तथा नविन निरौलाको कलर तथा सम्पादन छ ।

नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवं निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

हेर्नुहोस् गीतको भिडियो : https://youtu.be/f_SwFHrpuhs
मुम्बई, ९ असार ।
आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।
तर, टिकटको कम मूल्यका बाबजुद पनि यी दुवै दिनमा सबैभन्दा बढी कमाईमा गिरावट आएको छ, जसले फ्यानहरूलाई स्तब्ध बनाउने छ। यसै क्रममा आदिपुरुषको आठौं दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ, जुन अचम्मको छ ।
सचनिकको प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौं दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा यो फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ । तर बजेट बक्स अफिसबाट ५०० करोड कमाउनु त टाढाको कुरा हुनेछ ।
पहिलो हप्ताको कमाईको कुरा गर्दा पहिलो दिन ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौं दिन १०.७ करोड, छैटौं दिन ७.२५ करोड सातौं दिनमा ४.८५ करोड कमाई गरेको थियो ।
यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । जहाँ आदिपुरुषको विश्वव्यापी बक्स अफिसले ४०० करोड नाघेको छ ।
जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चर्किएको थियो । तर फिल्म रिलिज हुनेबित्तिकै संवाद र दृश्य
देखेर फ्यानको आक्रोश सातौं आकाशमा पुगेको छ । जहाँ २२ र २३ जुनमा टिकट सस्तो बनाउनुका साथै निर्माताले संवादमा पनि परिवर्तन गरेका छन् ।
काठमाडौं, असार ।
करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा फिल्म निर्माण गरेको बताए ।
‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमासहरु बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।
फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह–निर्माता रहेको फिल्मको सम्पादन बिजय पोखरेल र विनोद चौधरीले गरेका हुन् ।
फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

मुम्बई, असार ।
अभिनेत्री प्रियंका चोपडा जोनस, आलिया भट्ट र कटरीना कैफको फिल्म ‘जी ले जरा’ अहिले अलपत्र परेको छ ।
यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कम ब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ । यसको कारण हुन्, आमिर खान ।
आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा । जसमा फरहान प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१८ को स्पेनिश स्पोर्टस ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो । यो फिल्ममा आमिर खानको निर्माण हुनेछ ।
आमिर यसअघि फिल्ममा सलमान खानलाई लिन चाहन्थे । तर सलमानबाट सम्भव नभएपछि उनी फरहानतिर पुगे । फरहानले स्क्रिप्ट मन पराएपछि अभिनय गर्ने सहमति दिए । यद्यपि यसको आधिकारिक घोषणा हुनै बाँकी छ ।
आमिरको फिल्ममा अभिनय गर्नुपर्ने भए पछि फरहानले ‘जी ले जरा’मा समय दिन सकेका छैनन् । समय अभाव कै कारण फिल्मलाई केही समयका लागि होल्डमा राखेका छन् ।
यता फिल्मका प्रमुख अभिनेत्रीहरु आलिया, कटरीना र प्रियंकाको पनि अहिलेलाई समय छैन । आलिया ‘रकी और रानीकी प्रेम कहानी’ रिलिजका लागि तयार छिन् । यसपछि उनी हलिउड प्रोजेक्ट ‘हार्ट अफ स्टोन’मा व्यस्त हुनेछिन् ।
त्यस्तै प्रियंका हलिउड प्रोजेक्ट ‘हेड अफ स्टेट’मा व्यस्त छिन् । कटरीनाको फिल्म ‘टाइगर ३’ क्रिसमसमा रिलिज हुँदैछ । निर्माण पक्षले तीन प्रमुख अभिनेत्रीको समान समय मिलेपछि मात्र फिल्मको काम सुरु गर्नुपर्ने हुन्छ । निर्माण पक्ष भने कास्टिङमा फेरबदल गरेर फिल्म सुरुवात गर्ने योजनामा छ ।
मुम्बई, ९ असार ।
अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरन्जन दिन सफल छन् ।
अधिकांश दर्शकले यी बाबुछोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन् । केही फिल्म निर्माताले उनीहरुलाई फिल्ममा अफर पनि गरे । अहिले नै बाबुछोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे ।
तर अब भने उनीहरु एकसाथ पर्दामा देखिँदैछन् । उनीहरुले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन् । उनीहरुले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायांकन पुरा गरेका छन् । यो कुराको पुष्टि स्वयं सैफले गरेका छन् ।
‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्यौ । मलाई लाग्छ कि हामी सँगै हुँदा धेरै राम्रो देखिन्छ । यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन् ।
साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै मनपराए पछि बक्सअफिसमा सफल भएको थियो । सैफ भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन् ।
मुम्बई, ६ असार ।
थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन् । पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ ।
उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन् । विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन् । यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन् । विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन् । अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो । जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए । भिडियोका अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो ।
टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन् । विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ । यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन् ।