रौतहट,१० गते असोज ।
रौतहटमा कालोपत्र भएको तीन महिना नबित्दै उप्किन थालेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका अन्तर्गत मलंग चौक देखि देवाही जाने बाटोमा ह्युम पाइप निर यस्तो भएको हो ।
सडक डिभिजन चन्द्रनिगाहपुरको बजेटमा धन्सर कटहरिया कर्कच सडकमा कालोपत्रे,नाला र कल्भर्ट निर्माण कार्य काम भएको हो । यो सडक विस्तारको ठेक्का साहु कन्सट्रक्सन पतौरा ५ ले लिएको छ । करिब ४ करोड ९८ लाख ५५ हजार ५६८ रुपैयामा ठेक्का सम्भौता भइ काम भइरहेको छ ।

सो काम २०८० भदौ १४ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समझौता पत्रमा उल्लेख रहेको छ । उक्त कालोपत्र सडक डिभिजनको प्राविधिकको मिलोमतोमा गुणस्तरहिन बनेको कारण उप्किन थालेको सरोकारवालाहरुको भनाइ छ । सडक गुणस्तरहीन बन्दा चाँडै भत्किन थालेको स्थानिय रुपेश पटेलले आरोप लगाएका छन् ।

कालोपत्र उप्केको र प्वाल भएको कारण सो सडक खण्डमा दुर्घटनाको उच्च जोखिम रहेको छ । जुनसुकै बेला दुर्घटना हुन सक्ने सम्भावना बढेको छ । त्यसैले सम्बन्धि निकायले चासो देखाउनु पर्ने स्थानियले माग गरेका छन् । निर्वाचन क्षेत्र रणनैतिक सडक विकास कार्यक्रम अन्तर्गत सो सडक कालोपत्र भएको हो ।
सो विकास निर्माणको काममा गुणस्तरीय काम गर्न स्थानीयहरुले बारम्बार आवाज उठाउँदै आएका थिए । तर पनि निर्माण कम्पनीले स्थानियको कुरालाइ वेवास्ता गर्दै धमाधम काम सकाएका थिए । स्थानियहरुले स्टीमेट अनुसार काम नभएको भन्दै विरोध समेत जनाएका थिए ।
यता सडक डिभिजनका इन्जिनियर प्रभु साह सँग सोध्दा साहु कन्सट्रक्सन लाइ कालोपत्र उप्केकोे ठाउँमा मर्मत गर्न निर्देशन दिइसकेको जानकारी गराए । प्वाल भएको र उखडेको ठाउँमा छिट्टै मर्मत हुने उनको भनाइ छ । भदौ १४ गते काम सम्पन्न गर्नुपने भएपनि अहिले सम्म काम नसकेको जनाए । काम भने अहिले पनि जारी रहेको उनले भने ।
बिरगञ्ज, १० असोज । बारामा गए राती गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ ।
मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।
मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएकाे देखिएकाे छ ।
यद्दपी मृतकको शव नारायणी अस्पताल बिरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
रौतहट, ०८ असोज । रौतहट जिल्लाको राजदेवी नगरपालिकामा नागरिक वडा पत्र राख्न जनमत पार्टी द्धारा ज्ञपान पत्र बुझाइएको छ । आज जनमत पार्टीका रौतहट राजदेवी नगर कार्य समितिद्धारा नगरपालिकामा ज्ञापन पत्र बुझाइएको छ । नगर कार्यसमितिका अध्यक्ष प्रभु राय यादवको अध्यक्षतामा राजदेवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रल्लव कायस्थलाई सो ज्ञापन पत्र बुझाइएको छ ।
हरेक सरकारी निकाय वा कार्यालयहरुमा सेवाग्राही लाई सुविधाका लागि नागरिक वडा पत्र अनिवार्य राख्ने नियम हुदाँ हुदैँ पनि राजदेवी नगरपालिकाले नराखेको देखिएकोले यस नगरपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी, प्रसुतिगृह, आर्युवेद, स्वास्थय केन्द्र र पशु स्वास्थय केन्द्रहरुमा प्रदान गरिने सेवा÷हुने उपचार, निशुल्क प्रदान गरिने औषधी लगायत स्वास्थय समाग्रीहरुको पुर्ण विवरण सहितको सेवा ग्राहीले सजिलै तथा सहज रुपले हेर्न सक्ने ठाँउमा वडा पत्र एक हप्ता भित्र अनिवार्य रुपमा लगाउनु पर्ने मागँ रहेको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
गरिएको माँग लाई एक हप्ता भित्र सम्बोधन गरिएन र अनुगमन तथा निरिक्षणमा जादाँ वडा पत्र देखिएन भने थप संघर्ष गर्ने बाध्य हुने कुरा तथा संघर्ष गरिने परिवेशमा भएको सम्पूर्ण क्षतिको जिम्मेवार नगरपालिका स्वेम हुने कुरा उक्त ज्ञापन पत्रमा जनाइएको छ ।
