२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

 

सागर संगम ठाकुर रौतहट ,कार्तिक ४ गते

रौतहटको धरहरीमा छठ घाट सजावटकाे लागि वडा स्तरीय बैठक संम्पन भएको छ । शनिबार जिल्लाको देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहको अध्यक्षतामा बसेको बैठकमा बिगतका वर्ष जस्तै यस वर्ष पनि छठ घाट सजावट गर्नकाे लागि भेला बाेलाईएकाे थियोे । विभिन्न राजनितिक दलका प्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,भद्रभलादमी लगाएतका स्थानीय ब्यक्तिहरुकाे उपस्थितिमा बैठक सम्पन भएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।बैठकबाट विभिन्न प्रस्तावमाथि छलफल गर्दा यस वर्षकाे छठमा गाउँका मुख्य सडकलाई सरसफाइ गरिने र छठ घाटमा डेकुरेशन सहितकाे आकर्षक टेन्ट पंण्डाल बनाई सांस्कृतिक कार्यक्रम (नाटक) काे आयाेजनना गरिने निर्णय भएको वडा अध्यक्ष साहले बताउनु भयो ।

धरहरीकाे ईतिहासमा नै पहिलोपल्ट छठ घाटमा हुने सांस्कृतिक कार्यक्रम (नाटक)काे लागि मुख्य जिम्मेवारी गायक कलाकार एवं बुद्धिजीवी नेक महम्मद हुसैन र समाजिक कार्यमा निरन्तर सकृय रहने युवा पत्रकार सागर संगम ठाकुरलाई दिएको छ ।हिन्दुहरुकाे महान चाड पर्वको रुपमा मनाईने छठमा धरहरीकाे छठ घाटमा अहिलेसम्म कुनै पनि जनप्रतिनिधिहरुले त्यस्ता कार्यक्रम आयोजना गर्न नसकेको कार्यलाई वडा अध्यक्ष वीर बहादुर साहले गराउन अगाडि बढे पछि युवाहरु निकै उत्साहित भएका छन । धरहरीकाे ईतिहासमा फर्केर हेर्दा करिब १० वर्षको अन्तरालमा सांस्कृतिक कार्यक्रम हुन लागेको स्थानीयहरु बताउन्छ । वडा स्तरीय बैठकलाई सम्बाेधन गर्दै वडा अध्यक्ष साहले युवाहरूको प्रतिभालाई उजागर गर्न र समाजबाट लाेप हुन पुगेका आफ्ना सांस्कृतिकलाई बचाउन नाटकको आयाेजना गरिएको बताउनु भयाे । अध्यक्ष साहले वडाका युवाहरू र बालबालिका भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सबैको सल्लाहमा नै याे कार्यक्रमको आयोजना गरिएको बताए । साहले यसपालिको छठलाई सभ्य र भब्य बनाई दिन सम्पुर्ण वडाबासीलाई अनुरोध गर्नु भयो । कार्यक्रममा वडा सदस्य खसबलाल दास,गौरी शंकर पंडित, संजाेगिया देवी, प्रमिला देवी एकीकृत समाजबादी पार्टीका वडा प्रत्यासी सुमित गुप्ता,माओवादीका शंकर साह,जसपाका युवा नेता नागेन्द्र यादव,स्थानीय नेता बिपत साह,हरिश्चन्द्र यादव,रामरुप पंडित,नरेश गाेसाई,बिकेश गुप्ता,बिवेक साह,श्यामनन्दन साह लगाएत विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुकाे बिशेष उपस्थित रहेको थियो ।

संजय सहनी,राैतहट,कार्तिक ०३ गते

जनमत पार्टी रौतहटका नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसैदले पदभार ग्रहण गर्नु भएकाे छ । रौतहटको गौरमा बिहीवार आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री तथा जनमत पार्टीका केन्द्रिय महासचिव माननीय चन्दन सिंहले नेता जमसेदलाई बिधिबत रुपले पदभार ग्रहण गराउनु भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदलाई सफल कार्यकालको शुभकामना दिनु भएकाे थियाे ।

मन्त्री सिंहले शेख जमसेद जस्तो मधेसबादि बिचार धारा बोकेका कुशल कमान्डरलाई पार्टीमा भित्र्याउन पाएकोमा खुसि ब्यक्त गरेका थिए। साथै मन्त्री सिंहले जिल्ला इन्चार्ज जमशेदलाई पार्टीको बिधि -बिधानमा अडिग रहि पार्टीको संगठन बिस्तार सहित जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिनु भएकाे थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त जिल्ला इन्चार्ज शेख जमसेदले पार्टीको बिधानमा अनुसार संगठन बिस्तारमा लाग्ने र यस अभियानमा पार्टीको सम्पुर्ण शुभचिन्तकको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बिकास यादब सहित जिल्लाका नेता कार्यर्ताको बाक्लो उपस्थित रहेको थियो।

२ गते कार्तिक ।
कारागार कार्यालय राैतहटका कैदीबन्दीहरुलाई नेपाल सरकारले उपलब्ध गराएको मसुली चामल कैदी बन्दीहरुले नै विक्री गरेको बताएका छन् । प्रति कैदीबन्दीलाई ७५० ग्राम मसुली चामल र ८० रुपैयाँ दुई छाकका लागी नेपाल सरकारले दिदै गरेको चामल विक्री गरी कैदीबन्दीहरुले आटा खरिद गरी रोटी बनाइ खाने गरेको बताएका छन । सरकारले चामल मात्र दिदै आएकोले कतिपय विरामी तथा चिनीको रोगी भएको हुनाले चामल नखाई रोटी खाने गरेकोले चामल विक्री गरी सोही पैसाबाट आटा खरिद गरी रोटी बनाई खाने गरेको उनीहरुले बताएका छन । प्रति दिन एक छाक रोटी खाने कैदीबन्दीको सख्या १२० रहेका छन भन्ने दुई छाक रोटी खानेको सख्या २० रहेको गौर कारागारका चौकीदार मनोज कुमार बैठाले बताएका छन । कैदीबन्दीहरुलाई खाना खुवाउन महिनाको ३० बोरा आटा खर्च हुने गरेको चोकीदार बैठाले बताए । गौर कारागारमा कैदीबन्दी जिवन बिताइ रहेको मोहमद महताब आलमले आफु चिनीको रोगी रहेकोले रोटी खानको लागी मसुली चामल आफनो हिसाको विक्री गरेको बताए । सरकारले दिदै आएको चामल राम्रो नभएकोले कतरनी चामल खरिद गरी खानेको बताए । नेपाल सरकारले दिदै आएको कैदी बन्दीको सुविधा अपुग रहेकोले घरबाट पैसा मगाई लुगा कपडा लगायत दैनिक उपभोग गर्ने सामाग्री खरिद गरी प्रयोग गर्दै आएको बताउदै नेपालको सविधानमा खान र वाच्नका लागी मौलिक हकमा व्यवस्था गरे पनि उचित प्रवन्ध नमिलाएको गुनासो उनले आज पत्रकारसँगको भेटघाटमा व्यत गरे । कारागार व्यवस्थापन कार्यविधि २०७३ को दफा १५ मा कैदीबन्दीले पसल खोल्ने व्यवस्था दफा १६ मा माल सामानको खरिद विक्री गर्ने व्यवस्था दिएको छ । यसै गरी कारागार नियमावली २०२० को दफा ५४ मा पसल खोल्ने र दफा ५६ मा माल सामान खरिद विक्री गर्ने व्यवस्था दिएको उल्लेख छ । गौर कारागारका कैदीबन्दीहरुले २०८० साउन १ गतेका दिन बैठक बसी आफुले प्रति दिनको लागी पाएको मोटो मसुली चामल विक्री गरी आटा खरिद गरी रोटी खाने , घरबाट आएको खाना खाने कैदीबन्दीले आफुले पाएको चामल घर पठाउने , मोटो चामल मसुली नखाने कैदीबन्दीले मोटो चामल विक्री गरी मसिनो चामल खरिद गरी खाने निर्णय गरेको हो । त्यसै गरी ११ सदस्यीय संचालन समिति गठन गरी दैनिक प्रयोग हुने सामानहरुको मूल्य निर्धारण गरेको छ । गौर कारागारका प्रमुख मणीभुषण साहसँग सम्पर्क गर्दा साउन देखि आएको चामल २ सय ३८ क्युन्टल चामल कैदी बन्दीहरुलाई प्रति दिनको लागी ७०० ग्राम को दरले बुझाएको बताए । ३६५ जना कैदीबन्दी रहेको उनले बताए । कैदीबन्दीहरुले आफुले पाउने चामल विक्री गर्ने कारागारको नियमावलीमा रहेकोले उनीहरुले आफै विक्री गरेको बताए । मेरो कुनै किसिमको सलग्नता नरहेको बताउदै खान र बाच्न पाउने अधिकार कैदीबन्दीहरुलाई पनि रहेको बताए । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गौर कारागारको चामल व्यतिगत व्यापारी पसलमा फेला परेकोले अनुसन्धान भइ रहेको छ । दोषी पाइएमा कार्यवाही हुने उनले बताए । कतिपय कैदीबन्दी विरामी र चिनीको रोगी रहेकाले रोटी खाने गरेको बताउदै प्रजिअ मिश्रले सरकारबाट चामल मात्र उपलब्ध भइ रहेको हुदाँ चामल विक्री गरी आटा खरिद गरी रोटी खाइ रहेको थाहा हुन आएको बताए । ७०० ग्राम कैदीबन्दीले खान नसकिने भएकोले बदमासी हो की अनुसन्धान बाट खुल्ने भएको बताए । अनुसन्धानको कार्य पुरा नभएको प्रजिअ मिश्रले स्पष्ट पारे ।

 

कार्तिक-२

रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा रासनरायण पटेल पु:न दोस्रो पटकपटकको लागि हाजिर हुनुभएको छ। बिहिबार सो नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले त्यहाँ निर्वाचित वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको साथै कार्यालयका कर्मचारीहरूको उपस्थितिमा फुलमाला,खादा तथा टीका लगाएर स्वागत गर्दै पटेललाई कार्यालयमा हाजिर गराउनु भएको छ।

कार्यालयमा हाजिर भएलगतै हाकिम पटेलले सर्वसाधारणले कार्यालयबाट पाउने सबै प्रकारका सेवा तथा सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गर्दै आफुले नियमानुसारका महसुस हुने गरी, सर्वसाधारण नागरिकलाई सेवा दिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन्। अधिकृत पटेलले नगरपालिकालाई नमुना बनाउने काममा आफनो सहयोग सधैं रहने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । पटेलले यसअघि वृन्दावन नगरपालिकामा भएको कमि कजोरीहरु लाई सुधारदै आफू पनि अगाडि बढ्ने र सबैलाई एक ढिका भएर अगाडि बढ्न आग्रह समेत गर्नु भयो। उहाँका अनुसार अब पालिकाको प्रशासनिक र आर्थिक लगायत अन्य कामकाज पनि अघि बढ्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो। यति मात्र न भई नगरपालिकाको खाता संचालन भए लगत्तै रोकिएर बसेका कर्मचारीहरुको तलब,सामाजिक सुरक्षा भता र जनप्रतिनिधिहरुको सेवासुविधा लगायत अन्य बाँकी बक्यौता भुक्तानीको कामकाज पनि अगाडि बढाउने विश्वास दिदै, उहाँले, आफुले सो पालिकाको गरिमा बढाउने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो। साथै उहाँले सबै जनप्रतिनिधी,कर्मचारी, राजनीति कर्मी, नागरिक समाज र पत्रकार जगतको समेत साथ र सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

वृन्दावन नगरपालिका विगत केही समय देखि कार्यालय प्रमुख विहिन रहेको कारणले नगरको सम्पूर्ण कामकाज अस्त व्यस्तमा परेको थियो।सो कुराको मध्य नजर गर्दै कार्यालयले मिति २०८० असोज १८ को पत्रबाट नगर कार्यपालिकाको निर्णय सहित लेखी पठाईएको पत्र बमोजिम सो कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी पटेलले जिम्मेवारी पाएको हो। पटेल नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर छैटौं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।

उक्त कार्यक्रममा वडा नं १ वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडा अध्यक्ष मजहर मन्सुर,वडा नं.८ का वडा अध्यक्ष रबिन्द्र प्रसाद साह,वडा नं.९ का वडाअध्यक्ष प्रवेज आलमको साथै कार्यपालिका सदस्यहरु लालपरी देवी,पुनम पासवान,एतबरिया देवी,राजेश पासवान र रामबाबु साह लगायत विभिन्न कर्मचारी तथा भद्रभलादमी बुद्धिजीवीहरुक उपस्थिति समेत रहेको थियो।

राैतहट,०१ गते कार्तिक ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा हाकिम हाजिर गराउने विषयलाई लिएर स्थानियहरुले बिरोध जनाएका छन् । आज बुधबार बेलुका हाकिम सुरेन्द्र प्रधानलाई फतुवा विजयपुर नगरपालिकामा हाजिर हुन्न नदिने भन्दै टायर बालेर बिरोध जनाएकाे स्थानीय अबरारूल हकले जानकारी गराउनु भयो । राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्टको टोलीले फतुवा बिजयपुर नगरपालिकाको सबै वडा अध्यक्ष ,कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरुसँग समन्वय गराउन खोज्दा पनि स्थानियहरुले अस्विकार गर्दै विजयपुर बजारकाे चौकमा टायर बालि स्थानीयहरूले बिरोध गरेका खबर छ ।

 

आरके श्रीवास्तव,रौतहट, ०१ कार्तिक ।

राैतहटकाे कटहरिया नगरपालिका द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजन गरिएको थियोे । कार्यक्रममा बाेल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले हिन्दूहरूको महान आस्थाको पर्व चलिरहेको बडा दशै र केही दिनपछि आउने तिहार, दिपावली र छठ पर्व शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र विशिष्ट अतिथी उप प्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत गाैरीशंकर कुमार सिंह रह्नु भएको थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा वडा अध्यक्षहरू समिश बिक्रम शाह,सर्फलाल गुप्ता,जयराम साह,कार्यपालिका सदस्य मनाेज जयसवाल लगायत शिक्षक ,सुरक्षाकर्मि,कर्मचारी हरुको सहभागीता रहेको थियो ।

 रौतहट, ०१ कार्तिक ।

नेपाली काँग्रेस पार्टी गौर नगर कमिटी द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा शुभकामना आदनप्रदान कार्यक्रममा रौतहट जिल्लाकै सबभन्दा पुरानो जेष्ठ पालिकाको रूपमा चिनिएको गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण, समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए । पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ ।चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, होहल्ला, जाड रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे । समाजमा कानुन विपरीत क्रियाकलाप कसैले पर्व त्यौहारको बेला नगर्न सुझाव दिएका हुन । हिन्दूहरूको महान आस्थाको पर्व बडा दशै अहिले चलिरहेको छ भने केही दिनपछि तिहार, दिपावली र छठ पर्व समेत आउने भएको हुनाले सबैले यश पर्वलाई समाजिक रूपमा हाँसी खुशी मिलेर मनाउन मेयर प्रत्यासी यादवले अनुरोध गरे । रौतहट जिल्ला भित्र सक्रिय रूपमा विगत लामो समय देखि आफ्नो कलम चलाएर जिल्लाको विभिन्न स्तरमा पुगेर समाचारको माध्यमले परिवर्तन गर्न र गराउने भुमिका खेलिरहेको क्रियाशील पत्रकारहरूलाई महासंघले नयाँ सदस्यताबाट बञ्चित बनाएको प्रति मेयर प्रत्यासी यादवले दुख पोखेका छन । महासंघको गलत कदमकाे बिरोधमा नेपाली काँग्रेस पार्टीको केन्द्रीय नेतृत्वहरूसँग यस बारे आफूले आवाज उठाउन र सम्बन्धित निकायमा नयाँ सदस्यता दिन बारे सकेसम्मको पहल समेत गर्न उनले बताए छन् । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मुस्लिम संघ मधेश प्रदेश कोषाध्यक्ष सर्फराज तैयब, नेपाली काँग्रेस रौतहट क्षेत्र नं १ प्रतिनिधिसभा सचिव संजय कुमार यादव, प्रदेशसभा (क) सभापति अवधकिशोर साह, जिल्ला सदस्य गुलरेज अहमद उर्फ जियाउल, युवा नेता शेख मनिर आलम र समाजसेवी लोकेन्द्र यादव उर्फ बबलु लगायतका सहभागीता रहेको थियो ।

काठमाडौं ३० असोज, 

 रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को  स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो

साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। थाहा खबर

३० असोज, काठमाडौं ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।

तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’

गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ । उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’

विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार । औनलाईन खबर

आरके श्रीवास्तव,राैतहट,असाेज २८ गते ।
राैतहट प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट शनिबार रु २ लाख १३ हजार ३ सय दश रूपैयाँ बराबरकाे भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक दामाेदर केसीले जानकारी दिए ।
लत्ताकपडा,खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामान मोटरसाईकिलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अबस्थामा प्रहरी गस्ती टोलिलाई देखि लोड रहेको सामान छाडी मोटरसाईकल लिई भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको लत्ताकपडा,खाधान्न, हाडवेयर र पितलको भाडा बर्तन लगायतका सामानहरु बरामद गरिएकाे प्रवक्ता केसीले वताए ।
उनका अनुसार शनिबार राति ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ र वडा नम्बर २ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईरहेकाे उक्त सामान बरामद गरेको हाे । बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय मानिसहरूकाे राेहबरमा गाैर भन्सार कार्यालयमा बुझाएको प्रवक्ता केसीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।