२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

 

पोखरा, २४ कार्तिक  ।

राप्रपा नेपाल कास्किद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ ।

 

उक्त  सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। २०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजा सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य , र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

 

सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला ,कृष्ण कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रबेश गर्ने समेत राप्रपा नेपाल कास्किले जनाएको छ।

काठमाडौं, २३ कात्तिक ।

गीतकार, कवि, संगीत, साहित्यसहित कलाको विभिन्न विधामा सक्रिय रहेकी साबु गदाल कार्की अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चुनिएकी छन् ।
इनासको पाँचौँ महाधिवेशनबाट चुनिएको अध्यक्ष रामचन्द्र थापा (अष्ट्रेलिया) को कार्यसमितिमा उनले दुई वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतले कार्यभार सम्हाल्नेछिन् ।

‘मेरो कार्यकालमा नेपाली संस्कृति, कला, साहित्य र सिनेमालाई प्रवर्द्धन गर्न कुनै कसर बाँकी राखे छैन । सकारात्मक प्रभाव पार्ने परोपकारी कार्यक्रमहरू, सामाजिक परियोजनाहरूमा मेरो साथ र सहभगि अझैँ बढ्ने छ’, वरिष्ठ उपाध्यक्ष कार्कीले भनिन् ।

पाँचवटा सांगीतिक एल्बमको निर्माण र लेखनको अनुभव, म्युजिक भिडियो र फिल्म निर्माणको अनुभव, रेडियो नेपालमा प्रस्तोता, पटकथा लेखक र निर्माताको रूपमा काम गरेको अनुभवलाई सामाजिक कार्यमा प्रयोग गर्ने उनले बताइन् ।

 

‘अहिले प्रवासमा विस्तार भइरहेको चलचित्रको बजारलाई हामीले बलियो बनाउनुका साथै नयाँ बजार खोज्नु पर्छ । हाम्रो कला र संस्कृतिलाई जिवन्त राख्ने यो बलियो माध्यम हो’, उनले भनिन्,‘हामी एकतृत भएर आगामी दिनमा इनासको प्रभावकारितालाई झनै बलियो बनाउन सर्वसम्मत कार्यसमिति निर्माण गर्न सफल भएका छौँ ।’

 

नेपाली संगीत, सिनेमा र सञ्चार क्षेत्रमा स्थापित बनेकी कार्कीले सन् २००६ मा ‘सहारा’ र २०११ मा ‘रिवाज’ नामक म्युजिक एल्बम, २०१५ मा म्युजिक भिडियो ‘हे आमा’ गीतकार रहिसकेकी छिन् । उनले सन् २०१७ मा फिल्म ‘दर्पण छाया २’ निर्माण गरेकी थिइन् ।

 

साथै, महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ ।

 

नवनिर्वाचित कार्यसमितिमा अन्य पदाधिकारी अन्तर्गत उपाध्यक्षमा मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रहेका छन् । त्यसैगरी महासचिवमा राजमान तामाङ (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहेका छन्।

क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैया सिङ्ग परियार (उत्तर अमेरिका) रहेका छन् । सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहेका छन् ।

काठमाडौं, २३ कात्तिक ।

किरण भुजेल र  सोफी धरेलको अभिनयमा रहेको ‘आँखी झ्यालैमा‘ गीत सार्वजनिक भएको छ ।

 

सार्वजनिक गीतमा गायक उमेश मुस्कान र गायिका प्रयुषा न्यौपानेको स्वर रहेको छ । उमेश मुस्कानको शब्द/सङ्गीत रहेको गीतको  सङ्गीत संयोजन केशव बडुले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

 

प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा किरण भुजेल र  सोफी धरेलको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।‘

 

गीतको भिडियो लिंक : https://www.youtube.com/watch?v=zSt_QA6bDsw

काठमाडौं, २३ कत्तिक । 

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायाङ्कन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ ।चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायाङकनमा व्यस्त छन् ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने चलचित्रको छायाङ्कन बुधबार नरदेवीमा गरियो । छायाङ्कन हेर्न आइपुगेका स्थानीयवासीले शृङखलाको प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेका थिए । उक्त स्थानबाट गन्तव्यका लागि निस्किएका अधिकास एकछिन रोकिन्थे ।

