२०८३ श्रावण १४
२०८३ श्रावण १४
बज्जिकाञ्चल,जेठ २० गते राैतहट ।
राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई यस बर्षकाे मनाेज चाैधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ।
राैतहटकाे मध्य भाग गरुडामा आज आयाेजित मनाेज चाैधरी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेल, गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि जयसवालले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष समेत रहनु भएका रासस अध्यक्ष झालाई साे पुरस्कार प्रदान गर्नुभयाे ।
काेभिड १९ संक्रमणका कारण गत २०७८ साल बैशाख २९ गते राैतहटका पत्रकार मनाेज चाैधरीकाे निधन भएकाे थियाे । उहाँकाे स्मृतिमा नेपाल पत्रकार महासंघ राैतहट शाखाद्वारा २०७९ सालमा स्थापित नगद रु. २५ हजार राशीसहितकाे साे पुरस्कार अघिल्लाे बर्ष बरिस्ठ पत्रकार कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएकाे थियाे ।
पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेलले समाजिक बिभेद अन्यका लागि सशक्त पत्रकारिता पत्रकारकाे पेशागत सुरक्षा र श्रमकाे सम्मानका लागि न्युनतम पारिश्रमिक लागु गर्न सरकारसँग आग्रह गर्नुहुँदै उहाँले पत्रकारकाे पेशागत सुरक्षा, सम्मान र मर्यादित पत्रकारितालाई ध्यान दिएर महासंघ अघि बढिरहेकाे बताउनुभयाे ।
महासंघकाे गरिमालाई कायम राख्न र पत्रकारिता पेशालाई विश्वसनिय बनाउन महासंघले सदस्यता सुद्विकरणकाे अभियान सुरु गरेकाे बताउनुहुँदै सदस्यता सुद्विकरण अभियानलाई सफल बनाउनका साथ र सहयाेग आग्रह गर्नुभयाे । राससका अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा सुद्विकरण जरुरी छ । संस्थागत गरिमालाई कायम राख्न मेराे कार्यकालमा पनि सुद्विकरण गर्न पहल गरिएकाे थियाे ।
पत्रकारिता नगर्ने र पत्रकारिता पेशालाई बदनाम गर्ने काम अब राेक्नु आवश्यक रहेकाे उल्लेख गर्नुहुँदै पत्रकारितालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै इमान्दार बन्नु पर्ने बताउनुभयाे । कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खडकाले पत्रकारहरुकाे आर्थिक अवस्था सुधारका लागि सरकारलाई सुझाब दिएकाे बताउनुहुँदै समितिले गरेकाे सिफारिस कार्यान्वयन हुनुपर्ने बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झाकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कुमार कर्णले साना लगानीका सञ्चार माध्यमहरुकाे संरक्षण गर्न राज्यको प्रष्ट धारणा राख्नुपर्ने बताउनुहुँदै राज्यले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खाेजेकाे गुनासाे गर्नुभयाे ।
उहाँले जेष्ठ पत्रकारहरुलाई सम्मानसहित भरणपोषणकाे व्यवस्था हुनुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा राससका कार्यकारी व्यवस्थापक सितल महताे, गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि जयसवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवपुरी र केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बञ्जारा लगायतले बाेल्नुभयाे ।
   

 

रन्धिर साह, रौतहट, जेठ २० ।

रौतहट जिल्लामा केहीदिन यता भएको अत्याधिक तापक्रमका कारण कुखुरा पालन व्यवसायीहरुलाई धेरै चुनौती बनेका छन् । आज भोली दिनहु रुपमा ८ देखि १० वटासम्म कुखुरा मर्दै आएको छ । सोही अवस्थामा रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको कर्कच करमहीया गाउँमा रहेको कुखुरा फार्महरुको छ । सो गाउँमा दुइवटा कुखुरा फार्म रहेको छ, जसमध्ये एक रहेका छन्, हरिसंकर जयसवालको कुखुरा फार्म ।

उनीहरु धेरै समस्याका साथ जसरी पनि आफ्नो रोजगारीलाई बचाएर राखेका छन् । तर, गएको सोमबारदेखि सुरु भएको अधिक तापक्रमका कारण दिनानुदिन रुपमा कुखुरा फार्मबाट ५ देखि १० ओटासम्म कुखुरा मर्दै गएको कुखुरा व्यवसायीक हरिसंकर जयसवाल बताए । उनका अनुसार जेठदेखि असारसम्मको समयमा कुखुराहरु प्राय निमोनिया जस्तो रोगहरुको सिकार बन्छन् । सोही अनुसार अहिले कुखुराहरु मर्दै गएको छ ।

मोसम यस्तै रही रहयो भने हामीहरुलाई हुलो छती हुँने छ । म करिब ५ वर्षदेखि कुखुरा फार्म व्यवसायीमा क्रियाशिल रहेको छु । तर, यसपालिको जस्तो कहीले पनि भएको थिएन । आज भोली हाम्रो जिल्लामा धेरै मात्रामा तापक्रम बढेको छ । बाहिर जान पनि ढर लाग्ने अवस्था भएको उनले बताए ।

 

आरके श्रीवास्तव, रौतहट, जेठ १९ ।

रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । बिहिबारदेखि सो पालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकास जयसवालले बताएका छन् ।

उनका अनुसार कटहरिया नगरपालिका भित्र रहेका प्रत्येक गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ । उक्त जोखिमलाई उन्मुलन गर्न औषधी छर्ने अभियान सुरु भएको बताए ।

कटहरिया नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा अत्यधिक लामखुट्टे बढेकोले लामखुट्टे नियन्त्रण गर्न मेयर जयसवालले पालिकामा १४ जनालाई लामखुट्टे नियन्त्रणको लागि औषधि छर्न परिचालन गरेका छ्न भने १ जना सुपरभाइजर पनि खटाएका हुन् ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगहरुको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताए । उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो ।

त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको हो । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।

रमेश कुमार यादब जेठ १८,रौतहट
रौतहट जिल्लाको रघुनाथपुर सिसवामा दुई कोठे भवनको शिलान्यास गरिएको हो । गरुडा नगरपालिकाको वार्ड नं.९ अन्तर्गत पर्ने रघुनाथपुर सिसवामा रहेको श्री सहिद लालबाबु दास प्रा.बि बिधालयमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रम बिच दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुन लागेकोे नगर प्रमुख जैसवालले जानकारी गराउनु भयो ।
२२ लाख ५० हजारको लागतमा दुई कोठे भवन निर्माण हुन लागेको उनले बताए । नगर प्रमुख जैसवालले शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै भने यस भवन निर्माणले बिधार्थीहरुलाई पठनपाठनमा थप टेवा पुग्ने बताउनु भयो । घाम ,पानि र चर्को गर्मिमा खुल्ला अकाशमुनि पठनपाठन गर्न निकै नै समस्या भईरहेको थियो । तर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन निर्माणको लागी चालेको कदम एकदम सराहनिय रहेको बताउनु भयो ।
शिलान्यासपछि भवन निर्माणको काम छिट्टै अगाडी बढाइने नगर प्रमुख जैसवालले बताउनु भयो । मेयर जैसवालले भने कि निर्वाचित हुनु भन्दा अघि हाम्रो नगरबासि माझ बाचा गरेका थियौ कि निर्वाचित भएपछि नगरको शिक्षा ,स्वास्थ्य ,शुद्ध खानेपानि लगायत नगर बिकासको कार्यमा एकबद्ध भएर काम गर्ने बताउनु भएको थिए ।
सोहि चुनावी प्रतिबद्धता अनुरुप वहाँ निर्वाचित भए देखि नै आफ्नो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै आईरहनु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आईरहनु भएको छ । शिक्षामा कुनै प्रकारको कमिकमजोरी भए भने कुनै पनि ब्यतिmलाई नछोडने चेतावनी समेत दिनु भएको थियो ।
शिक्षामा कसैले लापारवाहि गरियो भने त्यस्ता शिक्षक लगायत जोसुकै ब्यतिm भए त्यसलाई कार्यवाहि गर्न पछाडी नपर्ने नगर प्रमुख जैसवालले चेतावनी समेत दिनु भएको थियो । सोहि शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै गरुडाका नगर उप–प्रमुख पुनम चौधरीले भने यो बिधालयमा अनुगमनको क्रममा आउँदा यस बिधालयका प्रधानाध्यापक रंजिता कुमारी दास र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र दास तत्माले बिधालयको प्रगति उन्नतिको लागी धेरै नै आग्रह गर्नु भएको थियो ।
सोहि आग्रह पछि हामिले यो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम योजना पारेर आज दुई कोठे भवनको शिलान्यास गरेका छौ । बिधालयको प्रगति उन्नतीको लागी हरसम्भव प्रयासरत रहने पनि बताउनु भयो । बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र दास तत्माले भने बिधालयमा करिब ३ सय बिधार्थी रहदा यस बिधालय प्रति कुनै पनि व्यक्तिको चासो र ध्यान नरहेको पनि दुखेसो पोख्नु भएको थियो ।वहाँले भने २०६५ सालदेखि स्थापना भएको बिधालयको अवस्था निकै नै अस्तब्यस्त रहेको भएतापनि आफ्नो छोरो नाम अमर रहुन भनि उदेश्यले जेनतेन गरि अहिलेसम्म चलाउदैं आईरहेको बताउनु भयो ।
त्यसकारण बिधालयको चौतर्फी बिकास,भौतिक संरचना र शिक्षकको दरबन्दी मिलान लगायत आवश्यक समाग्री पुरा गर्दिन नगर प्रमुख र नगर उप–प्रमुखसंग बिधालय ब्यवस्थापन समितिको अध्यक्ष तत्माले आग्रह गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाको शिक्षा स–संयोजक शेख चाँद अलि ,प्राबिधिक प्रमोद चौरसिया ,समाजसेवी भन्टु दास ,रेवती ठाकुर ,पुर्ववडाअध्यक्ष सरफ पासवान ,चनरदेव दास ,श्याम सहनी,महावति देवी ,तेतरी देवी ,शिक्षक प्रतिनिधि राम नरेश दास,बिजुली दास ,समाजसेवी रबिन्द्र यादब लगायत स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
 

