काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग भूकम्पसम्बन्धी जोखिम व्यवस्थापनका लागि सम्झौता गर्ने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विश्व बैंकसँग ‘नेपाल भूकम्प विपद् बन्ड’ सम्बन्धी अधिकारपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ ।
त्यस्तै, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल देशका पहाडी र हिमाली भू-भाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोश प्रदेशको तराई भू-भागका केही , मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भू-भागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी रलुम्बिनी प्रदेशको केही ठाँउ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति कोशी प्रदेशका सबै भू-भाग तथा देशको बाँकी हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भु-भागमा आंशिक बादल लाग्नेछ। कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । साझा यातायातले आफ्ना दैनिक कार्यसञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल बनाएको छ ।
विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गतेदेखि नयाँ प्रणाली पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले साझा यातायातले गत वैशाखदेखि नयाँ प्रणालीको परीक्षण तथा मूल्यांकन गर्दै विभिन्न प्राविधिक र व्यावहारिक परीक्षण सफल भएपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको साझा यातायातले जनाएको छ ।
नयाँ व्यवस्थाअन्तर्गत साझा यातायातका सबै बसको प्रत्यक्ष गतिविधि, स्थान, यात्रुको चाप र चालक–सहचालकको कार्यसम्पादन एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गरिनेछ भने यसबाट बस व्यवस्थापन, समयतालिका तथा आकस्मिक अवस्थामा तत्काल समन्वय गर्न सहज हुने साझा यातायातले जनाएको छ ।
यात्रुले अब बसभित्रै नगदरहित रूपमा भाडा तिर्न सक्नेछन् । वित्तीय संस्थाले जारी गरेका बैंक कार्ड ट्याप गरेर तथा नेपालपे क्यूआरसहित विभिन्न क्यूआरमार्फत टिकटको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यात्रुले नयाँ कार्ड लिन वा छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन ।
नियमित यात्रुलाई थप सहज बनाउन नेपालपेसँगको सहकार्यमा सार्वजनिक यातायातका लागि छुट्टै यात्रा कार्ड ल्याउने तयारीसमेत भइरहेको र उक्त कार्डबाट ट्याप गरेर केही सेकेन्डमै भाडा भुक्तानी गर्न सकिने बताइएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्रत्येक डिजिटल टिकटलाई स्वतः भाग्यशाली उपहार योजनामा समावेश गरिनेछर यात्रुले दैनिक, साप्ताहिक र मासिक रूपमा विभिन्न उपहार जित्न सक्ने तथा प्रविधिको प्रभावकारी कार्यान्वयनमा योगदान गर्ने चालक तथा सहचालकलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको साझा यातायातले जानकारी दिएको छ ।
साझा यातायातले नगदरहित कारोबार, पारदर्शी व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत यात्रुलाई सुरक्षित, भरपर्दो र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
धादिङ । पृथ्वी राजमार्गको ज्यामिरेघाटनजिक चौकीभीरमा पहिरो हटाइएपछि यातायात सुचारु भएको छ ।
चौकीभीरको सडकखण्डमा गएरातिदेखि पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। सडक योजनाले निर्माण व्यवसायीका मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।
सडकमा निर्माण कार्यसमेत जारी रहेकाले तथा वर्षायाममा पहिरो र लेदो खस्ने जोखिम रहने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन सडक आयोजनाले आग्रह गरेको छ । यात्रा गर्दा लेन अनुशासन पालना गर्न र संयमित भएर सवारी चलाउनसमेत अनुरोध गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्खस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। दुवै जनालाई चिकित्सकले बिहान १०: २२ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते हुनेमा जिप चालक त्रिवेणी–५ सिम्खका २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् ।
घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३२ जना घाइते भएका छन् भने कोशीमा २१ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना, कर्णालीमा २ जना र गण्डकीमा १ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा २४ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा १४ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २३ जना, कर्णालीमा ४ जना र गण्डकीमा ५ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरूले सडकमा दाउराबाट खाना पकाएर सांकेतिक विरोध गरेका छन् ।
विहिबार अखिल (क्रान्तिकारी) आवद्ध विद्यार्थीहरूले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको गेट अगाडि सडकमा नै खाना पकाएर विरोध गरेका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले डेरा गरी बस्ने विद्यार्थी तथा सर्वसाधारणले ग्यास अभाव झेलिरहेको अवस्थामा इन्डक्सन चुल्हो प्रयोग गर्न घरबेटीले नदिने र कोठाभित्र दाउरा बाल्ने विकल्प पनि नरहेको बताएका छन् ।
उनीहरूले सडकमा नै खाना पकाएर सडकमा नै खाना खाएका थिए । साथै, उनीहरुले सरकार जनताका समस्याप्रति उदासीन रहेको, सुशासनको नारा केवल भ्रम मात्र भएको बताउदै आवश्यकताभन्दा बढी ग्यास भित्रिदा पनि बजारमा चरम अभाव सिर्जना गरी कृत्रिम मूल्यवृद्धि गरिएको आरोप लगाएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सप्तरीको राजविराजमा सडकमै महिलाले बच्चा जन्माएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनामा सरकारको ध्यानाकर्षण गराउदै स्वास्थ्यमन्त्रीको जवाफ मागेका हुन् ।
उनले राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएको जानकारी दिदै सुत्केरी व्यथा लागेपछि अस्पताल गएकी महिलाले पैसा नभएका कारण अस्पतालले भर्ना नलिएको र त्यसपछि महिलासँग २५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी