रौतहट,०८ गते असार
रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको सातौं नगर सभा शुक्रबार सम्पन्न भएको छ । “जनमुखि स्थानीय सरकार र समृद्धिको आधार“ नारा सहित बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५१ करोड ७६ लाख भन्दा बढीको बजेट प्रस्तुत गर्नु भएको थियो ।

बौधीमाई नगरपालिकाकी उप–मेयर प्रमिला जैसवालले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै ५१ करोड ७६ लाख ६३ हजार ८ सय १५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभाबाट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्तावित २

करोड ९० लाख १९ हजार २ सय ५१ रुपैयाँ घटी बजेट पारित गरिएको हो। नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षक गत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको बौधीमाई नगरपालिकाका नगर प्रमुख यादवले जानकारी दिनु भयो ।

आरके श्रीवास्तव,सर्लाही,०८ गते असार सर्लाही ।
कृषि तथा कृषिजन्य विषय वस्तुलाई सञ्चार माध्यमसम्म पुर्याउने उद्देश्यले सर्लाहीमा दु दिने कृषि पत्रकारिता सम्बन्धि अभिमूखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे समन्वय र आमसञ्चार प्राधिकरण मधेस प्रदेशकाे आयोजनामा शुक्रबारदेखि लालबन्दीमा दुई दिने कृषि पत्रकारिता तालीम शुरु भएको हो ।

तालिममा विभिन्न जिल्लाका ३० भन्दा बढी पत्रकार सहभागी सो तालीममा सञ्चार तथा कृषि क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् । तालिम सुरू हुनु भन्दा पहिला उदघाटन सत्र राखिएको थियाे । जसमा कार्यक्रमकाे अध्यक्षता नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले गर्नु भएको थियाे ।

भने प्रमुख अतिथिकाे रूपमा मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष कैलास दास रह्नु भएको थियाे । रिना आलेले सञ्चालन गरेको कार्यक्रममा फाेनिजका अध्यक्ष घनश्याम बलमपाखीले स्वागत मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम ज्ञातअज्ञात शहिदहरूकाे सम्झनामा एक मिनेट माैन धारण गरिएको थियाे । कार्यक्रमकाे उदेश्य बारे प्रष्ट पार्दै विशिष्ट अतिथि समेत रह्नु भएका आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कृषि लाई पनि प्राथमिकतामा राखेर पत्रकारहरू लाई आग्रह गर्नु भयाे । पत्रकारीतामा कृषि आउनु पर्नेमा जाेड दिनु भयाे ।

वहाँले मिसन कृषि लिएर किसानकाे मुद्दा उठाउन,किसानकाे कथा समेटन, नकारात्मक तिर बढी नगई सकारात्मक समाचार प्रवाह गर्न अनुरोध गर्नु भयाे । सो अवसरमा अनाजका अध्यक्ष किरण आचार्यले कृषि क्षेत्रमा खोजी गर्नुपर्ने विषय प्रशस्त रहेको बताउँदै समाचार कहाँ छ, भनेर त्यसको बास्ना पत्ता लगाउने क्षमता पत्रकारमा हुनुपर्नेमा जोड दिए ।

साथै उनले कृषि बाट समृद्धि सम्भव रहेकोले यसलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु पर्ने बताउनु भयो ।

मिडिया काउन्सिलका अध्यक्ष दासले उदघाटन सत्रलाई सम्बाेधन गर्दै विटकै रुपमा कृषि पत्रकारिताको अभ्यास भइसकेको उल्लेख गर्दै सहभागी पत्रकारले समेत कृषिलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्नु आवश्यक भएको बताए । कार्यक्रममा आमसञ्चार प्राधिकरणका कार्यालय प्रमुख उपेन्द्र सिंह र सुरेश यादवले प्रशिक्षण दिनु भएको थियाे । वहाँहरूले कृषि क्षेत्रकाे दैनिक रूपमा समाचार प्राथमिकता दिन घच्घच्याएका थिए ।

