२०८३ कार्तिक २
२०८३ कार्तिक २

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार, २०८३ असोज २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

यस्तै, युरोपेली युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा कायम भएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा रहेको छ ।

सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ २ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा कायम भएको छ।

साउदी अरबको एक रियालको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

संयुक्त अरब इमिरेट्सको एक दिरामको खरिददर ४२ रुपैयाँ ८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५४ पैसा रहेको छ।

थाइल्यान्डको एक भाटको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा कायम भएको छ। डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा रहेको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

खाडी मुलुकका मुद्रातर्फ कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा रहेको छ। बहराइनी दिनार एकको खरिददर ४०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४११ रुपैयाँ ४० पैसा कायम भएको छ। ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २ पैसा रहेको छ।

भारतसँगको कारोबारका लागि भने नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। यो दर राष्ट्र बैंकले तोकेको स्थिर दर हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको खुला बजार विनिमयदर बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्ने सन्दर्भदर हो। राष्ट्र बैंकको सूचनाअनुसार विभिन्न बैंकले तोक्ने वास्तविक खुला बजार विनिमयदर भने फरक हुन सक्नेछ  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भएको छ ।

यसअघि विहिबार हुने भनिएको मतदान केन्द्रीय निर्वाचन समितिले प्राविधिक तयारी पुरा हुन नसकेपछि आजको लागि सारेको थियो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले तयारी पुरा भएको र आज बिहान बिहान ७ देखि दिउसो ३ बजेसम्म मतदान हुने बताएका छन् ।

मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

काँग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उमेदवार चुनावी मैदानमा रहेका छन् । काँग्रेसको यस निर्वाचनमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्दैछन्  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीले आयोगबाट विधिवत् रूपमा दल दर्ताको प्रमाणपत्रसमेत प्राप्त गरेको जनाएको छ ।

पार्टीले आगामी मंसिर ७ गते झापाको दमकमा औपचारिक घोषणा कार्यक्रम गर्ने जनाएको छ ।

पार्टीले देश र जनताको हितका लागि सबै राजनीतिक दल, राष्ट्रवादी धारमा विश्वास राख्ने नेपाली, उद्योगी–व्यवसायी, श्रमिक, युवा तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।

पार्टीले देश जोगाउने र निर्माण गर्ने अभियानमा पृथ्वीनारायण शाहसँग जोडिएका राजा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका पूर्वराष्ट्रसेवक तथा राष्ट्रसेवकलाई राष्ट्रिय एकता, सुशासन, शान्ति र समृद्धिका लागि आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहँदै सहकार्य गर्न आह्वान गरेको छ । पार्टीले आफूलाई ‘नेपाल र नेपालीको पार्टी’ का रूपमा प्रस्तुत गरेको छ  एभरेष्ट न्यूज एजेन्सी,

