काठमाडौं, २३ फागुन ।
लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो।
उद्दारका लागि सशस्त्र प्रहरीबलको टोली घटनास्थल पुगिसकेको छ। टोलीले १३ जनाको जिवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी छ।न्युज करखाना
काठमाडौं, २३ फागुन ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।
सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
महादेव युवा क्लबको आयोजनामा यही फागुन २६ गते काठमाडाैंको नागार्जुन नगरपालिका-०७ स्थित खड्कुले चौरमा ‘सपोर्टर’ क्लब फुटबल च्याम्पियनसिप सिरिज आयोजना हुने भएको छ।
खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन र काठमाडौं जिल्लाकै उच्च स्थान (१५९० मिटर)मा रहेको खेल मैदान खड्कुले चौरको प्रचारप्रसार गर्ने उद्देश्यले १ दिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
प्रतियोगिताका बारेमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा दिइएको जानकारी अनुसार सो प्रतियोगितामा युरोपका चर्चित लिग क्लबका नेपालमा रहेका समर्थक (सपोर्टर) समुहहरू चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवाक्लबका २ टिमले प्रतिस्पर्धा गर्नेछन्।
नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रर्वद्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्युचाटारको सहकार्यमा हुने सो प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ।
प्रतियोगिताको उपविजेताले १५ हजार रुपैयाँ हात पार्दा व्यक्तिगत विधामा उत्कृष्ट हुने गोलरक्षक, खेलाडी र उच्च गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने क्लबका अध्यक्ष राजु सापकोटाले जानकारी दिए।
पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिती काठमाडाैं अध्यक्ष सन्तोष बुढाथोकीले नागार्जुन नगरको गाैरवका रुपमा रहेको खड्कुले चौरलाई राष्ट्रिय स्तरको खेल मैदानमा परिणत गर्ने स्थानीयहरूको लामो समयदेखिको सपना पूरा गर्न आफुले सक्दो पहल कदमी लिइरहेको बताउँदै सो का लागि बजेट विनियोजन गरिने बताए। नागार्जुन नगरका विभिन्न स्थानमा इन्डोर स्पोर्ट्सका लागि संरचना बनिरहेको जानकारी दिँदै अध्यक्ष बुढाथोकीले नागार्जुन नगरको पर्यटन क्षेत्रको विकासका लागि खड्कुले चौर खेल मैदान कोशेढुंगा हुन सक्ने धारणा राखे।
नागार्जुन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र लामाले नगरपालिकामा विभिन्न गतिविधि सञ्चालनका लागि सहयोग एवं सहकार्य भइरहेको बताउँदै सबैको समन्वयमा खेल गतिविधि अघि बढाउन सके प्रतियोगिताहरुले लक्षित उद्धेश्य हासिल गर्न सक्ने धारणा राखे। वडाध्यक्ष लामाले खड्कुले चौरमा यसपटक नागार्जुन मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने समेत जानकारी दिए।
सेभेन ए साइड ढाँचामा खेलाइने खेल ४० मिनेटको हुने बताइएको छ। प्रतियोगिताको अनुमानित लागत २ लाख ३० हजार रूपैयाँ रहेको छ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्कने क्रमको यो अन्त्य नभएको भन्दै बिदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन्।
आज पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम बारे धारणा राख्दै थापाले यो अन्तिम गठबन्धन नभएको र आगामी दिनमा नयाँ नयाँ गठबन्धन बन्दै जानेसमेत दाबी गरे। नितान्त निहित स्वार्थ, ब्यक्तिगत महत्वाकांक्षा र स्वार्थी मनोवृत्ति हाबी भएपछी गठबन्धन परिवर्तन भैरहनु अनौठो नहुने उनले बताए।
मुलुकमा अस्थिरता सिर्जना गर्न चाहने र बिदेशी शक्तिको गोटि बन्न राजी हुने दलहरूको मुलुक र जनताको बृहत्तर हित कहिल्यै प्रमुखतामा नपरेको चर्चा गर्दै थापाले सिद्धान्तविहीन,नितिविहीन,आदर्शविहीन गठबन्धनले निकास दिन नसक्नेसमेत ठोकुवा गरे। ‘यो गठबन्धनको बिकल्पको खोजी शुरु भैसको छ, अस्थिरता नेपाली राजनीतिको अभिन्न चरित्र बनिसकेको छ,’ उनले भने।
