२०८३ श्रावण १
२०८३ श्रावण १

विराटनगर, २४ माघ  ।

 मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।

 

ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना

बारा, २४ माघ । 

प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो।

 

उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना

काठमाडौं, २४ माघ ।

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए ।

संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ छ । न्युजकारखाना

काठमाडौं, २४ माघ ।

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ ।

 

संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्ने सदस्य सचिव अर्जुन पोखरेलले जानकारी दिए । त्यसका लागि सबै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइसकेका छन ।

 

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा १६ मा संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय समन्वय परिषद् रहने व्यवस्था छ ।

 

पहिलाे बैठक गत असार १६ गते पाेखरामा बसेकाे थियाे । न्युजकारखाना

 

काठमाडौं, २४ माघ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जादैँछन् ।

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन ।

 

सो सम्मेलन माघ २६ र २७ गते अष्ट्र्र्रेलियाको पर्थमा  हुदैँछ । यही माघ २७ गते ‘स्थिर र र दिगो हिन्द महासागरतर्फ’ विषयमा मन्त्री साउदले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सो क्रममाअस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।न्युजकारखाना

काठमाडौं, २४ माघ ।

प्रतिनिधिसभाको बैठक बस्दैँ छ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ं निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गरिनेछ ।

 

साथै, पुर्व सांसद केशवकुमार बुढाथाेकीकाे निधनमा शाेक प्रस्ताव पारित गरिनेछ ।
न्युजकारखाना

काठमाडौं, २४ माघ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

 

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना

आजमिति २०८० साल माघ २४ गते तदअनुसार फ्रेब्रुअरी ७, सन् २०२४ बुधबार, कृष्णपक्षको द्वादशी तिथि, उत्तरषाढा नक्षत्र, सिद्दि योग, धनु राशिमा चन्द्रमा, यो शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:५७ देखि १२:४१ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:४७

• सुर्यास्त: बेलुका ०५:४९बजे

 

मेष

 

सन्तुलित आहारमा ध्यान दिनुहोस्। आर्थिक निर्णयहरू सावधानीपूर्वक विचार गर्न आवश्यक छ। सम्बन्धमा सञ्चारमा रहनूहोस। प्रियजनहरूसँग गुणस्तरीय समय बिताउनुहोस्। शुभ अंक : ८, शुभ रंग: रातो

 

वृष

 

तनाव व्यवस्थापनलाई प्राथमिकता दिनुहोस्।लगानीमा सजग रहनुहोस्। आफ्नो पार्टनरसँग सहजता अँगाल्नुहोस्।आफ्नो विचार खुलेर साझा गर्नुहोस्।

शुभ अंक : ४

शुभ रंग: हरियो

 

मिथुन

आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुहोस्। नयाँ आर्थिक अवसरहरू विचार गर्नुहोस्। आफ्ना भावनाहरू खुलेर व्यक्त गर्नुहोस्। गृह परियोजनाहरूमा सहयोग गर्नुहोस्। शुभ अंक : ७, शुभ रंग: पहेंलो

 

कर्कट

भावनात्मक कल्याणलाई प्राथमिकता दिनुहोस्। मितव्ययी रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्। तपाईंको रोमान्टिक जडानहरू पालनपोषण गर्नुहोस्। विशेष पारिवारिक गतिविधिको योजना बनाउनुहोस्।

 

शुभ अंक : २

शुभ रंग: चाँदी

 

सिंह

पर्याप्त आराम र विश्राम सुनिश्चित गर्नुहोस्। दीर्घकालीन वित्तीय लक्ष्यहरूको लागि योजना। आफ्नो पार्टनरको आवश्यकतामा ध्यान दिनुहोस्। विस्तारित परिवारका सदस्यहरूसँग जोड्नुहोस्।

 

शुभ अंक : ५

शुभ रंग: सुनौलो

 

कन्या

सन्तुलित आहार र हाइड्रेसनमा ध्यान दिनुहोस्। प्रमुख निर्णयहरूको लागि आर्थिक सल्लाह खोज्नुहोस्। आफ्ना प्रियजनहरूसँग खुलेर कुराकानी गर्नुहोस्।साझा गतिविधिहरू मार्फत बन्धनलाई बलियो बनाउनुहोस्।

शुभ अंक : ३

शुभ रङ: निलो

 

तुला

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। आर्थिक साझेदारीमा सावधान रहनुहोस्। सम्बन्धमा सद्भावलाई अँगालेको छ। विशेष पारिवारिक जमघटको योजना बनाउनुहोस्।

 

शुभ अंक : ६

शुभ रंग: गुलाबी

 

वृश्चिक

 

नियमित व्यायाम र पर्याप्त निद्रामा ध्यान दिनुहोस्। नयाँ लगानी अवसरहरू अन्वेषण गर्नुहोस्।आफ्ना भावनाहरू खुलेर व्यक्त गर्नुहोस्। परिवारका सदस्यहरूसँग आफ्ना आकांक्षाहरू साझा गर्नुहोस्।

 

शुभ अंक : ९

शुभ रङ: मरुन

 

धनु

 

कल्याणको लागि बाहिरी गतिविधिहरू समावेश गर्नुहोस्।

भविष्यको आर्थिक सुरक्षाको लागि योजना। नयाँ रोमान्टिक सम्भावनाहरूको लागि खुला रहनुहोस्। दाजुभाइसँगको सम्बन्ध सुदृढ बनाउनुहोस्।

 

शुभ अंक : १

शुभ रंग: बैजनी

 

मकर

 

तनाव व्यवस्थापन प्रविधिहरूलाई प्राथमिकता दिनुहोस्।दीर्घकालीन वित्तीय योजनामा ​​ध्यान केन्द्रित गर्नुहोस्।

आफ्नो पार्टनरसँग भावनात्मक सम्बन्ध बलियो बनाउनुहोस्।

बन्धनको लागि पारिवारिक भ्रमणको योजना बनाउनुहोस्।

 

शुभ अंक : ४

शुभ रंग: खैरो

 

कुम्भ

सन्तुलित जीवन शैली कायम राख्नुहोस्। नयाँ आम्दानीका अवसरहरू विचार गर्नुहोस्। आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्। घरमा मेलमिलापको वातावरण बनाउनमा ध्यान दिनुहोस्।

 

शुभ अंक : ७

शुभ रङ: फिरोजा

 

मीन

भावनात्मक कल्याणलाई प्राथमिकता दिनुहोस्। आर्थिक निर्णयमा सावधान रहनुहोस्। आफ्नो रोमान्टिक सम्बन्ध पालनपोषण गर्नुहोस्। विशेष पारिवारिक जमघटको योजना बनाउनुहोस्।

 

शुभ अंक : २

शुभ रंग: सागर हरियो

 

 

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। न्युजकारखाना

 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । सल्लाह, सुझाव र परामर्शका लागि ९८६६८९५२१३

 

काठमाडौं, माघ २३ ।

नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ८ गतेलाई निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्रिय बैंकले जनाएको छ ।न्युजकारखाना

चितवन,२३ माघ ।

चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

 

प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।

 

सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो ।

 

प्रहरी कार्यालय चितवनले पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई बुझाउन सफल भएको जनाएकाे छ ।न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।