२०८३ बैशाख २१
२०८३ बैशाख २१

९ मंसिर,बारा 

बारामा एक शिक्षकको हत्या भएको छानविन पुरा हुन नपाउदै पुनः अर्को एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत शिक्षक नरेन्द्र पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले बताउनु भएको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरी मृत अवस्थामा फेला परेका उनको हत्या हो होईन छानविन भईरहेको उनले बताउनु भएको छ ।

शुक्रवार साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टी उनी मृत अवस्थामा फेला परेका हुन् । उनको शव परिक्षणका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ ।

सिन्धुपाल्चोक घर भएका शिक्षक पराजुली चैत्र महिनामा बिद्यालयमा हाजिर भई कामकाज गर्दै आएका थिए ।

सिम्रौनगढ नगरपालिकामा अहिलेसम्म नगर परिषद बैठक बस्न सकेको छैन । नगरपरिषद् बैठक बस्न नसक्दा शिक्षकहरुले बिगत चार महिनादेखि तलब भत्ता नपाएको कारणले गर्दा मृतक शिक्षक पराजुली मानसिक तनावमा रहँदै आएको स्थानियहरुको भनाई छ ।

स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी समेतले दशैमा समेत तलब खान पाएका छैनन । छठ बितिसक्दा पनि तलब कहिले खुवाउने भने अन्यौल कायमै रहेको छ भने शिक्षक कर्मचारी ३९ दिन देखि दैनिक धर्ना दिदै आएका छन् ।

 

९ मंसिर, जनकपुरधाम ।

महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् ।

हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् ।

समाचार स्रोतका अनुसार यो घटना गत कात्तिक ३० गते रातिको हो । कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७/८ जनाको समूहले लुटपाट गरेको थियो ।

लुटपाटमा संलग्नमध्ये सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गर्‍यो ।

पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुवै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो ।

भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।

घटना ढाकछोप गर्न असईले यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो ।

घाइते प्रहरी जवानको ठेगाना सप्तरी भएकोले भारतको प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई खबर गरेको हो । त्यसपछि घटना बाहिरिएको हो ।

घटनाबारे शुक्रबार जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी तनावमा छ । थाहा पाएलगत्तै प्रहरी चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ ।

जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आएकोले बुझिरहेको बताए ।

‘घटना भएको हो कि होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानबिन टोली गठन गरी छानबिन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन,’ उनले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागी फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् । अनलाईन खबर

 २०८० मंसिर ९,रौतहट :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न।

 

 

सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्।

आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताएका हुन्।

सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएका बताएका छन्। आम नागरिकले यसका कारण देश बिग्रँदै गयो भनेर नाम लिन धेरै नेता भएका कारणसमेत यो व्यावस्थाकै विरोधमा उत्रेको बताए।

लामिछानेले संसारकै सुन्दर व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोधमा हैन,लामो समयदेखि यो व्यवस्था संचालन गरेका नेताको विकल्प खोज्नुपर्ने बताए।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक, बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए। थाहा खबर

२०८० मङ्सिर ९ 

महोत्तरीमा असईको गोली लागेर एक जवान घाइते भएका छन । प्रहरी चौकी हलखोरीका इन्चार्ज असई रामेश्वर प्रसाद यादवले ३० कात्तिक राती ११:३० मा सुत्नुअघि हतियार clearence गर्ने बेला हतियारको ब्यारेलमा भएको गोली पड्की सोही चौकी बाहिर  सेंट्री ड्यूटी बसेका प्रहरी जवान राजेश कुमार साह घाइते भएका हुन् ।

सो गोली भित्तामा लागेर फर्केर जवानलाई लागेको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए।  उनले यस घटनाबारे थप अनुसन्धान भइरहेको  बताएका छन् ।

घटना कात्तिक ३० गते रातीकै भएपनि असई यादवले घटना लुकाएका थिए।  घाइते जवान उपचारको लागि सप्तरी पुगेपछि प्रहरीले  जानकारी पाएको एसपी मल्लले बताए । उनले घाइते जवानको अवस्था सामान्य रहेको र हाल घरमै उपचार भइरहेको छ  । असई यादवको निलम्बनको प्रक्रिया अगाडि बढेको एसपी मल्लले बताएका छन् । नयाँ पत्रिका

 

 

 राैेतहट,मंसिर ७ गते राैतहट ।

मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राेशन श्रेष्ठको सरुवा भएको तीन महिना वितिसक्दा पनि किन नगएकाे स्थानीयले आरोप लगाएका छन । साे कार्यालयबाट सरुवा भई सक्दा पनि प्रमुख श्रेष्ठ कार्यालय नछाडेका कारण स्थानिय छक्क परेका हुन ।

कार्यालय प्रमुख श्रेष्ठको २०८० भदाै ११ गते गृह मन्त्रालयमा सरुवा भएको थियोे । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा अनियमितता गर्ने नियतले उनी कार्यालय छाेडन नचाहेको स्थानीयले आरोप लगाएका छन । संगै रहेको नापी कार्यालय प्रमुख सविन बिक सरुवा हुने वितिकै रवाना लिएर सरुवा भएको कार्यालयमा हाजिर समेत भई सकेका छन ।

अझै सम्म नापि कार्यालय चन्द्रनिगाहपुरमा नया प्रमुख हाजिर भएको छैन । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा त्यस्तो के छ जो प्रमुख श्रेष्ठ छोडेर रवाना लिई जान चाहदैन स्थानीयले प्रश्न गरि रहेका छन ।

