बज्जिकाञ्चल संवाददाता,राैतहट,१६ गते असाेज ।
राैतहट। पुर्व प्रधानमन्त्री एवम राैतहट एकका सासद माधव कुमार नेपालले वागमती र लाल बकैया नदिमा आएको वाढिले गरेको क्षेतिको निरिक्षण गरेका छन ।बुधबार दिउँसो ३ बजे गृह जिल्ला आई पुगेका नेता नेपालले गत अशाेज १२ गते बागमति नदिमा आएको बाढिले बाध तोडी घर तथा खेली बालिमा पुर्याएको क्षेतिको निरिक्षण गरेका छन ।

पुर्ब प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मिपुर पुगेका थिए । बांधमा पुगेको क्षेती अब आफुले गर्नु पर्ने भुमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसंग सुझाब लिएका थिए । वाधमा भएको क्षेती तथा खेती बालि हेर्ने क्रममा पुर्व प्रधानमन्त्री नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७का पकाहा धर्मपुर पुगि स्थानीयले भोगेका सम्स्या तथा समाधानका उपाय बारे स्थानियसंग संवाद गरको नेकपा एसका नेता रेवन्त झाले बताए ।

यसैगरी विहिबार विहान बागमति नदि किनाराको माघवनारायण नगरपालिका र राजदेबी नगरपालिका तथा दुर्गा भगवति गाउपालिकामा भएको क्षेति तथा स्थानीय पिडितसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।

विहिबार नै पुर्व प्रधानमन्त्री नेपाल लाल बकैया नदिको बाढिले पुर्याएका क्षेति तथा राजपुर , परोहा , बाैथिमाई , माैलापुर ,देवाही गाेनाही र कटहरिया नगर पालिकाका स्थानीय वाढिपिडित जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए ।
पुर्वप्रधानमन्त्री नेपालसंग नेकपा एसका केन्द्रीय सदस्य तथा पुर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव , गढिमाई नपा १का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेकपा एसका नेता बिरेन्द्र साह सहितका नेता , जनप्रतिनिधि, स्थानीय जनता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु’, उनले भने ।
थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।
न्युजकारखाना
जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक-एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो । आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालिनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरु अति प्रभावित भएको जानकारी दिए ।
उनले मन्त्रिपरिषद्को बैठकबाट सम्पूर्ण दातृ निकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह गर्ने निर्णय भएको बताए । मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताए ।न्युज कारखाना
काठमाडौँ । सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।
त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धि सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् । न्युज कारखाना
काठमाडौँ । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।
विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।
पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।
जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।
त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए ।
यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।
न्युज कारखाना
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको बताइएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।
गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् ।
वर्षाका कारण अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र ३२ जना र देशभर ५० जनाभन्दा बढीको मृत्यू भइसहेको छ । न्युज कारखाना
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ ।
आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ता खुला गरेको हो ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचना प्रकाशित गरेको छ ।
आयोगले असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गते मतदान गर्ने लगायतको निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । न्युज कारखाना
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।
न्युज कारखाना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् ।
‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’
पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’
न्युज कारखाना