२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

काठमाडौं, ३० फागुन ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७४ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १३२ रूपैयाँ १२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो।

बुधबार एक युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसाले घटेको हो। मंगलबार युरोको खरिददर १४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रूपैयाँ २० पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ६८ पैसाले घटेर एकको खरिददर १६९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ। मंगलबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १७० रूपैयाँ ४९ पैसा तोकिएको थियो।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०१ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०९ पैसा तथा बिक्री दर १० रुपैयाँ १३ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ २५ पैसा र बिक्रीदर २८ रूपैयाँ ३८ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २४ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए ।  सञ्चालक गौतमले भने, ‘हामीले विगतमा झै यसपाली पनि पहिलो वर्ष १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँमा, तेस्रो वर्ष ३ रुपैयाँमा गर्दै यसपाली चौथो वार्षिक उत्सवको दिन हामीले ४ रुपैयाँमा केश कटिङ्ग गर्ने  तयारी गरेका छौ ।’

सञ्चालक गौतमले उक्त दिन उपस्थित हुनको लागि सम्पूर्ण ग्राहक महानुभाव, बुवाआमा,दाजुभाइ,दिदीबहिनी साथीभाइ लगायत सम्पुर्ण कलाकार,पत्रकार लगायत सम्पूर्णलाई आवह्वान गरेका छन । साथै 984-5464116 9865049981 मा सम्पर्क गर्न सकिने बताए ।

काठमाडौं, २९ फागुन ।

नेपाली समाजको यथार्थपरक घटनामा आधारित घाउमा मलम लगाउँदा सजिलै निको हुने, तर मुटु भित्र चिरिएको घाउ झन बल्झदै जाने र कहिल्यै निको नहुने रहेछ । भन्ने सामाजिक मर्म बोकेको  नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिनां तयागु दुधा.”को प्रिमियर हाइलाइट्स नेपालको युट्युबमार्फत भएको छ ।

यसको प्रिमियर  फागुन २९ गते काठमाडौंस्थित रञ्जना सिनेप्लेक्स, न्यूरोड फसिकेवमा एक कार्यक्रम गरी सम्पन्न भएको हो ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिनां तयागु दुधाः लिथ्वया वल य.माँ….” म्यूजिक भिडियो छायाँकन कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा निर्माण भएको भएको हो ।

उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । कलाकारहरुमा गायिका सरस्वती मानन्धर, खलनायक सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय हेर्न पाइने छ । प्रविधिक तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् ।
कार्यक्रम नेवा साधना कला केन्द्रको अध्यक्ष तथा गीतका रचनाकार र सहनिर्देशक सुन्दरमान श्रेष्ठ –बागमति भाई)को सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि वरिष्ठ संगीतकार धन बहादुर गोपाली रहेका थिए । गोपालीले नेपाली समाजमा देखिने गरेको मद्यपानका कारण परिवारमा आउने विपतिको बारेमा कलात्मक रुपमा प्रस्तुत गीतले समाजको विकृति हटाउन टेवा पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा कलाकेन्द्रका सल्लाहकार पौभा साय्मिको बिशेष आतिथ्यताको मन्तव्यको क्रममा राज्यले नेपाल भाषा र नेपाल संवत्लाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइसकेको हुँदा अब जनस्तरबाट र नेपालभाषाका कार्यक्रममा कसैले बुझे पनि नबुझे पनि आफ्नै भाषाको प्रयोग गर्न र तिथी मितिको रुपमा नेपाल संवत्को प्रयोग व्यापक बनाउनु पर्ने धारणा पनि व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं. १८का वडाअध्यक्ष न्हुछेंकाजी महर्जनले नेपालभाषाको विकासमा योगदान दिनुहुने गीतकार तथा संगीतकारहरुको प्रवद्र्धनमा वडाले निकट भविष्यमा महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिए । त्यस्तै शान्ति खलःका संस्थापक सदस्य तथा समाजसेवी कुष्णबहादुर साहु श्रेष्ठको पनि उपस्थिति रहेको कार्यक्रममा बाक्लो संख्यामा गीत संगीतका पारखीहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं, २९ फागुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई  प्रहरीले पक्राउ गरेको   छ ।

फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।

 

उता सिन्धुपाल्चोककाे बाह्रविसे नगरपालिका-३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित भोटेकोशी गाउँपालिका-५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।    न्युज कारखाना

 

काठमाडौं, १९ फागुन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन्। उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा चार जना सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिएकी छन्।

‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।

सरकारमा जाने/नजाने विषयमा श्रीमान् श्रीमतीबीच विवाद भइरहेका बेला अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन्। उनका श्रीमान् रेशम चौधरीले संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने अडानमा छन् भने रञ्जिता एमाले-माओवादी गठबन्धनमा जाने पक्षा छिन्। जसका कारण उनीहरूबीच चर्को मतभेद हुँदै आएको छ।न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरू सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन्।

जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरुलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे।

‘हामी अहिले अर्धवार्षिक समीक्षाको वैठकमा छौं। हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पूँजिगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो । जब  आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं’, उनले भने।

यसले कामहरु गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ।

‘हाम्रो यस्तो विगतको अभ्यासहरुले गर्दाखेरी काममा गणस्तरियता कायम गर्न नसकिएको अवस्था छ। हाम्रा कामहरु गुणस्तरको नभएका गुनासाहरु व्याप्त छन्’, उनले भने, ‘यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरु बनाउनुपर्छ। पहिलो क्वाटरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरु सक्ने । भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने।’

उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमूखमा उपस्थित जनप्रतिनिधि ताथा विभिन्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे। यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरु लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए।

यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भनाइ उनले सोक्रममा राखे।

‘म जनप्रतिनिधि साथीहरुले के अनुरोध गर्न चाहन्छु भने अलिकति विकासका कामहरुलाई मात्र सबैथोक मान्ने प्रवृतिबाट पर गएर मानवीय विकास विभीन्न आयामहरुलाई, पक्षहरुलाई, रोजगारी, स्वरोजगारी श्रृजना गर्ने पक्षहरुलाई सामाजिक सुरक्षाका अनेक पक्षहरुलाई सँगसँगै लिएर जानुपर्छ’, उनले भने।

उनले विकासको सूचाकंहरु बनाएर अगाडि बढ्नुपर्ने र आफ्नो कामको लागि आफैसँग प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिए।

‘म पर्वत जिल्लका सात वटै पालिकाहरुलाई फेरि पनि आग्रह गर्छु तपाईंहरु निर्वाचित हुँदै गर्दाका मानव विकास सूंचाकाकंहरु तयार पार्नुस् अन्य विकासका सुचाकंकहरु तयार पार्नुस् सँगै बसेर र पाँच वर्षपछि समीक्षा गर्दाखेरी कसको स्तर के छ ? आफैमा पनि प्रतिष्पर्धा गर्न आवश्यक देख्छु । एउटा पालिकाका राम्रा अभ्यासहरु अर्को पालिकाले पनि अभ्यास गर्ने।’, उनले भने ‘सिक्ने सिकाउने यो प्रक्रियाबाट हामीहरु नजाने हो भने हामी वास्तवमा जनताका अपेक्षा अनुरुपको विकासहरु हामीले दिनसक्दैनौं। म हामर् सातवटा पालिकामा मात्र सीमित हुने हैन। गण्डकी प्रदेशका विभिन्न पालिका जो रोलमोडलका रुपमा काम गर्दै छन्। साँच्चै त्यस्ता पालिकाका अध्यक्षहरुसँग बसेर सेयरिङ पनि गर्ने।’

यस्तै काममा श्रृजनशिल हुनुपर्ने उनको ठहर छ। यसले लक्ष्य प्राप्तिको अवस्था तयार पार्ने बताए।

