२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

मुम्बइ, ७ माघ ।

रश्मिका मन्डन्नाको डीप फेक केसमा एकजना पक्राउ परेका छन ।

दिल्ली पुलिसले यो ‘डिप फेक’ भिडियो बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो ।

 

‘डिप फेक’ भिडियो गत वर्ष नोभेम्बरमा सोशल मिडियामा भाइरल भएको थियो। यसपछि सामाजिक सञ्जाल प्लेटफर्ममा डेफ फेकसम्बन्धी कानुन बनाउन माग भएको थियो ।

 

भाइरल भएको यो भिडियोमा ब्रिटिश–भारतीय प्रभावशाली पटेललाई कालो पोशाकमा लिफ्टमा प्रवेश गरेको देखाइएको छ। गहिरो नक्कली प्रविधिको प्रयोग गरेर पटेलको अनुहार मूल रूपमा मन्डन्नाको अनुहारबाट मोर्फ गरिएको थियो।

अभिनेत्री मण्डनाले पनि यो ‘डिप फेक’ भिडियो लाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले त्यसबेला यो ‘अत्यन्तै डरलाग्दो’ भएको बताएका थिइन ।

 

‘इमानदारीपूर्वक भन्नुपर्दा यस्तो केहि मेरो लागि मात्र होइन तर आज टेक्नोलोजीको दुरुपयोगको कारण धेरै हानिको जोखिममा रहेका हामी सबैको लागि अत्यन्त डरलाग्दो छ,’ उनले भनेको थिइन् ।

 

भाइरल डीपफेक भिडियो पछि केन्द्र सरकारलाई सोशल मिडिया प्लेटफर्महरूको लागि एक दिशानिर्देश जारी गर्न भनिएको थियो । सो दिशानिर्देशहरू अन्तर्गत डीपफेक सम्बन्धी कानून बनाउने कुरा भएको थियो।न्युजका्रखाना

 

काठमाडौं, ६ माघ ।

प्रसंसा समूहले प्रसंसा बुद्धिजीवि समाजको नयाँ कार्यसमिति चयन गरेको छ।

आज सम्पन्न अधिवेशनबाट टिकाराम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

समितिको उपाध्यक्षमा रामप्रसाद मिश्र, सचिवमा नेत्रबहादुर शाही, सहसचिवमा सरला खड्का, कोषाध्यक्षमा तिलक प्रसाद भट्ट निर्वाचित भएका छन्।

यस्तै सदस्यमा चन्द्रकान्त पण्डित, डा. आनन्दसिंह भाट, सुनिता श्रेष्ठ, राज बहादुर गिरी, कृष्णबहादुर ऐर, डा. कुष्माकर भट्ट, डा. डम्बरराज पाण्डे, डा. पुष्करराज भट्ट र भीमबहादुर बोगटी चयन भएका छन्।न्युजका्रखाना

मुम्बइ, ६ माघ ।

रणवीर कपूर र रश्मिका मन्डनाको फिल्म एनिमलले बक्स अफिसमा धमाका मच्चाएको छ । यो फिल्म सुपरहिट साबित भएको छ ।

 

फिल्ममा रश्मिका मन्डन्नाले रणवीर कपूरकी पत्नीको भूमिका निभाएकी छिन् । यस फिल्ममा रश्मिकाले श्रीमानलाई थप्पड हानेको दृश्य छ । रश्मिकाले भर्खरै एक अन्तर्वार्तामा यस दृश्यको आफ्नो अनुभव साझा गरेकी छिन्। उनले रणवीरलाई थप्पड हाने पछि रोएको बताएकी छिन् ।

 

फिल्ममा रणवीरले आफ्नी श्रीमती रश्मिकालाई धोका दिन्छन् र जब उनले यो कुरा उनलाई सुनाए, रश्मिकाले उनलाई कडा थप्पड हानेकी छन्। रश्मिकाले पिंकभिलालाई दिएको अन्तर्वार्तामा यो दृश्य एकै पटक खिचिएको बताइन् ।

 

रश्मिकाले भनिन्– ‘यो दृश्यमा धेरै घुमफिर भएको थियो, त्यसैले एउटा दृश्यमा छायांकन गरिएको हो । मलाई थाहा थिएन म के गर्न गइरहेको छु। सन्दीपले मलाई महसुस गराए कि यदि कुनै व्यक्ति यस्तो अवस्थामा छ भने उसको प्रतिक्रिया कस्तो हुन्छ। यति मात्र सम्झन्छु। मलाई एक्शन र कट बीचको केहि याद छैन। म सम्झन सक्दिन। मेरो मन खाली थियो ।’ यो दृश्यमा रश्मिकाले रणवीरलाई थप्पड हानेकी थिइन् ।

 

रश्मिकाले भनिन्, ‘यो दृश्यपछि म साँच्चै रोएँ किनकी मैले रणवीरलाई साँच्चै थप्पड हाने र म चिच्याएँ ।’

 

रश्मिकाले थप भनिन्, ‘सीन सकिएपछि म रणवीरकहाँ गएँ र उनलाई सोधेँ कि ठीक छ ? तिमी सन्चै छौ ? हामीले यो क्रम आधा दिनमा पूरा गर्यौं। मलाई यो मन पर्यो र त्यो क्षण मैले सोचेको थिएँ कि यो एक अभिनेता हुनुको उच्च स्तर हो। मानिसहरू हरेक पटक यस प्रकारको क्रम लेख्दैनन्। यो फिल्म गरेकोमा म निकै खुसी छु । म आफै छक्क परें ।’

 

एनिमलमा रश्मिका र रणवीरका साथ अनिल कपुर, बबी देओल र तृप्ती डिमरी महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मलाई सन्दीप वाङ्गले निर्देशन गरेका हुन् ।न्युजका्रखाना

 

पुष ५ गते

नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न शहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी गराएका थिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको पनि जानकारी गराए ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका विनोद अधिकारीले अगाडि भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ  ।’

यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला,सन्तोष थापा सहभागी हुनेछन् ।

पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताए ।

‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौँ,’ उनको भनाइ थियो ।

उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए ।

‘अमेरिकाले मलाई हरेक यात्रामा केही न केही दिएको छ । यो पटक पनि केही न केही लिएर आउने अपेक्षामा छु,’उनले भने ।

कार्यक्रममा बोल्दै भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।

कार्यक्रममा अमेरिकामा भ्रमणमा रहेका बाँकी सहभागीले पनि आआफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहने जनाएका थिए ।

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन,न्युयोर्क,बोस्टन,न्युहेम्पसायर,कोलराडो,सिकागो,मिसिगन,ह्युस्टन,डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी शहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइयो ।

 

काठमाडौँ मंसिर २०,/ 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एकसाथ दुई वटा म्युजिक भिडिओ सार्वजनिक भएका छन्। म्युजिक भिडिओ ‘मायाकै संसार’ र ‘ए माया’ सार्वजनिक भएका हुन्।

गीतको भिडिओमा उषा उप्रेती र दिनेश तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। गीत अलंकार स्टुडियोमा रेकर्ड भएको हो भने गीतको कोरियोग्राफर मदन खड्का हुन्। त्यस्तै, प्रोडक्सनमा सूर्य ओली छन्।

कार्यक्रममा बोल्दै गायक आनन्द कार्कीले गीत एकदमै राम्रो भएको बताए। पछिल्लो समय राम्रा–राम्रा कलाकार इन्डस्ट्रीमा आइरहेको कार्की बताउँछन्।

त्यस्तै, कार्यक्रममा बोल्दै संगीतकार राजु सिंहले राम्रा गीतहरूको संरक्षण गर्न सक्नुपर्ने बताए।

 

काठमाडौं मंसिर १८,/ 

अक्षयकुमारको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘हाउसफुल ५’ को नयाँ प्रदर्शन मिति तय भएको छ। यो फिल्म सन् २०२५ को जुन ६ मा रिलिज हुनेछ।

यसअघि यो फिल्म सन् २०२४ को दिपावलीको अवसरमा रिलिज हुने तय गरिएको थियो। तर, अक्षयले एक्समा फिल्मको नयाँ पोस्टर सेयर गर्दैँ मिति सरेकोबारे पुष्टि गरे। फिल्मको कथाअनुसार उच्च स्तरको भिएफफएक्स राख्न नयाँ मिति तय गरिएको बताइको छ।

तरुण मनसुखानीको निर्देशन रहेको फिल्ममा अक्षयका साथै रितेश देशमुख, नोरा फतेही, सौन्दर्या शर्मा लगायतको अभिनय रहेको छ।
यो फिल्म चर्चित फिल्म ‘हाउसफूल’ को सिरिज हो। हाउसफुलको पहिलो पार्ट सन् २०१० मा रिलिज भएको थियो। जुन फिल्ममा अक्षयसहित रितेश देशमुख, लारा दत्त, दीपिका पादुकोण, बोमन इरानी, अर्जुन राजपालको अभिनय थियो।

काठमाडौँ, ९ मङ्सिर :

शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाउनुभयो । एकल र युगल गायनमा प्रस्तुत हुनुभएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिनुभयो । “मेरो गीतहरू पुनः गाउने अवसर पाएँ । मेरो यो इच्छालाई पूरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णप्रति आभारी छु”, उहाँले भन्नुभयो, “केही दिन अभ्यास गरेर गीत गाएँ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।” विसं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गर्नुभएकी ७३ वर्षीया गायिका थापालाई युगल गायनमा उहाँका छोरा सुरज थापा, ध्रुवराज खड्कालगायतले साथ दिनुभयो । “देश तथा विदेशमा मैले धेरै साङ्गीतिक कार्यक्रम गरेकी छु । विविध कारणले एकल साँझमा प्रस्तुत भएकी थिइन् । यो उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ”, उहाँले भन्नुभयो । गायिका थापाका छोरा सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताउनुभयो । उहाँ गायक तथा सङ्गीतकार पनि हुनुहुन्छ । “मैले एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरेँ । उहाँहरूले पुराना गीतसङ्गीत र स्रष्टालाई प्रवद्र्धन गर्न हामी तत्पर छौँ भनेपछि यसको सुरुआत भयो”, उहाँले भन्नुभयो, “आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ । यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन ।” अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरू ‘म त खाँदिन कुवाको पानी हो…’, ‘ढुङ्गे बगर माया…’,‘झम्के फूली नाकैमा बुलाकी…’,‘उकालीमा पनि हजुर…’,‘बारीको डिलमा ओखरबोट…’,‘माछी मार न हे दाइ हो…’ लगायत गीत नेपाली र नेपाल भाषाकमा गाउनुभएको थियो । उपस्थित दर्शकको अनुरोधपश्चात् उहाँले ‘माछी मार न हे दाइ हो…’ दुईपटक गाउनुभयो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेर, गायिका ज्ञानु राणा, गीतकार दिनेश अधिकारी, गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यलगायत गीतसङ्गीतसँग जोडिनुभएका व्यक्तित्वको उपस्थिति थियो । रासस

 मंसिर ८

स्टार कलाकार कास्ट गर्यो भने फिल्म लगानी उठ्ने निर्माताहरूको विश्वास छ। कलाकारको स्टारडमले फिल्म बिक्छ।

तर दक्षिण भारतीय फिल्म ‘मलिकापुरम’ मार्फत ८ वर्षकी बालिकाले बक्स अफिसमा तहल्का मच्चाएकी थिइन्। उनी हुन् देवा नन्दा। फिल्ममा उनले ‘कल्लू’ नामकी पात्रको भूमिका निर्वाह गरेकी थिइन्।

उनी फिल्ममा सबरीमाला मन्दिर गएको देखिन्छिन्। उक्त मन्दिरमा १० देखि ५० वर्षको महिलाले प्रवेश गर्न नमिल्ने हुन्छ। तर उनको भक्तिको कारण बालिका मन्दिरमा जान्छिन्।

महिलाको प्रवेश निषेध गरेकै कारण यो मन्दिर विवादमा छ। यही मन्दिरको बारेमा फिल्ममा देखाइएको छ। फिल्मको मुख्य भाग नै यही मन्दिर रहेको छ। त्यसैले फिल्मलाई दर्शकले धेरै मनपराएका थिए।

१० करोड भारू बजेटमा बनेको फिल्म सन् २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले ५२ करोड ९ लाख भारू कमाएको थियो।

विष्णु शशी शंकरले निर्देशन गरेको फिल्मको कथा अभिलाष पिल्लईले लेखेका हुन्। फिल्ममा देवा नन्दासँगै उन्नी मुकुन्दन, श्रीपथ, सैजु कुरूप, रमेश पिशारोडी, टिजी रविलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई ओटिटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा देख्न सकिन्छ।

२०८० मंसिर ८ गते,काठमाडौं ।

बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेललाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकाको पाउ छोएर सम्मान दर्शाए ।

आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि रणवीर र अभिनेत्री रश्मिका मन्दाना इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्शाए । रणवीरले साक्षत देवी भन्दै निहुरिएर मेनुकाको पाउ छोए । मेनुकालाई अँगाल्दै उनले भने, ‘मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशिर्वाद लिन चाहन्छु । जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ । श्रेयाजीलाई देवी भन्छौं । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ ।’

साथै रणवीरले मेनुकाको लागि भोट पनि मागे । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय चर्चा बटुलिरहेकी छन् । अनलाइनखबर

 

मुम्बई, ३० कार्तिक ।

सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ ।

 

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।

 

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ ।

 

सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ । यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा  केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७‍.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।

 

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।

 

फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।