धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।
सडक मर्मतका क्रममा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको उपसभापति पदमा विनोद चौधरी विजयी भएपछि टिप्पणी गर्दै समावेशिताको विषयमा प्रश्न गरेका छन् ।
थापाले कांग्रेसको महामन्त्री पदमा पराजित गुरु घिमिरे र उपसभापति पदका उम्मेदवार जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयले पार्टीभित्रको अवस्थाबारे प्रश्न उठाएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसको ‘२.०’ अभियानका एक नम्बर हस्ताक्षरकर्ता घिमिरे र समावेशी प्रतिनिधित्वका उम्मेदवार परियारको पराजयलाई चौधरीको विजयसँग तुलना गरेका छन् ।
थापाले कांग्रेसको समावेशी अभ्यासप्रति पनि प्रश्न उठाउदै उनले समावेशिताको अभ्यासले आम नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन् ।
‘परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो,’ थापाले लेखेका छन् । उनले निर्वाचन परिणामलाई लिएर विवेकको मूल्याङ्कन गर्न कठिन भएको उल्लेख गर्दै ‘बिजोग यस्तै अवस्थालाई भनिएको होला’ भन्दै टिप्पणी गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा खैबर पख्तुनख्वा प्रान्तमा सङ्कटकाल र गभर्नर शासन लागू गरेका छन् ।
बिग्रँदो सुरक्षा अवस्थालाई कारण देखाउँदै यो निर्णय गरिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
पाकिस्तानको राष्ट्रपतिको सचिवालयका अनुसार संविधानको धारा २३२ र २३४ अन्तर्गत सङ्कटकाल घोषणा गरिएको हो । सङ्घीय सरकारले प्रान्तीय सरकारको आतङ्कवादविरुद्धको प्रयासप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको जनाएको छ । गभर्नर फैसल करिम कुन्दीले ११ सदस्यीय सल्लाहकार परिषद्को सहयोगमा शासन सञ्चालन गर्नेछन् । यो व्यवस्था प्रारम्भमा छ महिनाका लागि लागू हुनेछ ।
मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा अक्टोबर ४ देखि सुरु भएको विरोध मार्च र सरकार–विपक्षबीचको वार्ता असफल भएपछि राजनीतिक तनाव बढेको हो । विपक्षी दलले जेलमा रहेका पाकिस्तान तहरिक–ए–इन्साफका संस्थापक इमरान खानलाई भेट्न अनुमति दिनुपर्ने माग गरेको थियो ।
जमियत उलेमा–ए–इस्लामका प्रमुख मौलाना फजलुर रहमानले सङ्कटकाल र गभर्नर शासनलाई लोकतन्त्रमाथिको आक्रमण भन्दै विरोध गरेका छन् ।
यसैबीच, सङ्घीय सरकारले संविधानको धारा २४५ अन्तर्गत पाकिस्तानी सेनालाई पनि खैबर पख्तुनख्वामा परिचालन गर्ने निर्णय गरेको छ । सेनाले नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति र सरकारी संरचनाको संरक्षणमा प्रशासनलाई सहयोग गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ महामन्त्री पदमा विजयी उदयशमशेर राणाले आफूलाई मत दिएर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।
राणाले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी पार्टी रूपान्तरण, सङ्गठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा सङ्कल्पका रूपमा व्याख्या गरेका छन् । लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै साथीप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् ।
‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार भए पनि पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता हुन्छ,’ राणाले भनेका छन् । उनले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो । बसमा करिब ४० देखि ४५ जना सवार रहेकोमा घाइते सातै जनालाई उपचारका लागि चिसापानीस्थित बर्दघाट नगर अस्पताल पठाइएको छ । बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ३९ जी २८७६) मा समेत सामान्य ठक्कर लागेको थियो। ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका छन् ।
