नोयडा, १७ माघ ।
अन्ततः निर्माता–निर्देशक बोनी कपुर र भुटानी समूहले संयुक्त रुपमा उत्तर प्रदेशको गौतम बुद्ध नगर जेवरमा फिल्म सिटी निर्माण गर्ने भएका छन् ।
सो परियोजनाको लागि मंगलबार वित्तीय बोलपत्र खोलिएको थियो, जसमा बोनी कपुर र भुटानी समूहको संयुक्त लगानी बेभ्यू प्रोजेक्ट्स एलएलपीले सबैभन्दा बढी बोली लगाएर परियोजना जितेको हो। यस प्रोजेक्टको दौडमा अभिनेता अक्षय कुमार पनि थिए । वित्तीय बोलपत्रमा कम्पनीहरूले कूल राजस्व सेयर प्रतिशतको आधारमा बोलपत्र गर्छन्।
१८ प्रतिशतको सफल बोली बेभ्यू प्रोजेक्ट्स एलएलपी द्वारा गरिएको थियो। यिडाका प्रमुख कार्यकारी अधिकृत अरुणवीर सिंहका अनुसार राजस्व बाँडफाँडको अर्थ कम्पनीले फिल्म सिटी निर्माण गरेपछि जति आम्दानी गर्छ, त्यसको १८ प्रतिशत प्राधिकरणलाई दिनु पर्नेछ । जग्गा उपलब्ध गराउनु सँगै अन्य पूर्वाधार पनि प्राधिकरणले उपलब्ध गराउने छ । निर्माण र अन्य सुविधा भने कम्पनीले विकास गर्नु पर्नेछ ।
यमुना एक्सप्रेसवे इन्डस्ट्रियल डेभलपमेन्ट अथोरिटीको इन्टरनेशनल फिल्म सिटी आयोजनाका लागि बोलपत्र दिने चार कम्पनीका प्रतिनिधिले प्रस्तुति दिएका थिए । सबै प्राविधिक रूपमा योग्य भेटिए र वित्तीय बोलपत्रको लागि पठाइयो। बेभ्यु प्रोजेक्ट्स एलएलपीका तर्फबाट बोनी कपूर, आशिष भुटानी, सीईओ भुटानी इन्फ्रा, अश्विनी चाटलेन र अली च्याटलेन, राजीव अरोरा, अरविन्द कुमार बिन्नीले प्रस्तुति दिएका थिए।
यसबाहेक ४ लायन्स फिल्म्स प्रालि केसी बोकाडियाको तर्फबाट सुपरसोनिक टेक्नोबिल्ड प्रालि चलचित्र अभिनेता अक्षय कुमारको तर्फबाट दिनेश विजन म्याडक फिल्म्स र सुपर क्यासेट इन्डस्ट्रिज प्रालिद्वारा प्रस्तुत गरिएको थियो ।
अब एक हजार एकड जग्गामा फिल्म सिटी बनाइने पक्का भएको छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ६ महिनाभित्र यो परियोजनालाई
निर्माण सुरु गर्न निर्देशन दिएका छन् । यमुना सिटीको सेक्टर–२१ मा सो फिल्म सिटी निर्माणको प्रस्ताव छ । एक हजार एकडमा फैलिने सो फिल्म सिटी पहिलो चरणमा २३० एकड जग्गामा निर्माण हुनेछ ।
यमुना विकास प्राधिकरणका अधिकारीका अनुसार पहिलो चरणमा फिल्म सिटी निर्माण गर्ने कम्पनीलाई दोस्रो चरणमा पनि प्राथमिकता दिइनेछ ।न्युजकारखाना
हैदाराबाद, १७ माघ ।
अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ ।
यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ, न त कुनै गीत नै रिलिज भएको छ तर त्यसअघि नै उनको सेटबाट एउटा तस्बिर लीक भएको छ । ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो, जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।
के हो ‘गंगाम्मा तल्ली जठारा’ ?
अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो, जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।
‘पुष्पा २’ र सिंघम अगेनबिच भिडन्त हुने
सुकुमारको निर्देशनमा बनेको चलचित्र ‘पुष्पाः द रुल’ यो वर्षको बहुप्रतिक्षित सिक्वेल हो । यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभर धेरै भाषाहरूमा रिलिज हुनेछ। साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्नेछ । अजयको ुसिंघम अगेनु अगस्ट १५, २०२४ मा थिएटरमा रिलिज हुँदैछ।न्युजकारखाना
मुम्बइ, १६ माघ ।
बलिउड वा कुनै पनि फिल्म उद्योगमा रिमेकहरू बन्नु सामान्य कुरा हो तर यो सधैं आवश्यक छैन कि रिमेकले यसको मूल संस्करणको रूपमा कमाउने गर्दछ।
तर, निर्देशक सिद्दिकीको तीन फिल्मले यस विषयमा अर्को उदाहरण खडा गरेको छ । निर्देशक सिद्दिकीले तीनवटा फरक-फरक मसला थपेर एउटै कथा दर्शक सामु प्रस्तुत गरेर सफलता हासिल गरेका थिए ।
चाखलाग्दो कुरा के छ भने दर्शकले उनको एउटा कथामा बनाइएको तीन अलग अलग फिल्मलाई अत्याधिक मन पराईदिए । एउटै कथामा तीनवटा फिल्म बनेका थिए र तीनवटै सुपर डुपर हिट भएका थिए ।
सिद्दिकीले सन् २०१० मा ‘बडीगार्ड’ नामको फिल्म बनाएका थिए । मलयालममा बनेको यो फिल्ममा अभिनेत्री नयनतारा मलयालम सुपरस्टार दिलीपसँग देखिएकी थिइन् । यो फिल्मबाट नयनतारा मलयालम सिनेमामा कमब्याकसमेत गरिन । यो फिल्मले पचास करोडको व्यापार गरेको थियो । जुन मलयालम सिनेमाका लागि निकै ठूलो रकम हो।
त्यसको एक वर्षपछि अर्थात् २०११ मा सिद्दिकीले त्यही फिल्म तमिल भााषामा बनाए । यस पटक कलाकार थिए थलपति विजय र असिन । यो तमिल भाषामा बनेको दोस्रो फिल्मले त्याे बेला नै सय करोड कमाएको थियो ।
तेस्रो पटक उही कथामा बलिउडमाम सलमान खान र करिना कपुरलाई लिएर यो फिल्म बनाइयो । तेस्रो पटक हिन्दीमा बनेको फिल्मले बम्पर कमाई गर्दै २५३ करोड कमाउन सपल भयो ।
यी निकै सफल चलचित्र बाहेक सिद्दिकीले ‘भास्कर द रास्कल’ जस्ता हिट चलचित्र पनि बनाए । सन् २०२० मा उनले ‘बिग ब्रदर’ नामको फिल्म बनाए । यो उनको जीवनको सबैभन्दा ठूलो फ्लप फिल्म थियो। मोहन लाल र अरबाज खानजस्ता स्टार भए पनि यो फिल्मले ६ करोड मात्रै कमाउन सक्यो ।
यो फिल्म सिद्दिकीको जीवनको अन्तिम फिल्म पनि साबित भयो। कोविड अवधिमा कलेजो सम्बन्धित समस्यासँग संघर्ष जारी राख्दै ७ अगस्ट २०२३ को दिन उनको जीवनको अन्तिम दिन साबित भयो।न्युजकारखाना
मुम्बई, १६ माघ ।
तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।
सानो बजेटकोा यो फिल्म अकल्पनिय रुपमा रकम संकलन गर्नसमेत सफल भयो । ‘हनुमान’को सफलता र लोकप्रियताका कारण दर्शकहरू जो सिनेमा हलमा हेर्न भ्याएननन, अब यसलाई उनीहरु ओटीटी प्लेटफर्ममा हेर्न निकै उत्साहित छन् र जसका कारण ओटीटी रिलिजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।
यसैबिच, भारतीय समाचार माध्यमका अनुसार ‘हनुमान’का निर्माताले आफ्नो ओटीटी पार्टनर तय गरेका छन् र फिल्मको रिलिज डेट पनि आइसकेको छ ।