आजको राशिफल बिस २०८३ असोज २३ गते शुक्रबार ईस २०२६ अक्टोबर ९ नेपाल सम्बत ११४६ ञलागा चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, ब्रह्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज काममा आफ्नो सक्रियता देखाउनेभन्दा सम्बन्धित व्यक्तिसँग तालमेल मिलाउनु बढी उपयोगी हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा फरक प्रकृतिको काम सम्हाल्ने अवसर आउन सक्छ। व्यापारमा ग्राहकको व्यवहार बुझेर सेवा सुधार्दा राम्रो प्रतिक्रिया पाइनेछ। आर्थिक रूपमा आम्दानीको अवस्था सामान्य रहे पनि मनोरञ्जन वा व्यक्तिगत चाहनामा खर्च बढ्न सक्छ। परिवारमा तपाईंको व्यस्तताका कारण समय कम दिनुपरे पनि साँझतिर आत्मीय कुराकानीको अवसर मिल्नेछ। प्रेममा आकर्षण बढ्नेछ र मन मिल्ने व्यक्तिसँग नजिकिने वातावरण बन्न सक्छ। शारीरिक थकान भए कामको बीचमा पर्याप्त विश्राम लिनुहोस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुक्रको प्रभाव तपाईंका लागि विशेष अनुकूल रहनेछ। आज व्यक्तित्वमा आत्मविश्वास र आकर्षण बढ्ने भएकाले सामाजिक वा व्यावसायिक भेटघाटबाट फाइदा लिन सकिनेछ। काममा लामो समयदेखि प्रतीक्षा गरिएको सहमति बन्न सक्छ। व्यापारमा नयाँ ग्राहकसँग सम्बन्ध विस्तार गर्ने राम्रो अवसर छ। आर्थिक रूपमा विलासिताका वस्तु खरिद गर्ने चाहना बढे पनि बजेट नबिगार्नुहोस्। परिवारमा खुसीको वातावरण रहनेछ र घरसँग सम्बन्धित कुनै योजना अघि बढ्न सक्छ। प्रेम सम्बन्धमा सँगै समय बिताउने अवसरले आत्मीयता बढाउनेछ। खानपानमा स्वादभन्दा सन्तुलनलाई प्राथमिकता दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुध र शुक्रको प्रभावले आज संवाद र सामाजिक सम्पर्कबाट अवसर सिर्जना गर्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो विचार आकर्षक ढंगले प्रस्तुत गर्न सक्दा अरूको समर्थन प्राप्त हुनेछ। लेखन, सञ्चार, व्यापार वा सिर्जनात्मक काममा राम्रो प्रगति हुन सक्छ। कारोबारमा नयाँ सम्पर्क बने पनि आर्थिक सम्झौता गर्दा कागजी प्रक्रिया स्पष्ट राख्नुहोस्। सानो रकमको धेरै खर्च हुन सक्ने भएकाले हिसाब राख्नु राम्रो हुनेछ। साथीभाइसँगको भेटले मन प्रसन्न बनाउनेछ। प्रेममा रमाइलो संवादसँगै भविष्यका विषयमा गम्भीर कुराकानी पनि हुन सक्छ। अत्यधिक सामाजिक व्यस्तताले थकान ल्याउन सक्ने भएकाले केही समय आफ्नै लागि छुट्याउनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज घर र व्यक्तिगत सम्बन्धका विषयले बढी ध्यान खिच्नेछन्। चन्द्रमाको प्रभावले संवेदनशीलता बढाउने भएकाले अरूको सामान्य व्यवहारलाई पनि गम्भीर रूपमा लिन सक्ने अवस्था रहन सक्छ। कार्यक्षेत्रमा भने भावनालाई अलग राखेर तथ्यका आधारमा निर्णय लिनु राम्रो हुनेछ। व्यापारमा नियमित ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाउन सकिनेछ। आर्थिक रूपमा घरायसी सामान वा परिवारका आवश्यकतामा खर्च हुने देखिन्छ। परिवारमा आत्मीयता बढ्नेछ। प्रेम सम्बन्धमा मनमा रहेको कुरा नरम ढंगले व्यक्त गर्दा गलत बुझाइ हट्नेछ। पर्याप्त आराम र शान्त वातावरणले मानसिक सन्तुलन कायम राख्न सहयोग गर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सूर्यको आत्मविश्वाससँग शुक्रको प्रभाव जोडिँदा आज व्यक्तित्व प्रभावशाली बन्न सक्छ। काममा आफ्नो