शुरुदेखि नै अग्रता हासिल गरेका भण्डारीले ३७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् भने आचार्यले २३४२ मत प्राप्त गरेका थिए ।
त्यस्तै गोविन्द भट्टराईले १७५२, सुरेन्द्रराज पाण्डेले १६७३, धनराज गुरुङले १५९६, दीपक गिरीले ९२३, डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी समावेशी उपसभापतिमा विनोद चौधरी विजयी भएका छन् । चौधरीले १७४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिष्पर्धी जीवन परियारले १६५८, फरमुल्लाह मंसुरले ११४४, सीता गुरुङले १११२ र रंजीत कर्णले ५६२ मत प्राप्त गरेका थिए ।
एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा धयान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ ।
ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । आज विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने गरिन्छ ।
ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रहृमचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।
ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।

आजको राशिफल बिस २०८३ असोज २६ गते सोमबार ईस २०२६ अक्टोबर १२ नेपाल सम्बत ११४६ कौलाथ्व द्वितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष द्वितीया, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, विश्कुम्भ योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४० बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा नयाँ गति ल्याउने अवसर मिल्न सक्छ। आफूले थालेको योजनालाई अघि बढाउन आत्मविश्वास रहनेछ, तर अरूको सहयोग लिन हिचकिचाउनु हुँदैन। कार्यक्षेत्रमा जिम्मेवारी बाँडफाँट गर्दा समय बचत हुनेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्पर्क स्थापित हुन सक्छ। आर्थिक रूपमा पुरानो भुक्तानी वा हिसाब मिलाउने विषयमा प्रगति हुन सक्नेछ। परिवारमा तपाईंको व्यस्तताबारे गुनासो आउन सक्ने भएकाले समय व्यवस्थापन गर्नुहोस्। प्रेममा रिस वा अधैर्यले राम्रो सम्बन्धमा दूरी ल्याउन सक्छ, त्यसैले संवादमा नरमपन राख्नुहोस्। शरीरमा ऊर्जा कायम राख्न नियमित भोजन र विश्राम आवश्यक हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धैर्य र स्थिरताले फाइदा पुर्याउनेछ। कार्यक्षेत्रमा जटिल देखिएको विषयलाई क्रमशः समाधान गर्न सकिनेछ। नयाँ कामको जिम्मेवारी आउन सक्छ, तर आफ्नो क्षमताको मूल्याङ्कन गरेर मात्र प्रतिबद्धता जनाउनु राम्रो हुन्छ। व्यापारमा ग्राहकको विश्वास र नियमित कारोबार कायम राख्न ध्यान दिनुहोस्। आर्थिक पक्षमा बचत बढाउने वा अनावश्यक खर्च घटाउने अवसर मिल्नेछ। परिवारमा घरायसी योजना अघि बढ्न सक्छ। प्रेम सम्बन्धमा सानो सहयोग र आत्मीय व्यवहारले नजिकपन बढाउनेछ। खानपानमा अनियमितता भए पाचनमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुधको प्रभावले आज विचार आदानप्रदान र सूचनाको उपयोगबाट लाभ लिन सकिनेछ। काममा नयाँ सुझाव राख्ने वा पुरानो समस्याको फरक समाधान खोज्ने अवसर आउन सक्छ। सञ्चार, लेखन, अध्ययन र व्यापारिक छलफलमा संलग्न व्यक्तिका लागि दिन उपयोगी रहनेछ। आर्थिक कारोबारमा मौखिक आश्वासनभन्दा स्पष्ट विवरणलाई प्राथमिकता दिनुहोस्। कुनै पुरानो सम्पर्कबाट उपयोगी जानकारी प्राप्त हुन सक्छ। परिवारमा आफ्नो विचार राख्दा अरूको दृष्टिकोण पनि सुन्नुहोस्। प्रेममा लामो समयदेखि रोकिएको संवाद पुनः सुरु हुन सक्छ। धेरै विषयमा एकैपटक ध्यान दिँदा मानसिक थकान बढ्न सक्ने भएकाले कामको क्रम निर्धारण गर्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चन्द्रमाको प्रभावले आज तपाईंको भावनात्मक पक्ष सक्रिय रहनेछ। परिवारसँग सम्बन्धित निर्णयमा आफ्नो मनको कुरा राख्न सकिनेछ, तर अरूको आवश्यकतालाई पनि उत्तिकै महत्व दिनुहोस्। कार्यक्षेत्रमा व्यक्तिगत तनावलाई काममा असर गर्न नदिनु राम्रो हुन्छ। व्यापारमा ग्राहकको प्रतिक्रिया सुनेर सुधार गर्ने अवसर मिल्नेछ। आर्थिक रूपमा घरायसी आवश्यकतामा खर्च बढ्न सक्छ, त्यसैले प्राथमिकता छुट्याउनुहोस्। नजिकका व्यक्तिसँगको भेटले मानसिक सन्तोष दिनेछ। प्रेम सम्बन्धमा संवेदनशील विषयलाई शान्त ढंगले उठाउँदा गलत बुझाइ हट्न सक्छ। पर्याप्त निद्रा र आरामले मनलाई स्थिर राख्न मद्दत गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको प्रभावले आत्मविश्वास र नेतृत्व क्षमता बढाउनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर आए त्यसलाई जिम्मेवारीपूर्वक उपयोग गर्नुहोस्। वरिष्ठ व्यक्तिसँगको छलफलले आगामी योजनाबारे स्पष्टता दिन सक्छ। व्यापारमा प्रचार वा नयाँ ग्राहकसँगको सम्बन्ध विस्तार गर्ने सोच सफल हुन सक्छ। आर्थिक रूपमा आम्दानीको सम्भावना रहे पनि अनावश्यक प्रतिष्ठामुखी खर्च रोक्नु राम्रो हुनेछ। परिवारमा तपाईंको निर्णयले प्रभाव पार्ने भएकाले सबैको कुरा सुन्नुहोस्। प्रेममा आफ्नो अपेक्षा स्पष्ट पार्दा सम्बन्धमा सहजता आउनेछ। अत्यधिक व्यस्तताले शरीरमा थकान ल्याउन सक्ने भएकाले आरामलाई बेवास्ता नगर्नुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजनाबद्ध कामले राम्रो परिणाम दिनेछ। कागजात, विवरण, हिसाबकिताब वा अधुरा जिम्मेवारी व्यवस्थित गर्न उपयुक्त समय छ। कार्यक्षेत्रमा सानो त्रुटि पहिचान गरेर ठूलो समस्या हुनबाट रोक्न सकिनेछ। व्यापारमा लागत र आम्दानीको तुलना गर्दा सुधार गर्नुपर्ने पक्ष देखिन सक्छ। आर्थिक रूपमा नियमित बचतलाई निरन्तरता दिनु लाभदायक हुनेछ। परिवारमा तपाईंको व्यावहारिक सहयोग आवश्यक पर्न सक्छ। प्रेम सम्बन्धमा धेरै विश्लेषण गर्नुभन्दा आफ्नो भावना सरल रूपमा व्यक्त गर्नु राम्रो हुन्छ। लामो समय पर्दामा काम गर्दा आँखामा थकान हुन सक्ने भएकाले बीचबीचमा विश्राम लिनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुक्रको प्रभावले आज सम्बन्ध र सहकार्यलाई महत्व दिनेछ। काममा सहकर्मी वा साझेदारसँगको समन्वयले कठिन विषय सहज बन्न सक्छ। नयाँ सहकार्यको प्रस्ताव आएमा आफ्नो भूमिका र अपेक्षा स्पष्ट पार्नुहोस्। व्यापारमा ग्राहकसँगको व्यवहारले भविष्यको कारोबारमा प्रभाव पार्न सक्छ। आर्थिक रूपमा आम्दानी बढाउने सम्भावना खोज्न सकिनेछ, तर जोखिमको मूल्याङ्कन नगरी अघि नबढ्नुहोस्। परिवारमा मेलमिलाप कायम राख्न तपाईंको पहल उपयोगी हुनेछ। प्रेममा एकअर्काका चाहना र सीमालाई सम्मान गर्दा सम्बन्धमा विश्वास बढ्नेछ। व्यक्तिगत रुचिका गतिविधिमा समय दिनुले मानसिक सन्तुलन कायम राख्न सहयोग गर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगलको प्रभावले आज दृढ निर्णय लिन सक्ने क्षमता बढाउनेछ। काममा चुनौतीपूर्ण जिम्मेवारी आए पनि योजनाबद्ध प्रयासले समाधान निकाल्न सकिनेछ। अरूको आलोचनाबाट विचलित नभई उपयोगी सुझावलाई मात्र ग्रहण गर्नु राम्रो हुन्छ। व्यापारमा