आफ्नो प्रिय शृङ्खला र कलाकारलाई अगाडि पाउँदा धेरैले ‘चलचित्र कहिले हेर्न पाइन्छ ?’ भन्ने जिज्ञासा राख्थे । निर्देशक प्रदीप भट्टराईले योजना अनुरुप नै छायाङकन भईरहेको जानकारी दिए । उनले भने,’हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ ।’

 

उनको निर्देशकीय शैली र कौसलता देखेर टिममा जोडिएका नयाँ सदस्य खुशी देखिन्थे । ‘जात्रा’ र ‘जात्रै जात्रा’ कै निरन्तरता भएकाले कथा कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा स्वाभविक नै हुन्छ । निर्देशक भट्टराईले चलचित्रले प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् चलचित्रमा हासो र रोदनको मिश्रण छ ।

 

अर्गानिक र यथार्तलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । चलचित्रको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

 

दृश्यमा व्यस्त रहेका अभिनेता विपिन कार्कीले छायाङकनमा रमाइलो भईरहेको बताए । ‘हामी तेस्रोपटक काम गर्दैछौँ । अधिकाँसलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ । यसपटक महाजात्रा छ, दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौँ’, अभिनेता कार्कीले भने ।

 

अभिनेता रवीन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शक अनुरुप नै प्रस्तुत गर्ने बताए । उनले यो चलचित्र आफ्नो लागि खास रहेको भन्दै काठमाडौँमा अधिकाँस र तराई केही छायाङ्कन हुने बताए । अघिल्लो दुई शृङखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

 

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङखलासँग अभिनेताको रुपमा जोडिएका छन् । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

काठमाडाै, २२ कार्तिक ।

नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।

 

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको छ ।

 

प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ । यी दुबैलाई कोरियोग्राफर प्रवीण सिंहले रमाइलो स्टेपहरुमा नचाएका छन् ।

 

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको छ । फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने छ ।

 

यो फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

 

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । साथै तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, महेश पौडेलको छायांकन छ ।

 

फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

 

यो फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ । यस्तै अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिएका छन् ।

निर्माता अधिकारीको  ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

 

 

नेपालगन्ज, २१ गते ।

आगामी शुक्रबार नेपालगन्जमा लोकप्रिय पप गायक सुनिल सिंह ठकुरीको एकल कन्सर्ट हुँदैंछ ।

कात्तिक २४ गते हुने कन्सर्टको तयारी तिव्र गतिमा अगाडी बढेको आयोजक कालपृष्ठ दैनिकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक हुन सुनिल सिंह ठकुरी  ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्टबाट भएको आम्दानी मानवीय सेवामा खर्च गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताए ।

कालपृष्ठ दैनिकका संचालक एवम् कन्सर्ट निर्देशक कमल खत्रीले पत्रकार सम्मेलनमा पहिलोपटक कालपृष्ठ दैनिकले कन्सर्ट आयोजना गरेको बताए ।

‘आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भए पनि योगदान गर्नेछ । कालपृष्ठ दैनिकले आयोजना गरेको यस कन्सर्टबाट आम्दानी भएको रकम मानविय सेवामा खर्च गरिनेछ,’ पत्रकार सम्मेलनमा खत्रीले भने ।

कन्सर्ट सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको  ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् ।

नेपालगन्ज बाँकेस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने उक्त कन्सर्ट प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए । उनले कार्यक्रम स्थिलमा फुड स्टलसमेत राखिने बताए ।

उक्त कन्सर्टले स्थानीय कलाकारलाई समेत प्रोत्साहन गर्ने बताउँदै खत्रीले ठकुरीसँगै स्थानीय कलाकारले आफ्नो प्रस्तुती प्रदर्शन गर्ने बताए ।

सो कन्सटको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्र भित्र अनलाइन पोर्टल रहेको छ । कन्सर्ट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ ।

हालसम्म कन्र्सट आयोजनाका लागि नेबिको विस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोगसमेत गरेको आयोजकले जनाएको छ ।

गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको  ‘भुलीभुली देउ’ गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।

सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।

 

काठमाडौँ, २० कात्तिक ।

अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना स्थान ओगट्न सफल भएका छन् ।

११ वटा समूहमा प्रतिस्पर्धा भएको देउसी भैलो प्रतिस्पर्धामा प्रथम हुने समूहले ट्रफी  र ५१ हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । त्यस्तै द्वितीय र तृतीय हुने समूहले क्रमश ट्रफीसहित ३१ हजार  र ३० हजार पाएका छन् । त्यस्तै सान्तवना हुने समुहले ट्रफी र २० हजार जित्न सफल भएका छन् ।

प्रतिस्पर्धाको जजका रुपमा नबिन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेल  रहेका थिए । प्रतिस्पर्धामा ३ वटा समूह मध्ये एक्रोन शहरको आमा समुह, एक्रोन मारुनी समुह र कोलम्बस मारुनी समुहले निकै नै आर्कषक मारुनी नृत्य प्रस्तुत गरेकाले उनीरुको सर्वत्र चर्चा भएको थियो ।

 

सो अवसरमा जजहरुको टिमले नै स्टेजमा नै पुगेर उनीहरुप्रति शिर निहुराउँदै उहाँहरुले प्रतिस्पर्धा भन्दा माथिको प्रस्तुती दिएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा विभिन्न समुहहरुले कलात्मक नृत्य पस्किएका थिए । विश्वकर्मा सोसाइटी अफ अमेरिका (बिएसए) को आयोजनामा ओहायो राज्यको कोलम्बस शहरमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति र साहित्यको प्रवद्धन र उत्थानमा निकै नै क्रियाशिल रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरु  गर्दै आएको छ ।

 

सोसाइटीले आफ्नो हात सबैभन्दा बढी शिक्षा , खेलकुदका अलावा समाजसेवामा पनि फैलाउँदै आएको छ । उसले नेपाली कला र संस्कृतिको जर्गेनमा बेला बेलामा विभिन्न किसिममा सांस्कृतिक गतिबिधिहरु गर्दै आइरहेको छ । गत महिना मात्रै सोसाईटीको आयोजनामा एक्रोनमा नै विश्वकर्मा पूजा र भावी रणनीतिका बारेमा भव्य गोष्टीको आयोजना गरिएको थियो ।

काठमाडौँ, १९ कात्तिक । 

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बाेलकाे गीत सार्वजनिक गरिएकाे भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=J8aQOLCGFc0

भक्तपुर, १९ कार्तिक । 

नुशीलन नेपालले प्रकाशन गरेको चूडाप्रसाद चौलागाईः व्यक्तित्व र कृतित्व नामक (समीक्षा संग्रह) शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी विमोचन गरिएको छ ।

वरिष्ठ साहित्यकार डा इन्दुल केसीलगायतका विशिष्ट अतिथिहरुले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

पुस्तकमा विभिन्न १५ जना विद्धान चूडाप्रसाद चौलाईको जीवनका विबिध पक्षहरुबारे लेखिएका लेखहरु समावेश गरिएका छन् । पुस्तकमा ८६ पृष्ठको रहेको छ । पुस्तकको मूल्य दुई सय ५५ रुपैयाँं तोकिएको छ । साथै पुस्तकमा एउटा कविता पनि समावेश गरिएको छ ।

२००४ साल चैत ९ गते चौरी देउराली ६ बोक्से काभ्रेमा जन्मेका चूडाप्रसाद चौलागाई ४५ वर्षसम्म शिक्षण कार्यमा लागेर निबृत शिक्षक हुन् । उनी प्रभा बहुमुखी क्याम्पस काभ्रेका क्याम्पस प्रमुख पनि थिए । उनको यसअघि पनि विभिन्न पुस्तकहरु सार्वजनिक भइसकेका छन् ।


पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि डा केसी, लेखक चूडाप्रसाद चौलागाई, प्रकाशक अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, सचिव टीका श्रेष्ठ, पदम दाहाल, डा रवीन्द्र गिरी, डा महेन्द्र सापकोटा, डा ङेमा लामालगायतले साहित्यका विबिध पक्षबारे चर्चा गरेका थिए । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।

मुम्बई, १७ कार्तिक ।

फ्यानहरु शाहरुख खानको फिल्म डंकीको प्रतिक्षामा छन् ।

 

यो फिल्म क्रिसमसको अवसरमा विश्वभर रिलिज हुँदैछ । डंकीमा शाहरुखको स्टाइल पठान र जवान भन्दा फरक देखिने भएको छ, जसका कारण मानिसहरु यसमा बढी उत्साहित छन् ।

 

शाहरुख खानको जन्मदिनको अवसरमा फ्यानहरुलाई एउटा उपहार दिइएको छ र त्यो हो डंकीको टिजर ।

 

डंकीको टिजर रिलिज भएको छ र फ्यानहरुले निकै रुचाइरहेका छन् । सबैले प्रशंसा गर्न छोडेका छैनन्। डंकीको टिजर रिलिज भएपछि मुम्बईमा एक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा शाहरुखसँगै फिल्मका निर्देशक राजकुमार हिरानी पनि सहभागी थिए ।

 

कार्यक्रममा राजकुमार हिरानीले शाहरुख खानसँग काम गर्नुकाे कारण र बिगतका अनुभव सुनाएका छन्र  ।  उनले डन्की अघि नै शाहरुखलाई साइन गर्न चाहेको बताएका छन् । राजकुमार हिरानीले भने,  ‘पहिले शाहरुखसँग काम गर्दाको अनुभव कस्तो रह्यो भन्नुभन्दा पहिले म एउटा छोटो कथा सुनाउन चाहन्छु । मैले फिल्म इन्स्टिच्युटमा पढेँ, नागपुरबाट आएको हुँ। त्यसो भए जब हामी त्यहाँबाट जान्छौं, त्यहाँ को बाहिर जान्छ र हामीसँग काम गर्ने भनेर धेरै चिन्ता थियो।’

राजकुमार हिरानीले अगाडि भने- ‘बच्चन साहेब जस्ता ठूला स्टार थिए । यी मानिसहरूले किन काम गर्ने हो भनी अचम्म लाग्यो ? त्यसबेला होस्टेलमा टिभी हुन्थ्यो र त्यसमा ‘सर्कस’ को एपिसोड बज्थ्यो । मलाई अझै पनि एउटा दृश्य याद छ, जहाँ एक युवा अभिनेता प्लेटफर्ममा प्रदर्शन गरिरहेको थियो र त्यहाँ एक मोनो लग थियो। म सोच्दै थिएँ यो को हो ? यो ठूलो मान्छे होइन। तर म पास आउट भए पछि याेसँग कुनै दिन हस्ताक्षर गर्नेछु।

राजकुमार हिरानीले थप भने,  ‘मलाई स्नातक गर्न दुई वर्ष लाग्यो तर त्यतिन्जेल उनी यति बढिसकेका थिए कि उनीसँग काम गर्ने मौका नै मिलेन्।’

 

उता, शाहरुख खानले भने, ‘मुन्नाभाइमा हुँदा मसँग पनि यस्तै भएको थियो । नयाँ निर्देशक आएका छन् र पक्कै गर्छन भन्ने सोचिरहेको थिएँ । चार महिना पछि ६ महिनासम्म लिन्छन भन्ने भयो, सोचे अब यो क्रम हट्छ। त्यसपछि थ्री इडियट्स आएपछि मलाई लाग्यो कि ऊ त्यति ठुलो हुदैन होला, म पनि हुर्किसकेको छु । जब उनी थ्री इडियट्सका लागि गए, मैले कुनै मौका नलिने सोचें।’

 

त्यसैले यस पटक कोविडमा मैले आफूलाई बबलमा राखें र उनलाई कतै पनि जान दिइन। मसँग मात्र फिल्म बनाउनुहोस्। मैले राजुलाई अरु हिरोसँग पनि भेट्न पनि दिइनँ,’ उनले हाँस्दै भने ।

 

त्यसो भए हाम्राे कथा यो हो कि तिनीहरू दुबै यति बढेका थिए कि यसले एक अर्कासँग काम गर्नका लागि केही समय लिन पुग्यो। तर अहिले हामी यति ठूलो भए पछि यस्तो सानो र मीठो फिल्म बनेको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।