प्रस्तुति, व्यवहार वा नेतृत्व शैलीबाट अरूलाई प्रभावित गर्ने अवसर मिल्नेछ। नयाँ जिम्मेवारी वा सार्वजनिक रूपमा देखिने काममा सफलता प्राप्त गर्न सकिनेछ। व्यापारमा ब्रान्ड, प्रचार वा ग्राहक सम्बन्ध सुधार्ने विषयमा काम गर्न उपयुक्त दिन हो। आर्थिक रूपमा प्रतिष्ठा कायम राख्ने नाममा अनावश्यक खर्च नगर्नुहोस्। परिवारमा खुसीको अवसर सिर्जना गर्न सकिनेछ। प्रेममा प्रशंसा र सानो ध्यानले सम्बन्धमा ठूलो सकारात्मक प्रभाव पार्नेछ। शरीरमा ऊर्जा राम्रो भए पनि निद्राको समय घटाउन उचित हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज व्यवस्थित काम गर्ने तपाईंको क्षमता अझ उपयोगी बन्नेछ। कार्यक्षेत्रमा अधुरा विवरण मिलाउने, कागजात तयार गर्ने वा आगामी योजनाको खाका बनाउने काम पूरा गर्न सकिनेछ। सहकर्मीको गल्ती सुधार्दा आलोचना गर्ने शैलीभन्दा सहयोगी व्यवहार अपनाउनु राम्रो हुनेछ। व्यापारमा खर्च र आम्दानीको अनुपात पुनरावलोकन गर्नुपर्नेछ। आर्थिक रूपमा सानो बचतलाई निरन्तरता दिन सके भविष्यमा राम्रो आधार बन्नेछ। परिवारमा तपाईंको व्यावहारिक सल्लाहको आवश्यकता पर्न सक्छ। प्रेममा अत्यधिक विश्लेषण नगरी भावनालाई सहज रूपमा स्वीकार गर्नुहोस्। पाचन प्रणालीमा असहजता भए खानपानको समय नियमित राख्नु राम्रो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुक्रको प्रभावका कारण आज तपाईंका लागि सम्बन्ध र सामाजिक सम्पर्क विशेष महत्वपूर्ण रहनेछन्। नयाँ व्यक्तिसँगको भेट भविष्यमा उपयोगी बन्न सक्छ। कार्यक्षेत्रमा सहकार्यबाट कठिन काम पनि सहज रूपमा पूरा हुनेछ। व्यापारमा साझेदार वा ग्राहकसँग राम्रो समझदारी बन्नेछ। आर्थिक रूपमा आम्दानी बढाउने अवसर देखिए पनि आकर्षक प्रस्तावको वास्तविकता जाँचेर मात्र अघि बढ्नुहोस्। परिवारमा तपाईंले मिलाउने भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउन सक्छ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ र मनका कुरा साझा गर्ने अवसर मिल्नेछ। मानसिक रूपमा खुसी रहने दिन भए पनि अरूलाई खुसी पार्ने क्रममा आफ्नै आवश्यकतालाई बेवास्ता नगर्नुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मंगलको दृढता र शुक्रको सम्बन्धमुखी प्रभावबीच सन्तुलन कायम गर्नुपर्ने दिन हो। काममा कसैले चुनौती दिए पनि तत्काल प्रतिक्रिया नदिई आफ्नो परिणामबाट जवाफ दिनु राम्रो हुनेछ। व्यापारमा प्रतिस्पर्धा रहे पनि ग्राहकसँगको विश्वास कायम राख्न सके आफ्नो पक्ष बलियो हुनेछ। आर्थिक रूपमा ठूलो जोखिम लिनुभन्दा हालको आम्दानी सुरक्षित राख्नु उपयुक्त हुन्छ। परिवारमा आफ्नो बोली नरम राख्दा अनावश्यक तनाव टार्न सकिनेछ। प्रेममा अधिकार जमाउने प्रवृत्तिले समस्या ल्याउन सक्छ, त्यसैले विश्वासलाई प्राथमिकता दिनुहोस्। शरीरमा चोटपटक लाग्ने सम्भावनाबाट बच्न खेलकुद वा शारीरिक काम गर्दा सावधानी अपनाउनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बृहस्पतिको प्रभावले आज तपाईंलाई दीर्घकालीन सोच राखेर निर्णय गर्न प्रेरित गर्नेछ। काममा नयाँ जिम्मेवारीभन्दा आफ्नो क्षमता विस्तार गर्ने अवसरलाई प्राथमिकता दिनु लाभदायक हुनेछ। अध्ययन, प्रशिक्षण वा नयाँ सीप सिक्ने योजना अघि बढाउन सकिनेछ। व्यापारमा टाढाका ग्राहक वा बाहिरी क्षेत्रसँग जोडिएको सम्भावना देखिन्छ। आर्थिक