जनकपुरधाम,मंसिर १०,
– धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोलि साेमबार बिदा दिएको छ । नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमबार बिदा दिएको सूचना जारी गरेका हुन् ।
सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय बिदा रहने सूचनामा उल्लेख छ ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्ने गर्छ ।
सप्तरी मंसिर १०,
: राजविराजको एक होटलमा महिलाहरूलाई वेश्यावृतिमा लगाउने गरेको आरोपमा सप्तरी प्रहरीले होटल सञ्चालक र मेनेजरलाई आइतबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुवै जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवम डिएसपी ढुण्डीराज नेउपानेका अनुसार पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका सञ्चालक राजविराज नगरपालिका–६ का ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका मेनेजर सप्तरीको महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डल छन्।
उनीहरूले गेष्ट हाउस सञ्चालन गरी फोन सम्पर्कको आधारमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्ति कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले गेष्ट हाउसमा छापा मार्दा सञ्चालक मिश्र र मेनेजर मण्डलले जबरजस्ती वेश्यावृती गराउने कार्यमा राखिएका पाँच जना महिलाहरू फेला पारेको थियो।
फेला परेका महिलामा २५ देखि ३५ वर्ष उमेरका एक जना सुनसरीका र चार जना सप्तरीका महिला छन्। पक्राउ परेका दुबै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसूरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, दफा ४ (१) ले परिभाषा गरे अनुसार मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने वा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा प्रचलित कानुन बमोजिम बाहेक मानिसको अंग झिक्ने वा वेश्यागमन गर्ने कार्य हो।
ऐनको दफा ३ मानव बेचबिखन तथा ओसारपसार कसैले पनि गर्न गराउन नहुने र कसैले गरेमा अपराध गरेको मानिने व्यवस्था गरेको छ। मानव बेचबिखन तथा ओसारपसार अपराधको मात्रा र प्रकार तथा पीडितको उमेरका आधारमा २० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने ऐनको दफा १५ मा उल्लेख छ। दुरुत्साहन, षडयन्त्र उद्योग वा मतियारलाई सम्बन्धित सजायको आधा सजाय हुने व्यवस्था छ।
रुपन्देही ।
आफ्नै पार्टी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई मन्त्रालय थपेर भागवण्डा मिलाउन नहुने भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको पुरानो अडान दोहोर्याएका छन् ।
अहिलेको अवस्थामा प्रदेशमा मन्त्रालय थप्नुपर्ने कुनै कारण नभएको जनाउँदै उनले कसैलाई भागवण्डा पुर्याउन यो अवस्थामा मन्त्रालय थप्ने विषयमा पार्टीले सहमति नजनाउने स्पष्ट पारे । आइतबार नेपाल प्रेस युनियनले पाल्पामा गरेको पत्रकार भेटघाटमा सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।
सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको उनले बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकांक्षा पूरा नहुने उनले बताए ।
