२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

 

मुम्बई, ३१ जेठ ।

निर्देशक ओम राउतको आगामी फिल्म आदिपुरुषलाई लिएर निकै चर्चा चलेको छ ।

 

अब फिल्म रिलिज हुन २ दिन मात्रै बाँकी रहेको र जुन १६ मा देशव्यापी रिलिज हुँदैछ ।

 

रिलिज हुनुअघि नै फिल्मको चर्चा निकै भैरहेको छ । प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो बजेटको फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनेको हो ।

 

फिल्म रिलिज हुनुअघि नै निर्माताले २१० करोड कमाइसकेका छन् । वास्तवमा, फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता गरिएको छ।

 

फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तेलंगाना र आन्ध्र प्रदेशमा फिल्मको अधिकार करिब १५० करोड भारुमा गरिएको छ । योसँगै हिन्दी बेल्टमा १२० करोडमा राइट्स बिक्री भएको छ, यस्तो अवस्थामा फिल्मले रिलिजअघि नै २१० करोड कमाइसकेको छ ।

आदिपुरुषले सप्ताहन्तमा राष्ट्रिय चेनमा ३५ हजार टिकट बिक्री गरेको छ । पिविआर र आइनेक्सले क्रमशः ८८ हजार र ६१ हजार टिकट बिक्री गरेर अग्रस्थानमा रहेको छ भने सिनेपोलिसले ३५ हजार टिकट बेचेका छन्। यो ६ घण्टाको ब्रेकमा धेरै राम्रो जम्प हो किनभने फिल्म लगभग सबै टिकट बेचिसकेको छन ।

 

अब यो फिल्मले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको छ ।

 

मुम्बई, २९ जेठ ।

जरा हटके जरा बचके’ ले पहिलो शोवाट नै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

फिल्ममा पहिलो पटक विक्की र सारा अली खानको जोडी अनस्क्रिनमा देखिएका छन् र उनीहरुको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । योसँगै फिल्मले हलमा निकै चर्चा पाइरहेको
छ । कमाईको कुरा गर्ने हो भने साताका दिनमा ‘जरा हटके जरा बचके’ को कलेक्शनमा कमी आएको थियो तर यो साताको अन्त्यमा फिल्मको कमाई फेरि उकालो लागेको छ ।

 

शनिबार फिल्मको कलेक्सन बढेर ५.७६ करोडको व्यापार गरेको थियो । योसँगै  ‘जरा हटके जरा बचके’ रिलिजको १० औं दिनको प्रारम्भिक तथ्यांक पनि बाहिर आएको छ ।

 

अर्ली ट्रेंडको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार, ‘जरा हटके जरा बचके’ ले रिलिजको दशौं दिन अर्थात आइतबार ६.७५ करोडको ग्रान्ड कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाई ५३.२८ करोड पुगेको छ ।

 

मुम्बई, २९ जेठ ।

सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी’ लाई लिएर चर्चामा छन् ।

 

दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै अाएकाे छ । शो अहिले पूरा हुनै लागेको छ । शोका आठवटै एपिसोडको छायांकन सकिएको र दर्शकको प्रतिक्षाको समय छिट्टै समाप्त हुने बताइएको छ ।

 

मिडिया रिपोर्टका अनुसार यो शोको सुटिङ पुरा हुन केही दिन मात्रै बाँकी छ । सञ्जय लीला भन्सालीका निकट स्रोतका अनुसार यो महिनाको अन्त्यसम्ममा सुटिङ सकिनेछ । यति मात्र होइन, नेटफ्लिक्सले यो वर्षको अन्त्यसम्ममा शो रिलिज गर्ने तयारी गरिरहेको छ ।

 

‘हिरामाण्डी’को स्टारकास्टको कुरा गर्दा यसमा फरिदा जलाल, मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, फरदीन खान, अध्यायन सुमनलगायतका कलाकारको अभिनय रहनेछ । फिल्मका सबै अभिनेत्रीको फर्स्ट लुक सेयर गरिएको छ, जसलाई दर्शकले रुचाएका छन् ।

 

काठमाडौं, २८ जेठ ।

सांसद राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

फिल्ममा ‘लाखे’ फेम्ड निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । सम्राट नेपाली फिल्म क्षेत्रका द्वन्द्व निर्देशकका रुपमा परिचित छन् ।  निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो basnetsamrat99@gmail.com तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।

 

काठमाडौं ।

कलश इभेन्टसले आयोजना गरेको ‘लिटिल मिस एन्जेल’को चौथौं संस्करणको उपाधि विजडम स्कुलमा अध्ययनरत किन्जल नेपालले जितेकी छन् । उनले उपाधिसँगै २५ हजार रुपैंयाँ र पुरस्कार पाइन् ।

 

त्यस्तै एलिक्सर स्कुलमा अध्ययनरत सम्पदा महतो फस्ट रनर अप बन्दा युलेन्स स्कुलकी आध्या ढकालले सेकेण्ड रनरअपमा चित्त बुझाइन् । दुवै विजेताले क्रमशः १५ हजार र १० हजार रुपैंयाँ प्राप्त गरे ।

 

प्रतियोगितामा सहभागी ३५ प्रतियोगी आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पहिरनमा उपस्थित थिए ।

 

सांस्कृतिक संस्थानका महानिर्देशक अशोकप्यासी राईको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका निर्णयकमा युरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाडौंका कार्यकारी सदस्य मोहना खनाल, न्यु जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन, अभिनेत्री नम्रता सापकोटा तथा आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापा थिए ।

 

नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सनौलो अवसर मिलेको बताए ।

 

काठमाडौं, १८ जेठ

पछिल्लो समयमा नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। एकपछि अर्को गरेर कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत आउरे बाउरे सार्वजनिक भएको छ। यस गीतमा श्रीधर अधिकारि र कोपिला न्यौपानेको आवाज रहेको छ।

गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ। गीतलाई श्रीधर अधिकारिकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

मुम्बई, १५ जेठ । ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ ।

 

‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन । यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ ।

 

ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ । यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ । फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ ।

 

फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोडमा बिक्री भएको छ । यो फिलमको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइटस पनि बिक्रीको तयारीमा छ ।

 

मुम्बई, १५ जेठ । वर्षको सुरुवातमा अभिनेता सलमान खानले आमिर खानको फिल्म ‘च्याम्पियन’मा अभिनय गर्ने चर्चा थियो । आमिरले बनाउन लागेको स्पेनिस फिल्म ‘क्याम्पिओनिस’को हिन्दी रिमेकका लागि आमिर लामो समयदेखि समय दिइरहेका छन् ।

 

फिल्मका लागि आमिरले सलमानलाई प्रमुख भूमिकामा प्रस्ताव गरेका थिए । सलमानलाई प्रस्ताव गरेको लामो समयसम्म पनि फिल्मको काम अघि नबढेपछि सलमान फिल्मबाट पछि हटेका छन् । अब फिल्ममा सलमानले अभिनेता रणवीर कपूरलाई प्रस्ताव गरेका छन् ।

 

‘सुरुवातमा सलमानले यो फिल्ममा अभिनय गर्नका लागि चासो देखाएका थिए । तर फिल्मको रिलिज मितिसँग सलमान डराएपछि उनी आमिरको फिल्मबाट पछाडि सरेका छन् । किनकी आमिरको फिल्मसँग सलमानको फिल्म जुध्ने भएपछि सलमान पछि हटेका हुन्’, फिल्म निकट स्रोतले भन्यो ।

 

सलमान ‘च्याम्प्यिन’बाट पछि हटेपछि आमिरको ध्यान रणवीरप्रति मोडिएको छ । रणवीरले फिल्मको न्यारेसन सुनेका छन् र उनले काम गर्ने इच्छा देखाएका छन् । ‘केही समययता रणवीरले चाख लाग्दा फिल्ममा अभिनय गरेका छन् । स्क्रिप्ट र जनरा छनोटमा उनको चासो बढी छ । रणवीरको अभिनयबाट प्रभावित भएका आमिरले आफ्नो फिल्ममा उनलाई फरक अवतारमा देखाउन चाहन्छन्’, स्रोतले भनेको छ ।

 

फिल्ममा आरएस प्रसन्नको निर्देशन रहनेछ । फिल्म सन् २०२४ मा रिलिज हुनेछ ।

 

 

मुम्बई, १४ जेठ ।

हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् । कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् ।

 

अभिनेता आमिर खानजस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन् । अब यो लाइनमा रणवीर कपुर पनि आएका छन् ।

 

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन् । यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनतो रणवीर सिंह जोडिने सम्भावना देखिएको छ ।

 

निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए । तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ ।

 

केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए । उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए ।

 

रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन् । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन् ।

 

 

 

काठमाडौं, १३ जेठ ।

निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायांकन गत बुधबारबाट सुरु भएको छ ।

 

बाराको सिमरामा फिल्मको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो ।

फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चा छन् ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको फिल्म सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिनेछ ।

 

फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन, बन्देप्रसादको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।