उक्त ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बिकास कुमार यादव, अशोक कुमार सिंह, जिल्ला सदस्य शिवशरण यादव, वडा प्रत्यासी सुरेन्द्र ठाकुर, जामुन दास, शषिभुषण राउत, कृषनन्दन तिवारी, नितेश झा लगायत जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
हनुमत यादव,गौर, ०८ असोज । रौतहट जिल्लाको सदरमुकाम गौरमा अव्यवस्थित फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ । गौरमा प्रवेश गर्ने मुख्य सड़क छेउमा नगरपालिकाले अव्यवस्थित रुपमा फोहरमैला थुपार्ने गरेका कारण वातावरण दुर्गन्धित भएको छ । गौर समनपुर सड़क खण्ड अन्तर्गत गौर नगरपालिका वड़ा नम्बर ५ स्थित हनुमान मंदिर देखि पूर्वमा सड़क किनारमा फोहर थुपार्ने काम भइरहेको हुँदा वातावरण खराब भई स्वास्थमा असर पर्ने अवस्था बनेको र आवतजावत गर्नेलाई नाक थुन्नु पर्ने अवस्था उत्पन्न भएको छ ।
गौरदेखि सिरसिया, गंगा पिपरा, समनपुर जाने मुख्य सड़क रहेकोले सड़क किनारमा नगरपालिकाले अव्यवस्थित रुपमा भण्डारण गर्ने गरेको फोहर मैलाको दुर्गन्धले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम बढेको छ । पुलदेखि करिब ५० मीटरसम्म नगर भित्रबाट दैनिक रुपमा निस्कने फोहर अव्यवस्थित तरिकाले फालिने कार्य गरिएको छ । बाटोको छेउमा सड़ने तथा नसड़ने फोहर अव्यवस्थित रुपमा फालिएकोले बिहान र बेलुका बढी दुर्गन्ध दिने गरेको स्थानीयहरुले बताएका छन ।
फोहर फालिएको ठाउँमा नाक थुनेर हिड्नु पर्ने बाध्यता सृजना भएको बाटो हिड्ने बटुवाहरुको भनाइ रहेको छ । कुहिने र नकुहिने फोहर
फरकफरक ठाउँमा व्यवस्थापन गर्नु पर्ने अवधारणा ल्याउन नसकेका गौर नगरपालिकाले अव्यवस्थित रुपमा फोहर फाल्ने गरेकोले त्यसको असर स्वास्थ्यमा पर्ने चिकित्सकहरुको कथन रहेको छ । सडको वस्तुको दुर्गन्धले स्वास्थ्यमा असर गर्नुको साथै विभिन्न किसिमको रोगको
संक्रमण हुने खतरा बढेको छ ।
स्वच्छ साफा नगर बनाउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको यस्तो कार्यले दुर्गन्धित नगरको रुपमा पहिचान हुने अवस्था आउन सकिन्छ । सडक किनार सफा हुनुपर्नेमा अनावश्यक रुपमा फोहर थुपार्नुले नगर कुरुप हुने भएकोले फोहरको उचित व्यवस्थापन गर्ने तरफ नगर प्रमुखले ध्यान दिनु पर्ने आवश्यकता रहेको जनमानसको भनाई रहेको छ ।
जनकपुरधाम, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् ।
सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा उनले अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।
मन्दिरमा राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे ।
सोमबार दिउँसो राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
इन्दीप कोइराला,बारा, ८ असाेज ।
दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जादै गरेको १० ट्याक्टरलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।
त्यसैगरि जीतपुरसिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्रयाक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवा सहित ट्रयाक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रवक्ता न्यौपानेले प्रेस नोट मार्फत जानकारी गराएका छन् ।
काठमाडौं, ८ असोज । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ।
पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।
अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।
सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए।