त्यसैगरी विभिन्न कार्यलयका प्रमूखहरुलाई सम्बोधन गर्दै उनले जनतमा चरम निराशा रहेको र यसलाई एक सिक्काका दुई पाटा जस्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले एक भएर आशामा बदल्नुपर्ने धारणा राखे। उनका अनुसार यसो भएमा विकासको लक्ष्यप्राप्ति कठिन हुनेछैन। उनले सबैलाई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरे।

‘कार्यालयहरुको हकमा भन्नुपर्दा सुशासन र पारदर्शिता, जवाफदेहितालाई अत्यन्तै गम्भिरताका साथ आत्मसाथ गर्नुस्। जनतामा  निराशा व्याप्त छ, निराशा चुलिएको छ। कार्यालयहरुले आफ्नो क्षमता प्रदर्शन गरेर सबै हिसाबले अब्बल हुन जरुरत छ’, उनले भने। सोक्रममा कर्मचारीको प्रदर्शनले नै उनीहरु मूल्यांकन हुने उनको भनाइ थियो।

‘जति  तपाईंहरुले उपलब्धिहरु हासिल गर्नुहुन्छ, गर्नुभएको हुन्छ तपाईंहरुको योग्यता त्यति नै हो । ९० % उपलब्धि तपाईंहरुले हासिल गर्नुभयो तपाईंले ९० % कै योग्यता हासिल गर्नुभयो। होइन  तपाईंले ४०,५०, ६० प्रतिशतको रेसियोमा बस्नुभएको छ भने तपाईंको आफ्नो योग्यताको मापन पनि त्यसैले गरेको ठान्नुपर्छ। त्योबलामा आफू त्यो कार्यालयको नेतृत्व गर्न सक्षम रहेछु कि रहेनछु स्वमूलयांकन गर्नुपर्ने स्थिति पनि रहन्छ, उनले विभिन्न सरकारी कार्यलयका प्रमुखहरुलाई भने।

उनले पर्वत जिल्लाको विकास र सम्वृद्धिमा संघीय सरकारका मन्त्रीका हिसाबले गर्नुपर्ने सबै पहल गर्ने वचनसमेत सो मन्तव्य दिए।

‘हाम्रो चाहाना एउटै छ, त्यो भनेको पर्वत जिल्लाको सम्वृद्धि। आमजनाको चाहाना सुशासन र सम्बृद्धिको जुन आकांक्षा छ त्यसलाई पूरा गर्न तपाईंहरुको ठाउँहरुबाट बलियो साथ र सहयोग मिलोस, मैले यो अपेक्षा गर्न चाहन्छु। यो वर्ष हामीले पर्वत जिल्लामा उल्लेखनीय उपलब्धि हासिल गर्ने गरी काम गर्नुछ। हाम्रोतर्फबाट प्रदेशका माननीयहरु पनि तपाईंहरुलाई सहयोग गर्न अत्यन्त लालायित हुनुहुन्छ।’न्युज कारखाना

धनगढी, २९ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’

यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन्।

उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।न्युज कारखाना

काठमाडाैं, २९ फागुन। 

एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस क्रममा उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यस्तै उनले मन्त्री पुनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे । आफु ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए ।

२० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगनाी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे । ‘दूधकोशी जलासययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु ।’

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए । यस्तै मन्त्री पुनले युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने उल्लेख गरे । मन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे ।न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।

साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् ।   ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुप¥यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,’ ओलीले भने ।
न्युज कारखाना

काठमाडौँ, २९ फागुन  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए ।

“नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्‍वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।”

युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गरे ।

उनले भने, “तालिमबाट प्राप्त विभिन्‍न ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्‍ने विश्‍वास लिएको छु ।”

तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

“दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तालिमको दौरान तपाईहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्‍ने विश्‍वास लिएको छु ।”न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।