सानो बजेटको फिल्म ‘हनुमान’ले दर्शकलाई निकै प्रभावित बनाएको छ । अब यो फिल्मको ओटीटी रिलिजको विवरण पनि सार्वजनिक भएको छ । यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने ‘हनुमान’ आगामी मार्च २ बाट अग्रणी ओटिटी प्लेटफर्म जी ५ मा स्ट्रिम हुनेछ।
वास्तवमा, फिल्मको निर्माताले सिनेमाघरमा रिलिज भएको तीन हप्तापछि डिजिटल रूपमा रिलिज गर्ने योजना बनाएका थिए तर फिल्मको भव्य सफलतालाई ध्यानमा राख्दै यसलाई सात हप्तापछि ओटीटीमा स्ट्रिम गर्ने निर्णय गरेका हुन् ।
‘हनुमान’को कमाई
‘हनुमान’ ले बक्स अफिसमा हलचल मचाउदै गर्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । समीक्षकहरूले पनि फिल्मको भिएफएक्सको प्रशंसा गरेका छन् । यो फिल्म रिलिजको तेस्रो हप्तामा छ र अझै पनि दर्शकको ठुलो घुइँचो सिनेमा हलमा देखिएको छ र राम्रो व्यापार पनि गरिरहेको छ । ‘हनुमान’ को कमाईको कुरा गर्दा यो फिल्मले घरेलु बजारमा रिलिज भएको १८ दिनमा कुल १७४.४५ करोडको व्यापार गरेको छ । विश्वभर यो फिल्मले रिलिजको १७ दिनमा करिब २ सय ७० करोडको कलेक्सन गरि ३ सय करोडको आँकडा छुन तर्फ अघि बढिरहेको छ ।
बक्स अफिसमाम हिट भएको ‘हनुमान’को कथा काल्पनिक गाउँ अञ्जनदरीमा घटेको घटनामा आधारित छ, जो हनुमानको महाशक्ति प्राप्त गर्ने एक युवकको हनुमानको वरिपरि घुम्छन ।
फिल्मको स्टार कास्टको कुरा गर्दा ‘हनु मान’ मा तेजा सज्जाका अलावा विनय राई, अमृता अय्यर र वरलक्ष्मी सरथकुमारको पनि महत्वपूर्ण भूमिका छ । हालै यो फिल्मका निर्माताले ‘हनुमान’ को सिक्वेलको पनि घोषणा गरेका छन् ।न्युजकारखाना.
मुम्बई, १६ माघ ।
ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूरको बहु प्रतिक्षित फिल्म फाइटर गत २५ जनवरीमा हलमा रिलिज भएको थियो ।
जसलाई पठान निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्म पठान जस्तो नभए पनि फ्यानबाट धेरै माया पक्कै पाइरहेको छ, जसका कारण फाइटरले दिनहुँ कीर्तिमानी कमाई गरिरहेको छ ।
भारतमा पनि यो फिल्म १०० करोड पार गर्न केही कदम मात्र टाढा छ । यो खुसीको खबर सुनेर फिल्मका कलाकार र क्रु मात्र नभई फ्यानहरु पनि खुसी हुनेछन् ।
बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार फाइटरले तेस्रो दिन २८ करोड कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १०० करोड नाघेको छ । विश्वव्यापी सङ्कलन १२५ करोड नाघेको छ।
दुई दिनको कमाईलाई हेर्ने हो भने भारतमा पहिलो दिन २२.५ करोडको ओपनिङ गरेको थियो । जहाँ विश्वभर यो संख्या ३६.०४ करोड पुगेको छ । दोस्रो दिन फिल्मले भारतमा ३९ करोड कमाएपछि विश्वभर यो अंक ९६ करोड पुगेको छ ।
उल्लेखनीय छ कि फाइटर बाहेक साउथको ‘मलाइको टाई भलिवान’ र ‘सिङ्गापुर सलुन’ पनि बक्स अफिसमा रिलिज भएका थिए । तर, दुवै फिल्म फाइटरभन्दा निकै पछाडि छन् । तर यसले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ । यसका साथै सालार, डंकी, गुंटुर करम, हनु मान, क्याप्टेन मिलर जस्ता फिल्मले पनि राम्रो कमाई गरेको देखिन्छ ।
न्युजकारखाना
मुम्बई, १६ माघ ।
फ्यानहरु अल्लु अर्जुनको फिल्म पुष्प २ को ब्यग्र प्रतिक्षामा रहेका छन् ।
यो फिल्म अगस्ट १५ मा हलमा रिलिज हुने तयारीमा रहेको छ । अल्लु अर्जुनकोा यो फिल्मबाट फ्यानहरुले धेरै नै अपेक्षा गरेका छन् । पुष्पाको पहिलो पार्टले बक्स अफिसमा यस्तो हलचल मचाएको थियो, त्यसपछि यसको दोस्रो पार्टलाई लिएर उत्साह बढेको छ ।