सिंह रक्सी पसललाई छोडेर अहिले गाउँमै खेतीपाती गर्दै आएका थिए। सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
सर्लाही, ८ असोज । सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
विष्णु गाउँपालिका–६ स्थित भित्री सडकमा बीआर ३०एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो।
पैदल हिँडिरहेकी सुनिता मोटरसाइकलको ठक्करबाट सिकिस्त घाइते भएकी थिइन्। घाइते सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरी नियन्त्रणमा रहेका छन्।
विशाल बस्नेत/ महोत्तरी, ९ असाेज ।
मधेशको चुरे काक्षमा पानी पुनर्भरण गर्ने उदेश्यले बनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएका छन ।
सर्लाहीको बागमती नगरपालिकामा बनेको बहुचर्चित भरत तालको निर्माणले पर्यटकिय हिसावले मात्र आकर्षण बनेको छैन, किसानहरुको लागि समेत उपयोगी सावित बन्दै गएको छ । चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढीरहेको वेला स्थानिय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन ।
यसै सन्दर्भमा महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबासमा बन्न लागेको मधेश कै सवैभन्दा ठूलो तालले स्थानिय सरकारहरु चुरे संरक्षणमा संवेदनशील वन्दै छन भन्ने बिषयलाई प्रमाणित समेत गरेको छ । बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भैइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानिय सरकारले विशाल पर्यटकिय तालको गुरुयोजना अगाडि बढाएको हाे । जसका लागि प्रारम्भिक चरणमा काम गर्न नगरले २० लाख बजेट समेत बिनियोजित गरिसकेको
रातु नदीको छेउमा नै रहेको उक्त ठाउँ झण्डै ३ किलोमीटर वरपरसम्म फैलिएको छ । रातु नदीकाे नदी उकास जग्गालाई उपयोग गर्दै मधेश कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । बर्षौदेखी हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल बनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । २०५० को दशकमा आएको बाढीले ताल निर्माण गर्ने भनिएको ठाउँमा बगर बनाएको थियो । स्थानियहरुले थप बाढीले असर नपुर्याओस भन्ने उदेश्यले केही साल, सिसौको बिरुवा रोपे तापनी त्यस्को उचित संरक्षण हुन सकेको थिएन । रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपती चुरे संरक्षणले बलियो तटबन्धन गरे पछी उक्त जग्गालाई स्थानियहरुले नै अतिक्रमण गर्दै आएका छन ।
चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी बनाए पछिल्लो समय बढदै गएको पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने बताउदै मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको पवित्र उदेश्यमाथी हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन । गत अाइतबार मात्रै स्थलगत अवलोकन गरेका मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन बनाई राख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का कामहरुको जरुरी भएको वताए ।
यता महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि बनको अधिकार क्षेत्रमा आईपरेका कामहरुमा सहजीकरण गर्ने बताएका छन । मधेशमा नै सवैभन्दा ठुलो तालको निर्माणले पर्यटन क्षेत्रमा श्रीबृदी हुने सरोकारवालाहरुको बिस्वास छ । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानियहरुको आयआर्जनमा मात्र हैन, नगरको समेत मुख्य आयस्रोत बन्न सक्ने अनुमान गरिएको छ ।
वडा अध्यक्ष बिराट बिष्टले विशाल मानवनिर्मित ताल बनाउने बिषयमा वडावासीहरुसगँ पारम्भिक छलफल अगाडी बढाईसकिएको जानकारी दिए छ । न्युज कारखाना