तर बीडीएसको उक्त लिखित प्रतिक्रिया झनै गम्भीर प्रश्नहरूको जन्म दिने खालको भएको भन्दै चञ्चलाले संस्थाको आन्तरिक संरचना, जबाफदेहिता, पारदर्शिता र लोकतान्त्रिक अभ्यासप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। बीडीएसले समुदायका सदस्यहरूसँग प्रतिवेदनहरू साझा नगर्ने कुरालाई आफूले आपत्तिपूर्वक लिएको बताउँदै उनले नेपालको सूचना अधिकार ऐन, २०६४ अनुसार गैरसरकारी संस्था (NGO) हरू सार्वजनिक निकायसरह परिभाषित भएको स्मरण गराएकी छन्।
उनका अनुसार दातृ निकाय वा सरकारी स्रोतबाट आर्थिक सहायता लिने संस्थाहरूले लेखा परीक्षण, खर्च विवरण, तलब संरचना, र बैठक निर्णयहरू सार्वजनिक गर्न कानुनी रूपमा बाध्य छन्। समुदायकै सदस्यको हैसियतले उनले बीडीएससँग वार्षिक लेखा परीक्षण, दातृ संस्थाबाट आएको रकमको उपयोग विवरण, पारिश्रमिक र निर्णयसम्बन्धी सूचना सार्वजनिक गर्न माग गरेकी छन्। बीडीएसको अहिलेको व्यवहार उनले गैरकानुनी, अपारदर्शी र जबाफदेहिता–विहीन भएको आरोप लगाएकी छन्।
नेतृत्व परिवर्तन लुकाउने प्रयास
साथै, लिम्बुले संस्थाभित्रको नेतृत्व परिवर्तन समेत लामो समय लुकाइएको गम्भीर उदाहरण प्रस्तुत गरेकी छन्। उनका अनुसार, दातृ संस्थाहरूको दबाबपछि तत्कालीन अध्यक्ष पिंकी गुरुङले राजीनामा दिएकी थिइन्, र त्यसपछि उपाध्यक्ष उमिशा पाण्डे अध्यक्ष बनेकी थिइन्। तर बीडीएसले यो नेतृत्व परिवर्तन करिब १० महिना गोप्य राखेको लिम्बुको आरोप छ।
यो विषय संस्थापक अध्यक्ष सुनिल बाबु पन्तको त्रिभुवन विमानस्थलमा उमिशा पाण्डेसँग संयोगवश भेट हुँदा मात्रै खुलासा भएको दाबी गरिएको छ। थप रूपमा, पिंकी गुरुङले राजीनामा दिएपछि आफैँलाई ‘वरिष्ठ सल्लाहकार’ नियुक्त गरी उच्च पारिश्रमिक लिएको र यो नियुक्ति कुनै खुला प्रतिस्पर्धा वा पारदर्शी प्रक्रिया विना गरिएको स्पष्ट सङ्केत भएको लिम्बुको भनाइ छ। उनले यसलाई कृपावाद, तथ्य लुकाउने प्रवृत्ति र आचारसंहिताको उल्लङ्घन भनेकी छन्।
सदस्यता घटाउने, आलोचक हटाउने
सदस्यताको सन्दर्भमा समेत बीडीएसमा आलोचनालाई दबाउने प्रवृत्ति रहेको आरोप लगाउँदै उनले पहिले ६० भन्दा बढी रहेको साधारणसभा सदस्य सङ्ख्या घटाएर हाल ३२ मा सीमित पारिएको, अनि क्रियाशील र सम्मानित सदस्यहरूलाई बिना कारण हटाइएको उल्लेख गरेकी छन्। “संस्थाले धेरै वर्षदेखि नयाँ सदस्यता आह्वान नै गरेको छैन, जसले प्रश्न गर्छ, उसलाई हटाइन्छ,” उनले भनिन्।
चञ्चलाको माग: आपत्कालीन साधारणसभा र छानबिन
यी सबै घटनाहरूलाई मध्यनजर गर्दै उनले आपत्कालीन साधारणसभा आह्वान, पूर्वसदस्यहरूको समावेशी सहभागिता, नयाँ सदस्यता खुला आह्वान र पछिल्ला तीन वर्षका लेखा परीक्षण र आर्थिक विवरण सार्वजनिक गर्नेलगायत मागहरू अघि सारेकी छन्। साथै, दातृ परियोजनाहरूको बजेट, खर्च विवरण, कर्मचारी र परामर्शदाताको तलब संरचना, कार्यसमिति निर्णयहरू, नेतृत्व हस्तान्तरण र सल्लाहकार नियुक्तिको स्वतन्त्र छानबिनको मागसमेत गरेकी छन्।
कार्यक्रमहरूको प्राथमिकता फेरि परिभाषित गरी सबैभन्दा सीमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई केन्द्रमा राख्नुपर्ने उनको जोड छ। “यो केवल प्रशासनिक मामिला होइन, यो पारदर्शिता, नैतिकता र विश्वासको सङ्कट हो,” उनले भनिन्, “प्रतीकात्मक मान्यता वा प्रक्रियागत बहानाहरू अब स्वीकार्य छैनन्। हामी संरचनात्मक जबाफदेहिता र वास्तविक समावेशिता माग गर्दछौँ।”
ब्लु डायमन्ड सोसाइटीको अनियमितता र प्रशासनको बारम्बारको बोलावट अवज्ञा
ब्लु डायमन्ड सोसाइटीभित्र देखिएको अत्यधिक तथ्य लुकाउने प्रवृत्ति, अपारदर्शिता र नेतृत्व तहको जबाफदेहिता अभावका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले पटक–पटक छलफलमा बोलाउँदा पनि संस्थाको नेतृत्वले अटेरी गरेको खुलेको छ।
प्रशासन कार्यालयले पछिल्लो पटक शुक्रवार छलफलका लागि बीडीएसलाई बोलाएको थियो। प्रारम्भमा छलफलमा सहभागी हुने सहमति जनाए पनि अन्तिम समयमा “नभ्याउने” भन्दै गैरजिम्मेवार प्रतिक्रिया मात्र पठाइएको जिल्ला प्रशासनका एक अधिकृतले बताए।
“संस्थागत पारदर्शिता र उत्तरदायित्वप्रति निरन्तर भाग्ने प्रवृत्ति अब स्वीकार्य हुँदैन,” प्रशासनको भनाइ छ।
चक्र प्रसाद पोख्रेल काठमाडौं
नेपाल सांस्कृतिक महासंघ ललितपुरको प्रस्तुति तथा यल इन्टरटेन्टमेन्ट प्रा।लि। को निर्माणमा तयार पारिएको तीज विशेष गीत ‘चेलीको चाड, नाच्ने हो गाउने हो तिजमा बरिलै’ सोमबार एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ।