 

रन्धिर साह, रौतहट, जेठ २० ।

रौतहटको कर्कचमा धमाधम सडक ढलना कार्य सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित रहेको र्ककच गाउँमा शुक्रबारदेखी ढलान कार्य सुरु गरेको हो ।

शहरि विकास मन्त्रालयद्धारा गत आर्थिक वर्ष २०७९ र ०८० का लागि आएको सडक निमार्णको बजेटबाट जेठ १९ गतेदेखि देवाही गोनाही नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष अनिलकुमार झाले करिब ८ सय मिटरमा रहेको कर्कच, उचिडिह र गोनाहीजाने बाटोको ढलान कार्य सुरु गरेका छन् ।

उनका अनुसार सो कार्य असारको १५ गते भित्र सकिने गरि सुरु गरेका हो । लामो समयदेखि यो सडकलाई ढलान गर्ने मेरो चाहना आज पुरा भएको पुर्व वडा अध्यक्ष झाले बताए । सो सडकका बारेमा ढलान हुँनु भन्दा पहिलादेखि नै चर्चा परिचर्चा हुन थालेको र अब ढलान प्रक्रिया सुरु भएसंगै स्थानीयबासीहरु पनि धेरै खुसी भएको सोही गाउँका स्थानीय भाग्यनारायण झाले बताए ।

उनका अनुसार यो सडकले गाउँको विकासमा साकारात्मक भूमिका खेल्ने छ । यस्तै पुर्व वडा अध्यक्ष झा भन्छन्, हाम्रो योजना भनेकै गाउँलाई सहर बनाउनु हो, सोही अनुरुप आज पनि सडक ढलान कार्यलाई अगाडी बढाएका छौँ । छिटै गाउँका सबै कुना कुनामा ढलान भएको सडक देखिने छ, उनको भनाइ छ ।

यो सडक खण्डले गाउँ र बजारलाई जोडने काम गर्छ । यसको प्रत्य रुपमा किसानलाई भाइदा हुँने उनले बताए । कार्यक्रममा समाजसेवी युवा नेता राजकुमार साह, प्रभास (गम्भिरा) साह, देवाही गोनाही नगरपालिका वडा नम्बर ६ का वोड सदस्य जय राम साह, सोही वडाका सचिव अनुठा महतो, किशोरी हजरा तथा भुनेसर साह सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।

   

 

रौतहट , जेठ १८ गते ।

रौतहटको बाैधीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिना अस्त व्यस्त बनेको छ । केहि दिन अगाडि मात्र मंत्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर कार्की र नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादव लगायत जनतिनिधिहरुबीच आपसी तालमेल नहुदा कार्कीलाई पठाइ नया हाकिम ल्याउन दिनरात कसरत भैरहेको देखिएको छ ।

उपसचिवले नियम बिपरित कार्य नगरेको तथा नगर प्रमुखसंग कुरा नमिल्दा कार्यपालिकाले नियम मिचेर स्थानीय तहमा कार्यरत सातौ तहको कर्मचारी हुदा हुँदै पनि नगरपालिका बाहिर यमुनामाई गा.पा.का आफ्नो पायक पर्ने छैठो तहको अहेव कर्मचारी प्रमोद यादवलाई हाकिम बनाउन नगर प्रमुख यादव नगरको सम्पुर्ण कामकाज छोडी व्यस्त रहेको देखिएको छ ।

आर्थिक वर्षको अन्त्यमा बिकास निर्माणका कार्य लगायत पालिकाबाट हुने विभिन्न प्रसाशनिक कार्यहरुको चाप दिन्हु बढिरहेको अवस्थामा, संघीय तथा प्रदेश सरकारबाट आएको लाखौ,

करोडौं रकमको योजनाहरु सम्झौता समेत नभई बिकास निर्माणका कार्यहरु अस्त व्यस्त रहेको अवस्थामा उपसचिव कार्कीलाई पठाई नया हाकिम ल्याउने कार्यले सम्पुर्ण नगरबासी नै अन्यौलमा परेको स्थानीयहरुले गुनासो गरेका छन ।

एक वर्ष बित्न लाग्दा सबै पालिकाले आफ्नो वार्षिक प्रगती प्रतिवेदन पेश गरिरहेको समयमा बाैधीमाईका नगर प्रमुख यादव बिकास निर्माणका कार्यहरु समेत पूरा नगरी नयाँ हाकिमको लागि हप्तौ देखि काठमाण्डाै बसिरहेको जनगुनासो बढिरहेको स्थानीयहरुले बताएका छन।

साथै सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विधार्थीहरुको लागि सन्चालन गरेको दिवाखाजा बाैधीमाई नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा बिगत ३ महिना देखि बन्द रहेको देखिएको छ ।

 

रमेश कुमार यादव,गरूडा,जेठ १८ गते

नबिल बैंकले बिहिबारदेखि गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि दुई शाखाबाट सेवा प्रदान गर्दै आएको बैंकले गरुडामा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बिहिबार एक समारोहका विच गरुडा नगरपालिकाको नगर प्रमुख (मेयर)कन्थमनि प्रसाद जैसवालले पान्समा बति बालि उद्धघाटन गर्नु भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर जैसवालले शाखाले परिस्कृत ढंगबाट ग्राहकलाई सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएका थिए ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा क्षेत्रमा मात्रै बैंकको शाखा खोल्ने परिपाटीको अन्त्य गर्दै मुख्य बजार क्षेत्र बाहिरका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले शाखा सञ्चालनमा ल्याएमा खुसी व्यक्त गर्दै उनले भने,

‘नबिल बैंक देशको एउटा सर्वोत्किृष्ट वित्तीय संस्था मध्ये एक हो । लामो समयदेखि नेपालको अर्थतन्त्रमा यसले ठूलो सहयोग पु¥याउँदै आएको छ । आशा गर्छु नयाँ शाखाले बैंकको यस विरासतलाई कायम राख्छ ।’मेयर जैसवालले बैंकलाई प्रत्येक शाखाबाट ग्राहकको लागि राम्रो व्यवस्थापन गर्न आग्रह समेत गर्नु भएका थिए ।

नगर प्रमुख जैसवालले भने यो बैँक नयाँ होईन यो बैँक पनि धेरै नै पुरानो रहेको हो तर यस ठाउँमा नयाँ सन्चालन हुँदा यहाका लागी नयाँ नै हो तर यसको सेवा सुबिधा पुरानै नै हो ।

यस बैँकसंग आबद्ध रहेका ग्राहकहरु सन्तुष्ट रहेको बताउनु भयो ।त्यति मात्र नभएर बैँकको हरेक सेवा सुबिधा ग्राहकहरुमा सर्वसुलभ तरिकाबाट प्रदान गर्न आग्रह गर्नु भएका थिए ।

यस गरुडामा सबभन्दा पहिला राष्ट्रिय बाणिज्य बैँक र निर्धन लघुबित बितिय संस्थाले सेवा दिदैँ आईरहेका थिए तर आजकल अनेकौँ बैँक तथा संस्थाहरु सेवा दिईरहेको बताउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नव सञ्चालित शाखाका प्रवन्धक बिश्वनाथ प्रसाद यादबले नयाँ शाखा आफैमा स्वयंपूर्ण भएको बताउँदै रौतहटमा रहेका अन्य दुई वटा शाखाझैँ यहाँबाट पनि सेवासुविधा उपलब्ध हुने बताए ।

नबिल बैंकले आजै देशभरका विभिन्न स्थानमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी पनि गराए । ‘आज थपिएका ३८ नयाँ शाखासँगै नबिल बैंकको देशभर २५५ वटा शाखा पुगेका छन्,’ उनले भने ।