‘आठ दलको सरकार छ, सबैलाई भागवण्डा पुर्याउनुपर्ने हुन्छ,सबैलाई धेरै चाहियो भनेर अझ दुई वटा मन्त्रालय थप्न प्रस्ताव आएको छ । पार्टीले नीतिगत रुपमा १० भन्दा बढी बनाउन हुंदै भन्नेछ’, उनले भने, ‘यसलाई पूर्णता दिनुस पहिला त्यसपछि अवस्था परिवर्तन भयो भने संघीय कानुन, ऐन बनेपछि जिम्मेवारी पूर्ण भएपछि मात्र थप्न राम्रो हुन्छ, जसलाई बनाउने हो बनाउने तर छिटो मन्त्रीपरिषद् पूर्णता दिनुपर्ने अवस्था छ ।’
मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने काग्रेसको लुम्बिनी प्रदेशको सम्मेलनपछि तत्कालै मन्त्रीपरिषद्ले पूर्णता पाउने विश्वास सभापति पुनको छ । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई केन्द्रबिन्दुमा राखेर जनताको माग सम्बोधन गरेर सरकार अघि बढ्नुपर्ने उनले जोड दिए ।
उनले कतिपय अवस्थामा माओवादीले बराबरी भाग माग्दा मन्त्रीपरिषद् विस्तारमा समस्या भएको बताए । ‘मन्त्रीपरिषद बिस्तारका विषयमा केन्द्रीय नेतृत्वसंगसमेत कुराकानी भइरहेको छ’, उनले भने, ‘कांग्रेस र माओवादी पार्टीको नेतृत्वसंग यस विषयमा छलफल भएकाले सम्मेलनपछि नै मन्त्रीपरिषद् विस्तार हुनेमा पूर्ण विश्वस्त छु ।’
लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी तीन मन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा पु¥याउन दुई मन्त्रालय थप्नुपर्छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।
कांग्रेस लुम्बिनी प्रदेशमा इतर समूहको वर्चश्व रहेको छ भने प्रदेश सभामा संस्थापन समूहको वर्चश्व रहेको छ । अहिले सरकारमा मुख्यमन्त्री र मन्त्री संस्थापन समूहबाटै रहेका छन् ।
१० मंसिर/
पोखरामा चलिरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएको छ। आज भएको खेलमा पुलिसले मधेसलाई ५७ रनले हराएको हो।
पुलिसले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयो । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए। यस्तै इमरान शेखले २२ रन जोडे। बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए।
यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो। पुलिसका कुशल भुर्तेलले शतक बनाए। उनी ५७ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा १ सय २ रन बनाएर आउट भए।
कुशल यो प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी बनेका छन्। बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए।
बारा ।
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जरिमानाका नाममा ‘कमाउने धन्दा’ गरेको रहस्य खुलेको छ ।
मधेस प्रदेशअन्तर्गत आठवटै जिल्लामा यातायात व्यवसायीदेखि सर्वसाधारण ट्राफिक प्रहरीद्वारा जरिमानाको नाममा ठगिँदै आएको पाइएको हो ।
भारत बिहार राज्य सिक्टाबाट विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न आउने यात्रुसमेत ठगिएको पाइएको छ ।
करिब ५० किलोमिटर भारत बिहार सिक्टाका सुनिललाल साह तेली परिवारसँगै वीरगन्ज बस्ने आफन्तको ना६२प ९०८५ नम्बरको टीभीएस मोटरसाइकल लिएर गढीमाई दर्शन गर्न बिहानै ५ बजे आएको सुनाए ।
गढीमाई मन्दिर धेरै आशा गरेर दर्शन गर्न आएको उनकी पत्नी सीता देवीले बताइन् । दर्शन गरेर फर्कने क्रममा बिहान ७ बजे एक्कासि ट्राफिक प्रहरीले गाडी रोकेको उनी बताउँछिन् । ‘मोटरसाइकलको ब्लुबुक दियौं, लाइसेन्स नभएकाले नगद १ हजार माग गरे,’ उनले भनिन्, ‘घर जान ट्रेन छुट्ने हतार भएकाले पैसा दियौं तर रसिद दिन मानेनन् ।’ कुनै पनि हालतमा रसिद चाहिन्छ भनेपछि ती ट्राफिक प्रहरीले गाली गलौजसमेत गरे । केही नलाग्ने देखेपछि ५ सयको रसिद काटेर पैसा फिर्ता दिएर बैंकमा जम्मा गरेर रसिद लिएर आउन भनिएको उनले बताए ।
ट्राफिक प्रहरीले मागेको हजारको रसिद मागेकै कारण जरिमानाका नाममा करिब ३ घण्टाभन्दा बढी दौडाएको तेली दम्पतीको दुखेसो छ । ‘घुस रकम नदिँदा रसिद काट्ने र इन्ट्रीबिनै पैसा तिर्न पठाउने विभिन्न बहानामा दुःख दिने गरेको’ उनीहरूले सुनाए ।
ट्राफिक प्रहरीले गुडिरहेको सवारीसाधन चेकजाँच गर्नु सुरक्षा दृष्टिकोणले सराहनीय रहेको नागरिक समाज बारा अध्यक्ष उमेशलाल दास बताउँछन् । ब्लुबुक, लाइसेन्स, बिनाहेल्मटलगायतमा जरिमाना गर्नु राज्यको हितमा रहेको दासले बताए ।
‘इन्टरनेटको जमानामा अनलाइनबाट ठाउँको ठाउँ जे पनि हेर्न, अनलाइन सपिङ पेमेन्ट गर्न सकिने भएकाले नै सरकारले जरिमाना पनि अनलाइन गरेको मेरो बुझाइ छ,’ अध्यक्ष दास भन्छन् ।
ट्राफिक प्रहरीले बंैक खुल्ने समयबाहेक जरिमाना काट्यो भने सवारीधनीको एक मात्र विकल्प हुन्छ, अनलाइन पेमेन्ट । जरिमाना काट्नेबित्तिकै अनलाइन ‘इन्ट्री’ गरिदिँदा सवारीसाधनलाई बैंक कुद्ने झन्झटमुक्त हुने नागरिक समाज अध्यक्ष दास बताउँछन् ।
कलैया ट्राफिक इन्चार्ज छेम पंगेनी ‘प्राविधिक कारणवस त्यस्तो भुलचुक भएको’ स्विकार्छन् । आफूमातहतको प्रहरीले ‘कुनै किसिमको आर्थिक लेनदेन गरेको देखिए तुरुन्त कारबही प्रक्रिया अगाडि बढाउने’ प्रतिबद्धतासमेत उनले जनाए ।
त्यस्तै, वीरगन्ज भन्सार कार्यालय आईसीपी र सुक्खा बन्दरगाहबाट विभिन्न कलकरखानाका लागि कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनबाट जरिमानाका नाममा असुली गरी प्रहरी उपरीक्षकसम्म पुग्ने गरेको बताइएको छ ।
वीरगन्ज पथलैया सडकखण्डमा चल्ने अधिकांश सवारीसाधन ओभरलोड, सडक पेटीमै पार्किङ गरेकाले नै दुर्घटना बढ्दै गरेको सिमराका मनोज साह बताउँछन् ।
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७९÷८० मा २६ करोडभन्दा बढी राजस्व संकलन गरेको मधेस प्रदेश ट्राफिक प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी गराए । मधेस प्रदेशमै ५ हजार ९ सय ८८ सवारी दुर्घटना भएको पनि उनले जानकारी दिए । जसमा ८ हजार ३ सय ७६ सवारीसाधन क्षतिग्रस्त भएका छन् ।
आव २०७९–८० मा ५ सय ५६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए भने ९ हजार ६ सर ७० घाइते भएको काफ्लेले जानकारी दिए ।
आरके श्रीवास्तव,राैतहट,मंसिर ०९ गते ।
नवौं उद्योग दिवसकाे अवसरमा राैतहटमा २० जना उधमी सम्मानित भएका छन् । ” स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान ” नाराका साथ देशैभर नवौं उद्योग दिवस मनाउने क्रममा यहाँ पनि मनाइएको छ । साे अवसरमा उधम विकासको क्षेत्रमा सहयोगी भुमिका खेलेकोमा ती उधमीहरूलाई सम्मान गरिएको हाे ।

शनिबार नवाैं उद्योग दिवसकाे अवसरमा घरेलु तथा साना उद्योग कार्यालय रौतहटले विभिन्न कार्यक्रम गरि मनाएको हाे । साे कार्यक्रम घरेलुु तथा साना उधाेग कार्यालय गाैर राैतहटका प्रमुख जयकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह प्रमुख आतिथीकाे रूपमा रह्नु भएको थियाे ।
कार्यक्रममा आफनाे मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि मेयर साहले स्थानीय निकाय बाट विभिन्न तालिम संचालन गरि युवाहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरेको बताए । त्यस्तै कार्यालय प्रमुख झाले आफू यस कार्यालयमा आए देखि जिल्लामा विभिन्न किसिमका तालीमहरु दिएर युवा, किशोरी तथा महिलाहरुलाई आत्मनिर्भर बनाएको बताउनु भयो ।