रूपमा भविष्यका लागि बचत वा लगानीको योजना बनाउन राम्रो समय हो। परिवारसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक सोच र सम्मानले सम्बन्धलाई अझ बलियो बनाउनेछ। लामो समय यात्रा वा दौडधुप गर्नुपर्ने भए शरीरलाई आवश्यक विश्राम दिनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शनिको अनुशासन र शुक्रको सहज प्रभावले आज जिम्मेवारी तथा व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन सहयोग गर्नेछ। कार्यक्षेत्रमा धैर्यपूर्वक गरेको प्रयासको परिणाम देखिन थाल्नेछ। व्यापारमा नियमित कारोबार कायम रहनेछ, तर नयाँ लगानीको निर्णय विस्तारै गर्नु राम्रो हुन्छ। आर्थिक रूपमा अनावश्यक दायित्व थप्नुभन्दा पुराना दायित्व व्यवस्थित गर्नु लाभदायक हुनेछ। परिवारमा तपाईंको जिम्मेवारी बढे पनि सहयोग प्राप्त हुनेछ। प्रेममा भावना व्यक्त गर्न समय निकाल्दा सम्बन्धमा न्यानोपन बढ्नेछ। लामो समय काम गर्दा कम्मर वा मांसपेशीमा थकान हुनसक्ने भएकाले शरीरलाई आराम दिनुहोस् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज नयाँ विचारलाई आकर्षक ढंगले प्रस्तुत गर्ने क्षमता रहनेछ। कार्यक्षेत्रमा तपाईंको फरक सोचले ध्यान खिच्न सक्छ। नयाँ परियोजना वा सहकार्यको प्रस्ताव आएमा उत्साहित हुनुभन्दा पहिले त्यसको व्यावहारिक पक्ष हेर्नुहोस्। व्यापारमा सामाजिक सम्पर्क र प्रचारबाट फाइदा लिन सकिनेछ। आर्थिक रूपमा व्यक्तिगत चाहनामा खर्च बढ्न सक्छ, त्यसैले प्राथमिकता छुट्याउनु राम्रो हुन्छ। साथी वा परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। प्रेममा अप्रत्याशित भेट वा सन्देशले खुसी बढाउन सक्छ। मानसिक रूपमा स्वतन्त्र समयको आवश्यकता महसुस हुन सक्छ, त्यसलाई सम्मान गर्नुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज चन्द्रमा र बृहस्पतिको प्रभावले भावनात्मक समझ र अन्तर्ज्ञानलाई बल दिनेछ। अरूको मनस्थिति बुझेर काम गर्न सक्दा कार्यक्षेत्रमा राम्रो सम्बन्ध बनाउन सकिनेछ। सिर्जनात्मक काम, कला वा लेखनमा नयाँ प्रेरणा मिल्न सक्छ। व्यापारमा विश्वासिलो व्यक्तिबाट आएको सुझाव उपयोगी बन्न सक्छ, तर आर्थिक निर्णय आफैंले जाँचेर मात्र लिनुहोस्। घरपरिवारसँग सम्बन्धित कुनै आवश्यक खर्च आउन सक्छ। परिवारमा आत्मीय वातावरण रहनेछ। प्रेम सम्बन्धमा मनका कुरा खुलेर राख्दा भावनात्मक दूरी कम हुनेछ। मनलाई शान्त राख्न ध्यान, संगीत वा प्रकृतिमा केही समय बिताउनु उपयोगी हुनेछ  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । नेपाल प्रहरीले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध ओसारपसार नियन्त्रणका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको छ । लामो दूरीका सवारीसाधनमा यात्रुको सुरक्षा तथा सडक सुरक्षालाई प्राथमिकता दिँदै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता, दुई चालक भए–नभएको र सवारीको यान्त्रिक परीक्षणसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले सुरक्षा निगरानीका लागि सिसीटिभी, शरीरमा लगाउने क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा सञ्चार प्रणालीको प्रयोग गर्ने जनाएको छ। मुख्य बजार, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल र सीमा नाकामा विशेष निगरानी गरिनेछ ।