हाल देशका विभिन्न स्थानमा २८३ वटा एटीएम पनि सञ्चालनमा रहेको उनले बताए ।साथ साथै शाखा प्रबन्धक यादबले २०८० बैशाखको अन्त्यमा ३ खर्ब ७३ अर्व डिपोजिट रहेको छ भने ३ खर्ब ३४ अर्ब लगानी समेत रहेको बताउनु भयो ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै सेवाग्राहीको मनमुटुमा बस्न र मन जितन सफल रहदैँ आएको नबिल बैंक मुलुककै अग्रणी बैंक मध्येको एक हो ।

बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

कार्यक्रममा चन्द्रपुर नविल बैँकका शाखा प्रबन्धक बिरेन्द्र प्रसाद पटेल ,उधोग बाणिज्य संघ गरुडा रौतहटका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी,नेकपा एमालेको नेता कलिमुल्लाह,

ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल ,सुनचाँदी ब्यवसाय रामजि साह ,उधोग बाणिज्य संघ गरुडा रौतहटका सदस्य संन्तोश जैसवाल ,बिजय साह ,युवा नेता शैलेस जैसवाल ,

श्याम सहनी ,कान्तिपुर पत्रिकाका रौतहट प्रतिनिधि राजेश्वर पाण्डे लगायत पत्रकारहरुको सहभागिता थियो ।

 

आरके श्रीवास्तव,राैतहट,जेठ १८ गते

मधेश प्रदेशका विभिन्न पालिकाका कर्मचारीहरूलाई काेपाेमिस सम्बन्धि तालिम सुरू भएको छ । महाेत्तरीकाे बर्दिवास स्थित हाेटेल रिसाेनामा आज देखि साे तालिम सुरु भएको हाे ।

ग्रामिण उधम तथा विप्रेषण आयाेजना (समृद्धि) जनकपुर करिडाेर कार्यालयकाे आयाेजनामा बिहिवार देखि मधेस प्रदेशका विभिन्न सहकारी शाखाका प्रमुख र काेपाेमिस सम्बन्धि तथ्यांक हेर्ने कर्मचारीहरू लाई तालिम दिन थालिएको समृद्धि आयाेजनाका कर्मचारी ईन्दिरा श्रेष्ठले जानकारी गराएकी हुन् ।

तालिममा राैतहट,बारा,सर्लाही,महाेत्तरी र सिन्धुली जिल्लाकाे ११ पालिका सहकारी संस्था शाखा र काेपाेमिस सम्बन्धि शाखा हेर्ने कर्मचारीहरू सहभागी छन् । तालिममा प्रशिक्षक सिएमएफका सिईओ गणेश बिष्टले प्रशिक्षण दिईरहेका छन् ।

आज पहिलाे दिन सहकारी नियमनकाे लागि संघ,प्रदेश र स्थानीय तहका संरचनाहरू बारे जानकारी गराईएकाे थियाे । साथै सहकारीकाे अवस्था पहिचान तथा काेपाेमिस संचालन सम्बन्धि महत्त्वपूर्ण जानकारी तथा छलफल गरिएको थियाे । आज देखि सुरू भएको तालिम शुक्रबार सम्म चल्ने श्रेष्ठले बताईन् ।

 

काठमाडौं, १५ जेठ ।  सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।

 

मबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले साे घाेषणाा गरेका हुन ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो । गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो ।

 

त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताए । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

 

कुमार चन्दन, रौतहट
जेष्ठ १४ गते ।

रौतहटको गरुडा नगरपालिकामा अवस्थित श्री नमुना माध्यमिक विद्यालय गरुडाको प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ ।

नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्यमिक विद्यालय गरुडाका छात्र अधिराज कुमार यादव प्रथम स्थान हासिल गर्न सफल भएको हो भने श्री मा। वि श्रीपुर गम्हरियाकी छात्रा शाहजहां वेगम द्वितीय र श्री रामचन्द्र मा। वि जिंगडियाका छात्र राहुल साह तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
यसैगरी कविता प्रतियोगितामा श्री रामचन्द्र मा। वि जिंगडियाकी छात्रा नन्दनी ठाकुर स्थान हासिल गर्न सफल भएकी हो भने श्री मा। वि जयनगरकी छात्रा सवाना खातुन द्वितीय र श्री रामचन्द्र मा। वि जिंगडियाका छात्र रक्की गुप्ता तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

सृजना रूपान्तरण समुह गरुडा नगरपालिकाकी अध्यक्ष सृजना शर्माको अध्यक्षतामा भएको
उक्त कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उप(प्रमुख पुनम कुमारी चौधरी, नगर शिक्षा सह(संयोजक शेख चान्द अली, आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाध्यक्ष ममता झा, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनाल, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया गुरौँ, पालिका भरिका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक(शिक्षिका,विद्यार्थीहरु, विभिन्न मिडियाका सञ्चारकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।