मञ्जय राम,कटहरिया, असाढ ७ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिपरा पोखरीया गाउँमा आज एनसेल टावर संचालनमा आएको छ । पालिकाको एक विकट क्षेत्रका रुपमा परिचित रहेको सो वडामा आजबाट एनसेल नेटर्वक शुचारू भएको हो ।
एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। विश्व आधुनिक युगमा प्रवेश गरेको अवस्था धेरै पुरानो छ । तर सो गाउँमा अहिलेसम्म नेटर्वकको समस्या रहदै आएको थियो । सो वडामा लामो समयदेखि नेटर्वकको समया हुने गरेको थियो ।
तर,एनसेल टावरको धेरै समस्या भएकोले आजदेखि गाउँको मोबाईल फोनमा 4G को टावर आएको छ । गाउँहरूले खुशुको साथ सम्पन गरेको छ। । ग्रामीण क्षेत्रमा एनसेलको टावर शुचारु भएकोले उपभोक्ता हर्सित हुन। सोही गाउँका एक स्थानीयले बताए ।
पुर्व वडा अध्यक्ष नवद राय यादवको पहलमा एनसेल टावरको विहिबारदेखि टावर पुन संचालनमा आएको छ । उपस्थितिमा पुर्व वडा अध्यक्ष नवद राय यादव,गगनदेव दास,अशाेक यादव,गेनालाल यादव,दिनेश यादव,रामाकान्त यादव,किसुनि राम उपस्थिति रहेकाे थियाे ।
काठमाडौं ।
प्रविधिको यो दुनियाँमा कम्प्युटरमा काम गर्नु अनिवार्य नै भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आजको दिनमा कम्प्युटरमा नै काम हुने गर्छन् । कम्प्युटरमा काम गर्नु अत्यावस्यक बनिसकेको छ ।
कुनै पनि क्षेत्रको कुनै पनि कामका लागि अहिले कम्प्युटरको प्रयोग बढ्दो छ । लामो समयमा कम्प्युटरमा काम गर्नु दैनिकी जस्तै भएको छ । यसले गर्दा हामी आफैलाई पनि विभिन्न चिन्ताले सताउने गर्छ । सबैभन्दा पहिलो चिन्ता हामीलाई हाम्रो आखाँको लाग्छ ।
आँखाका कुनै समस्या आयो भने कम्प्युटरमा धेरै समय बिताएर हो कि भन्ने डर पक्कै पनि आउँछ । स्क्रिनमा बढी समय बिताउँदा हाम्रो कार्काडियन रिदमलाई हानी गर्छ ।
कार्काडियन रिदम सजीव प्राणीहरूको शरीरमा भएको एउटा यस्तो आन्तरिक प्रक्रिया हो जसले स्लिप-वेक साइकल (निदाउने-ब्यूँझने चक्र) लाई नियमन गरेको हुन्छ । त्यस्तै लामो समयसम्म आँखामा प्रकाश पर्दा त्यसले शरीरमा भौतिक असर जस्तै आँखा चिलाउने समस्या पनि निम्तिन्छ ।
वेब एमडीले गरेको एक अध्ययन अनुसार ५० देखि ९० प्रतिशत रिमोट वर्कर (घरबाटै कम्प्युटरमा बसेर काम गर्ने मानिस) मा डिजिटल आई स्ट्रेनको लक्षण देखिएको छ ।
डिजिटल आई सिन्ड्रम जसलाई कम्प्युटर भिजन सिन्ड्रम (सीभीएस) पनि भनिन्छ, यो यस्तो अवस्था हो जहाँ डिजिटल डिभाइसका कारण मान्छेको भिजन (दृष्टि) मा समस्या आउँछ । विशेषगरी कम्प्युटर, स्मार्टफोन, ट्याबलेट र अन्य विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्दा यस्तो समस्या निम्तिन्छ ।
हुन त ब्लु लाइट ब्लक गर्ने चस्माले ब्लु लाइटबाट हाम्रो स्लिप-वेक साइकललाई जोगाउँछ भनिएको छ । तर, त्यस्ता ग्लास कम्प्युटर भिजन सिन्ड्रम अर्थात् डिजिटल आइ स्ट्रेनबाट हामीलाई जोगाउन त्यति प्रभावकारी छैनन् ।
कम्प्युटर भिजन सिन्ड्रमका लक्षणहरू के के हुन् ?
यदि तपाईं पनि लामो समय कम्प्युटर स्क्रिनमा काम गर्नुहुन्छ भने तलका मध्ये पक्कै पनि कुनै लक्षण तपाईंमा देखा परेका हुनसक्छन् । कम्प्युटर भिजन सिन्ड्रमका केही लक्षणहरू तल उल्लेख गरिएको छ ।
– आँखा सुख्खा हुनु
-आँखा चिलाउनु
-आँखा रातो हुनु
– टाउको दुख्नु
– धमिलो देखिनु
– घाँटी दुख्नु
– मांसपेशी ऐँठन हुनु
हामी यहाँ डिजिटल उपकरणका कारण हुने कम्प्युटर भिजन सिन्ड्रम वा भनौं आइस्ट्रेन (आँखा दुखाई) का समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।
