२०८३ श्रावण ७
२०८३ श्रावण ७

सिरहा, २१ पुस/

: चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताउनुभयो ।

उहाले भन्नुभयो, “नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब÷विपन्न नागरिकलाई लाभ पुगेको छ ।” स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने बिरामीलाई रु ४० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।  (रासस)

 पुस २१ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।

सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।

पुस २१ गते ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालले खस संघ गठन गर्न लागेको छ ।

ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृसंगठनको रुपमा समाजवादी खस संघ केन्द्रीय घोषणा गर्न लागेको हो । पार्टीले उक्त संगठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरु दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो ।

पार्टीमा यस अघि यस खाले संगठन बनाइएको थिएन । सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपस्थित रहने छन् ।

महोत्तरी, २० पुस :

बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छनु । बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक बासस्थान बनाउन थालेका हुन् ।

“बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्”, भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँल भन्नुहुन्छ । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले बासस्थान बनाएका छन् ।

जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । “केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्”, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय रहिमन मण्डलले भन्नुभयो । वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उहाँको भनाइ छ ।

“दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले बासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्”, मण्डलले भन्नुभयो । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् ।

सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादव बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताउनुहुन्छ । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । आहाराको खोजीमा उनीहरु जुनसुकै बेला पनि बस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ । (रासस)

जलेश्वर, २० पुस :

जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गर्नुभयो । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो पीडामा हुनुहुन्छ । एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरुसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने बाध्यताले आफू अहिले दोहोरो मारमा परेको बताउनुहुन्छ ।

उहाँले लाखौँ रकम जम्मा गरेकी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पाँच वर्षदेखि बन्द रहेको छ । सहकारीका एजेन्ट तथा सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि उषादेवीजस्ता दर्जनौँ बचतकर्ता अहिले घरका न घाटका भएका छन् ।

जलेश्वर नगरपालिका–१ कै गिरिजा देवी, ममता देवी र भोलाकुमार राउतले पनि सानो सानो व्यापार, व्यवसाय गरेर सात वर्षदेखि पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लाखांँ रकम जम्मा गर्नुभएको थियो । उहाँहरुले बचतबाट पाउने लाभ (ब्याज) त परै जाओस् अहिलेसम्म आफ्नो साँवासमेत पाउन नसकेको पीडा सुनाउनुहुन्छ ।

घरदैलो र पसलसम्मै पुगेका एजेन्टहरुले आफूहरुबाट पटकपटक गरी लगेको लाखौं रुपैयाँ लिएर एजेन्ट र सहकारी संस्था नै हराएपछि उहाँहरु बिचल्लीमा पर्नु भएको हो । बचतकार्ताहरुले पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफूहरुको रकम ठगेर रातारात फरार भएको भन्दै २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दिएका थिए । तर अदालतले अहिलसम्म निर्णय नगर्दा आफूहरुले न्याय नपाएको गुनासो गर्नुहुन्छ ।

यस सहकारी संस्थाका सञ्चालकहरुले एक हजार पाँच सय बचतकर्ताको रकम हिनामिना गरी फरार रहेको बताइएको छ । सदरमुकाम जलेश्वरको केन्द्र (दुर्गा चौक) मै अवस्थित यस सहकारी संस्थाको कार्यालय एक समय निक्कै चर्चित एवं लोकप्रिय बचत संस्थाको रुपमा परिचित थियो । त्यस संस्थाबाट धेरैले लाखौं रकमको कारोवार हुने गर्दथ्यो ।

सहकारीका २६ जना बचतकर्ताले आफूहरुले जम्मा चार करोड ८३ लाख रुपैयाँ फिर्ता नगरेको र हिनामिना गरेको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा ३७ एजेन्ट र सञ्चालकविरुद्ध २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका थिए । ३६ जना एजेन्ट तथा सञ्चालकमध्ये ३१ जनालाई अदालतले विभिन्न मितिमा धरौटीमा रिहा गरेको छ । यस मुद्दामा ठगिएकामध्ये २६ जना मात्रै मुद्दा प्रक्रियामा अगाडि आएका छन् भने मुद्दा हाल्न नआउनेको संख्या निकै धेरै रहेको देखिन्छ ।

यता मुद्दा दर्ता गराएको पाँच वर्ष बित्दा पनि अदालतले अनुसन्धानमा चासो नदिएको र लाखौं रकम ठगी गरेका एजेन्ट र सञ्चालकहरुलाई अदालतले कारबाही गर्नुका साटो तारेखमा मात्रै छाडेको पीडितहरुको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षअघि २६ जनाले दिएको निवेदन अनुसार दुई करोड २९ लाख १३ हजार दुई सय ६६ रुपैयाँ ठगिएको देखिन्छ भने दुई करोड ५३ लाख ८६ हजार ७ सय ३४ रुपैयाँको जाहेरी अझै पनि आउन बाँकी रहेको बताइएको छ ।

ससाना बचतकर्ताहरूलाई धेरै ब्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर एजेन्टहरुले बचत गराएको र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउनेदेखि लिएर पछि त करोडौ रकम लिएर फरार भएको देखिन्छ । सहकारीका पदाधिकारीहरूले पूर्व योजना नै बनाएर बचतकर्ताहरुको करोडौं रकम ठगेको देखिन्छ । प्रलोभनमा पारेर स–साना वचतकर्ताको रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने, त्यही साना बचतको दुरुपयोग गरेर आफूहरु आलिसान जीवन बिताउने र बचतकर्तालाई बिचल्लीमा पार्ने गरेको देशभर नै थुप्रै गुनासाहरु आएका छन् ।

