२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

आरके श्रीवास्तव,बारा,१९ गते कार्तिक । 
बाराको पचरौता नगरपालिकामा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डा मेलाको विवाद चर्कदैँ गएको छ । पचरौता नगरपालिका ७ बेनौली गाउँमा परम्परादेखि लाग्दै आएको महाबिरी झन्डाको लागि तिन ओटा मेला समिति गठन भएपछि मेलापूर्व नै विवाद चर्केको हो ।
पचरौता नगर प्रमुख जलन्धर सिंह जैसवारले मेला लगाउने नाममा विभिन्न समूहहरुले बलजफ्ती चन्दा उठाउने काम गरिरहेकाले तत्काल रोक्न र चन्दा उठाउनेमाथि कारबाहीको लागि माग गरेका छन् ।
हरेक वर्ष छठ पर्वको समापनसँगै सुरु हुने मेलामा गत वर्ष निकै विवाद भएको थियो । प्रहरीले दर्जनौँ राउन्ड गोली चलाउनु परेको थियो । विगतदेखि मेला लाग्दै आएको भए पनि केही वर्षदेखि मेलामा विवाद हुँदै आएको छ । मेलामा हुने विवादलाई रोक्न वडा कार्यालयको पहलमा नगरपालिकाले मेला समिति निर्माण गरेपछि झन् विवाद चर्किएको हो ।
मेलाको लागि नगरपालिकाको नगरसभा तथा बोर्ड बैठकले पाँच लाख रुपैया छुट्याएर मेला लगाउनको लागि समितिलाई कार्यादेश दिइसकेको छ । केही मानिसले आफ्नो स्वार्थ पूरा नहुने देखेपछि अदालतबाट मेला लगाउन नै रोक लगाउनु पर्ने माग गर्दै मुद्दा दायर गरेका थिए । अदालतले तत्कालको लागि मेला लगाउन रोक लगाउन मिल्ने कारण नदेखिएको आदेश दिइसकेको छ ।


परम्परादेखि लाग्दै आएको मेलाको स्थानको विषयमा पनि विवाद उठेको छ । नगरपालिकाले महाबिरी झन्डा तथा ब्रह्मबाबा पुजन कार्य मेला स्थानीय विद्यालयमा हुँदै आएकोमा नगरपालिकाले नजिकै रहेको पोखरीको ठुलो डिललाई स्थान तोकेको छ । पोखरीको डिलमा मेला सारिएपछि कतिपयले पहिले लाग्दै आएको विद्यालयमा नै मेला लाग्नुपर्ने भन्दै मेला समिति गठन गरेका छन् । विद्यालयको चौरमा मेला लगाउन उचित नहुने भन्दै अर्को समूहले विद्यालय बाहिर मेला लगाउने भन्दै तेस्रो मेला समिति पनि गठन गरेका छन् । विद्यालयभित्र र विद्यालय बाहिर मेला लगाउने भन्दै आफूखुसी मेला समिति गठन गरेका समूहहरुले स्थानीयसित चन्दा असुल गरिरहेको नगर प्रमुख जैसवारको भनाइ छ ।
मेला लगाउन, नाच, जात्रा गराउन तथा मदिराको बिक्रीका साथै जुवाबाट रकम असुल गर्न केही मानिसले महाबिरी मेलालाई बदनाम गराउन चाहेको नगर प्रमुख जैसवारको भनाइ छ ।
नगर प्रमुख जैसवारले सोमवार पत्रकार सम्मेलन गरी मेलालाई सभ्य र भव्यतापूर्वक लगाउन स्थानीयलाई सहयोगको लागि आग्रह गरेका छन् । मेलामा कुनै किसिमको विकृति हुन नदिनको लागि र नगरपालिकाले तोकेको ठाउँसँगै अन्यत्र सोही मितिमा मेला लगाउन दिँदा झैँझगडा हुने भएकोले अन्यत्र मेला लाग्न नदिन नगर प्रमुखले माग गरेका छन् ।
नगर प्रमुख जैसवारले शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारासित तिन सय प्रहरीको माग गरिएको बताउँदै नगर प्रहरी तथा स्वयंसेवकहरु पनि मेलाको व्यवस्थापन तथा शान्ति सुरक्षाको लागि परिचालन गरिने बताएका छन् ।
नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेला लाग्न नहुने र सम्बन्धित निकायले पनि ध्यान दिनुपर्ने जैसवारको तर्क रहेको छ ।
यता साेही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता लक्ष्मी यादवले पनि ई सबै कुराहरूलाई गराउँदै प्रेस रिलिज पढेर सुनाएका थिए । उनले पनि वडाकाे विना अनुमती कुनै किसिमको मेला,नाटक, झाँकी,नाच गर्न नहुनेमा जाेड दिए । साे अवसरमा मेला आयाेजन भईरहेकाे वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन,शिक्षा सहायक प्रमुख मुकेश कुमार सिंह,भैयाराम यादवकाे पनि उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटमा अहिले जनता समाजवादी पार्टी नेपालले आफनो संगठन विस्तारको कामलाइ तिव्रता दिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा आज जसपाको नगर कमिटि गठन गरिएको छ ।
जसपा नेपालले आधारभूत संगठन निर्माण कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । शनिबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा नगर कमिटि गठन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चुल्हाइ राय यादवले जानकारी गराएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी रहनु भएको थियो । शनिवार भएको कार्यक्रममा रामसेवक राय यादवको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि नगठ गरिएको हो ।


