२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

 

मुम्बई, १२ जेठ ।

यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ ।

 

बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् ।

 

अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन् ।

 

फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ । योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ । यसबाहेक, आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै, दिग्गज अभिनेताले इ–टाइम्ससँग कुरा गर्दै भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

 

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । जसमा १९४२ः ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन । उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ ।

 

मुम्बई, १२ जेठ ।

यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्स फिल्म ‘पठान भर्सेस टाइगर’का लागि भिलेनको खोजी सुरु गरेको छ ।

 

शाहरुख खान र सलमान खानको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको सुटिङ सन् २०२४ बाट सुरु हुनेछ ।

 

फिल्मका लागि यशराज फिल्मस्ले सबै कुरा फाइनल गरिसके पनि भिलेनको हकमा भने उनीहरुले फिल्मका लागि ‘खतरनाक’ भिलेन पाउन सकेका छैनन् । फिल्मको काम आगामी वर्षको जनवरीबाट सुरु गर्ने तयारी भइरहेको छ । सिद्धार्थ आनन्दको निर्देशन रहने फिल्ममा दीपिका पादुकोण र कटरीना कैफरको पनि अभिनय रहनेछ । फिल्ममा उनीहरुको भूमिका समान रहने बताइएको छ ।

 

‘फिल्मको नाम पठान भर्सेस टाइगर हो, तर यसको अर्थ यो होइन कि यसमा दुई जासुसबीचको दुश्मनी हुनेछ । फिल्ममा एक सामान्य भिलेन देखाइने छ, जसका विरुद्ध दुई जासुस लड्नेछन् । निर्देशक सिद्धार्थ फिल्ममा खतरनाक भिलेनका लागि कुनै ठूला स्टारको खोजीमा छन्, जसको लेभल हिरोको जस्तै होस्’, फिल्म निकट स्रोतले भनेको छ ।

 

हाल निर्माण युनिटले एक्सन सेटको डिजाइनको काम गरिरहेको छ ।

 

 

काठमाडौं, ११ जेठ ।

आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले गर्ने भएकी छन् । उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन् ।

प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन् । मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन् । उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने प्रतियोगिताका सहभागीबिच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन् ।

 

‘मिस हेरिटेज ग्लोबल नेपाल’का नेशनल डाइरेक्टर उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्‍याउने बताए ।

भारतको बेङ्गलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पुर्‍याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

 

मुम्बई, १० जेठ ।

साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन् ।

 

अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।

 

रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन् । फिल्ममा रणवीरको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

 

फिल्मका निर्देशक सुकुमारले फिल्मा ठूला ठूला कलाकारको केमियो हुने बताएका छन् । उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन् ।

 

मुम्बई, ९ जेठ ।

कुनै समय थियो, भारतीय फिल्मको नाम लिँदा बलिउडलाई नै सबै कुरा सम्झने गरिन्थ्यो । तर, अब क्षेत्रीय फिल्म, खासगरी साउथ फिल्म उद्योगको विस्तार विश्वभर बढिरहेको छ ।

 

साउथ फिल्मको पेन इण्डिया रिलिजका बीच यो उद्योगका स्टारले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् । साउथमा महंगा अभिनेताको नाम लिँदा अभिनेता थलपति विजयको नाम अग्रस्थानमा आउँछन् । हालै विजयले भने आफ्नो पारिश्रमिक बढाएका छन् ।

 

समाचारअनुसार थलपति विजयले फिल्म ‘वारिसु’को सफलता पछि नयाँ प्रोजेक्टका लागि २०० करोड पारिश्रमिक लिँदैछन् । यद्यपि कतिपयले उनको पारिश्रमिक बढेको कुरा केवल अफवाह मात्र बताए पनि उनले पारिश्रमिक बढाएको कुरामा भने फिल्मकर्मी सहमत छन् ।

 

थलपतिको पारिश्रमिक अर्का साउथ सुपरस्टार रजनीकान्तको भन्दा बढी छ । विजयले आफ्नो बढ्दो बजार अपिल र बक्स अफिस सफलतापछि पारिश्रमिक बढाएका हुन् । साउथमा विजय स्टोरी लाइन बिना नै सफलताको ग्यारेन्टी बनिसकेका छन् । त्यसकारण पनि निर्माताहरु जोखिम मोल्न तयार भइरहेका छन् ।

योभन्दा अघि वेन्कट प्रभुका साथ आगामी प्रोजेक्टका लागि विजयले १ सय ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो ।

 

मुम्बई, ७ जेठ ।

टेलिभिजन शो ‘बालवीर रिटर्नस’ र ‘अवैध’ सिरिजकी अभिनेत्री श्वेता खण्डुरीले हालै काठमाडौंबाट सगरमाथा आधार शिविरसम्मको यात्रा गरिन् । उनले यो यात्रालाई आफ्नो जीवनको स्मरणीय यात्रा भनेकी छन् ।

 

‘सुरुमा यो असम्भव जस्तो लागेको थियो । एक सेकेण्डको निर्णयले सगरमाथा आधार शिविरमा जान चाहेको थिएँ । मेरी आमा आफ्नो युवा दिनमा जहिल्यै ट्रेकिङ गर्न चाहनुहुन्थ्यो, तर दुर्भाग्य उहाँले यसो गर्न सक्नुभएन । मैले सगरमाथा आधारशिविरसम्म ट्रेकिङ गर्न जान लागेको सुनाउँदा उहाँ खुशी हुनुभयो’, उनले भनेकी छन् ।

 

श्वेता र उनको टिमले २३ अप्रिलबाट यात्रा सुरु गरेका थिए । उनीहरुले काठमाडौंबाट रामेछापसम्मको हवाई यात्रा पछि ६ देखि ७ घण्टासम्म सडक यात्रा गरेका थिए । यात्राका आधा मानिसहरु एकदिन अघि नै लुक्ला पुगेका थिए । तर उनीहरु भने विस्तारै त्यहाँ पुगे ।

 

‘हामीले सगरमाथा आधार शिविरसम्म पुग्नका लागि ७ दिनसम्म ट्रेक गर्‍याैँ । यात्रा निकै लोभलाग्दो थियो । उचाईका कारण मलाई श्वास लिन समस्या भए पनि गन्तव्यसम्म पुग्न म दृढ थिएँ । म यात्राको समयमा बिरामी पनि भएँ । तर सगरमाथा आधारशिविरसम्म पुग्ने मेरो चाहनालाई पुरा गरेरै छोडें’, उनले भनेकी छन् ।

 

मुम्बई, ७ जेठ ।

अभिनेता सलमान खान सफल अभिनेता र निर्माता नभई एक सफल व्यवसायी पनि हुन् । पहिरन ब्राण्ड बिइङ ह्यूमनका अलावा उनी भौतिक संरचनामा लगानी गर्छन् । अब सलमान चाँडै नै मुम्बईमा एक बिलाशी होटल बनाउँदैछन् ।

 

उनले बान्द्रास्थित कार्ट रोडमा १९ तलाको होटल बनाउने तयारी गरेका हुन् । उनको होटलको भवन निर्माणका लागि बीएमसीले अनुमति दिइसकेको छ । उनले जुन स्थानमा होटल बनाउने तयारी गरेका छन्, त्यहाँ यसअघि स्टारलेट नामको रेजिडेन्सियल सोसाइटी थियो । सलमानले यहाँ होटल बनाउनुअघि सोसाइटीको क्षतिग्रस्त भवनलाई हटाउनेछन् ।

 

उनको होटलमा तीन स्टरीय बेसमेन्ट हुनेछ । पहिलो र दोस्रो तलामा एक क्याफे र रेष्टुराँ रिजर्भका लागि बनाइनेछ । तेस्रो तलामा एक जिम र स्वीमिङ पुल, चौथो तलामा सर्विस फ्लोर, पाँचौं र छैटौं तलामा सभा हल हुनेछ ।

 

होटलको कोठा सातौं र १९ औं तलाको बीच तलामा हुनेछ । यो होटल सलमानका अभिनेता आमीर खानको घर फ्रीडा वनबाट २ सय मीटरको दुरीमा निर्माण हुँदैछ ।

 

काठमाडौं, ६ फागुन । 

फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधिन फिल्म ‘तलास २’ को छायाङ्कन पुरा भएको छ ।

 

दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको हाे ।

 

निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरुले भोग्नु परेको विषयवस्तुमा बनाएको बताए । फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पुर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।

 

साे फिल्ममा विकास चौधरीको सङ्गीतमा राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर रहेकाे तथा कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ ।

 

सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता छन् ।

 

मुम्बई, १ जेठ ।

रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ ।

 

साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो ।

 

सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब–इन्स्पेक्टर अञ्जली भाटीको भूमिकामा छिन् ।

 

‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी–पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद अनुभव थियो,’ उनले भनेकी छन् ।

 

सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । उनले स्क्रिप्टका लागि सहमत हुन आफूलाई एक घण्टा भन्दा कम समय लागेको खुलाइन् ।

 

मुम्बई, ३१ बैशाख ।

बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्।

 

सलमान खान अपराह्न ४ः२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए ।  जुनबेला सुपरस्टार खानलाइ एक झलक हेर्न ठूलो संख्यामा फ्यान सडकमा भेला भएका थिए ।

 

दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफनो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाईएको छ । धर्मान्तरणको बिषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदायबिच बैमनश्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन ।

 

ममता बनर्जीले भेटमा उनीहरुले चलचित्र जगतदेखि लिएर कला, समाज र जनताको विकासका विभिन्न विषयमा छलफल भएको बताइन् ।

 

ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौं । व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस् । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’

 

सुरक्षा अधिकारीहरुका अनुसार सलमानले मुख्यमन्त्रीको निवासमा करिब ३० मिनेट बिताएका थिए । अभिनेता खान इस्ट बङ्गाल फुटबल क्लबको शतवार्षिकी समारोहमा सहभागी हुन बेलुका साँझ आएका हुन । उनै सुरक्षा अधिकारीहरुका अनुसार सलमान बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।