कार्यक्रममा उत्कृष्ट उधमी/ व्यवसायीहरुलाइ नगर प्रमुख साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले खादा ओढाइ प्रमाणपत्र वितरण गर्नु भएको छ । साे दिवसको अवसरमा तालिम प्राप्त महिला तथा प्रशिक्षक लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियोे ।

जनकपुरधाम, ९ मङ्सिर :
बारा,मंसिर ०९ गते ।
१६ लाख बराबरको समान सहित ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तथा मातहत ईलाका प्रहरी अमलेखगंज बाराबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ स्थित अमलेखगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ना ७ ख ८१४५ नम्बरको ट्राकलाई रोकी चेक जाँच गर्दा अन्दाजी मुल्य १६ लाख ३७ हजार ७ सय ३ रूपैया ९० पैसा बराबरको लोड गरेको टिएमटि रड तथा अन्य बिल विजक समेत फरक परेकोले उक्त समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,मंसिर ०९ गते ।
बिधालयलाई नयाँ शिराबाट अगाडि बढाउने फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवाटाेलमा रहेको श्री यमुना काैशल्या स्मृति आधारभूत बिधालयका नव नियुक्त प्रधानाध्यापक रामप्रवेश साहले बताउनु भएको छ । पदभार सम्हालेपछि प्रतिक्रिया दिदै उनले यस्तो बताउनु भएको हाे ।

साहले भने,’शिक्षा आफ्ना सन्ततिहरुको अमुल्य सम्पत्ति भएकाले बालबालिकालाई राम्रो शिक्षा दिन आ-अफ्नो क्षेत्रबाट सवै लाग्नु पर्ने बताउनु भयो । अभिभावकहरूलाई आफू कार्यरत रहेको बिधालयमा बिद्यार्थीहरूलाई पठाउन आग्रह समेत गर्नु भयाे । यस बिधालयकाे भौतिक सुविधा देखि लिएर शैक्षिक वातावरणमा आफूले राम्रोसँग ध्यानदिने प्रतिबद्धता जनाए ।
याे बिधालय बनाउने र बिधालयकाे शिक्षाकाे गुणस्तर सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता रहेकाे बताए । याे काम एक्लैले सकिन्न यसमा शिक्षक,अभिभावक र समुदायका सदस्यहरूले आफनाे अग्रसरता देखाउन सके बिधालयलाई सुधार गर्न सकिने ठाेकुवा समेत गरे । आफू जिम्मेवारी सम्हालेसँगै यस सामुदायिक बिधालय प्रति अभिभावककाे आकर्षण जसरी पनि बढ्नेमा विश्वास व्यक्त गर्नु भयाे ।
एक महिना भित्र आफूले बिधालयकाे अवस्था परिवर्तन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । गत महिनाकाे कार्तिक २० गते साहलाई नयाँ प्रधानाध्यापककाे रूपमा जिम्मेवारी दिइएको थियो । बिधालय व्यवस्थापन समितिकाे गत असाेज ०६ गतेकाे निर्णय तथा शिक्षा नियमावलीकाे दफा ९३ अनुसार कार्यरत सम्पूर्ण शिक्षकहरू मध्ये बरिष्टतम् रह्नु भएकोमा साहलाई निम्ति प्रधानाध्यापककाे जिम्मेवारी ताेकिएकाे प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

२०८० मंसिर ९,जनकपुरधाम ।
एक महिलालाई बलात्कार गरेको आरोप लागेका सप्तरीका नेपाली कांग्रेसका नेता दीपेन्द्र चौधरी पक्राउ परेका छन् ।
कांग्रेस नेता चौधरीलाई शुक्रवार सप्तरी प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीया एक महिला बलात्कारको प्रयास सम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।
जिल्ला अदालतबाट म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।
स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बनेका थिए । नेपाल प्रेस