२०८३ कार्तिक २
२०८३ कार्तिक २

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

दिउसो २: १५ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी दिउसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा गरिएको अनुगमनको समीक्षा हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै आज बिहान साढे ११ बजेका लागि बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाद्वारा तयार पारिएको ‘राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन’ प्रतिवेदनबारे छलफलको कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा अपवित्र साँठगाँठमा नलागी सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

आइतबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा विपरीत राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न निकायबीचको सम्बन्धमा अस्थिरता बढ्दै गएको दाबी गरेका छन् ।

खनालले देशमा विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्थाका चुनौती बढिरहेको उल्लेख गर्दै यस्ता परिस्थितिविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले विशेषगरी सम्पूर्ण वामपन्थी शक्तिबीच आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर एकताको पहल हुनुपर्ने बताएका छन्।

उनले विगतमा वामपन्थी शक्तिहरूले नीतिविहीन र वर्गीय दृष्टिकोणविहीन रूपमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दै आएको टिप्पणी गर्दै आफ्नो पार्टीले पनि त्यही गल्ती दोहोर्याउँदै आएको स्वीकार गरेका छन्। अहिले पनि त्यही प्रवृत्ति दोहोरिने खतरा रहेको भन्दै उनले यसले कम्युनिष्ट आन्दोलनको प्रतिष्ठामा थप आँच पुग्ने चेतावनी दिएका छन् ।

खनालले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि कम्तीमा केन्द्रीय समन्वय समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्रै प्रदेशसभामा सरकार गठनसम्बन्धी नीति तय गर्नुपर्ने र पार्टीलाई दक्षिणपन्थी वर्गीय सम्झौतावादतर्फ जानबाट रोक्नुपर्ने बताएका छन् ।

उनले केही नेताको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि हुने राजनीतिक साँठगाँठ रोक्न आग्रह गर्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

खनालले अहिलेको समय राजनीतिक साँठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा कम्युनिष्ट पार्टीको पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । रुकुमपूर्व केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराहन्न ४: ३० बजे रुकुमपूर्वको कोल आसपास केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । चितवन प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–६ खोलेसिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठको साथबाट बरामद गरिएको रेड्मी कम्पनीको मोबाइलमा अनलाइन सट्टेबाजीमा रकम जम्मा गर्ने र झिक्ने प्रयोजनका लागि प्रयोग हुने ‘मोबक्यास’ अनुप्रयोग फेला परेको प्रहरीले जनाएको छ। उक्त खातामा २ लाख ७९ हजार सीमा रकम र १३ लाख ८२ हजारमौज्दात रहेको तथा पछिल्लो तीन महिनामा ३८ लाख ९५ हजार बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्को एप्पल कम्पनीको मोबाइलमा रहेको ‘बाइनान्स’ अनुप्रयोगमार्फत ३३ हजार १५० अमेरिकी डलर (करिब ५० लाख ९८ हजार) बराबरको अभौतिक मुद्रा कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठविरुद्ध अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थपूर्ण भेटवार्ता भएको छ ।

पत्नी निकिता पौडेलसहित रिसोर्टमा बसेका लामिछाने केहीबेर अघि काठमाडौँ फर्किएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।  लामिछाने दम्पती र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार रिसोर्टमा पुगेको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. वाग्लेसहित केहि मन्त्रीलाई हटाउने खोजेको भन्ने चर्चा चलिरहेका बेला र सरकार बारे व्यापक असन्तुष्टि बढिरहेका बेला यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई देउवा समूहले पाँच बुँदे प्रस्ताव गरेको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले नयाँ प्रस्ताव पठाएको हो । अलग्गै भेलाको तयारी गरिरहेको देउवा समुहले अन्तिम प्रयासको रुपमा नयाँ प्रस्ताव पठाएको बताइएको छ ।  देउवा समुहले सहमति नभएमा अलग्गै दल बनाएर अगाडी जाने तयारी समेत गरिसकेको छ ।

पाँच बुँदे प्रस्ताव :

१- चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

२- सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।

३- पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

४- वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।

५- महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ।

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ ।

मन्त्रालयले नेपाल बाल संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको थियो। सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो। तर निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ।

पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहका केही कर्मचारीबाट समेत त्यहाँको अवस्थाबारे भिडियोहरू मन्त्रालयमा प्राप्त भएका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम रहेको देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए ।

यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी

चितवन । नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड रातिमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर गए राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो । अर्को सूचना जारी नहुँदासम्म सडक बन्द रहने बताइएको छ ।

सूचनामा भनिएको छ- ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ मुग्लिङ-काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

मौसम पूर्वानुमान महाशाखाले केहि दिन अति बर्षा हुनसक्ने भनेपछि सतर्कता अपनाउन रातिमा सडक बन्द गरिएको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा नेपाल बैङ्कर्स संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसँग छलफल हुने समितिले जनाएको छ ।

त्यस्तै बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन २०८३ उपर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफलको कार्यसूचि रहेको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ।

बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो।

छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए।

बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ।

बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो।

छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए।

बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।