साथै, निर्माताहरूले फिल्मको बारेमा केहि अपडेटहरू दिइरहेका छन् जसका कारण फिल्म थप चर्चामा रहेको छ। पुष्पा–२ पछि पनि अल्लुले धेरै फिल्मबाट फ्यानलाई मनोरञ्जन दिनेछन् । उनीसँग अहिले धेरै परियोजनाहरू रहेको खबर बाहिर आएको छ ।
पुष्पा २ पछि अल्लु अर्जुन त्रिविक्रम श्रीनिवासको ‘एए २२’ मा देखिने छन् । यस फिल्ममा उनीसँगै त्रिशा मुख्य भूमिकामा देखिने छिन् । अल्लु अर्जुनको यो सूची यहाँ मात्रै समाप्त हुँदैन। भारतीय समाचार माध्यमकाा अनुसार उनी जवानका निर्देशक एटली कुमारसँग पनि काम गर्न लागेका छन् । यद्यपि, यो फिल्मको बारेमा आधिकारिक घोषणा भने अझै गरिएको छैन, जे होस अल्लु अर्जुन एटलीकुमारसँग देखिने लगभग पक्का जस्तै छ ।
समाचार अनुसार अल्लु अर्जुनले यसै वर्षको अन्त्यमा निर्देशक बोयापति श्रेणुसँग फिल्मको सुटिङ सुरु गर्न लागेका हुन् । उनले नै नयाँ फिल्मका बारेमा सहकार्य गर्न लागेको जनाएका छन । तर, यो फिल्मको बारेमा अहिलेसम्म कुनै घोषणा भने गरिएको छैन ।
पुष्प २ काउन्टडाउन सुरु
अब पुष्प २ रिलिज हुन २ सय दिन बाँकी छ । योसँगै फिल्मको चर्चालाई कायम राख्न निर्माताले नयाँ चाल सुरु गरेका छन् । उनले फिल्मको काउन्टडाउन सुरु गरिसकेका छन् । योसँगै एक पोस्टर पनि शेयर गरिएको छ । जसमा २ सय दिनमा काउन्ट डाउन सुरु भएको लेखेका छन ।
पुष्प २ को स्टारकास्टको कुरा गर्दा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना र फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् । जसलाई सुकुमारले निर्देशन गरेका हुन् ।न्युजकारखाना
काठमाडौं, १५ माघ ।
आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ ।
ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । एक्सन प्रधान दुई मिनेटको टिजरमा सौगातलाई प्रेमी देखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ ।
सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ ।
फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।
टिजरमा मुख्य कलाकारद्वय सौगात र नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ । साथमा, सौगातको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकको मन जित्ने पक्का छ ।
यो फिल्मलाई साउथ फिल्मको शैलीमा तयार पारिएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर पनि गज्जब छ । संजय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।
फिल्मले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको टिजरबाट अनुमान गर्न सकिन्छ । तर, टिजरले फिल्मको कथालाई रहस्यमै राखेको छ । यसकाकारण, दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन टिजर सफल छ । न्युजकारखाना
मुम्बइ, १५ माघ ।
आइतबार गुजरातको गान्धी नगरमा ६९औँ फिल्मफेयर अवार्डको आयोजना गरिएको थियो ।
यस पटक करण जोहर र मनिष पलले शो होस्ट गरेका थिए। वरुण धवन, जान्हवी कपूर र करीना कपुर खानजस्ता धेरै सेलिब्रेटीहरू उनीहरूको अभिनयबाट प्रभावित भएका थिए । यस वर्ष कुन विधामा कसले जिते अवार्ड ?
यो सुचीमा पहिलो नाम बलिउड अभिनेता रणवीर कपुरको छ । ‘एनिमल’मा उत्कृष्ट अभिनयका लागि रणवीरले उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । जहाँ फिल्म ‘रकी और रानी की प्रेम कहानी’ बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।
सर्वश्रेष्ठ निर्देशक
यस पटक फिल्मफेयर अवार्ड २०२४ मा ‘१२ वी फेल’ थियो। यस कल्ट फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड दिइएको थियो ।
उत्कृष्ट सहायक अभिनेता पुरुष
उनले शाहरुख खानको सुपरहिट फिल्म ‘डंकी’ मा विक्की कौशलको भूमिकाका लागि उत्कृष्ट सह–अभिनेता पुरुषको अवार्ड पाएका छन् ।
सर्वश्रेष्ठ डेब्यू निर्देशक
तरूण धुधेजाले ‘धक धक’ बाट उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पाएका छन् ।
उत्कृष्ट डेब्यु महिला–पुरुष
उत्कृष्ट डेब्यु फिमेलको अवार्ड ‘फररे’ अभिनेत्री अलिजेह अग्निहोत्रीले जिते भने ‘फराज’ बाट आदित्य रावलले उत्कृष्ट डेब्यु पुरुषको अवार्ड जिते ।
लाइफ टाइम अचीवमेंट
यस पटक निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । उनले हिन्दी सिनेमामा ठूलो योगदान दिएका छन् । उनले आफ्नो फिल्मबाट मानिसलाई धेरै मनोरञ्जन दिएका छन् ।
सर्वश्रेष्ठ क्रिटिक्स अभिनेत्री
रानी मुखर्जीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट उत्कृष्ट अभिनेत्रीको क्रिटिक अवार्ड प्राप्त गरिन्।
उत्कृष्ट पार्श्व गायक पुरुष
एनिमल’को सुपरहिट गीत ‘अर्जन भ्याली’का लागि भुपिन्दर बब्बलले उत्कृष्ट पार्श्व गायकको अवार्ड पाए ।
उत्कृष्ट पार्श्व गायिका महिला
शिल्पा रावले ‘बेशराम रंग’ बाट उत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारिन् ।
उत्कृष्ट सहायक अभिनेता पुरुष
शबाना आजमीले सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड प्राप्त गरिन्।
उत्कृष्ट म्युजिक एल्बम अवार्ड – ‘एनिमल’ बाट प्रीतम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन, हर्षवर्धन रामेश्वर र गुरिंदर सिगल
बेस्ट लिरिक्स अवार्डः अमिताभ भट्टाचार्य, (तेरे वास्ते फलक से मैं चाँद लौंगा)
उत्कृष्ट स्क्रिन प्लेः विधु विनोद चोपडा (१२ वी फेल)
उत्कृष्ट कथा – अमित राई (ओएमजी २) र ‘जोरम’ (देबाशिष माखिजा)
उत्कृष्ट अभिनेता समीक्षकः विक्रान्त मेसी (१२ वी फेल)
उत्कृष्ट अभिनेत्री समीक्षकः शेफाली शाह
सर्वोत्कृष्ट चलचित्र समीक्षकः देवाशिष माखिजा (जोरम)
न्युजकारखाना
मुम्बइ, १५ माघ ।
बलिउडका धेरै स्टारहरु आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् ।
कतिपय स्टारहरु आफ्नो पारिश्रमिकका कारण पनि चर्चामा रहन्छन् । कतिपय कलाकार यस्ता छन् जसको पारिश्रमिकले फिल्मको बजेट निकै बढ्छ । फिल्ममा मुख्य भूमिका होस् वा क्यामियो। कतिपय अभिनेत्रीले चलचित्रमा आफ्नो एउटा गीतको लागि ठूलो पारिश्रमिक लिने गरेका छन् ।
त्यसैगरी आज हामी तपाईलाई बलिउड अभिनेत्रीको बारेमा बताउन गइरहेका छौँ जसले एक मिनेटको अभिनयको १ करोड भारु लिन्छिन् ।