प्रहरीले अनलाइन ठगीबाट जोगिन गोप्य संकेत, व्यक्तिगत परिचय संकेत तथा पासवर्ड कसैलाई नदिन, शंकास्पद विद्युतीय सम्पर्क तथा संकेतमा विश्वास नगर्न र अपरिचित व्यक्तिका सन्देश तथा मागप्रति सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै, चाडपर्वमा घर छाडेर जाँदा झ्यालढोका, ग्यास र विद्युत् जाँच गर्न तथा घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ । मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी

 काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजेदेखि शुरू गर्न लागिएको जानकारी दिएका छन् ।

उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।

हाल  बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भू-भागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी रलुम्बिनी प्रदेशको केही ठाँउ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति कोशी प्रदेशका सबै भू-भाग तथा देशको बाँकी हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भु-भागमा आंशिक बादल लाग्नेछ। कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।  मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना छ  एभरेष्ट न्यूज एजेन्सी,

 

आजको राशिफल बिस २०८३ असोज २२ गते विहिबार ईस २०२६ अक्टोबर ८ नेपाल सम्बत ११४६ ञलागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शुल्क योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बृहस्पतिको प्रभावले आज तपाईंलाई ठूलो लक्ष्यतर्फ केन्द्रित हुन प्रेरित गर्नेछ। काममा नयाँ जिम्मेवारी पाउन सकिन्छ र त्यसले भविष्यमा प्रगतिको बाटो खोल्ने सम्भावना छ। वरिष्ठ व्यक्तिको सुझावलाई बेवास्ता नगर्नुहोस्। व्यापारमा विस्तार गर्ने सोच आए पनि त्यसअघि बजार र लगानीको अवस्था बुझ्नु उचित हुनेछ। आर्थिक रूपमा आम्दानीसँगै भविष्यका लागि रकम सुरक्षित राख्ने अवसर मिल्नेछ। परिवारमा तपाईंको निर्णयलाई समर्थन प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक संवादले आत्मीयता बढाउनेछ। अत्यधिक कामका कारण हुने थकानलाई बेवास्ता नगर्नुहोस् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज धैर्यपूर्वक अघि बढ्दा अपेक्षित परिणाम प्राप्त गर्न सकिनेछ। काममा तत्काल सफलता नदेखिए पनि तपाईंले बनाएको आधार भविष्यका लागि उपयोगी हुनेछ। व्यापारमा ग्राहकको विश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण हुनेछ। नयाँ कारोबारको प्रस्ताव आएमा त्यसको दीर्घकालीन फाइदा र जोखिम दुवै हेर्नुहोस्। आर्थिक रूपमा बचत र सम्पत्ति व्यवस्थापनतर्फ ध्यान जानेछ। परिवारमा महत्वपूर्ण विषयमा सहमति जुट्न सक्छ। प्रेममा व्यवहारिक सहयोगले भावनात्मक नजिकपन बढाउनेछ। खानपानमा नियमितता कायम राख्दा शरीर हलुका महसुस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुध र बृहस्पतिको प्रभावले आज ज्ञान तथा संवादसँग सम्बन्धित काममा प्रगति गराउनेछ। लेखन, अध्ययन, शिक्षण, सञ्चार वा छलफलमा संलग्न व्यक्तिका लागि दिन विशेष उपयोगी हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्ने अवसर आउँदा आत्मविश्वासका साथ बोल्नुहोस्। व्यापारमा नयाँ सम्पर्कबाट भविष्यको कारोबारको सम्भावना देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ भए पनि त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सकिनेछ। साथी वा आफन्तसँगको कुराकानीले नयाँ विचार दिनेछ। प्रेममा रमाइलो संवादले पुरानो दूरी घटाउन सक्छ। मानसिक रूपमा धेरै कुरा एकैपटक सोच्दा थकान बढ्न सक्ने भएकाले प्राथमिकता छुट्याउनुहोस् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चन्द्रमाको संवेदनशीलता र बृहस्पतिको विवेकबीच आज राम्रो सन्तुलन बनाउनुपर्नेछ। घरपरिवारको विषयमा भावनात्मक निर्णय लिनुभन्दा सबै पक्ष बुझेर अघि बढ्नु राम्रो हुन्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, तर त्यसलाई व्यवस्थित ढंगले सम्हाल्न सकिनेछ। व्यापारमा परिवार वा विश्वासिलो व्यक्तिको सुझाव उपयोगी बन्न सक्छ। आर्थिक रूपमा घर सुधार, शिक्षा वा आवश्यक सामग्रीमा खर्च हुने सम्भावना छ। परिवारका ज्येष्ठ सदस्यबाट महत्वपूर्ण सल्लाह मिल्न सक्छ। प्रेम सम्बन्धमा सुरक्षाको भावना बढ्नेछ। मन शान्त राख्न पर्याप्त निद्रा र आफ्नो रुचिको गतिविधिका लागि समय निकाल्नुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सूर्यको आत्मविश्वाससँग बृहस्पतिको विवेक जोडिँदा आज नेतृत्व क्षमता अझ प्रभावकारी बन्न सक्छ। कार्यक्षेत्रमा आफ्नो निर्णयले अरूलाई प्रभावित गर्ने अवस्था आउन सक्छ, त्यसैले निष्पक्षता कायम राख्नुहोस्। कुनै महत्वपूर्ण योजना स्वीकृत हुने सम्भावना पनि छ। व्यापारमा विस्तार वा नयाँ साझेदारीबारे सोच्न सकिनेछ, तर प्रतिष्ठाभन्दा वास्तविक लाभलाई प्राथमिकता दिनुहोस्। आर्थिक रूपमा ठूलो खरिद गर्ने इच्छा भए केही समय पर्खनु राम्रो हुनेछ। परिवारमा तपाईंको उपस्थितिले सकारात्मक वातावरण बनाउनेछ। प्रेममा आफ्नो भावनासँगै अर्को पक्षको इच्छालाई पनि महत्व दिनुहोस्। शरीरमा ऊर्जा राम्रो भए पनि आरामको समय कटौती नगर्नुहोस् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज बृहस्पतिको प्रभावले विगतका अनुभवबाट सिकेर अगाडि बढ्ने अवसर दिनेछ। काममा एउटै गल्ती दोहोरिन नदिनु तपाईंको प्रमुख उपलब्धि बन्न सक्छ। अध्ययन, अनुसन्धान वा सीप विकासका लागि समय निकाल्न सके भविष्यमा राम्रो परिणाम आउनेछ। व्यापारमा व्यवस्थापन सुधार्दा नाफा बढाउने सम्भावना देखिन्छ। आर्थिक रूपमा ऋण, किस्ता वा अन्य दायित्व व्यवस्थित गर्ने उपयुक्त समय हो। परिवारमा तपाईंको व्यावहारिक सहयोगको आवश्यकता पर्न सक्छ। प्रेममा आलोचना कम गरी प्रोत्साहन बढाउनु राम्रो हुनेछ। लामो समयसम्म काम गर्दा आँखाको थकान वा टाउको भारी हुनसक्ने भएकाले बीचमा विश्राम लिनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सम्बन्ध र अवसर एकअर्कासँग जोडिन सक्छन्। शुक्रको प्रभावले सामाजिक आकर्षण बढाउनेछ भने बृहस्पतिले सही व्यक्तिसँग सही समयमा सम्पर्क गराउने वातावरण बनाउन सक्छ। काममा सहकार्यबाट अपेक्षाभन्दा राम्रो परिणाम आउन सक्छ। व्यापारमा साझेदारी वा नयाँ सम्झौताको सम्भावना देखिए पनि सर्तहरू स्पष्ट पार्नुहोस्। आर्थिक रूपमा आम्दानी बढाउने सोच सफल हुन सक्छ, तर विलासिताका खर्च नियन्त्रण गर्नु आवश्यक छ। परिवारमा मेलमिलापको वातावरण रहनेछ। प्रेम सम्बन्धमा