२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए  ।

साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।एभरेष्ट न्यूज एजेन्सी

वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ ।

सोमबार साँझ वीरगन्जबाट पक्राउ परेका प्रसाईविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।

सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका पर्साईले वीरगन्जमा आज कार्यक्रम गर्ने तालिका रहेको थियो ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’ नामक ह्वाट्सएप समूह तथा फेसबुक मेसेन्जरलगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ परेको ब्यूरोले जनाएको छ ।

प्रहरीले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएका २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–१ वनस्थली बस्दै आएका २० वर्षीय अश्विन अधिकारी पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

कञ्चनपुर  । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

देव सिंहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन त्यसतर्फ जाने भएकी छन् ।

आइतबार भएको महानगरको ४९औं कार्यपालिका बैठकमा डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरिएको थियो ।

डंगोलले काठमाडौँ महानगरले आयोजना गर्ने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाको लागि आफु त्यसतर्फ जान लागेको बताएकी छन् ।

फ्रान्सको कान्समा जारी फिल्म फेस्टिभल मे १२ देखि शुरु भएको छ भने मे २३ सम्म चल्ने छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले देशमा चर्चामा रहेका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन् ।

उनले लाउडा विमान घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद विवाद, सुडान एपीसी काण्ड, ३३ किलो सुन प्रकरण, मेलम्ची खानेपानी आयोजना विवाद तथा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डजस्ता बहुचर्चित घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।

त्यस्तै ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, बालुवाटार जग्गा प्रकरण, सहकारी घोटाला, नेपाल ट्रस्ट जग्गा विवाद, कर फर्छ्योट आयोग घोटाला, फास्ट ट्र्याक मुआब्जा प्रकरण, बुढीगण्डकी मुआब्जा काण्ड तथा एनसेल कर विवादलाई पनि उनले प्रमुख भ्रष्टाचार प्रकरणका रूपमा उल्लेख गरेका छन् ।

शाहीले नेपाल आयल निगम इन्धन खरिद विवाद, रेल्वे खरिद काण्ड, कृषि अनुदान घोटाला, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण तथा ठेक्का विवाद, कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च अनियमितता, प्रश्नपत्र चुहावट, ढुंगा–गिटी उत्खनन काण्ड र रासायनिक मल खरिद घोटालामा पनि कारबाही आवश्यक रहेको बताएका छन् ।

उनले सांसद विकास कोष दुरुपयोग, नक्कली शैक्षिक प्रमाणपत्र, काठ तस्करी, गोर्खा फाइनान्स घोटाला, ओरियन्टल सहकारी काण्ड, युनिटी लाइफ घोटाला, नक्कली भ्याट बिल प्रकरण, भन्सार राजस्व चुहावट तथा विदेश रोजगार ठगी काण्डलगायतका विषयमा पनि दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

शाहीले सुशासन कायम गर्न सरकार कठोर रूपमा प्रस्तुत हुनुपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा  सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबु मा जन्म लिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरुले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् । आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै ओलीले  मदन भण्डारीलाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने र जनताको बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन् ।

३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पनि त्यो पीडाको अनुभूति अझ गाढा बन्दै गएको बताएका छन् । उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् ।

अध्यक्ष ओलीले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्‍याउने मार्गचित्र तयार गरेको बताएका छन् ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि त्यही वैचारिक धरातलमा अघि बढाइएको उल्लेख गर्दै पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् ।

ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू शारीरिक रूपमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उनको भनाइ छ ।

भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।

सन् २००० अर्थात् १९ वर्षअघि नेपालमा १५ हजार व्यक्ति मात्रै टेलिफोनको पहुँचमा थिए । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला । परिस्थिति अहिले अपत्यारिलो भइदिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो त गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ ।

नेपालमा २०४७ सालमा प्रजातन्त्रको पुनरागमन पश्चात सबैभन्दा छिटो प्रगति भएका क्षेत्रहरू मध्ये सूचना प्रविधिको क्षेत्र प्रमुख हो । आधारभूत टेलिफोन सेवा, आधुनिक मोवाइल सेवा र इन्टरनेट सेवाको तिब्र विकास भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइदैछ । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्वभर आज यो दिवस मनाइदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको भन्दै चिकित्सकहरुले यसप्रति सचेत गराउदै आएका छन् ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।