यस सम्बन्धमा कार्यालय प्रमुख श्रेष्ठसंग बुझन खोज्दा आफनो सरुवा गृह मन्त्रालयमा सरुवा भएको स्विकार गर्दै आफु सरुवा भई जान लागेको कार्यालयको यकिन भई पदस्थापन नभएको र मालपोत कार्यालय चन्द्रनिगाहपुरमा आउने कार्यालय प्रमुख समेत नआई सकेको हुदा खाली नगरेको बताए ।

 

राैतहट,मंसिर ०८ गते राैतहट । 

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले लैंगिक हिंसाको अवस्था भयावह रहेकाे कुरा बताएका छन् । महिला वाल वालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जिल्ला प्रहरी कार्यालय राैतहटमा आयोजना गरेको कार्यक्रममा बोल्दै लैगिक हिंसाको क्षेत्रमा यहाँ धेरै गर्न बांकी छ ।

लैगिक हिंसा विरुद्धको १६ दिने अभियानकाे पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले राैतहटमा जे गरे हुन्छ, नगरे हुन्छ , जे पनि चल्छ भने किसिमका भावना त्यागेर काम गर्नु पर्ने जरुरी रहेको बताए ।

राैतहटमा अब यस्ताे हुदैन , राैतहट भएकोले अब यस्ताे गर्नु हुन्न भन्ने भावना काे विकास गर्न जरुरी रहेकाे उनले बताउँदै यी कुरामा जनचेतना आवश्यक रहेको जिकिर गरे ।

प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक चन्दन झा , मानव सेवा केन्द्रका अध्यक्ष किरण ठाकुर , महिला सुरक्षा दवाव समुहका देवकी नेपाल , छोरी संस्थाका कोपिला तिमल्सिना , नारी चेतनाका गिता कुशवाहा , अधिवक्ताद्वय विपिन गाैतम, दिलिप कोईराला ,महिला सेल गरुडाका फुलमाया गुरुङ सहितका उपस्थिति रहेको थियो । सो वैठकबाट १६ दिने अभियान अवधिभर जिल्लामा हरेक दिन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

अजयकुमार साह,धनुषा, ८ मङ्सिर :

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनिदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा–चकेवा खेल्ने तथा समूह मै सबैले सबैको दाजुभाइको लागि दिदिबहिनीले दीर्घायुको कामना गर्ने पर्व तराई मधेसमा प्रत्येक साँझ अहिले खेलिँदैछ । सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामा–चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँ अहिले गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिक दिने गर्छन् । यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैँ, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् । जनकपुरधाम–२ की नितु मिश्रले भन्नुभययो, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा–चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।” मिश्रले यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको बताउनुभयो । उहाँले सामा–चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको बताउनुभयो । समा–चकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ‘चुगला’ र कुचोको मसाल बनाई गाउँ/टोल घुमाउँदै सार्वजनिकस्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । “कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैँ सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ”, क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाकी अनिता यादवले भन्नुभयो । ‘सामा’ भनेको दिदीबहिनी तथा ‘चकेवा’ भनेको दाजुभाइलाई बुझाउने गरेको यादवले बताउनुभयो । यो पर्वमा माटोको ‘समा–चकेवा’को भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् । दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समा–चकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको समाजशास्त्री नागेन्द्र दुबेले बताउनुभयो । दुबेका अनुसार कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामनासहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत्रूपमा अन्त्य गरिन्छ । सामा–चकेवा पर्वका लागि बजारमा थरीथरीका माटाका मूर्ति बिक्री गरेको भेटिन्छ । फुर्सदिला चेलीहरूले समा–चकेवामा प्रयोग हुने मूर्ति आफैँ बनाउँछन् भने केहीले बजारबाट खरिद गरेर ल्याउने गर्छन् । पञ्चमीदेखि दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा चकेवालाई पुनः बनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा–चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा–चकेवा फुटाउन लगाएर सामा–चकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन् : ‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’ कि तोर भैया जीव जैसन धोवियाके पाठ तैसन भैयाक पीठ जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’ अर्थात्, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् । संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा–चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । कापडीका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा– चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् । यसरी सुरु भयो सामा चकेवा पर्व पद्म पुराणमा उल्लेख भएअनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरू लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको वीरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि ‘सामा–चकेवा’को पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । रासस

 मंसिर ८, २०८०,काठमाडौं

 जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना  १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई थामथुम पारिएको हो।

अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो।

डाक्टरको लापरबाहीले बालक जेम्सको मृत्यु भएको भन्दै उनका आफन्तले घटनाको छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै शव बुझ्न मानेका थिएनन्।

मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो।

तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। स्वास्थ्यखबर

२०८० मङ्सिर ८ 

प्रहरीले विद्युतीय मोटर चोरी मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नरहा गाउँपालिका– ३ नयाँ चोहर्वामा पानी तान्ने विद्युतीय मोटर चोरी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका गोलबजार नगरपालिका– ९ डण्डा घर रहेका करिब ३० वर्षीय श्रीदेव यादवलाई खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले यादवलाई नरहा गाउँपालिका– ३ बाट नौ सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार विद्युतीय पानी तान्ने मोटर चोरी मुद्दामा सिराहा जिल्ला अदालतबाट १ मंसिरमा पक्राउ पूर्जी जारी गरिएका यादव फरार रहेकाले खोजी गर्ने क्रममा नरहा– ३ मा फेला परेपछि नियन्त्रणमा लिई खानतलासी गर्दा उनले लगाएको पाइन्टको खल्तीमा कालो प्लास्टिकमा बेरेर लुकाएको खैरो हिरोइन बरामद भएको हो ।

लागुऔषसहित नियन्त्रणमा लिइएका उनलाई सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका

८ मंसिर, जनकपुरधाम ।

महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

दुवै जनालाई बरामद रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  अनलाइनखबर

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।