काठमाडौँ । सरकारले संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी हुन् ।
यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो । तर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ को मन्त्रिपरिषद्को बैठकबाट सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको मन्त्री गौतमले बताएकी छन् ।
सरकारको यो निर्णयसँगै संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९ सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनीहरूबी भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको सचिवालको भनाइ छ।
छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी रहेका थिए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सरकारले संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी हुन् ।
यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो । तर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले गत असोज ५ को मन्त्रिपरिषद्को बैठकबाट सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको मन्त्री गौतमले बताएकी छन् ।
सरकारको यो निर्णयसँगै संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९ सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ।
बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध स्रोत–साधन तथा भावी योजना प्रस्तुत गरेका थिए ।
बैठकले जलन उपचार सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधि तथा अन्य स्रोत–साधनको प्रदेशगत रूपमा विस्तृत नक्साङ्कन गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति गरेको छ।
त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा सञ्चालनमा रहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने निर्णय गरिएको छ। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवाबारे प्रभावकारी रूपमा जानकारी गराउने तथा आवश्यक परामर्श सहज रूपमा उपलब्ध गराउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजेदेखि बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ ।
बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष बस्ने समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो ।
विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण गराउनु यस दिवसको मुख्य उद्देश्य हो । सर्पले मुसा तथा अन्य हानिकारक जीव खाएर कृषि उत्पादन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।
नेपालमा पनि विभिन्न प्रजातिका सर्प पाइन्छन् । तीमध्ये गोमन र करेतजस्ता केही सर्प अत्यन्त विषालु भए पनि अधिकांश सर्प विषरहित छन् । हरेक वर्ष नेपालमा हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने भएकाले जोखिम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
नेपालमा नाग पञ्चमीका अवसरमा सर्पको पूजा गर्ने सांस्कृतिक परम्परा पनि रहेको छ । विज्ञहरूले सर्पलाई अनावश्यक रूपमा मार्नेभन्दा सुरक्षित दूरी कायम गर्दै संरक्षण गर्न र सर्पले टोकेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज बुधबार नेप्से १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६२ कम्पनिका ८४ लाख ७३ हजार १६ कित्ता शेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर ८९/९० को शेयर ९.२० प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ८.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ७.३२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंक डिभेन्चर ८३ को ४४ करोड १० लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर २०८८ को ३३ करोड २० लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम अघि बढाइरहेको भन्दै होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गरेका हुन् । प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो दायित्व पूरा गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारीमार्फत गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गरेका थिए ।
होटल संघ नेपालका पदाधिकारीहरूले नेपालका होटलहरू वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको तर हाल करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको जानकारी गराएका थिए। पर्यटक आगमन बढेमा रोजगारी सिर्जना हुने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ थियो।
व्यवसायीहरूले आरोग्य पर्यटन, गन्तव्य विवाह र सीमापार पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, साना तथा मझौला होटलका लागि वातावरणीय अध्ययनसम्बन्धी व्यवस्था सहज बनाउन तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै नेपाल वायुसेवा निगमको सेवा सुधार, होटल क्षेत्रसँग सम्बन्धित कानुन संशोधन तथा आरोग्य पर्यटन र गन्तव्य विवाह प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधार गर्न पनि माग गरेका छन् ।
छलफलमा छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलसहित हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक आज दिउसो १: १५ बजेदेखि बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ताको कार्यलयको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ८ बजे हुने अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डसँग आव २०८२/८३ मा भए गरेका मुख्य-मुख्य कामकारबाही, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरू बारेमा जानकारी लिने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान साढे ८ बजे बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशकसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी आज बिहान ८ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवसँग पकाउने ग्यासको आपूर्तिमा देखिएका समस्या र उपभोक्तामा परेको प्रभावका सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी