२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार राति प्रहरीले वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्टमा रहेको क्यासिनोमा विशेष अभियान सञ्चालन गर्दा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज समेत रहेका प्रहरी इन्स्पेक्टर प्रदिप पौडेल समेत रहेको बताइएको छ ।

प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले अध्यक्ष यादवसहित आठ जना नियन्त्रणमा परेको पुष्टि गर्दै आज सार्बजनिक गर्ने तयारी गरेको बताएको छ ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३४१ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३४१ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जनाको शव फेला परेको छ ।

अहिलेसम्म ९९ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ ।

आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधित कार्यविधि, २०८३ अनुसार आवास पुनर्निर्माण सम्झौता भएपछि अनुदान रकम लाभग्राहीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माण गरी जगको तहसम्मको काम सम्पन्न गर्नुपर्नेछ । त्यसपछि प्राविधिक जाँच तथा निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।

पोखरा । पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्न पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आगामी सेप्टेम्बर २३ देखि सञ्चालनमा आउने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिका र दुबई एभिएसन कर्पोरेसनअन्तर्गतको फ्लाईदुबईबीच समझदारी गरिएको हो ।

अगस्ट २७ मा भएको समझदारीपत्रमा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधिका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईंले हस्ताक्षर गरेका थिए। समझदारीपत्र एक महिनासम्म लागू हुने व्यवस्था गरिएको छ ।

पोखरा–दुबई हवाई सेवा सञ्चालन भएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

महानगरपालिका र फ्लाईदुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारी गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा ३० जना, काठमाडौँ उपत्यकामा १३ जना, सुदूरपश्चिममा २२ जना, बागमतीमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, कर्णालीमा ७ जना र गण्डकीमा ४ जना घाइते भएका छन् ।

काठमाडौँ  । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो । उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ । उनलाई भोटेकोशी बाढीपछि ११औं दिनमा उद्धार गरिएको हो ।

ओम प्रकाश यादव लहान, भदौ १९ ।

रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरीको खडक नगरपालिकाले पीडित परिवारको साथमा उभिँदै १२ लाख रुपैयाँ राहत तथा सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख जयप्रकाश चौधरीको विशेष पहलमा बसेको नगर कार्यपालिकाको बैठकले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३ लाख रुपैयाँ जम्मा गर्नुका साथै खडक नगरपालिकाका प्रभावित ९ परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाको निर्णयअनुसार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने ३ लाख रुपैयाँ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले योगदान गर्नेछन्। यससँगै खडक नगरपालिकाका ९ जना नागरिक रसुवा बाढीबाट प्रभावित भएको विवरणका आधारमा उनीहरूका परिवारलाई विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। यसरी नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ३ लाख र पीडित परिवारका लागि ९ लाख गरी कुल १२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

रसुवामा रोजगारीका लागि पुगेका खडक नगरपालिकाका नागरिकहरू आकस्मिक रूपमा आएको भीषण बाढीको चपेटामा परेका हुन्। नगरपालिकाका अनुसार प्रभावित ९ जनामध्ये चार जना त्रिशूली हाइड्रोपावर–३ ए मा लेबरका रूपमा काम गर्दै आएका थिए।

त्यस्तै, अनिल चौधरी एकाउन्टको काममा रहेको तथा अन्य दुई जना ड्राइभरका रूपमा कार्यरत रहेको जनाइएको छ। एक जना महिला भने त्रिशूली बजारमा डेरा लिएर बस्दै आएकी थिइन्। बाढीका क्रममा उनका श्रीमान् भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ।
बाढीमा परी खडक नगरपालिका–५ निवासी सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएपछि उनको शव घर ल्याई अन्त्येष्टि समेत गरिसकिएको नगरपालिकाले जनाएको छ। बाँकी प्रभावित परिवारहरू अझै आफन्तको अवस्था, क्षति र भविष्यको चिन्तामा रहेका छन्।

नगर प्रमुख जयप्रकाश चौधरीले प्राकृतिक विपत्तिले नागरिकको घरमा पुर्या्एको पीडा केवल सम्बन्धित परिवारको मात्रै नभई स्थानीय सरकारको पनि पीडा भएको बताएका छन्। विपद्का बेला पीडित परिवारलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै चौधरीले नगरपालिकाले आफ्नो क्षमताअनुसार पीडित परिवारलाई सहयोग गर्ने नीति लिएको बताए।
नगर प्रमुख चौधरीको पहलमा गरिएको यो निर्णयले स्थानीय सरकार केवल विकास निर्माणमा मात्र नभई नागरिकको दुःख–पीडामा समेत प्रत्यक्ष रूपमा साथ दिन सक्छ भन्ने सन्देश दिएको नगरपालिकाका जनप्रतिनिधिहरूको भनाइ छ।