कार्यक्रममा वक्ताहरुले भेलालाई सम्बोधन गर्दे अव युवाहरुको समस्या र आवश्यकता जनता समाजवादीले पुरा गर्ने बताए । जनता समाजवादी पार्टीले सबै लाई एकतावद्ध बनाएर बढेको बताएका छन् ।
त्यस्तै उनीहरुले जनताको साझा चौतारीको रुपमा जसपा नेपालको रहेको भन्दै यसमा कोही छुट्न नहुने उल्लेख समेत गरेका छन् ।
सो अवसरमा जसपाका केन्द्रिय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी,रामाअश्रेय चौधरी लगायत प्रदेश एवम् जिल्ला कार्य समितिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको यियो ।

 

राैतहट,३० गते असाेज ।
ईशनाथ नगरपालिकामा जहिले देखि प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता आउनू भएको छ त्यो दिन देखि ईशनाथ को जनता हरु बिकास को नमुना हेरिरहेको छ।

आज रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ टोल मोतिपुरमा छठ पर्व मनाउनका निम्ति छठ घाटको शिलान्यास नगर प्रमुख सिन्हा द्वारा सम्पन्न भएको छ। ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमती कौशल्या देवी सिन्हाको विषेश पहल र वहाँको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न भएकाे स्थानीय पत्रकार चन्दन कुमारले जानकारी गराएका हुन् ।

सो कार्यक्रममा, विशिष्ट अतिथी पुर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हा, प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र साह, वडा नम्बर ५ का वडा अध्यक्ष शेख नेशार, वडावसी बुद्धिजीवी समाजसेवी हरुकाे उपस्थितीमा आज छठ घाट शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

स्थानीय वासी ले गठन गरेको ‘छठ घाट व्यवस्थापन समिति र नगर प्रमुखको अथक प्रयासमा बन्दोबस्त भएको जग्गामा घाट निर्माण कार्य आज देखी पुर्ण रुपमा सुचारु भएको छ। कार्यक्रमका समितिका अध्यक्ष ले आगामी छठ पर्व भित्रै पूजाका निम्ति घाट तयार भइसक्ने जानकारी दिएका छन।

राैतहट,३० गते असाेज ।
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले आज महमदपुर स्थित झाझ नदीमा झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

५० लाखको लागतमा निर्माण भएको उक्त झोलुङ्गे पुलको आज एक कार्यक्रम बीच गरुडा नगर प्रमुख जयसवालले उद्घाटन गरेका हुन् ।

गरुडा र वृन्दावन नगरपालिकालाई जोड्ने उक्त पुल निर्माण भएपछि दुवै पालिकाका बासिन्दालाई खासगरी खेतिबारी गर्ने प्रयोजनका लागि आउजाउ गर्न निकै सहज भएको नगर प्रमुख कन्थमनी प्रसाद कलवारले बताउनुभयो ।
यसअघि सो ठाउँमा पुल नहुँदा स्थानहरूलाई खेती किसानी गर्न झाझ नदी वारपार गर्न निकै कठिनाई हुँदै आएको थियो । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

 

जनकपुरधाम, ३० असोज ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक संगठनका रूपमा प्रतिष्ठित गर्न दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको औंल्याए ।

उनले प्रदेश सरकारले मधेश प्रदेशका विभिन्न प्रहरी एकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दैआएको जानकारीसमेत दिए ।

‘नेपाल प्रहरीमा कुशल तथा निपुण जनशक्ति विकासको पाटोमा समेत प्रदेश सरकार गम्भीर छ । प्रहरी जनशक्तिको दक्षताबाटै नागरिकमा शीघ्र न्याय प्राप्तिको बाटो खुल्नेछ,’ मुख्यमन्त्री सिँहले भने ।

उनले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिँहले भने, ‘विपत्ति तथा प्रकोपमा खोज तथा उद्धार, सवारी व्यवस्थापनलगायतका काम नेपाल प्रहरीले गर्दैआएको छ । यी जम्मै कामबाट प्राप्त अनुभव र अभ्यास थप व्यवस्थित र परिणामुखी बनाउँदै जानुपर्छ ।’

मुख्यमन्त्री सिँहले प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा ओसारपसार र भन्सार छलेर मालसामानको चोरीनिकासी हुने स्थिति चिन्ताजनक रहेको टिप्पणी गर्दै यी प्रवृत्तिलाई निरुत्साहित एवम् नियन्त्रण गर्न नेपाल प्रहरीको भूमिका अझ सशक्त बन्नुपर्ने बताए ।

उनले प्रहरीको परम्परागत कार्यशैलीमा सकारात्मक परिवर्तन आइरहेकोमा सन्तोष व्यक्त गर्दै नागरिकको विश्वास जित्न प्रहरीको व्यवहार थप सरल, निष्पक्ष र पारदर्शी हुनुपर्ने सुझाए ।

मुख्यमन्त्री सिँहले मानवअधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल प्रहरीको निष्ठा चुलिँदै जाने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री सिँहले प्रहरी कर्मचारी, नागरिक तथा खेलाडीहरूलाई कदर तथा प्रशंसापत्र प्रदान गरे । त्यसक्रममा उनले धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० ढल्केवरका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक ८५ वर्षीय हरिबहादुर खडकालाई दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतका व्यक्तिहरूले आआफ्ना धारणाा राखेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।

आरके श्रीवास्तव,राैतहट,३० गते असाेज ।

नेपाली काँग्रेसका स्थानीय नेता तथा महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र यादवले सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता यादवले मिलेर इमानदारीपूर्वक काम गरी जनतामा आशा जगाउनु परेको छ ।

नेपाली काँग्रेस नगर कमिटि फतुवा विजयपुर रौतहटद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता यादवले अबको समयमा युवाहरुले अग्रसरता लिएर आफ्नो क्षमतालाई विकास तथा निर्माणमा लगाउनु पर्ने बताएका छन् । नेता यादवले युवाहरुले पार्टीको संगठनलाई बलियो बनाउन नेतृत्व तहमा आउन पनि सुझाव दिएका छन् ।

पूर्व वडाध्यक्ष हिरालाल यादवले बलियो भएर काम गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा स्थानीय युवा तथा पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस किसिमका कार्यक्रमलाई हरेक वडामा निरन्तरता दिनुपर्ने स्थानीयको माग रहेको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।