भविष्यका योजनाबारे खुलेर कुरा गर्न सकिनेछ। मानसिक सन्तुलनका लागि सामाजिक र व्यक्तिगत समयबीच तालमेल मिलाउनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मंगलको दृढता र बृहस्पतिको विवेकले आज कठिन परिस्थितिमा पनि सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा भए पनि आवेगमा प्रतिक्रिया नदिई आफ्नो कामबाट क्षमता देखाउनुहोस्। व्यापारमा जोखिमपूर्ण विस्तारभन्दा पहिले अहिलेको कारोबार बलियो बनाउनु लाभदायक हुनेछ। आर्थिक रूपमा लगानीसम्बन्धी निर्णय गर्दा विश्वासका आधारमा मात्र अघि नबढ्नुहोस्। परिवारमा तपाईंको कठोर बोलीलाई नरम बनाउन सके विवाद टार्न सकिनेछ। प्रेममा शंका वा असुरक्षाभन्दा विश्वासलाई महत्व दिनु आवश्यक छ। शारीरिक ऊर्जा राम्रो भए पनि अत्यधिक श्रम वा असावधानीबाट जोगिनुहोस् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज तपाईंका लागि बृहस्पतिको प्रभाव विशेष बलियो रहनेछ। ज्ञान, अनुभव र आत्मविश्वासलाई सही दिशामा प्रयोग गर्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। अध्ययन, परीक्षा, तालिम, यात्रा वा नयाँ योजना सुरु गर्न दिन उपयोगी छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिबाट प्रशंसा वा महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ। व्यापारमा नयाँ क्षेत्र विस्तार गर्ने सोच बन्न सक्छ। आर्थिक रूपमा दीर्घकालीन लगानी वा बचतका विषयमा राम्रो निर्णय लिन सकिनेछ। परिवारमा खुसीको समाचार आउन सक्छ। प्रेम सम्बन्धमा विश्वास र सम्मान बढ्नेछ। मानसिक उत्साह उच्च भए पनि आफ्नो क्षमताभन्दा धेरै जिम्मेवारी नलिनुहोस् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शनिको अनुशासन र बृहस्पतिको विस्तारवादी सोचबीच सन्तुलन मिलाउनु आजको मुख्य विषय हुनेछ। लामो समयदेखि मेहनत गरिरहेको कामले बिस्तारै परिणाम दिन थाल्नेछ। कार्यक्षेत्रमा वरिष्ठको विश्वास जित्ने अवसर आउन सक्छ। व्यापारमा तत्काल ठूलो नाफाभन्दा स्थिर कारोबारलाई प्राथमिकता दिनु उचित हुन्छ। आर्थिक रूपमा बचत, ऋण व्यवस्थापन वा भविष्यको सम्पत्तिसम्बन्धी योजना बनाउन राम्रो समय हो। परिवारमा जिम्मेवारी बढे पनि तपाईंले सहजै सम्हाल्न सक्नुहुनेछ। प्रेममा कम बोलेर व्यवहारबाट भावना देखाउने प्रवृत्ति रहन सक्छ, तर कहिलेकाहीँ शब्दमा पनि माया व्यक्त गर्नुहोस्। शरीरमा जकडन वा थकान भए आराम आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज नयाँ विचारलाई ठूलो उद्देश्यसँग जोडेर अघि बढ्न सकिनेछ। कार्यक्षेत्रमा भविष्यमा उपयोगी हुने योजना बनाउन दिन अनुकूल छ। अनुभवी व्यक्तिसँगको भेटले तपाईंको सोचमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ। व्यापारमा नयाँ प्रविधि वा नयाँ बजारबारे जानकारी प्राप्त हुनेछ। आर्थिक रूपमा नयाँ आम्दानीको बाटो खोज्ने प्रयास सफल हुन सक्छ, तर अस्थिर योजनामा पैसा लगानी नगर्नुहोस्। परिवार र साथीभाइसँगको सम्बन्धमा सहजता आउनेछ। प्रेममा स्वतन्त्रता र विश्वासलाई ठाउँ दिँदा सम्बन्ध अझ राम्रो बन्नेछ। मानसिक रूपमा नयाँ कुरा सिक्ने चाहना बढ्नेछ, त्यसलाई सकारात्मक दिशामा प्रयोग गर्नुहोस् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

