२०८३ कार्तिक २२
२०८३ कार्तिक २२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २६६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा २६६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने कोशीमा ४२  जना, काठमाडौँ उपत्यकामा २७ जना, सुदूरपश्चिममा १२ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ७६  जना, कर्णालीमा २१ जना र गण्डकीमा १५ जना घाइते भएका छन् ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता पाउने दाबी गरेका छन् ।

शनिबार कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै डा. महतले सर्वोच्च अदालतको रिभ्युमार्फत आफुहरुले नै आधिकारिकता पाउने बताएका हुन् ।

नेता महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले बोकिरहेको बताउदै कांग्रेसको आत्मा शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा नै रहेको टिप्पणी गरे ।

नेता महतले गगन थापा नेतृत्वको कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार छाडेको आरोपसमेत लगाए । थापाले कांग्रेसको संस्कारसमेत त्यागेको र व्यक्तिवादी बाटोमा हिँडिरहेको आरोप लगाउदै उनले नेता कार्यकर्तालाई अझ सक्रिय हुन आग्रह गरे ।

उनले अब सामाजिक सञ्जालमा समेत सक्रिय हुनुपर्ने बताउदै अहिले पार्टीमा र देशमा नै सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लागाए । एभरेष्ट न्यूज एजेन्सी,

पार्टीको आधिकारिकता हामीले नै पाउछौं- डा. प्रकाशशरण महत

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।