प्रतिस्पर्धा बढे पनि आफ्नो सेवा र विश्वसनीयता सुधार्ने अवसर हुनेछ। आर्थिक रूपमा ठूलो रकमसँग सम्बन्धित निर्णय गर्दा पर्याप्त जानकारी जुटाउनुहोस्। परिवारमा कठोर बोलीले असमझदारी निम्त्याउन सक्छ, त्यसैले धैर्यपूर्वक कुरा राख्नुहोस्। प्रेममा शंका वा असुरक्षालाई संवादबाट समाधान गर्न सकिनेछ। शारीरिक श्रम गर्दा र सवारी चलाउँदा सावधानी अपनाउनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बृहस्पतिको प्रभावले ज्ञान, अनुभव र भविष्यको योजनामा ध्यान केन्द्रित गराउनेछ। अध्ययन, तालिम वा नयाँ सीप सिक्ने अवसरलाई उपयोग गर्न सकिनेछ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिसँगको छलफलले नयाँ सम्भावना देखाउन सक्छ। व्यापारमा नयाँ बजार वा फरक ग्राहक समूहबारे सोच्न सकिनेछ, तर कार्यान्वयनअघि स्रोतको मूल्याङ्कन गर्नुहोस्। आर्थिक रूपमा भविष्यका लागि रकम छुट्याउने राम्रो समय हो। परिवारसँगको संवादले पुरानो अन्योल हटाउन सक्छ। प्रेम सम्बन्धमा विश्वास र सम्मान कायम राख्दा सम्बन्ध थप परिपक्व बन्नेछ। धेरै जिम्मेवारी एकैपटक नलिई प्राथमिकताका आधारमा अघि बढ्नुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शनिको प्रभावले आज जिम्मेवारी र अनुशासनलाई प्राथमिकता दिनुपर्नेछ। काममा ढिलाइ भए पनि निरन्तरता कायम राख्दा अपेक्षित परिणामतर्फ अघि बढ्न सकिनेछ। अधुरा कामको सूची बनाएर क्रमशः पूरा गर्नु लाभदायक हुनेछ। व्यापारमा पुरानो कारोबारको समीक्षा र भुक्तानी व्यवस्थापनमा ध्यान दिनुहोस्। आर्थिक रूपमा नयाँ दायित्व थप्नुभन्दा नियमित खर्च व्यवस्थित गर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको सहयोगको आवश्यकता पर्न सक्छ। प्रेममा कामको व्यस्तताले भावनात्मक दूरी नबढाओस् भन्नेमा सचेत रहनुहोस्। लामो समय एउटै आसनमा बस्दा शरीरमा जकडन आउन सक्ने भएकाले चलायमान रहनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ विचारलाई व्यवहारिक योजनामा बदल्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा फरक उपाय प्रस्तुत गर्दा त्यसको सम्भावित परिणाम र आवश्यक स्रोत स्पष्ट पार्नुहोस्। व्यापारमा नयाँ सम्पर्क वा सहकार्यको संकेत मिल्न सक्छ। आर्थिक रूपमा व्यक्तिगत चाहनासँग सम्बन्धित खर्च बढ्न सक्ने भएकाले बजेटको सीमा कायम राख्नुहोस्। साथीभाइसँगको छलफलले कुनै निर्णयमा नयाँ दृष्टिकोण दिन सक्छ। परिवारमा आफ्ना योजना साझा गर्दा सहयोग प्राप्त हुने सम्भावना छ। प्रेममा स्वतन्त्रता र आत्मीयताबीच सन्तुलन मिलाउनु आवश्यक हुनेछ। मानसिक रूपमा धेरै कुरा एकैपटक सोच्नुभन्दा केही समय शान्त भएर योजना बनाउनु राम्रो हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
चन्द्रमा र बृहस्पतिको प्रभावले आज संवेदनशीलता र विवेकबीच सन्तुलन कायम गर्न सहयोग गर्नेछ। सिर्जनात्मक काम, लेखन वा अध्ययनमा नयाँ प्रेरणा मिल्न सक्छ। कार्यक्षेत्रमा अरूको समस्या बुझेर सहयोग गर्दा राम्रो सम्बन्ध स्थापित हुनेछ, तर आफ्नो जिम्मेवारीको सीमा पनि कायम राख्नुहोस्। व्यापारमा विश्वासिलो व्यक्तिको सुझाव उपयोगी बन्न सक्छ। आर्थिक रूपमा घरपरिवारसँग सम्बन्धित खर्च आउन सक्ने भएकाले रकमको प्राथमिकता निर्धारण गर्नुहोस्। परिवारमा आत्मीय कुराकानीले मन हलुका बनाउनेछ। प्रेम सम्बन्धमा मनका कुरा खुलस्त राख्दा निकटता बढ्नेछ। तनाव महसुस भए केही समय ध्यान, प्रकृति वा मनपर्ने कामका लागि छुट्याउनु लाभदायक हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी,