२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

 

काठमाडौं, २१ असार । 

नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गर्दै ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान गरिएको छ । उनीहरुले गरेको संघर्ष र दायित्वलाई कदर गर्दै समारोहमा सम्मान गरिएको निर्देशक सरोज खनालले जानकारी दिए । कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाखको हाराहारीमा एकल आमा रहेकोमा र आफ्नो विवरण खुल्ने कागजातसहित यो चलचित्र हेर्न पाउन बताए ।

 

उनले भने,’आज (बुधबार) हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर नि:शुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।’

 

ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर नि:शुल्क ‘बगान’ हेर्न पाउने घोषणा गरिएको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ । कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमु तथा माइती नेपालकी अध्यक्ष एंव सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, वरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हास्यकलाकार बसुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

 

उपसभामुख रानाले छोरीको याद आएको बताइन् । आफ्नो छोरी २ बर्षकी हुँदाको समयदेखि एकल महिलाको रूपमा आफूले छोरीलाई हुर्काई बढाई अहिले २७ बर्षकी बनाएको बताउँदै रानाले आफ्नो सामाजिक संस्थामार्फत् जेलमा रहेका सयौँ बालबालिकालाई आफ्ना सन्तानको रुपमा हुर्काउँदै आएको स्मरण गरिन् । माइती नेपालकी अध्यक्ष कोइरालाले चलचित्रमा एकल आमाको कथालाई देखाउन लागेकोमा धन्यवाद व्यक्त गर्दै अहिले अदृश्य रुपमा हजारौँ घरहरुमा एकल आमाहरूको वृद्धि भएको बताइन् । कोशी प्रदेश सभा सदस्य श्रेष्ठ भावुक हुँदै आफूले एकल आमाको रूपमा छोरी हुर्काउँदै गरेको संघर्ष सम्झिइन् । उनले पहिलोपटक यो सम्मानले आफुलाई एकल आमाको रूपमा सार्वजनिक गरेको बताउँदै संघर्षका दिनहरु स्मरण गरिन् ।

 

अभिनेत्री करिश्मा मानन्धरले आफ्नी आमाले एकल आमाको रुपमा विभिन्न जटिलता र वाधाहरुलाई झेल्दै आफुहरुलाई हुर्काएको देखेको बताइन् । आफैले आमालाई एकल आमाको रूपमा सम्मान गर्न पाउँदा भाग्यमानी भएको बताइन् । यस चलचित्रमा आफुले एकल आमाको भूमिकामार्फत सबै आमाहरुलाई सम्मान दिएको बताइन् ।

 

नव अभिनेत्री प्रमिला कार्कीले एकल आमाहरूले दिएको प्रतिक्रियाले ‘बगान’मा हामीले भन्नै पर्ने बिषय रहेको महशुस भएको बताइन् । उनले भनिन्, ‘मैले चलचित्रमा अभिनय गर्दा धेरै पटक रोएँ, तर आज ट्रेलर हेर्दै गर्दा छेउमै बस्नुभएकी एकल आमा भक्कानिएर रुँदा म झनै रोएँ । कलाकारको रूपमा कसैले हामीले चलचित्रमा भनेको सन्देश महशुस गर्छ भने त्यो नै सफलता हुने रहेछ ।’  निर्माता सुरेश वाग्लेले सरोज खनाल जस्तो अभिनेताले यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्नु र दिग्गज कलाकारहरूले अभिनय गर्नु आफैमा खुशीको कुरा रहेको बताए । आफुले समाजको यथार्थ र परिवर्तन हुनुपर्ने परिस्थितीलाई देखाउन चलचित्रमा लगानी गरेको उनले बताए ।

 

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

 

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

 

काठमाडौँ, २० असार ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक एकल आमाको संघर्ष, सामाजिक द्वन्द्व, चाहना र सन्तान प्रतिको दायित्वलाई देखाईएको छ । ट्रेलरमा आमाको भूमिकामा रहेकी करिश्मा मानन्धर र छोरीको भूमिकामा रहेकी प्रमिला कार्कीको अभिनयले प्रसंशा बटुलेको छ ।

आयोजित कार्यक्रममा ट्रेलर देखाईएपछि उनीहरू दुवैलाई बधाई दिईएको थियो । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।

‘मैले यो पात्रलाई महसुस गर्न मेरो आमाका संघर्षका दिन सम्झिए । बाल्यकालमै म मेरो बहिनीलाई लिएर उहाँ घरबाट निस्किनु भएपछि गर्नुभएको संघर्षले हामीलाई मजबुत बनाएको हो’, अभिनेत्री मानन्धरले भनिन्,’यसमा एकल आमा प्रति सन्तान, परिवार र समाजको दायित्व देखाईएको छ । एक हिसाबले एकल आमाको जीवनलाई यसमा देखाएका छौँ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री कार्कीले आफू भन्दा सिनियर कलाकारहरूको सहायताले पर्दामा भूमिकालाई जिवन्त बनाउन सकेको प्रतिक्रिया दिईन् । उनले भनिन् ,’मभन्दा अनुभवी र पुराना कलाकारले समेत मलाइ सहज बनाइ दिनुभयो । मेरो वास्तविक जीवनसँगै मिल्ने स्वभाव यसमा देखाईएको छ । म एक किसिमले मेरो व्यक्तिगत जीवनसँग नजिक रहेको पात्रमा छु ।’

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए । उनले भने,’आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।’

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख तथा माइती नेपालकी अध्यक्ष एवं सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो । नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

ट्रेलर लिंक : https://youtu.be/fvTH5KUf4uY?t=17

 

नयाँदिल्ली, १६ असार ।

नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ ।

 

रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो ।

भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन ।

 

उनले भनेका छन, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’

 

उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाईएका कारण चल्न पाएको थिएन ।

 

उनी अगाडी लेख्छन, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’

 

काठमाडौँ असार १६ गते ।

नेपाली चलचित्र ‘बगान’ असार २९ मा प्रदर्शन हुँदैछ । यो केही समयको अन्तरालमा पूर्ण पारिवारिक चलचित्र बनेको छ । अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बनेका छन् । डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्‍याउने लक्ष्य लिएका निर्देशक खनाल यसलाई स-परिवारले हेर्नु पर्ने बताए ।

‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौँ । एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ’, निर्देशक खनालले भने,’यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ । त्यसैले स-परिवारले हेर्दा आफूलाई महसुश गर्नुहुनेछ ।’

उनले आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्व समेत बुझ्दछन् । ‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मधे बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ’, उनले भने,’यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।’

आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले गरेका छन् ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

 

मुम्बई, १५ असार ।

चलचित्र  ‘सत्यप्रेमको कथा’ ले उत्कृष्ट अग्रिम बुकिङ प्रतिक्रिया पाएको छ ।

यति मात्र होइन, कार्तिक आर्यन र कियारा आडवाणीको फिल्मले यति राम्रो अग्रिम बुकिङ पाएको छ कि यो यस वर्षको पाँचौं सबैभन्दा धेरै एडभान्स बुकिङ गर्ने फिल्म बनेको छ । ‘सत्यप्रेम की कथा’ अघि कार्तिक आर्यन र कियारा आडवाणीको जोडी फिल्म ‘भुल भुलैया २’ मा देखिएका थिए । यो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

 

ट्रेड विश्लेषक सुमित कँडेलका अनुसार ‘सत्यप्रेमको कथा’ ले देशका प्रमुख तीनवटै चेन आइनक्स, पीभीआर र सिनेपोलिसमार्फत गत बुधबार राति १० बजेसम्म मात्रै ५१ हजार ५०० टिकट बुक गरिसकेको छ । ट्रेड विश्लेषकले यसलाई कोभिड १९ महामारीपछिको यो मध्यम आकारको फिल्मको लागि उत्कृष्ट प्रि–सेल भएको बताए ।

 

‘सत्यप्रेम की कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको साथमा सुप्रिया पाठक कपूर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त र शिखा तलसानिया छन्।

 

फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

मुम्बई, १३ असार ।

रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ लाई लिएर देशभर विवाद चर्किएको छ ।

 

प्रभास, कृति सेननको फिल्म रिलिज भएको १२ दिन बितिसक्दा पनि जनताको मनमा रहेको आक्रोश शान्त हुने नाम लिइरहेको छैन । ओम राउत निर्देशित यो मेगा बजेट फिल्म विवादमा फसेको बेला ‘रामायण’का फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ ।

 

सन् १९८० को दशकको चर्चित टिभी सिरियल ‘रामायण’ फेरि टेलिकास्ट हुने भएको छ । रामानन्द सागरले बनाएको यो सिरियल कहिले, कहाँ र कुन समयमा प्रशारण हुने हो ? यो जानकारी राखौं ।

अरुण गोभिल, दीपिका चिखलियाजस्ता स्टार कलाकारलाई लिएर बनेको यो पौराणिक सिरियल ओम राउतले घोषणा गरेको दिनदेखि नै ‘आदिपुरुष’सँग तुलना भइरहेको थियो । लकडाउनमा पुनः रामकथाबारे जनतालाई सचेत गराए पछि रामानन्द सागरद्वारा रचना गरिएको ‘रामायण’ फेरि एकपटक टिभीमा फर्किएको छ ।

 

वास्तवमा च्यानल शेमारू टिभीले सुपरहिट शो रामायणको प्रोमो इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ, ‘हामी तपाईंहरू सबै प्रिय दर्शकहरूका लागि विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण ल्याइरहेका छौं, ३ जुलाई बाट रामायण साँझ ७ः ३० बजे मात्र हेर्नुहोस्। आफ्नो मनपर्ने च्यानल शेमारु टिभीमा।

यो पौराणिक सिरियल शेमारु टिभी च्यानलमा जुलाई ३ गतेवाट साँझ ७ः३० बजे प्रशारण हुनेछ । रामानन्द सागर निर्देशित रामायण १९८० को दशकमा लोकप्रिय सिरियल थियो। सिरिजमा रामको भूमिकामा अरुण गोभिल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनिल लाहिरीले अभिनय गरेका छन् । यसमा स्वर्गीय दारा सिंहले हनुमानको भूमिका निभाएका थिए भने अरविन्द त्रिवेदीले रावणको भूमिका निर्वाह गरेका थिए।

 

यो सिरयल सुरुमा २५ जनवरी १९८७ देखी ३१ जुलाई १९८८ सम्म प्रसारित भएको थियो र दर्शकहरूको ठूलो माया प्राप्त भयो।

 

लन्डन, १२ असार ।

हलिउड अभिनेता केभिन स्पेसी बेलायतको अदालतमा यौन उत्पीडनको मुद्दामा उपस्थित भएका छन् । एक दर्जन यौन उत्पीडनसम्बन्धी मुद्दामा ओस्कार–विजेता हलिउड अभिनेता केभिन स्पेसी बुधबार लन्डनको अदालतमा उपस्थित भएका हुन् ।

उनी गत वर्ष बेलायतमा पहिलो पटक अदालतमा उपस्थित भएदेखि बिनाशर्त जमानतमा छन्।स्पेसीको तारकीय क्यारियर ठूलो संख्यामा यौन अपराधको आरोपले रोकिएको छ, यद्यपि उनी कुनै अपराधमा दोषी ठहरिएका छैनन्।

गत वर्ष उनी लन्डनको ओल्ड बेली अदालतमा तीनजना पुरुषहरू विरुद्धको पाँचवटा अपराधमा दोषी नभएको स्वीकार गर्न उपस्थित भएका थिए, जसमा चारवटा यौन उत्पीडन र एक व्यक्तिलाई सहमतिविना घुसपैठ यौन क्रियाकलापमा संलग्न गराउने कारण थियो।

 

गत वर्ष न्यूयोर्कको एक अदालतले स्पेसीविरुद्ध े यौन दुर्व्यवहारको मुद्दा खारेज गरेको थियो। अदालतमा उपस्थित हुँदा स्पेसीले यौन दुव्र्यवहारको सबै आरोप अस्वीकार गरेकी छन् ।

काठमाडौं, ११ असार । हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युवमा हेर्न पाइने भएको छ ।

 

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस् सुन्तलीले आज युट्युवमा फिल्म सार्वजनिक गर्दैछन् । फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइने छ ।

 

फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ । यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन् । सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

 

काठमाडौं, १० असार ।

राजु गिरीको निर्देशनमा नेपाली फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ ।

 

निर्देशक गिरीले फिल्मको टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । राजुका अनुसार आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मको लागि अहिले कलाकार छनोटको काम भैरहेको छ ।

 

राजनीतिक विषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको काम भैरहेको छ । बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सह–निर्माता हुन् ।

 

निर्माता खाती प्रस्तुतकर्ता र निर्देशक राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 

काठमाडौँ, ९ असार ।

अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बन्दैछन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र आगामी २९ गते प्रदर्शन हुँदैछ । उनले डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्‍याउने कोसिस गर्दैछन् । त्यसो त उनले सोच बनाएर आफू निर्देशनमा आएका होइनन् । आफ्नै परिवारमा महसुश गरिरहेको एउटा कथालाई पुस्तकमा पाएपछि उनले त्यसलाई ठूलोपर्दामार्फत समाजसम्म ल्याउने आट गरेका हुन् । उनी यसलाई सर्जकको दायित्वसमेत बुझ्दछन् ।

‘मलाई नाटककै लागि नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ रहेको कथा कथा मधे बगानले मलाई छोयो । यसलाई मैले परिवारमै समेत महसुश गरेको थिएँ’, अभिनेता खनालले भने,’यो कथा म मार्फत नै भन्नु पर्छ भन्ने लागेर तयारी सुरू गरे र निर्देशक बने ।’ उनले आफ्नो मामाकी छोरी अर्थात् बहिनीले एकल महिलाको रुपमा भोगेको समस्या र समाजसँग गरेको संघर्षलाई नजिकबाट महसुश गरेका थिएँ ।

सम्पन्नताकै बीच पनि बहिनीको मन खुसी नभएको अभिनेता खनाल सम्झिन्छन् । उनले भने,’एकपटक परिवारको रमाइलो माहोलमा थियौँ । आफ्नै परिवारसँग समेत उनी खुलेर खुसी बाड्न सकेकी थिइनन् । उनमा रहेको दुविधा बाहिर धेरै दिदीबहिनामा हुन् सक्छ । त्यसलाई हटाउने र बुझाउने काम ठूलो पर्दामार्फत गर्दैछौँ ।’

ती बहिनीको विवाह भएपछि बल्ल नयाँ जीवन पाएको अभिनेता खनालले सम्झिए । ‘अहिले उनलाई छुटै पाउँछु । उनले बल्ल जीवन बचेकी छिन्’, उनले भने ।  आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफू भन्दा वरिष्ठ कलाकार नै बढी राखेर चलचित्रमा काम गरेकाछन् । किनकि सिनियर कलाकार अभिनयमा पोख्त हुनुका साथै चरित्र अनुसार उपयुक्त थिए ।

चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर र नव अभिनेत्री प्रमिला कार्कीले गरेको अभिनयको निर्देशक र अनुभवी कलाकारको हैसियतले उनले तारिफ गरे । ‘यसमा करिश्माको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । उनी सुन्दर छिन्, यो भूमिकाले उनमा झनै सुन्दरता थपेको जस्तो लाग्छ’, अभिनेता खनालले भने,’प्रमिला नयाँ थिइन् । छायांकन अगाडी उनले कस्तो गर्लिन् भन्ने थियो तर उनले मसँगै सम्पूर्ण टिमलाई चकित बनाउने काम गरेकी छिन् ।’

एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका अभिनेता खनालले आउँदा दिनमा समेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने योजना सुनाए । यद्यपि कलाकारितालाई पनि सँगै अगाडी बढाउने उनले बताए । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा  गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेकाछन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।