२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

 

काठमाडौं, ९ असार ।

गीतकार हिरा काजी थापाको शब्दमा तयार ‘हेर्दाहेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ । जसमा आफूलाई भन्दा बढी माया गरेकी प्रेमीकाले धोका दिएर पराईसँग विवाह गएको दृश्यले धेरैको मन छुन्छ ।

प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियोमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ  मास्टरिङ  तथा नविन निरौलाको कलर तथा सम्पादन छ ।

नृत्य निर्देशक प्रमोद भण्डारी सल्लाहकार रहेको सार्वजनीक गीतको भिडियो गीतकार तथा निर्माता एवं निर्देशक थापाकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

 

हेर्नुहोस् गीतको भिडियो : https://youtu.be/f_SwFHrpuhs

 

मुम्बई, ९ असार ।

आदिपुरुषमा हनुमानका केही संवादलाई फ्यानबाट तिखो प्रतिक्रिया आएको थियो, जसका कारण निर्माताले फिल्ममा धेरै परिवर्तनहरु गर्नु परेको थियो । सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रिया आए पछि केही संबाद परिवर्तन गर्दैै आदिपुरुष निर्माताले २२ र २३ जुनको टिकटको रकम घटाउने उपहार दिइएका थिए ।

 

तर, टिकटको कम मूल्यका बाबजुद पनि यी दुवै दिनमा सबैभन्दा बढी कमाईमा गिरावट आएको छ, जसले फ्यानहरूलाई स्तब्ध बनाउने छ। यसै क्रममा आदिपुरुषको आठौं दिनको कमाईको तथ्यांक सार्वजनिक भएको छ, जुन अचम्मको छ ।

 

सचनिकको प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौं दिन मात्र ३.२५ करोड कमाएको छ । जबकि कुल कमाई २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा यो फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ । तर बजेट बक्स अफिसबाट ५०० करोड कमाउनु त टाढाको कुरा हुनेछ ।

 

पहिलो हप्ताको कमाईको कुरा गर्दा पहिलो दिन ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौं दिन १०.७ करोड, छैटौं दिन ७.२५ करोड सातौं दिनमा ४.८५ करोड कमाई गरेको थियो ।

 

यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । जहाँ आदिपुरुषको विश्वव्यापी बक्स अफिसले ४०० करोड नाघेको छ ।

 

जुन १६ मा रिलिज भएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा चर्किएको थियो । तर फिल्म रिलिज हुनेबित्तिकै संवाद र दृश्य
देखेर फ्यानको आक्रोश सातौं आकाशमा पुगेको छ । जहाँ २२ र २३ जुनमा टिकट सस्तो बनाउनुका साथै निर्माताले संवादमा पनि परिवर्तन गरेका छन् ।

 

काठमाडौं, असार । 

करिब ६० बर्षअघिको ढाक्रे जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ आगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक निरन्जन कसजू (माइला) हुन् । कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक बिषयमा फिल्म निर्माण गरेको बताए ।

 

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडिबुटी, घिउ, भटमासहरु बेचेर नून,तेल,लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजूले भने, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुख,कष्टको जीवन भोगाइलाई फिल्ममा प्रस्तुत गरेको छु ।’ उनले अहिलेको पुस्तामाझ तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई देखाउन चाहेको खुलाए ।

 

फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय गरेका छन् । सुमन थापा र विनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, एनकेएम र तेजप्रसाद पाण्डेको शब्द, लोकेन्द्र शाह र एन के एमको नृत्य निर्देशन छ । युनिक मुभीजको प्रस्तुतिमा राजन कसजू सह–निर्माता रहेको फिल्मको सम्पादन बिजय पोखरेल र विनोद चौधरीले गरेका हुन् ।

 

फिल्मको बितरण आरआर फिल्म प्रोडक्सनले गर्दैछ ।

 

मुम्बई, असार ।

अभिनेत्री प्रियंका चोपडा जोनस, आलिया भट्ट र कटरीना कैफको फिल्म ‘जी ले जरा’ अहिले अलपत्र परेको छ ।

 