चन्द्रमा र बृहस्पतिको प्रभावले आज संवेदनशीलता र अन्तर्ज्ञानलाई बल दिनेछ। अरूको भावनालाई बुझेर व्यवहार गर्न सक्दा व्यक्तिगत तथा व्यावसायिक दुवै सम्बन्धमा लाभ हुनेछ। सिर्जनात्मक काम, लेखन, कला वा अध्ययनमा प्रेरणा मिल्न सक्छ। कार्यक्षेत्रमा आफूलाई मन नपरेको जिम्मेवारी पनि धैर्यपूर्वक पूरा गर्दा पछि त्यसको लाभ प्राप्त हुनेछ। व्यापारमा विश्वासिलो सम्पर्कबाट नयाँ अवसर आउन सक्छ। आर्थिक रूपमा परिवार वा व्यक्तिगत आवश्यकतामा खर्च भए पनि त्यसलाई व्यवस्थित गर्न सकिनेछ। प्रेममा मनका कुरा लुकाएर नराख्दा सम्बन्ध अझ आत्मीय बन्नेछ। भावनात्मक थकान भए शान्त वातावरण, ध्यान वा प्रकृतिसँगको समयले मनलाई सहज बनाउनेछ  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।

पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले मन्दिर परिसरमा भिडियोसमेत बनाएका थिए। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि उनीहरूको विषयमा चर्चा भएको थियो ।

परियार र अन्सारी प्रेम विवाह गरेका दम्पती हुन् । परियारले आफूले श्रीमानलाई आफ्नो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गराउन लगेको बताएकी छन् । श्रीमानलाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यबाट नबुझ्न उनले आग्रह गरेकी छन्। अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।

यस घटनामा पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोषले पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट एक जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको छ । कोषका अनुसार २०८३ असोज १९ गते ‘प्रिन्स केसी’ नामको टिकटक खाताबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सार्वजनिक भएको थियो । हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति रहेको व्यवस्थाबारे जानकारी हुँदाहुँदै यस्तो घटना भएको भन्दै कोषले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनामा संलग्न व्यक्ति तथा भिडियो सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गर्ने निर्णय गरिएको कोषले जनाएको छ । सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा गंगासागर बानियाँ, संगीता कुमारी राम, केदारमान भण्डारी र रुपा शाही बास्तोला सदस्य रहेका छन्। समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

कोषले पशुपति मन्दिर परिसरको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ । घटनाका क्रममा कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारका विभिन्न सुरक्षा निकायबाट खटिएका सुरक्षाकर्मीबाट कमजोरी भएको भन्दै कोषले क्षमायाचना गर्ने निर्णय गरेको छ ।

कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आमनागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ । साथै धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम राख्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।  एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस बर्षको बडादसैँसँग सम्बन्धित विभिन्न साइत तथा धार्मिक विधिको समय सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार घटस्थापनादेखि विजयादशमी, टीका, देवी विसर्जनलगायतका प्रमुख कार्यका लागि साइत निर्धारण गरिएको छ ।

समितिका अनुसार असोज २५ गते शनिबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाका लागि बिहान ११: ४७ बजेको समय निर्धारण गरिएको छ । यस दिनबाट बडादसैँको मुख्य धार्मिक अनुष्ठान सुरु हुनेछ । त्यसैगरी असोज २६ गते सोमबार झण्डा फेर्ने कार्यक्रम रहेको छ । यसका लागि पश्चिम मोहडा निर्धारण गरिएको छ । असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ ।

असोज ३१ गते शनिबार फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको छ । त्यसपछि कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ । त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन् ।

विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११” ५२ बजेको समय तोकिएको छ।

समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ ।

समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ  एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।