खडक नगरपालिकाले गरेको निर्णयअनुसार बाढीबाट प्रभावित ९ परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ खर्च गरिनेछ।यसका अतिरिक्त राष्ट्रिय विपद्को समयमा राज्यको राहत अभियानमा सहयोग पुर्यावउने उद्देश्यले ३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
नगरपालिकाले राहत वितरण प्रक्रियालाई आवश्यक कागजी प्रक्रिया पूरा गरी अगाडि बढाउने तयारी गरेको जनाएको छ। रसुवा बाढीले पुर्यािएको मानवीय क्षतिबाट शोकमा रहेका परिवारका लागि यो राहत तत्काल ठूलो आर्थिक समाधान नभए पनि स्थानीय सरकार पीडितको दुःखमा साथमा रहेको अनुभूति गराउने प्रयासका रूपमा हेरिएको छ।

आरके श्रीवास्तव, रौतहट, भदौ १९ गते ।  

रौतहटको कटहरिया नगरपालिका–१ भसेडवामा खुला व्यायामशालासहित आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न पाँच वटा विकास योजनाको शुक्रबार उद्घाटन गरिएको छ।

वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो कोइरी र वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले संयुक्त रूपमा नवनिर्मित संरचनाको उद्घाटन गरेका हुन् ।

मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित योजनामध्ये भसेडवामा १६ लाख रुपैयाँको लागतमा खुला व्यायामशाला, १२ लाख रुपैयाँको लागतमा नागरिक आरोग्य भवन तथा १२ लाख रुपैयाँकै लागतमा योग भवन निर्माण सम्पन्न भएको जनाइएको छ ।

त्यसैगरी, सामाजिक विकास इकाइ कार्यालय, मलंगवा सर्लाहीको सहयोगमा १६ लाख रुपैयाँको लागतमा दलित भवन निर्माण तथा १२ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन स्तरोन्नतिको काम सम्पन्न गरिएको छ ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गरी अत्यावश्यक योजनाहरूको मात्र औपचारिक उद्घाटन गरिएको बताए ।

 

उनले निर्माण सम्पन्न भएका संरचना अब स्थानीय नागरिककै साझा सम्पत्ति र धरोहर भएकाले यसको संरक्षण, नियमित प्रयोग तथा सदुपयोगमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएका योजनाहरू भसेडवामा ल्याउन पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाको पहल तथा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र यादव) को सक्रिय भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकमा देखिने सामान्य स्वास्थ्य समस्या न्यूनीकरण गर्न नियमित व्यायाम र योग प्रभावकारी हुने बताउँदै अध्यक्ष कुशवाहाले नवनिर्मित खुला व्यायामशालाको अधिकतम उपयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।

उनका अनुसार व्यायामशाला, योग भवन र नागरिक आरोग्य भवनजस्ता संरचनाले स्थानीयस्तरमै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुग्नेछ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन जाने भएका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको हो । प्रधानमन्त्री शाह यसअघि नजाने निर्णय गरेको भएपनि भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको विषय विश्वमन्चमा नेपालले जोडदार रुपमा उठाउनुपर्ने आवाज चौतर्फी रुपमा उठेपछि उनले जाने सोच बनाएका हुन् । परराष्ट्र स्रोतका अनुसार अहिलेसम्म प्रधानमन्त्री जाने निर्णय भने भएको छैन ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सानो टिम बनाएर केहि दिनका लागि मात्र जाने गरि तयारी शुरु गरिएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ देखि असोज ६ गते (सेप्टेम्बर ८ देखि २२) सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ।

शुक्रबार भएको वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँगको संवाद महत्वपूर्ण रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अस्ट्रेलिया सरकार र नागरिकले देखाएको ऐक्यबद्धताप्रति उनले आभार व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शाहले विपद्का बेला अस्ट्रेलियाले उद्धार तथा राहतमा गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञ ड्रोन सञ्चालकको टोली, अत्यावश्यक राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

उनले बाढीका कारण नेपालमा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को समयमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर समन्वय र सहकार्य गरिने बताए ।

वार्ताका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।