काठमाडौं, २२ साउन ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ््ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
सोमबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाइएको छ ।
दुवै सदनका बैठक बस्नुअघि सोमबार बिहान सिंहदरबारमाम बसेको मा माओवादी संसदीय दलको बैठकमा नेता प्रचण्डले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।
काठमाडौं, २१ साउन ।
गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो)को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ ।
आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक गरेका हुन् । सो गीतमा पितृबुढो र सीमा नेपालीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना र संगीत छ ।
महेन्द्र भण्डारीको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन र कोरियोग्राफी स्मृति तिमिल्सिनाले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । पिरती बुनेसीमा निक्स शर्मा, सभिरा बोहरा र आर्जु कुँवरको अभिनय छ ।
भिडियो लिंक : https://youtu.be/WjuAKwbnN5A
काठमाडौँ, १९ साउन ।
नेपाली चलचित्र ‘बगान’ चौथो सातामा प्रदर्शनरत् छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण चौथो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् ।
दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नवअभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् । नवअभिनेत्री प्रमिलाको कामको तारिफ दर्शकसँगै सेलिब्रेटीले समेत गरेका छन् । प्रिमियरसँगै आयोजित अन्य सोमा चलचित्र हेर्न पुगेका सेलेब्सले प्रमिलाको आत्मविश्वास र कामको प्रसंशा गरेका थिए ।
विशेष प्रदर्शनी हेरेपछि हास्यकलाकार किरण केसीले प्रमिलाले पात्र बाँचेको प्रतिक्रिया दिएका थिए । प्राप्त प्रतिक्रियाले उनि उत्साहित छिन् । दर्शकको माया र अग्रजको आशिर्वादले मेहनत सफल भएको आभाष उनलाई भएको छ ।
‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ । अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’, प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनयसम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरेँ । यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता वढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ ।’
फिल्ममा उनले प्राप्तिको भूमिका निर्वाह गरेकी छिन् । जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन् । ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने, जस्तो स्वभाव प्राप्तिमा छ । त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुस गरेकी छु,’ प्रमिलाले भनिन्, ‘म ठूलो पर्दामा देखिएको भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ । चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाइरहेकी थिइन् । सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केही असहज जस्तो महसुस भए पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ ।
‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ । तर, काम गर्दा मैले क्यारेक्टर बाँचे, उसकै अनुसार प्रस्तुत भएँ । मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन् । म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन् । उनी आफ्नो पात्रमार्फत् युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउँछिन् ।
चौथो सातामा प्रवेश गरेको चलचित्र प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । ‘बगानले दर्शक तान्दा हामी मात्र नभई सम्पूर्ण उद्योग नै खुसी छ । किनकि नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’
अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेका चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
काठमाडाैं, १९ साउन ।
गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको वैशाखे घाम बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द शृजना रहेको छ भने संगीत वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको रहेको छ ।

गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन् ।जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ । गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ । भिडियोमा पछिल्लो समयकी चर्चित मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन् ।

प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडियोमा देखाइएको निर्देशक क्षेत्री बताउछन् । भिडियोको छायाकंन करण चैसीरले गरेका हुन् भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियो संगीतकार श्रेष्ठकै अफिसियल युट्युब च्यानल नागेन्द्र श्रेष्ठबाट बजारमा आएको छ । सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
भिडियाे लिंक : https://youtu.be/Qd5Q-hCh9EA

काठमाडौं, १९ साउन ।
सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आएका छन्।
शुक्रबार काठमाडौं आइपुगेका उनले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् ।
लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो।
बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्।
म्बई, १४ साउन ।
सञ्जय दत्तले ‘केजीएफ च्याप्टर २’ मा खलनायकको भूमिका निर्वाह गरेर समीक्षक र फ्यानहरूलाई प्रभावित पारेका छन् ।
यसपछि उनी साउथका धेरै फिल्ममा भिलेनको भूमिकामा देखिन थालेका छन् । सञ्जय दत्तको जन्मदिनको अवसरमा दुई फरक फिल्मबाट उनको लुक सार्वजनिक गरिएको थियो । यी दुवै फिल्ममा उनको लुक निकै खतरनाक देखिन्छ । सञ्जयको वीर अवतारपछि उनको खलनायकी शैलीलाई पनि मानिसले मन पराइरहेको देखिन्छ । थालापथी विजय अभिनित फिल्म ‘लियो’बाट उनको लुक र क्यारेक्टर सार्वजनिक भएको हो ।
‘लियो’ लाई लोकेश कनागराजले निर्देशन गर्दैछन् । सञ्जय दत्तको जन्मदिनमा लोकेशले आफ्नो सोसल मिडिया अकाउन्टमा यसको पहिलो झलक शेयर गरेर सबैलाई चकित पारेका छन् । क्लिपमा, हामी संजय दत्तलाई उनको कडा हिटिङ र स्टाइलिश दाह्रीमा देख्न सक्छौं। कानमा मोबाइल राखेर चुरोटको धुवाँ निस्किरहेको सञ्जयको लुक निकै आकर्षक देखिएको छ ।
फिल्ममा सञ्जय दत्तको नाम एन्टोनी दास राखिएको छ । सञ्जयले फिल्मको कश्मीर शेड्युलको सुटिङ पनि सुरु गरिसकेका छन् । ‘लियो’ थालापथी विजयको ६७ औं फिल्म हो। फिल्ममा विजयका अलावा प्रिया आनन्द र गौतम मेनन पनि छन् । विजयको अपोजिटमा त्रिशा कृष्णन पनि देखिने निर्माण पक्षले जानकारी दिएको छ । यो जोडी १४ वर्षपछि सँगै काम गर्दैछन् । दुवैको यो पाँचौं फिल्म हो ।
लस एन्जलस, १४ साउन ।
सिनेमा जगतको सबैभन्दा ठूलो बिपद सन् २०१२ मा भएको थियो, जसमा वाल्ट डिज्नीले आफ्नो सबैभन्दा ठुलाे घाटा ब्याेहाेरेकाे थियाे ।
फिल्मको प्रमोशनमा धेरै पैसा खर्च गरिएको थियो तर फिल्म बक्स अफिसमा निकै फ्लप साबित भयो । निर्माताको २५ सय करोड रुपैयाँ डुब्यो। निर्देशक अभिनेताको करियर ध्वस्त भयो, वाल्ट डिज्नीको प्रमुखले उनको एउटा गल्तीका कारण राजीनामा दिनुपर्यो।
यसैबिच, डीसी सुपरहिरो फिल्म ‘द फ्ल्यास’ हालै रिलिज भएको छ, जसले बक्स अफिसमा निकै निराश बनाएको छ । एक दशक अघि रिलिज भएको चलचित्र ‘जोन कार्टर’सँग तुलना गर्दा यो चलचित्रलाई चलचित्र इतिहासकै सबैभन्दा ठूलो विपद्को रूपमा लिइएको छ, जुन चलचित्रले करिब २ हजार करोड रुपैयाँ गुमाउने अनुमान गरिएको छ ।
साइन्स फिक्शनमा बनेको सिनेमा जगतमा ‘जोन कार्टर’ सबैभन्दा धेरै घाटा कमाउने फिल्म हो । यो फिल्म १९३० को उपन्यास ‘ए प्रिन्सेस अफ मार्स’ मा आधारित छ, जसलाई विश्वकै महँगो फिल्ममा पनि गनिन्छ । मिडिया रिपोर्टका अनुसार ‘जोन कार्टर’ बनाउनका लागि निर्माताहरूले ६० लाख डलर खर्च गरेका थिए । जोन कार्टरुको प्रचार र मार्केटिङमा १८० मिलियन डलर खर्च भएको थियो, अर्थात् फिल्मको कुल खर्च ४८६ मिलियन डलर बराबर भएको मानिएको छ ।
फिल्म ‘जोन कार्ट’ ले विश्वव्यापी बक्स अफिसबाट मात्र २८४ मिलियन डलर मात्रै कमाएको थियो अर्थात् फिल्मले करिब २५ सय करोड रुपैयाँको ठूलो घाटा बेहोर्नु परेको थियो। २०११ को कमेडी फिल्म ‘मार्स नीड्स मम’ लाई पछि छोडेर यो फिल्म सबैभन्दा ठूलो फ्लप साबित भयो। फिल्म असफल भएपछि यससँग सम्बन्धित सबै कलाकार प्रभावित भएका थिए ।
फिल्म ‘जोन कार्टर एन्ड्रयू स्ट्यान्टन द्वारा निर्देशित थियो, जसमा अभिनेता टेलर किट्स मुख्य भूमिकामा थिए । यो फिल्म वाल्ट डिज्नी स्टुडियो द्वारा निर्माण गरिएको थियो, जसले यसको प्रमुख रिच रोजलाई राजीनामा गर्न बाध्य तुल्यायो किनभने उनले सम्पूर्ण बजेट जोन कार्टरलाई दिएका थिए।
काठमाडौं, १४ साउन ।
नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रदर्शनरत् छ । यद्यपि यसको दर्शक बढिरहेका छन् । दर्शककै ’वर्ड अफ माउथ’को कारण तेस्रो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । तेस्रो सातामा प्राप्त चलचित्रको अधिकांस सो हाउसफुल भएको छ । शनिवार निर्माण टिमले काठमाडौँस्थित एफक्युब र क्युएफएक्स सिभिल मलमा पुगेर दर्शकसँग साक्षात्कार गरे ।
सिभिल मलमा रहेको हलमा एक दर्शक अभिनेत्री करिश्मा मानन्धरलाई देख्नेवितिकै भक्कानिइन् । उनले चलचित्रमा आफ्नै कथा भेटेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘यो हाम्रो कथामा बनेको चलचित्र हो । यसले हाम्रो बारेमा समाजलाई जानकारी गराएको छ । हामीले परिवार र समाजबाट चाहने साथलाई चलचित्रले व्यक्त गरेको छ ।’
यस्तै, एफएक्युबमा भेटिएकी एक दर्शकले आफ्नो छोरीले चलचित्रमा झैँ दोस्रो विवाह गर्ने भए आफू तयार रहेको प्रतिक्रिया दिएको बताएकी थिइन् ।
दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्रायः दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन् । हलमा दर्शकसँग प्रतिक्रिया लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेत्री करिश्माले चलचित्रले दर्शक तान्न सफल भएको बताइन् । उनले भनिन्, ‘वर्ड अफ माउथकै कारण दर्शकको भिडभाड हलमा घटेको छैन । हामीले देखाउन खोजेको कथाले समाजलाई दिईरहेको संदेशले हामी सफल भएका छौं ।’
वितरक करण श्रेष्ठले तेस्रो सातामा प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भईरहेको जानकारी दिए । ‘बगानले दर्शक तान्दा हामी मात्र नभइ सम्पूर्ण उद्योग नै खुसी छ । नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’, वितरक श्रेष्ठले भने, ‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए । यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ ।’
नव अभिनेत्री कार्कीले दर्शकको साथले भिड बढ्नेमा विश्वस्त रहेको बताइन् । उनले भनिन्, ‘दर्शककै प्रतिक्रियाले भिड वढेको छ । यसबारेमा हामी प्रदर्शनकै समयमा क्लियर थियौँ । यस्ता चलचित्रलाई दर्शकले नै राम्रो भन्नु पर्ने थियो र भन्नुभयो ।’ उनले चलचित्रको संदेश एकल आमा र सन्तासम्म पुगेकोमा खुसी व्यक्त गरिन् ।
यस्तै, चलचित्रका निर्माता तथा गीतकार सुरेश वाग्लेले ग्रस व्यापार एक करोड नाघेको जानकारी दिए । उनले भने, ‘हामीले एकल आमालाई चलचित्र निःशुल्क देखाइरहेका छौं । हाम्रो यो प्रयासमा सरकारले ट्याक्स फ्री गरेर सहयोग गर्न सक्छ । यस्ता विषयमा चलचित्र बनाउन राज्यको पनि साथ आवश्यक छ ।’
अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
काठमाडाैं, १२ साउन ।
आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका हलमा एक सयभन्दा बढि शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत् प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मद्दत गरेको छ । अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेकाे चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।
अभिनेत्री कार्कीले निर्वाह गरेको पात्रले समाजमा सकारात्मक संदेश प्रवाह गरेको प्रतिक्रिया दर्शकले दिएका छन् । चलचित्र हेर्न आएका अधिकाँस दर्शकले अभिनेत्री कार्की जस्तैछोरी भएमा समाज रुपान्तरण हुने भनाई राखे ।
डेब्यु चलचित्रमार्फत नै पाइरहेको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको अभिनेत्री कार्कीले बताइन् । ‘मेरो कामले नै मलाई प्रमाणित गरेको छ । यो खुसीको कुरा हो । ठूला र स्थापित कलाकारसँग काम गर्दा असहजता महसुश नभएको होइन, यद्यपि मैले उहाँहरुको अनुभवलाई अभिनयमा प्रयोग गरें’, अभिनेत्री कार्कीले भनिन् ।
स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
मुम्बई, १२ साउन ।
प्रभास साउथका सुपरस्टार हुन् । उनको देश तथा विदेशमा फ्यान फलोइङ अत्याधिक छ ।
यसैबीच प्रभास सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । उनले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्ट मात्र आफ्ना आगामी फिल्महरूको बारेमा अपडेटहरू साझा गर्न प्रयोग
गर्छन्। उनीहरु आफ्नो व्यक्तिगत जीवनको कुनै पनि अपडेट सामाजिक सञ्जालमा शेयर गर्दैनन् । यी सबैको बीचमा प्रभासको फेसबुक पेज ह्याक भएको ठूलो खबर आइरहेको छ । यो जानकारी अभिनेता स्वयंले दिएका छन् ।

अभिनेताको फेसबुक पेज शुक्रबार जुलाई २७ को रातमा ह्याक भएको थियो। ह्याकरहरूले उनको फेसबुकबाट ‘अनलकी ह्युमनू र बल फेल अराउन्ड द वल्र्ड शीर्षकका दुई भाइरल भिडियोहरू साझा गरेका थिए। पछि प्रभासले आफ्नो पेज हयाक भएको पुष्टि गरे। उनले इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, ‘सबैलाई नमस्कार, मेरो फेसबुक पेज हयाक भएको छ। टोलीले समाधान गरिरहेको छ।’

प्रभासका फ्यानहरूलाई केही गडबड भएको आशंका थियो र उनीहरूले तुरुन्तै प्रभासको सोशल मिडिया टोलीको अगाडि यो कुरा उठाए। ह्याकिङको बारेमा थाहा पाएपछि प्रभासको टोली सक्रिय भयो र आधिकारिक खाता पुनः प्राप्त गर्न कदम चाल्यो। यसपछि फ्यानहरूले ठूलो राहतको सास फेरेका छन । प्रभासको फेसबुक पेजमा २४ मिलियन भन्दा बढी फलोअर्सको साथ ठूलो फ्यान आधार छ। जबकि प्रभास एसएस राजामौलीलाई मात्र फलो गर्छन्।