साच्चिकै वैचारिक धुर्विकरण हुने हो भने त्यसलाई भने केही हदसम्म सकारात्मक रुपमा ग्रहण गर्न सकिने थापाको भनाई थियो। यो सन्दर्भमा व्यवस्थाको विकल्प खोज्न आन्दोलन बाहेक अर्को कुनै बाटो नभएको भन्दै थापाले विचार मिल्नेहरूले आन्दोलनमा जानू पर्नेमा जोड दिए।
‘यो एउटा अवसर पनि हो, अब व्यवस्थाको विपक्षमा भएका सबै मिलेर एउटा बलियो कन्जर्भेटिभ शक्ति बनाउँदै आन्दोलनमार्फत भ्रष्ट तन्त्रको अन्त्य गरौं,’ थापाले भने। बैठकले आगामी चैत्र १ गते काठमाडौंमा गर्ने जनप्रदर्शनको तयारीमा जुट्न सबैलाई आग्रह समेत गरेको छ।न्युज करखाना
काठमाडौं, २२ फागुन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन ।
नेकपा बिभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाइ आग्रह गरेका छन ।
साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् । न्युज करखाना
काठमाडौं, २२ फागुन ।
भिजिट भिसामा रुस पाठइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका-१ घर भई हाल जिल्ला काठमाडौँको टोखा नगरपालिका-११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ रहेकी छन्।
गुरुङले एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गुरुङले बुढालाई प्रलोभनमा पारी पटक पटक गरी जम्मा रु. ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन्।
गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन्। तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो।
नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएका थिए। सोही आधारमा कार्यालयबाट खटिएको टोलीले ठगी गरी फरार रहेकी गुरुङ फागुन २१ गते बानियाँटारबाट पक्राउ गर्न सफल भएको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।न्युज करखाना
चितवन, २२ फागुन ।
पूर्वी चितवनको राप्ती नगरपालिकामा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका–४ बस्ने ४५ वर्षीय विष्णुभक्त श्रेष्ठ रहेका छन् ।
आज बिहान करिब ६ बजेको समयमा राप्ती–५ खहरेपुल नजिकै पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट पिप्लेतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०८९२ नम्बरको अंकुरम एकेडेमीको स्कुल बसले सोहि दिशातर्फ साइकलमा जाँदै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो ।
टाउको र अनुहारमा गम्भिर चोट लागि घाईते भएका श्रेष्ठको उपचारको क्रममा आज बिहान १० बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
अंकुरम एकेडेमीको स्कुल बस, बस चालक नुवाकोट तारकेश्वर गाउँपालिका–४ बस्ने बर्ष २५ को ईश्वर श्रेष्ठ र साईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।न्युज करखाना
चितवन, २१ फागुन ।
चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।
आज साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईकाे बायाँ हातमा भित्रि चोट लागेको उनले जानकारी दिए ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ।
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।
चार दलीय गठबन्धनमा रहेको जसपाले सरकारमा सहभागी हुने निर्णय गरे पनि मन्त्रालयको भागबन्डा भने टुंगोमा लागिसकेको छैन।
जसपा अध्यक्ष यादवले सोमबार राति भएको ८ बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन्। त्यसमा गठबन्धन दलबीच आपसी सहमतिमा मन्त्रालयको भागबन्डा टुंग्याउने उल्लेख छ।
सहमतिमा हस्ताक्षर गर्नुअघि अध्यक्ष यादव बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समिति बैठकमा सहभागी थिए। न्युज करखाना
काठमाडौं, २१ फागुन ।
तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।
तीन बिना बिभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन, शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले पद तथा गोपनीयताको सपथ लिएका हुन ।
नेपाली कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन भएसँगै तीन बिना बिभागीय मन्त्रीको सपथ ग्रहण गराइएको हो । शिर्ष नेताहरू बिच सहमति भए पछि उनीहरूको जिम्मेवारी तोकिनेछ ।न्युज करखाना