यो अरु कोहि नभई बलिउड अभिनेत्री उर्वशी रौतेला हुन । उनी एउटा गीतमा तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु असुलेको आरोपमा चर्चामा रहेको छ । भल्तेर वीराया र एजेन्ट जस्ता फिल्महरूमा आफ्ना अघिल्ला आइटम गीतहरूका लागि परिचित उर्वशी रौतेलालाई बोयापति श्रीनु राम पोथिनेनी फिल्मको लागि आइटम नम्बर गर्न अप्रोच गरिएको थियो।
समाचार अनुसार उर्वशी रौतेलाले आफ्नो तीन मिनेटको प्रस्तुतिको लागि ३ करोड भारु मागेकी थिइन् ।
यसको मतलब उनले प्रति मिनेट १ करोड रुपैयाँ कमाउनेछिन् र एक मिनेटको प्रदर्शनका लागि भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रूपमा नयाँ कीर्तिमान कायम गरेकी छिन । यो पहिलो हुनेछ किनभने अन्य कुनै पनि अभिनेत्रीले पर्दामा एक मिनेटको लागि १ करोड भारु पारिश्रमिक लिएको अझैसम्म बाहिर आएको छैन ।
यसअघि उर्वशी रौतेलाले साउथ इन्डियन मेगास्टार चिरञ्जीवीको फिल्म ‘भल्तेयर वीरैया’ मा आइटम नम्बरका लागि २ करोड भारु लिएको खबर आएको थियो ।न्युजकारखाना
मुम्बइ, १५ माघ ।
बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर ९१५ करोडभन्दा बढी कमाई गरेपछि एनिमलको दोस्रो भाग पनि चाँडै आउँदैछ ।
सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा थिए । यो फिल्मको स्ट्रिमिङ जनवरी २६ बाट नेटफ्लिक्समा सुरु भइसकेको छ ।
फ्यानहरु यो फिल्मको सिक्वेलको प्रतिक्षामा छन् । यस फिल्मको सिक्वेल शीर्षक एनिमल पार्क रहेको बताइएको छ । यस प्रोजेक्टको बारेमा रणवीर आफैंले केही रोचक अपडेट सेयर गरेका छन् ।
नेटफ्लिक्स इन्डियाका लागि स्ट्यान्ड अप कमेडियन अनुभव सिंह बस्सीसँगको कुराकानीमा रणवीरले एनिमलको निर्माणको क्रममा पनि धेरैलाई कथाबारे पूर्ण जानकारी नभएको खुलासा गरेका छन् ।
रणवीरले भने, ‘बबी देओल सरलाई कथाको बारेमा कुनै जानकारी थिएन। अनिल कपुर सरलाई बाबु छोराको कथा थाहा थियो। तर त्यहाँ धेरै पक्षहरू थिए जहाँ सन्दीप आफ्नो स्क्रिप्टको बारेमा धेरै गोप्य राखेका थिए। एनिमल उनी सँग एउटा पार्कको बारेमा दुई दृश्यहरू तयार छन्, जुन उनले मलाई सुनाएका थिए र उनी धेरै उत्साहित छन्।’
‘अब भाग एकको सफलताको कारण उनीहरूमा गहिरो, गाढा र थप जटिल हुने आत्मविश्वास छ,’ उनले भने । सोही कुराकानीका क्रममा रणवीर कपुरले पनि फिल्मले नकारात्मक प्रतिक्रिया पाए पनि यसले समाजमा ‘स्वस्थ’ कुराकानीको जन्म गराएको बताएका छन ।
रणवीरले भने, ‘विषाक्त पुरुषत्वको बारेमा पनि एकदमै स्वस्थ कुराकानी सुरु भएको छ, जुन राम्रो कुरा हो किनभने सिनेमाले कम्तिमा पनि यो वार्तालाप सुरु गरिरहेको छ। यदि केहि गलत छ भने त्यो गलत हो भनेर देखाउनु हुन्न । र, कुराकानी सुरु नभएसम्म समाजमा हामीले यो कहिल्यै महसुस गर्दैनौं।’
उनले भने, ‘त्यसैले हामीले खेलेका भूमिका पात्र हुन् । यो धेरै महत्त्वपूर्ण छ कि अभिनेताको रूपमा हामीले उनीहरूप्रति सहानुभूति राख्छौं किनभने हामीले यो चरित्र खेल्नुपर्छ। एक दर्शकको रूपमा तपाईंले के गलत हो निर्णय गर्नुपर्छ। तपाईंले गलत व्यक्तिमाथि फिल्म बनाउन सक्नुहुन्छ र गर्नुपर्छ किनभने यिनीहरू माथि चलचित्र नबनाएमा समाज कहिल्यै सुध्रने छैन।’न्युजकारखाना