जिल्ला अदातलकी श्रेस्तेदार नुतन झाले यस मुद्दामा पक्ष र विपक्षहरुमध्ये विपक्ष (प्रतिवादी) व्यक्तिहरु बढी भएकाले न्याय सम्पादनमा ढिलाई भएको बताउनुहुन्छ । उहाँले यस मुद्दाका ३७ जना प्रतिवादीमध्ये केही प्रतिवादीहरु अझै फरार रहेको, केहीको हकमा साक्षी बकपत्र हुन समेत बाँकी नै रहको र यस्ता मुद्दामा सबै प्रतिवादीहरु चुक्ता नभइसकेको अवस्थामा फैसला गर्न नमिल्ने बताउनुभयो । श्रेस्तेदार झाले यस मुद्दाको अङ्ग पुग्न बाँकी रहेको र पछिल्लो सुनुवाइमा मुद्दाको टिपोट गरी पेश गर्न आदेश भएकाले अहिले टिपोट भइरहेको र टिपोट पूरा भएपछि पेशीमा चढाइने र आउँदा पेशीले नै मुद्दाको सन्दर्भमा केही हुने वा नहुने कुरा तय गर्ने बताउनुभयो ।

पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ जलेश्वर र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारसँग पनि न्यायको लागि गुहार लगाइसकेको तर अहिलेसम्म कतैबाट पनि न्याय पाउन नसकेको उहाँहरु बताउनुहुन्छ । ‘‘अहिलेको बचत भोलिको दुःखको साथी हुने आशमा सहकारीमा लगेर बचत ग¥यौं तर सहकारीको कार्यालय, एजेन्ट र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएका छौँ’’ एकै स्वरमा उहाँहरुले भन्नुभयो । जलेश्वरमा सानो व्यापार गर्दै त्यसबाट भएको कमाइबाट घर खर्च काटेर धेरथोर बचत गर्दै आएको रकमहरु एजेन्ट र सञ्चालकले खाएर भागेपछि आफूहरु बिचल्लीमा परेको वचतकर्ताहरुको भनाइ छ ।

करोडौँ रकम ठगी गरेकाहरुलाई कारबाही गरी आफूहरुलाई न्याय दिनुको साटो अदालतबाट एकपछि अर्को गर्दै एजेन्टहरुलाई तारिखमा छाडिरहेको प्रति बचतकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । आफूहरुले अब आफ्नो पैसा फिर्ता आउँला भन्ने आशा मारिसकेको उहाँहरुके भनाइ छ । यस सहकारी संस्थाकै कारण अहिले जिल्लामा सञ्चालित अन्य बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि बचतकर्ताहरुले बचत गर्न छाड्दै गएको ती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।रासस

काठमाडौँ,२० पुस :
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गर्नुभएको हो ।
भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।(रासस)

आरके श्रीवास्तव रौतहट पुस १९ गते ।

माैलापुरमा “असहाय सँग मेयर कार्यक्रम”प्रभावकारी बन्दै गएको छ ।

No description available.

नगरपालिका द्वारा छोरीको बिहेमा आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख रिना कुमारी साहले अनुदान रकमकाे चेक हस्तान्तरण गर्नु भएको हाे ।

No description available.

मौलापुर नगरपालिकाको असहायसँग मेयर कार्यक्रम अन्तर्गत छोरीको बिहेका लागि आर्थिक सहायता अनुदान रकम प्राप्त गर्न निवेदन पेश गरेकाहरूले चेक पाएका छन् त्यस्ता लाभग्राहीहरुलाई जनही रु. ३० हजारको दरले ४९ जना लाभग्राहीहरुलाई १४ लाख ७० हजार रकम बराबरको चेक प्रत्येक लाभग्राहीहरुलाई हात हातमै उपलब्ध गराईएकाे माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् ।

No description available.

नयाँ निवेदनहरुको हकमा नगर प्रमुख वा निजको प्रतिनिधिबाट बिहेको दिन निवेदकको घरमै चेक हस्तान्तरण कार्य जारी रहेकाे अधिकृत साहले जानकारी गराए ।

No description available.

नगरप्रमुख साहकाे पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गर्दै आएको छ ।

No description available.

No description available.

आरके श्रीवास्तव रौतहट, पुस १९ गते 

रौतहट । धाकधम्की दिएर रकम माग गर्ने एक जना व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।रौतहटको एक ब्यापारीलाई बारम्बार फोन गरेर धाक धम्कि देखाएर पैसा माग गरे पछि अनुसन्धानको क्रममा रौतहट प्रहरीले पक्राउ गरेर बिहिवार सार्वजनिक गरेको छ ।पक्राउ पर्ने जिल्लाको -फतुवा विजयपुर नगरपालिका -८ बस्ने बर्ष ३५ को श्रीभगवान साह रहेको रौतहट प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेका थिए।आफुले माग गरेको अनुसार पैसा न दिएमा परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्। उनीहरुविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै यस घटनामा संगलंगन अन्यलाई खोजतलास कार्य भईरहेको समेत रौतहट प्रहरीले जनाएको छ ।

काठमाडौँ, १९ पुस :

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पाेरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । आजै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले रु १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ । (रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।