ललितपुरको कार्यविनायक पार्टी प्यालेस, सैवुमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। सामाजिक सन्देशसहित तयार पारिएको यस गीतले बुहारीलाई पनि छोरीसरह सम्मान र स्वतन्त्रता दिनुपर्छ भन्ने विषयलाई प्रमुख रूपमा उठान गरेको छ।
बुहारी छोरीकै दर्जामा — गीतको मूल सन्देश
गीतले विशेषगरी विवाहपछि छोरीको रूपमा गएकी बुहारीलाई पुरानै घर फर्कँदा पनि सासू–ससुरा र श्रीमान्ले छोरीसरह व्यवहार गर्नुपर्ने सामाजिक सन्देश दिन खोजेको छ। नेपाली समाजमा प्रचलित “जे भन्यो त्यही मान्नुपर्ने” सोच हटाएर समता, सम्मान र आत्मीयताको भावना उजागर गर्ने उद्देश्यले गीत तयार पारिएको निर्माण पक्षले जनाएको छ।

गीतमा स्वर सुरज अधिकारी, अधिवक्ता अनिल श्रेष्ठ ९निर्जन०, मधु रेग्मी, शशि पुन, शर्मिला ब्रह्मचार्य, र श्रद्धा बज्राचार्यले दिएका छन्।गीतरसंगीतस् सुरज अधिकारी,संगीत संयोजनस् मदन प्रत्यय,रेकर्डिङस् कारण स्टुडियो, सातदोबाटो मिक्स तथा मास्टरिग् स् अनिल नकर्मी,पोस्ट प्रोडक्सनस् याला मनोरञ्जनले गरेको छ भने गीतको निर्देशन, सम्पादन तथा कोरियोग्राफीको जिम्मेवारी गौतम तण्डुकारले सम्हालेका छन्।
छायांकनस् लोकचन्द्र थापा
सहायक कोरियोग्राफरस् एन्जिला तामाङ
कभर डिजाइनस् द ब्रिगेड इन्टरप्राइजेज
पोशाकस् बेनाज ड्रेस हायर सेन्टर एण्ड बुटिक, हडिगाउँ
यस गीतको म्युजिक भिडियोमा राजेन्द्र केसी ९राजु०, पवन खतिवडा, रेश्मा तिमिल्सिना ९बुनुमैचा०, अधिवक्ता अनिल श्रेष्ठ ९निर्जन०, शशि पुन, शर्मिला ब्रह्मचार्य, श्रद्धा बज्राचार्य, श्यामसुन्दर तिमिल्सिना, मधु रेग्मी, रुपा थापा, निरञ्जन महर्जन, मीना खड्का के।सी, विजय के।सी, संगिता के।सी, कृतिन के।सी, गर्विशा थापा, अनिशा रिसाल, अनिता साउद लगायतका कलाकारहरू अभिनय देख्न सकिन्छ ।
उत्पादन व्यवस्थापकस् बृहस्पति थापा
उत्पादन प्रबन्धकस् राम महर्जन, अनिल नकर्मी
सामाजिक जागरणसहितको सांगीतिक उपहार
“चेलीको चाड” गीतले तीजलाई केवल नाचगानको पर्व मात्र नभई, सामाजिक सचेतना फैलाउने सशक्त माध्यमको रूपमा प्रस्तुत गरेको छ। यसले परम्परागत सोचमा परिवर्तन ल्याउन सक्ने सम्भावना बोकेको विश्लेषकहरूको भनाइ छ।
वीरगञ्ज ।
नेपालकै एकमात्र भोजपुरी भाषाको पत्रिका भोजपुरी टाइम्स दैनिक ले आफ्नो बार्हौँ वार्षिकोत्सवको अवसरमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम शुक्रबार वीरगञ्ज आदर्शनगरस्थित आमाको माया छात्रावासमा आयोजना गरिएको थियो। प्रकाशक अजय चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा रहेका थिए।
कार्यक्रमका विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र महासंघका केन्द्रीय सदस्य राधव साह र प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटेको समेत उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य कार्यकारी सम्पादक श्रवण साहले प्रस्तुत गर्दै पत्रिकाले सुरुदेखि नै जनताको आवाज, स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि गरेको निरन्तर परिश्रमको दाबी गरे। उनले संस्थापक समूहको अथक मिहिनेतले पत्रिकालाई यो स्तरसम्म पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि जनहितमुखी पत्रकारितामा पत्रिका प्रतिबद्ध रहने बताए।
कार्यक्रमअन्तर्गत छात्रावासमा चामल, दाल, तेल, चाउचाउ, बिस्कुटजस्ता खाद्यान्न र कपी, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो।
वक्ताहरुले आफ्नो मन्तव्यमा भोजपुरी टाइम्स दैनिक ले पत्रकारिता क्षेत्रमा देखाएको प्रतिबद्धता, मधेसको सांस्कृतिक पहिचानको संरक्षणमा पुर्याएको योगदान तथा सामाजिक उत्तरदायित्वप्रति देखाएको संवेदनशीलताको प्रशंसा गरे।
समापन मन्तव्य राख्दै प्रकाशक चौरसियाले महँगो होटलमा फजुल खर्च गरेर वार्षिकोत्सव मनाउनुको सट्टा विगतका केही वर्षदेखि सहयोगको आवश्यकता रहेका स्थानमा सकेसम्म सहयोग गर्दै वार्षिकोत्सव मनाइरहेको बताए। उनले यो अभ्यासले पत्रिकाको सामाजिक जिम्मेवारीलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग र सेवा भावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। रातो पाना
काठमाडौं ।
नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल हुनुभएको छ ।
कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट हुनु भएको हो ।
यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने, प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् ।
एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नुहुनेछ । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउने छ ।
यस परियोजनाले विद्यार्थीहरू र सरसफाई क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत हुनुहुन्छ ।
बज्जिकाञ्चल संवाददाता,पर्सा,२२ गते साउन ।
पर्सा — नेपाल किसान महासंघ मधेश प्रदेशको प्रथम अधिवेशन शुक्रबार वीरगन्जस्थित टाउन हलमा सम्पन्न भएको छ । “आफ्नो देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने मूल नारासहितको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)ले मधेशको कृषि समस्या समाधानका लागि केवल डिप बोरिङमा निर्भर रहन नहुने स्पष्ट गरेका छन् । उनले चुरे क्षेत्रको विनाशलाई गम्भीर चुनौतीका रूपमा औंल्याउँदै भने,”चुरेको विनाश रोक्न नसके मानव सभ्यतामै संकट आउँछ । यसलाई व्यवस्थापन नगरी किसानको समस्या दीर्घकालीन रूपमा हल हुँदैन।”

उनले थपे, “मधेशमा सिंचाइको लागि मरीन डाइभर्सनलगायतका आयोजनाहरू समयमै सम्पन्न नगरी पूर्ण सिंचित प्रदेशको लक्ष्य पुरा हुँदैन । प्रदेश सरकारसँग स्रोत सीमित भएकाले संघ सरकारमा पनि निर्भर रहनुपर्छ, तर किसानको समस्यामा हामी सधैं साथमा छौं ।”

अधिवेशनमा महासंघका मधेश प्रदेश अध्यक्ष सन्तलाल साहको अध्यक्षतामा ८ वटै जिल्लाका किसान संघका अध्यक्ष, केन्द्रीय सदस्य, मेयर–उपमेयर, कृषिमन्त्री जनार्दन शर्मा क्षेत्री, तथा विभिन्न स्थानीय नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा रौतहट बाट अर्थमन्त्रीका स्वकीय सचिव गणिलाल प्रसाद यादव,नेता बालमिकी यादव,कटहरिया ४ का वडा प्रत्यासी हरिन्द्र राय यादव,पूर्व वडा अधयक्ष शम्भु यादव,वडा प्रत्यासी दिपलाल यादव लगायतका नेताहरु सहभागि थिए ।
काठमाडौं, साउन २१ — पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।”
उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरंग र असन्तोष उत्पन्न भएको उल्लेख गरे।
श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता कार्य तत्काल रोक्न आग्रह गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,२२ गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रमुख प्रशासकिय अधिकृत श्री भरत प्रसाद यादवलाई कदर-पत्र प्रदान गरेको छ ।

२०८१ पुस २३ गते देखि सेवा दिइरहनुभएका यादवले आ.व. २०८१/८२ मा आर्थिक, प्रशासनिक तथा सेवा प्रवाहको क्षेत्रमा उल्लेखनीय सुधार गर्नुभएको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले यादवलाई सम्मान पत्र प्रदान गर्दै उहाँले देखाएको प्रतिबद्धता, पारदर्शिता र सुशासनप्रति धन्यवाद व्यक्त गर्नुभयो । “उहाँको नेतृत्वमा नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी र जनमुखी बनेको छ,” खातुनले भनिन्।

सम्मान समारोहमा प्रमुख समाजसेवी अच्युत मैनाली, प्रदेश सांसद प्रत्यासी शेख सेराज, शिक्षा संयोजक सुबोध प्रसाद यादव, पूर्व वडा अध्यक्ष तथा कार्यपालिका सदस्य उमाशंकर साह, कलवार, परमेश्वर यादवसहित थुप्रै स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

समारोहमा वक्ताहरूले यादवको इमान्दारिता, कुशल प्रशासनिक क्षमता र नागरिक–मैत्री सेवा प्रवाहको प्रशंसा गर्दै उहाँको कार्यशैलीलाई उदाहरणीय भन्दै आगामी दिनमा पनि यस्तै सकारात्मक सुधार कार्य निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

नगरपालिकाले आगामी दिनहरूमा पनि दक्ष र समर्पित कर्मचारीहरूलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रका भौतिक संरचनामा महत्वपूर्ण योगदान पुर्याउने कार्यमा कार्यवाहक नगर प्रमुख अमबेया खातुनलाई आम नागरिकहरूले सम्मान पत्र प्रदान गरेका छन् । यस नगरपालिकाका नागरिकहरूले समाजसेवी अच्युत मैनालीको नेतृत्वमा उक्त अभिनन्दन समारोह आयोजना गरेका थिए । बुधबार फतुवा बिजयपुर ११ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र समुदघाटनकाे अवसर साे नागरिक अभिनन्दन गरिएको हाे ।

कार्यवाहक नगर प्रमुख खातुनको नेतृत्वमा नगरपालिकामा पाँच वटा स्वास्थ्य क्षेत्रका भौतिक संरचनाहरूलाई सुधार गरी ती क्षेत्रहरूलाई ठोस र उपयोगी बनाइने काममा सफलता प्राप्त भएको छ । यो कार्य नगरपालिकाका नागरिकहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने दिशा थियो, जसको कदर गर्दै उनले यो सम्मान प्राप्त गरेकी छिन् ।

सम्मान पत्रमा नगरपालिकाका नागरिकहरूको तर्फबाट “श्री अमबेया खातुनलाई स-सम्मान अभिनन्दन गरिएको छ।” उल्लेख गरिएको छ र अगामी दिनहरूमा पनि नगरपालिकाका अन्य क्षेत्रमा यस्तै सुधारात्मक पहल र गुणस्तरीय कामको अपेक्षा गरिएको छ ।
सम्मान समारोहमा प्रमुख समाजसेवी अच्युत मैनाली,प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव,प्रदेश सांसद प्रत्यासी शेख सेराज,शिक्षा संयाेजक सुबाेध प्रसाद यादव,पूर्व वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य उमाशंकर साह कलवार,परमेश्वर यादव र अन्य स्थानीय नागरिकहरू उपस्थित थिए । कार्यवाहक नगर प्रमुख अमबेया खातुनले, “यो सम्मान मैले मात्र प्राप्त गरेको होइन, यो नगरपालिकाका सबै नागरिकहरूको साझा सफलता हो,” भनिन् ।
समारोहको दौरान नागरिकहरूले नगरपालिकाको अन्य क्षेत्रहरूमा पनि सुधार र विकासका लागि कार्यवाहक प्रमुखको निरन्तर पहलको अपेक्षासमेत व्यक्त गरेका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् । संसदभित्रको नकारात्मक कृयाकलापले संसदको गरिमा खस्किदै गइरहेको टिप्पणी उनले गरे ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउदै संसद् संसद् जस्तो नभएको अनुभुति सुनाए ।
‘आजकाल संसद् संसद् जस्तो छैन् । संसद्भित्रको नाकारात्मक कृयाकलापले संसद्को गरिमा खस्किदै गइरहेको हामीले देखिरहेका छौं । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘संसदभित्रको निषेध, विभेद र सिण्डीकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’
सानो दलहरुमाथि संसदमा निषेध भइरहेको उनले बताए । यदी निषेध गरिएको होइन भने संसदको कार्य व्यवस्थामा एक सिट भएको दललाई किन निषेध गरिएको भन्दै प्रश्न उठाएका छन् । अहिले एक सिट भएका तीन वटा दलहरुलाई कार्य व्यवस्थामा किन निषेध गरिएको भन्दै जवाफ माग गरेका छन् ।
‘संवैधानिक समितिहरु, सार्वजनिक सुनुवाई समिति लगायतका कयौं संवैधानिक समितिहरुमा एक सिटवाला सांसद भनेर निषेध गरिएको छ, के त्यसलाई नै लोकतन्त्र भन्छ ? त्यो निषेध होइन भने के समानता हो ? के त्यो प्रतिस्पर्धा हो भनेर प्रश्न उठछ । हैन प्रतिस्पर्धा हो निषेध होइन भने त्यसले के सन्देश दिन खोजेको हो भन्ने प्रश्न उठछ,’ आजपा अध्यक्ष साहले भने ।
संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको उनले बताए । साहले प्रश्न गर्दै भने, ‘के एक सिट हुदैमा पछाडी बस्नुपर्ने ? सत्तापक्षमा भएपछि के अगाडी बस्नुपर्ने ? सिट पलानिङको कुनै मापदण्ड हुनुपर्छ कि पर्दैन ? हामी हेरिरहेका छौं, सिट १७ वटा छ । त अगाडीबाट १७ जोडेर अर्को १७ गरी एउटा न्यायिक ढंगले गर्नुपर्छ कि पर्दैन ? तर आज ठुलोले सानोलाई हेप्ने, विभेद गर्ने, निषेध गर्ने जो खेल भइरहेको छ, संसदभित्रको यो खेलले देशकोजनतालाई कसरी आश्वस्त गर्ने ? यो सरकार र यहाँका नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध छ, प्रतिस्पर्धामा विश्वास गर्छ । सानोको पनि सम्मान गर्छ भन्ने भाव त कतै देखिएन सभामुखज्यू ।’
ठुलो दल उभ्यो भने संसद अवरुद्ध हुने तर दुई दलले ७० दिनदेखी संसद बहिष्कार गर्दा समेत अवरुद्ध नहुने बताउदै संसद बहिष्कार गर्ने दलहरुसंग सरकारले वार्ता, छलफल पनि गर्न नचाहनु संसदभित्र ठुला दलको दम्भ भएको बताए । साहले २०६३ सालदेखी निन्तर सांसद रहेको, कार्यव्यवस्था समितिका साथै संसदीय व्यवस्था मन्त्रीदेखी संसदीय सभापतिको समेत जिम्मेवारी निर्वाह गरिसकेको बताउदै यस्तो विभेद आफूले कहिल्यै पनि नदेखेको उनले बताए । ६०१ सदस्यी संविधानसभा र ३० वटा दलहुँदा समेत यस्तो विभेद नभएको स्मरण उनले गरे ।
‘आज अनैतिक ढंगले, अप्राकृतिक ढंगले, अप्रजातान्त्रिक ढंगले जो गठबन्धन र जसरी सहकार्य अगाडी बढाइएको छ । सानालाई निषेध गर्ने, लोकतन्त्रलाई निल्ने, जहाँ पनि सिण्डीकेट खडा गर्ने जो काम भइरहेको छ त्यो धेरै लामो जादैन । यसले संसद्को गरिमालाई घटाइरहेको छ । संसदको सम्मानलाई घटाइरहेको छ । लोकतन्त्रमाथि नै प्रश्न उठाइरहेको छ । यसमा गम्भिर ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
जनता समाजवादी पार्टी नेपाल, रौतहटद्वारा आयोजित नवप्रवेशी सम्मान तथा जिल्ला विस्तारित बैठक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी सहित शीर्ष नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका कटहरीया नगरपालिकाका जुझारु युवा नेता राजाबाबु साहलाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

राजाबाबु साह, जो नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन्, लामो समयदेखि राजनीति र सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।
कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, चुलहाई राय यादव, रामअस्रे चौधरी, पार्टी निर्वाचन आयोग संयोजक विश्वनाथ पटेल, केन्द्रिय सल्लाहकार समिति सदस्यद्वय राजकुमार दास र राम आशिष यादव लगायत जिल्ला कार्य समिति सदस्यहरूको उपस्थिति थियो ।
पार्टीका शीर्ष नेताहरूले राजाबाबु साहको राजनीतिक साहस र जनप्रतिबद्धताको खुलेर प्रशंसा गर्दै जसपाको संगठनात्मक विस्तारमा उनीबाट ठुलो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।
यस नवप्रवेशी सम्मान समारोहले जसपा नेपाल रौतहटमा संगठनात्मक बल थपेको र आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउने दिशामा ठोस पाइला भएको नेताहरूको भनाइ रहेको छ ।U