२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

काठमाडौँ । राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उत्पादन, उत्पादकत्व वृद्धि र विकासका लागि ऋण लिन आवश्यक रहेको बताए ।

अर्थमन्त्री डा. वाग्लेले निजि क्षेत्र चलायमान नहुदा सार्बजनिक क्षेत्रलाई चलाउन बजेटमा व्यवस्था गरेको स्पष्ट गरेका थिए । सार्बजनिक वित्त आयोगले दिएको सुझावका आधारमा ऋण लिने व्यवस्था बजेटमा गरेको संसदमा जानकारी दिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उल्लंघन गर्नेलाई ठुलो रकम जरिवाना गर्न लागिएको कानुन बनाउन खोजिएकोप्रति टिप्पणी गर्दै राज्यले गल्ति गरे कारवाही गर्नेकी नगर्ने भन्ने प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने कानुन बनाउन लागिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानूनी दायरामा ल्याउनु पर्ने बताएका हुन् ।

उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा एक लाख रुपैयाँसम्म जरिवाना तिर्न सक्छन् भने राज्यले गल्ति गरे कारवाही गर्ने की नगर्ने भन्ने प्रश्न गरेका छन् ।

शाहीले बाटोमा खाल्डो मात्र भेटियो भने एक लाख जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने एक लाख तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा पचास हजार तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा पचास हजार तिर्नुपर्ने कानून ल्याउन प्रस्ताव गरेका छन् । उनले कानून जनता र सरकार मिलेर सहकार्यमा बनाउनु पर्ने बताउदै आम नागरिकसंगै राज्यलाई समेत उतरदायी बनाउने कानून ल्याए संसदबाट पास गर्न सहयोग गर्ने बताए । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाने कार्यसूची रहेको छ भने प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनसहित छलफल हुने कार्यसूची छ भने छलफलपछि ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वाग्लेले ‘आर्थिक विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ भने अर्थ मन्त्री डा. वाग्लेले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

शुक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बिउ राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।

आज बिउ राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद बताउछन् । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको बताइन्छ ।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य ५ लाख २३ हजार ४६५ पुगेका छन् ।

चितवनमा जारी प्रथम महाधिवेशनको बन्द सत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्दै पार्टी सदस्य पुरुषको संख्या ३ लाख ९६ हजार ७८९, महिलाको संख्या ८९ हजार ८९६, अन्य ५८८ तथा पार्टी विवरणमा लिंग नखुलेका ३६ हजार १९२ गरेर कुल ५ लाख २३ हजार ४६५ पुगेको जानकारी दिएका हुन् ।

रास्वपाको सदस्यताको आधारमा मधेश प्रदेश सबैभन्दा ठूलो प्रदेश बनेको छ भने बागमती दोस्रो स्थानमा रहेको देखिएको छ।

प्रतिवेदनअनुसार मधेश प्रदेशमा २३.३ प्रतिशत सदस्य रहेका छन्। बागमतीमा २०.५ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, कोशीमा १४ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेका छन्।

जातीय संरचनाअनुसार खस आर्य समुदाय ४१ प्रतिशतसहित सबैभन्दा ठूलो समूह रहेको छ । त्यसपछि आदिवासी जनजाति १८ प्रतिशत, मधेसी १७.३ प्रतिशत, दलित ९.७ प्रतिशत, मुस्लिम २.५ प्रतिशत र थारु २ प्रतिशत रहेका छन्। करिब ९.६ प्रतिशत सदस्यको जातीय विवरण खुलाइएको छैन ।

उमेर समूहको तथ्याङ्कले रास्वपामा युवा पुस्ताको प्रभाव बलियो रहेको देखाउँछ । जस अनुसार ३५ वर्षमुनिका सदस्य ६४.१ प्रतिशत रहेका छन् । त्यसपछि ३५ देखि ४५ वर्ष उमेर समूहका १८.९ प्रतिशत, ४५ देखि ५५ वर्षका २.६ प्रतिशत र ५५ वर्षमाथिका ७.७ प्रतिशत सदस्य रहेका छन् ।

रास्वपाले जारी महाधिवेशन अघि ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ भने मधेश प्रदेशमा तयारी जारी रहेको उल्लेख गरिएको छ । हालसम्म ६६ जिल्लामा, ६०९ पालिकामा र ६ हजार २ सय ६२ वडामा अधिवेशन सम्पन्न भएको विवरणमा उल्लेख छ।

अधिवेशन हुन बाँकी जिल्लामा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्। यस्तै सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि अझै सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिवेदनमा गण्डकी, सुदूरपश्चिम र विशेषगरी कर्णाली प्रदेशमा संगठन विस्तार अपेक्षाकृत कमजोर रहेको उल्लेख गर्दै ती क्षेत्रमा थप सुदृढीकरण आवश्यक रहेको औँल्याइएको छ । यस्ता कमजोरी सुधार गर्न नसके आगामी निर्वाचनमा चुनौती थपिन सक्ने चेतावनी पनि प्रतिवेदनमा गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्बिरोध निर्वाचित भएको जानकारी दिएका हुन् । यसअघि लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ्ग बसेको होटललाई ३ लाख जरिवाना गरिएको छ ।

गृहमन्त्री गुरुङले मंगलबार बिहान ब्रेकफास्ट खादा अम्लेटमा माछाको काँडा भेटिएपछि भरतपुर विमानस्थलअगाडिको लर्ड बिजिनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यलयले ३ लाख जरीवाना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले होटलमा खानको गुणस्तर राम्रो नभएको गुणस्तरहीन खाने तेल प्रयोग गरेको, उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरि खानेकुरा उपलब्ध गरिआएको उल्लेख गरेको छ ।

बिहान गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा माछाको काँडा भेटिएपछि तत्काल प्रहरीले होटलका किचनमा कार्यरत दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारीले होटलको अनुगमन गरेर बरामद गरेका खाद्य सामग्री नष्ट गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्बजनिक भएको छ ।

दोस्रो दिनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुदैछ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज दोस्रो सत्रको प्रारम्भ बिहान साढे ८ बजेदेखि हुनेछ । दोस्रो दिन अनुशासन आयोगले प्रतिवेदन प्रस्तुत गर्ने छ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसपछि १० बजेदेखि १०: ४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् र त्यसमा छलफल हुने छ ।

त्यस्तै आज ११: ४५ बजेदेखि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।  प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।

त्यसपछि रास्वपाको निर्वाचन आयोगले यस अघि सार्बजनिक गरेको कार्यतालिका अनुसारको निर्वाचनको प्रक्रिया शुरु हुने कार्यतालिका रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन शुरु भएको छ ।

भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले घन्टी बजाएर गरेका हुन् ।

रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसका सभापति थापासहित नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनल, डा. बाबुराम भट्टराई, डा. सिके राउतलगायतका नेताहरु सहभागी भएका छन् छन् ।

रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट ४ हजार २१८ प्रतिनिधिले भाग लिदैछन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।