काठमाडौं, २७ फागुन ।
विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषाी ठहर गरेकाे छ।
आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कटवालविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियाेगमा २०७९ भदाै १६ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दालाई अन्तिक किनारा लगाउँदै विशेष अदालतले कटवालबाट ४ लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ। विशेष अदालतले कटवाललाई ९ महिना कैद सजाय पनि हुने फैसला सुनाएको छ।
रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।
पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरेको भेटिएको थियो।
सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको भेटिएको, कतिपयमा स्टोर किपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यबासायीहरूसँग अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी मिति सच्चाई भ्रमण काजको भुक्तानी लिनेलगायतको फर्जी कार्यको आफैँ सदर गरी भुक्तानी गरेको भेटिएको अख्तियारले दाबी गरेको थियो।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ।
आइतबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ। ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।
२०३३ मा नेपाली काग्रेस बाँके जिल्लाको सचिव भएका उनी २०४५ देखि २०४९ सालसम्म बाँकेकै सभापति थिए।न्युज कारखाना
काठमाडौँ, २७ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए ।
“बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोही अनुसार काम गर्नु पर्नेछ ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिए।
सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पारेका छन् ।
“तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ । त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील भएर लिन जरुरी छ ।”
आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिती विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालय आफ्ना कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा ८० कम्तिमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन दिएका हुन्।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
२३ औं नरंकारी सन्त समागमको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरको तिनकुनेमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दर्जनौं व्यक्तिहरुले रक्तदान गरेका आयोजक सन्त निरंकारी मण्डल नेपालले जानकारी दिएको छ ।
शिविरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावल लगायतका पदाधिकारीहरुको सहभागिता थियो । सन्त निरंकारीको २३ औं समागम चैत्र पहिलो साता नेपालमा हुँदैछ । जसका लागि भारतीय सुदीक्षा जी महाराजको सहभागी बन्नेछन् ।
कार्यक्रममा देशैभरका सन्त निरंकारीमा आस्थावान मानिसहरुको भेला हुनेछ । भारतबाट मानिसहरु सहभागी हुने बताइएको छ ।
हाल उक्त समागम कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ । सन्त निरंकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो ।न्युज कारखाना
काठमाडौं, २७ फागुन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला ९०, आभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २२०, लोकल काक्रो १२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २० र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ११० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३५ र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज ५० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ३०, चाइनिज सुकेको लसुन २००, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना
भक्तपुर, २६ फागुन ।
भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन्।

प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ। प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ।

पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २-० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो। दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १-० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो।

प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए। म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए। दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए।

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो। त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए।

अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए। मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ। प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।
प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ। न्युज कारखाना
काठमाठौं, २४ फागुन ।
वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।
अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजिव झाले बताए।
परम्परागतरूपमा प्रयोग हुँदै उपचार विधिको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधी प्रयोगमा ल्याउन लागेको बताइएको छ।
उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरूको छनोट गरिसक्ने झाले बताए।
परम्परागत उपचार विधिद्वारा निको नभएका तथा सम्बन्धित रोग लागेका बिरामीहरूले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।
बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।
भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरुले आग्रह गरेका थिए।
‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन। त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन,’ पुनले भने।
निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने अर्थमन्त्री पुनले बताए। मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताए।
उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए।
पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनैपनि विवादमा नआए पनि विवादित बनाइएको बताए।न्युज कारखाना
काठमाडौं, २४ फागुन ।
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन्।
परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ।
चिनियाँ राजदूद छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन्।
यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए।न्युज कारखाना