२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

 

काठमाडौं, १ असार ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।

 

उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् ।

 

आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको बेला महानगर प्रमुख शाहले मन्त्रालयलाई पत्राचार गरेका हुन् ।

 

काठमाडौं, १ असार ।

प्रदर्शनरत फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ ।

 

धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो । फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको छ ।

निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए ।

 

गणेश हिमालको फेदी रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतको अभिनय छ ।

 

फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

 

काठमाडौं, १ असार ।

‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन ।

 

मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन ।

 

‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्दको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् ।

 

मेयर साहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

 

मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।

 

काठमाडौं, १ असार ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ का बारेमा मुख खोलेका छन् ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषको संबादलाई लिएर काठमाडौंमा सो सिनेमा चलाउन नदिने जनाएको प्रसङ्ग जोडदैँ बोर्डले भनेको नमान्दा यो स्थीति आएको पनि उनले जनाएका छन् ।

 

 

‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन, ‘विरोधका वावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’

 

 

उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका बिषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरु माथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो ।

 

‘र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो,’ उनले भने ।

 

भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषका बारेमा उनले भनेका छन, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ।’

 

‘यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ?’ उनलेक भनेका छन, ‘तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन,’ उनले भने ।

 

मेयर साहले सीतालाइ भारतीय छाेरी भनेर साे चलचित्रमा उल्लेख गरे पछि काठमाडाैंमा प्रतिबन्ध लगाउने घाेषणा गरेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’

 

रन्धिर साह, जेठ ३२ ।

काठमाण्डौँका नगर भित्र रहेका सबै चलचित्रहरुमा हिन्दी फिल्म नचलाउका लागि रोका भएको छ । आज (बुधबार) काठमाण्डौँ महानगरपालिकाका नगर प्रमुख बालेन (बालेन्द्र) साहले अब महानगरपालिका भित्र रहेका चलचित्रहरुमा हिन्दी फिल्म नचलाउन आदेश जारी गरेका छन् ।

उनले आज आफ्नो फेसबुक माफर्त यस्तो भनेका छन् । उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ’ उल्लेख गरेका छन् ।

साथै उनले सो शब्दलाई सच्याउन ३ दिनको समय दिएका छन् । उनले फेसबुकमा माता सीताको जय होस उल्लेख गरेका छन् । यो पोस्टले चलचित्रमा ठुलो नाकारात्मक प्रभाव पर्न सकने स्थानीयहरुले अनुमान गरेका छन् ।

 

लसएन्जल्स, ३२ जेठ ।

हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् ।

 

यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो ।

 

यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ । बाँकी सिरिजको रिलिज मिति निर्माण पक्षले एक वर्ष पछाडि सारेका छन् ।

 

जस अनुसार ‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा रिलिज हुनेछ । यसअघि यो फिल्म २०२४ मा रिलिज हुने थियो । यो सिरिज ‘अवतार–द वे अफ वाटर’को फलोअप हो । नयाँ क्यालेन्डर अनुसार ‘अवतार ४’ तेस्रो फिल्मको चार वर्षपछि २१ डिसेम्बर २०२९ मा रिलिज हुनेछ । यो फिल्म यसअघि सन् २०२६ मा आउने चर्चा थियो ।

 

‘अवतार’को अन्तिम फिल्म ‘अवतार ५’ का लागि दर्शकले ८ वर्ष पर्खनु पर्नेछ । यो फिल्म सन् २०३१ डिसेम्बर १९ मा रिलिज हुनेछ । ‘हरेक अवतार फिल्म आफैमा एक जोशिलो र अद्भुत अनुभव हो । यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ । जसका लागि हामी फिल्मकर्मी जुटिरहेका छौं । ताकि दर्शकको आशामा खरो उत्रन सकौं । टीम आफ्नो काममा कडा मेहनत गरिरहेका छन् ।

 

डिसेम्बर २०२५ मा दर्शकलाई फेरी पेण्डोरामा लैजानका लागि हामी प्रतिक्षामा छौं’, निर्माता जोन लेन्डाउले ट्वीट गरेका छन् ।

 

काठमाडौं, ३२ जेठ ।

आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को दुई फस्टलुक सार्वजनिक भएको छ ।

 

फिल्म प्रचारप्रसारको सुरुवात गर्न निर्माण टिमले बिहीबार दुई पोस्टर सार्वजनिक गरेको हो ।

 

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको स्थानीय गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगामा फरक देखिएका छन् । अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

 

मुम्बई, ३२ जेठ ।

अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन् ।

सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएन, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने । यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे ।

 

दिग्गज अभिनेता धर्मेन्द्रका छोरा सनी अभिनित फिल्म ‘जीत’ को गीत  ‘यारा ओ यारा’ को एक किस्सा अहिले पनि बलिउडमा उत्तिकै चर्चाको विषय बन्छ ।

 

कमैलाई थाहा होला कि यो गीतको सुटिङका समयमा सनी र अभिनेत्री करिश्मा कपुरबाहेक फिल्मका प्राविधिकदेखि लिएर बाँकी कलाकार सबैलाई सेटबाहिर राखिएको थियो ।

 

यो फिल्म सन् १९९६ अगष्ट २३ मा रिलिज भएको थियो । यो फिल्म सनीको करियरको सम्झन लायक फिल्ममा पर्दछ ।

 

गीत ‘यारा ओ यारा’ स्वीटजरल्याण्डमा सुटिङ गरिएको थियो । सुटिङका क्रममा करिश्मा र सनीबाहेक सबैलाई सुटिङ सेटबाट भगाइएको थियो ।

 

सनीले नृत्यको नाममा यो गीतमा केवल हात र खुट्टा मात्र चलाएका थिए । ६ मिनेटको यो गीतपछि सनीले आफू देवल परिवारको उत्कृष्ट डान्सर नभएको स्वीकारेका थिए ।

 

सनीलाई आफू गीतमा नाँच्दा उनको नृत्य हेर्नेहरु हाँस्नेछन् भन्नेमा डर थियो । सोहीकारण सेटबाट करिश्मा र सनीबाहेक सबैलाई भगाइएको थियो ।
सनीले सेटमा आफूले गीतको रिहल्सल गर्दा कोरियोग्राफर चिन्नी प्रकाशबाहेक अरु कोही नबस्ने नियम बनाएका थिए ।

 

यो गीतको फाइनल सुट हुँदा साउण्ड, लाइटदेखि लिएर हरेक डिपार्टमेन्टमका मानिसहरु सनीको नियम अनुसार सेटबाट बाहिर गएका थिए । केही मानिस मात्र सेटमा थिए ।

सनीले आफ्नो नृत्यमा अरुले खिल्ली उडाउलान् भनेर यो नियम बनाएका थिए ।

 

 

निर्देशक साजिद नाडियाडवालाका अनुसार नृत्यको सट दिएपछि सनीले निर्देशक र कोरियोग्राफरलाई राम्रो भयो कि भएन भनेर सोध्थे । सनीको अगाडि सबैले तारिफ गरे पनि पछाडि भने उनीहरु हाँस्ने गर्थे ।

 

मुम्बई, ३१ जेठ ।

गीतकार तथा लेखक जावेद अख्तर बलिउडमा चिनाइरहनु पर्ने नाम होइन ।

 

हालैमात्र उनले कैयौं फिल्मको गीत १० मिनेट भित्र लेखेको बताएका छन् ।

उनले फिल्म ‘साथ–साथ’ को गीत ‘तुमको देखा तो ये ख्याल आया’ ९ मिनेटमा लेखेर तयार पारेको खुलाएका छन् । जावेदका अनुसार उनले ८ देखि ९ पेग मदिरा पिएपछि उनले यो गीत तयार पारेका थिए ।

 

हालै कोलकाताको एक कार्यक्रममा पुगेका उनले गीत लेखन बारेका कुरा सुनाएका थिए । ‘मैले १० मिनेट भित्र केही गीत लेखेको छु । सिलसिला पछि यश चोपडाका सहायक मेरो नजिक आए । उनले मलाई आफ्नो फिल्मको लागि गीत लेख्न अनुरोध गरे ।

 

उनीसँग पैसा थिएन तर मैले प्रस्ताव स्वीकारें । मैले गीत लेखें, तर सित्तैमा काम गरिरहेकोले गीत पनि अपुरो रह्यो । उनी जहिल्यै बेलुका आउँथे र गीत माग्थे । त्यो समयमा म मदिरा पिउँथे’, उनले भनेका छन् । उनका अनुसार ती निर्देशक र जावेद जहिल्यै बेलुका मदिरा पिएर गफमा भुलिन्थे ।

‘हरेक रातीको दुई बजे भोलि गीत पुरा गर्ने सहमति हुन्थ्यो । म ढिलो गर्थे । फेरी एकपटक उसले सोध्यो । त्यो आधा रातको समय थियो । ८ देखि ९ पेग पछि मैले कागज र कलम मागें । मैले त्यो गीत तुरुन्तै पुरा गर्ने निर्णय लिएँ’, जावेद सम्झन्छन् ।

 

‘मलाई थाहा छ कि मैले यो गीत ९ मिनेटमा लेखें । किनकी गीत लेखाउने व्यक्तिले ९ बजेट ट्रेन समात्नुपर्ने थियो । यसकारण ऊ आफ्नो घडी हेरिरहेको थियो । मैले गीत ९ मिनेटमा पुरा गरें र उसलाई दिएँ ।

 

जगजीत सिंहले गीत गाए, त्यो गीत थियो, ‘तुमको देखा तो ये ख्याल आया’ । यो गीत शायद राती १२ः३० बजे लेखेको थिएँ’, जावेद भन्छन् । फिल्म ‘साथ–साथ’मा फारुख शेख, दीप्ति नवल, सतीश शाह र नीना गुप्ताको अभिनय थियो ।

 

मुम्बई, ३० जेठ ।

फिल्म ‘विक्रम’का रोलेक्स भाई अर्थात तमिल स्टार सूर्या भारतीय फिलमका लागि आउँदो दिनमा एक ठूलो प्रोजेक्ट लिएर आउँदैछन् । पछिल्लो पटक उनको फिल्म ‘कंगुवा’को फस्ट लुक सार्वजनिक हुँदा फ्यान उत्साहित भएका थिए । यो फिल्म १० भाषामा बनिरहेको छ ।

 

सूर्या चाँडै नै ‘रंग दे वसन्ती’ र ‘दिल्ली ६’ जस्ता फिल्मका निर्देशक राकेश ओमप्रकाश मेहराको नयाँ प्रोजेक्टमा प्रमुख भूमिकामा देखिँदैछन् । मेहरा पछिल्ला दिनमा भारतको सबैभन्दा ठूलो महाकाव्यमध्येको एक ‘महाभारत’मा आधारित रहेर एक फिल्मको काम गरिरहेका छन् । यो फिल्मको कथा सूर्यपुत्रका रुपमा परिचित चरित्र कर्णमा आधारित हुनेछ । फिल्म दुई भागमा बन्नेछ ।

 

फिल्म सन् २०२४ सम्म फ्लोरमा जानेछ । फिल्ममा सूर्याले कर्णको भूमिका निभाउनेछन् । फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । निर्देशक अहिले प्री–प्रोडक्सनको काम गरिरहेका छन् ।

 

राकेश करिब अढाई घण्टाको फिल्म बनाउन चाहन्छन् । फिल्मको कथा अनुसार पात्र र समय बढी लाग्ने भएपछि उनले दुई भागमा फिल्म बनाउने निर्णय लिएका हुन् । गत वर्ष फिल्मका लागि राकेशले अभिनेता शाहिद कपूरलाई फाइनल गरेका थिए । जब फिल्म दुई भागमा निर्माण हुने भनियो, त्यसपछि शाहिद प्रोजेक्टबाट अलग्गिए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।