१) रातको समयमा स्क्रिनको ब्राइटनेस घटाउनुहोस्
कम्प्युटरको स्क्रिनले आँखामा पार्ने असर कम गर्नका लागि रातको समयमा स्क्रिनको ब्राइटनेस कमभन्दा पनि कम राख्नुहोस् । अधिकांश डिभाइसमा अटो ब्राइटनेसको सुविधा हुन्छ । जसले तपाईंको वरपरको प्रकाशलाई मध्यनजर गर्दै तपाईंका लागि उपयुक्त ब्राइटनेस मिलाउँछ ।
आईफोन डिभाइसमा स्क्रिनको ब्राइटनेस स्टान्डर्ड डिस्प्ले सेटिङभन्दा पनि कम गराउने सुविधा हुन्छ । समग्रमा के भन्न खोजिएको हो भने तपाईंले कम्प्युटर प्रयोग गर्दा आफूलाई उपयुक्त हुने गरी कमभन्दा कम ब्राइटनेस राख्नुहोस् ।
२) स्क्रिनभन्दा टाढा रहनुहोस्
हामीमध्ये अधिकांशले विस्तरामा बसेर ल्यापटममा फिल्म हेर्नुपर्यो वा काम गर्नुपर्यो भने निकै नजिक राख्छौं । वास्तवमा यसरी आँखाको नजिक स्क्रिनलाई ल्याउँदा त्यसले आँखालाई असर गर्छ । यसबाट जोगिनका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।
– कम्प्युटर स्क्रिन वा ल्यापटप आफूभन्दा टाढा राख्नुहोस् । विशेषगरी कुनै टेबल वा डेस्कमा राख्नु भएको छ भने पनि आफूभन्दा टाढा नै राख्नुपर्छ ।
– मोबाइल प्रयोग गर्दा आँखाभन्दा ३० इन्च टाढा राख्नुहोस् ।
– घाटीलाई असर नपर्ने गरी डिभाइसलाई आँखाको अगाडि राख्नुहोस् ।
– पेन मेडिसिनका अनुसार आँखाभन्दा स्क्रिन चारदेखि आठ इन्च तल राख्नुपर्छ । यस्तो गर्दा घाँटीमा पर्ने दबाब कम हुन्छ र आँखा पनि जोगिन्छ ।
३) स्क्रिनबाट ब्रेक लिनुहोस्
कम्प्युटरमा बसेर काम गर्ने भइसकेपछि समय समयमा ब्रेक लिने गर्नुपर्छ । हुन त यस्तोमा प्रायः मानिसहरू एकाग्र भएर काम गर्छन् । तर, पनि आँखा, मस्तिष्क र शरीरलाई आराम दिन तपाईंले समय समयमा ब्रेक लिनुपर्छ ।
विज्ञहरूका अनुसार हरेक दुई घण्टा कम्प्युटरमा काम गरिसकेपछि तपाईंले १५ मिनेट आराम लिनुपर्छ । ब्रेकको समयमा आँखाको व्यायाम गर्नुपर्छ ।
४) सही तरिकाले बस्ने बानी बसाल्नुहोस्
तपाईं डेस्कटपअघि कसरी बस्नुहुन्छ भन्ने कुराले पनि तपाईंको शरीरको अवस्था निर्धारण गरेको हुन्छ । यदि तपाईं सहज र सही तरिकाले बस्नुभयो भने त्यसले घाँटी, आँखा र पछाडिको भागलाई आराम दिन्छ । बस्ने सही तरिकाहरू तल उल्लेख गरिएको छ ।
– आफ्नो कुर्सीलाई यसरी राख्नुहोस् जहाँ घुँडाले खुट्टासँग ९० डिग्री कोण बनाउन सकियोस् ।
– भूइँमा आफ्नो खुट्टा समतल बनाएर राख्नुहोस् ।
– कुर्सीमा अडेस लागेरभन्दा पनि सिधा पर्नेगरी बस्नुहोस् ।
– डेस्कमा हात ९० डिग्री पर्नेगरी राख्नुहोस् ।
– कम्प्युटर टाढा परे पनि माउसलाई आफ्नो हातको नजिक पर्नेगरी राख्नुहोस् ।
५) आँखाका लागि उपयुक्त ड्रप
हामी कम्प्युटरमा काम गर्दा आँखा कम झिम्काउँछौँ । यसरी आँखाको झिम्काइ कम हुँदा आँखा चिलाउने समस्या निम्तिन्छ । त्यसैले आँखालाई उपयुक्त हुने ड्रप राख्दा आँखा सुख्खा हुने, चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । आँखामा उपयुक्त हुने ड्रप अस्पतालमा गइ आँखा जाँच गराएर डाक्टरको सुझावमा औषधी खरिद गर्न सक्नुहुन्छ । टेच पाना
आरके श्रीवास्तव,रौतहट,असार ०७ गते ।
रौतहट । रौतहट जिल्ला स्थित राजपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलमको निधन भएको छ । आज उपचारको क्रममा अल्पआयूमा स्वर्गवास हुनु भएको छ । वडाध्यक्ष आलम गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा दोस्रो पटक निर्वाचित हुनुभएको थियो ।