यो फिल्म हेर्नका लागि दर्शकले अझै केही समय पर्खनुपर्नेछ । यो फिल्मसँगै फरहान अख्तर १२ वर्षपछि निर्देशनमा कम ब्याक गर्दैछन् । तर उनको कमब्याकलाई अझै केही समय पर्खनुपर्नेछ । यसको कारण हुन्, आमिर खान ।

 

आमिर खान प्रोडक्सनको फिल्म ‘द च्याम्पियन्स’ बन्ने तयारीमा । जसमा फरहान प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्म सन् २०१८ को स्पेनिश स्पोर्टस ड्रामा फिल्मको अफिसियल हिन्दी रिमेक हो । यो फिल्ममा आमिर खानको निर्माण हुनेछ ।

 

आमिर यसअघि फिल्ममा सलमान खानलाई लिन चाहन्थे । तर सलमानबाट सम्भव नभएपछि उनी फरहानतिर पुगे । फरहानले स्क्रिप्ट मन पराएपछि अभिनय गर्ने सहमति दिए । यद्यपि यसको आधिकारिक घोषणा हुनै बाँकी छ ।

 

आमिरको फिल्ममा अभिनय गर्नुपर्ने भए पछि फरहानले ‘जी ले जरा’मा समय दिन सकेका छैनन् । समय अभाव कै कारण फिल्मलाई केही समयका लागि होल्डमा राखेका छन् ।

 

यता फिल्मका प्रमुख अभिनेत्रीहरु आलिया, कटरीना र प्रियंकाको पनि अहिलेलाई समय छैन । आलिया ‘रकी और रानीकी प्रेम कहानी’ रिलिजका लागि तयार छिन् । यसपछि उनी हलिउड प्रोजेक्ट ‘हार्ट अफ स्टोन’मा व्यस्त हुनेछिन् ।

 

त्यस्तै प्रियंका हलिउड प्रोजेक्ट ‘हेड अफ स्टेट’मा व्यस्त छिन् । कटरीनाको फिल्म ‘टाइगर ३’ क्रिसमसमा रिलिज हुँदैछ । निर्माण पक्षले तीन प्रमुख अभिनेत्रीको समान समय मिलेपछि मात्र फिल्मको काम सुरु गर्नुपर्ने हुन्छ । निर्माण पक्ष भने कास्टिङमा फेरबदल गरेर फिल्म सुरुवात गर्ने योजनामा छ ।

 

मुम्बई, ९ असार ।

अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरन्जन दिन सफल छन् ।

 

अधिकांश दर्शकले यी बाबुछोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन् । केही फिल्म निर्माताले उनीहरुलाई फिल्ममा अफर पनि गरे । अहिले नै बाबुछोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे ।

 

तर अब भने उनीहरु एकसाथ पर्दामा देखिँदैछन् । उनीहरुले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन् । उनीहरुले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायांकन पुरा गरेका छन् । यो कुराको पुष्टि स्वयं सैफले गरेका छन् ।

 

‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्यौ । मलाई लाग्छ कि हामी सँगै हुँदा धेरै राम्रो देखिन्छ । यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन् ।

 

साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै मनपराए पछि बक्सअफिसमा सफल भएको थियो । सैफ भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन् ।


 

 

मुम्बई, ६ असार ।

थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन् । पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ ।

 

उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन् । विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन् । यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन् । विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन् । अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो । जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए । भिडियोका अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो ।

 

टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन् । विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ । यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन् ।

 

काठमाडौं, ६ असार ।

नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ ।

 

चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।

 

आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।

 

मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।

 

बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।

सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।

 

मुम्बई, ६ असार ।

सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ ।

 

तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।

 

कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।

 

उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।

 

तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।

 

‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन ।

 

एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो । फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।

 

सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।

 

तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।

 

सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।

 

प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।

काठमाडौं, ६ असार । नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ ।

 

चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।

 

आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।

 

मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।

 

बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।

सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।

मुम्बई, ६ असार । सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ ।

 

तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।

 

कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।

 

उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।

 

तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।

 

‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन ।

 

एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो । फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।

 

सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।

 

तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।

 

सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।

 

प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।