राजपुर नगरपालिकाले मृत्क स्व. आलमको आत्माको चिरशान्तिको कामना सहित हार्दि शोक संवेदना प्रकट गरेको छ । साथै मृतकको शोकाकुल परिवार प्रति धैर्यधारणको कामना गर्दै भोली(शुक्रवार) असार ८ गते १ दिन शोक विदा दिएको छ ।
सो दिन राजपुर नगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रह्ने नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर द्धारा हस्ताक्षरित शोक संवेदनामा उल्लेख रहेको छ । यसबाट पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा याचना गरेको छ ।

आरके श्रीवास्तव,रौतहट,असार ०७ गते
रौतहटमा चोरीको मोटरसाईकल सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नम्बर १० बस्ने दशरथ साह कानुको छोरा बर्ष १९ को अर्जुन साह कानु रहेका छन् ।
गत असार ३ गते दिउँसोको समयमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित डुमरिया बजारको साईडमा पार्किङ गरी राखेको अबस्थामा मोहन कुमारको नाममा दर्ता रहेको ना. ४५ प. ७५५१ नम्बरको सिबि साइन एसपि कम्पनीको मोटरसाइकल चोरी भएको थियो ।
चोरी खबर पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट तत्कालै प्रहरी नायब उपरिक्षक एक नारायण कोईराला समेतको प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा सोही दिन उक्त बाइक फेला पारेको थियो । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ शहिद बजार चोक स्थितमा कानुलाई उक्ते मोटरसाईकल सहित फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ परेका कानुलाइ सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले जानकारी गराउनु भयो ।
आरके श्रीवास्तव,रौतहट, असार ०७ गते ।
रौतहटको बौधीमाई नगरपालिकामा करदाता सेवा कार्यालय गौर रौतहटको आयोजनामा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको सिता पैलेसमा कार्यक्रम गरिएको हो । वर्तमान करको व्यवस्था तथा आर्थिक विधेयक २०८० मा भएका छुटसहुलियतहरु,करको सामान्य जानकारी ,आयकर ईटिडिएसको फाईदा,बजार अुनगमन,टिडिएस,जरिवाना र ब्याजहरू लगायतको बारेमा जानकारी मूलक करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धिःसुशासन,विकास र समृद्धि भन्ने मूल नाराका साथ भएको करदाता शिक्षा कार्यक्रमको अध्यक्षता करदाता सेवा कार्यालय रौतहटका प्रमुख पप्पु गुप्ताले गर्नु भएको थियो । कार्यक्रममा करदाता कार्यालयका कर्मचारी प्रमोद कुमार सिंहले विस्तृत रूपमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नगरप्रमुख प्रदिप यादवले करको नाउँमा व्यापारीहरू लाइ दुःख दिन नमिल्ने बताउनु भयो । कर कार्यालय बाट बजार अनुगमन आउँदा स्थानीय सरकार सँग समन्वय गरेर अनुगमन गर्न आग्रह गर्नु भयो । हामीले व्यापारीहरूलाई मूल धारमा ल्याउन स्थानीय सरकार बाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए ।

नगर प्रमुख यादवले राष्ट्रको विकासमा करको योगदान रहेकाले सबै आ आफ्नो ठाउँबाट कर तिर्नुपर्ने बताउनुभयो । व्यवसायीहरूले पनि समयमा कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबैलाई करको दायरमा ल्याएर राज्यलाई समृद्धिको यात्रामा सफल पार्नुपर्ने बताउनुभयो । साथै उपप्रमुख प्रमिला देवीले करको नियम परिधि भित्र रहेर व्यापारीहरुलाइ काम गर्नु पर्नेमा जोड दिनु भयो । उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष पंण्डित प्रसाद जयसवालले करदाता शिक्षा कार्यक्रमलाइ चेतावनीको रुपमा लिन आग्रह गर्नु भयो ।

राज्यलाइ कर तिर्नै पर्छ । करले नै राज्य चल्छ त्यसैले हामी आफनो जिम्मेवारी बाट पछि हट्नु हुदैन् । र सरकारको तर्फ बाट पनि व्यापारीहरुले पाउने सेवा सुविधा दिनु पर्दछ । व्यापारीहरुले सोचेर समझेर व्यवसाय गरौं । व्यवस्थित रूपमा व्यवसाय गर्ने बानी बसालौं भनेर उनले आग्रह गरे ।
उहाँले कर तिर्ने सहज वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनुभयो । कार्यक्रममा युवासंघका सदस्यहरू तथा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । ती सबै जिज्ञासाहरुको जवाफ कार्यालय प्रमुख गुप्ताले दिनु भएको थियो ।

उनले राज्यको नियम मान्दै कर समयमा तिर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बौधीमाइ नगरक्षेत्रका ८५ जना भन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

काठमाडौ, ६ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी राजमा ६०,कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेडा ठूलो ३५, भारतीय गोलभेडा ठूलो ३५, टनेल गोलभेडा सानो ८, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,पालूगो साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो १२०, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ४०० रुपैयाँ, किवि. ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा. ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप ७०, हरियो धनिया १५०, लोकल लीच्ची १००, खु्र्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।
रौतहट,असार ०५ गते
रौतहटमा बिधुतिय अपराध न्यूनिकरणको लागि चेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारण अनुरूप ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत प्रहरी निरिक्षक प्रकाश शाहद्धारा मिति २०८०।०३।०४ र ५ गते दुइ दिन सो कार्यक्रम गरिएको हो ।

जिल्लाको रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ०४ स्थित रहेको मुनलाटई एकेडेमी र सोही ठाउँको वडा नम्बर ५ स्थित रहेको माउण्ट एभरेष्ट माद्यामिक बिद्यालयमा अध्यनरत छात्रा र छात्रहरूलाई विधुतिय अपराध न्यूनिकरण र सजाय सम्वन्धमा चेतना मुलक कार्यक्रम गर्नु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
रौतहट,असार ०५ गते
रौतहटमा “लैङगिक हिंसा न्यूनिकरण” जनचेतनामूलक कार्यक्रम गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारण अनुरूप मिति २०८० असार ०४ गते दिउँसो २ बजेको समयमा प्रहरी चँैकी सन्तपुर रौतहटका प्रसनि दामोदर सिंहको कमाण्डमा सो कार्यक्रम गरेको हो । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर बजारमा स्थानिय भद्रभलादमि महिला तथा पुरुषहरु गरी २१ जना मानिसहरूको उपस्थितमा “लैङगिक हिंसा न्यूनिकरण” जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।