२०८३ मंसिर ३
२०८३ मंसिर ३

​रौतहट, कात्तिक २३ ।
यस वर्षको शुभ दीपावली पर्व रौतहट जिल्लाभरि नै अत्यन्तै हर्षोल्लास र भव्य रूपमा मनाइएको छ। जिल्लाका प्रमुख बजार तथा ग्रामीण क्षेत्रहरूमा दीपावलीलाई लक्षित गरी घरआँगन सरसफाइ गर्नुका साथै झिलिमिली बत्ती र मैनबत्ती बालेर दीपावलीको उल्लास साटासाट गरिएको थियो।


​रौतहटको कटहरिया, फतुवा विजयपुर, गरुडा, मौलापुरलगायतका विभिन्न स्थानीय तह तथा बजार क्षेत्रहरूमा दीपावली पर्व निकै भव्यताका साथ सम्पन्न भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। दीपावलीको अवसरमा सम्पूर्ण क्षेत्रहरू रंगीचंगी बत्ती र दीपावलीको उज्यालोले झिलिमिली बनेका थिए।

​एउटा मात्र अप्रिय घटना शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा दीपावली पर्व सम्पन्न भए पनि जिल्लाको एक ठाउँमा भने आगलागीको अप्रिय घटना घटेको छ। प्राप्त समाचार अनुसार फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ स्थित एक मिस्त्रीको किराना पसलमा अचानक आगलागी भएको छ।


​स्थानीय किराना पसलमा भएको उक्त आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म आउन बाँकी रहेको छ। घटनाको खबर प्राप्त हुनासाथ स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले आवश्यक प्रयास गरेका थिए। यस बाहेक जिल्लाका अन्य कुनै पनि स्थानमा अन्य कुनै किसिमका अप्रिय घटना नभएको र समग्र जिल्लामा दीपावली शान्तिपूर्ण रूपमा सम्पन्न भएको सुरक्षा स्रोतले जनाएको छ।

​शान्ति सुरक्षाको कडा प्रबन्धबीच रौतहटवासीले यसपटकको तिहार तथा दीपावली पर्व आपसी सद्भाव र उल्लासका साथ मनाएका छन्।

बज्जिकाञ्चल,संवाददाता,राैतहट,१९ गते कार्तिक ।
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली कार्यालयमा हाजिर भएको दुई दिन नबित्दै सम्पर्कविहीन भएपछि नगरपालिका पुनः प्रशासनिक संकटमा परेको छ ।
गत कार्तिक १६ गते सोमबार कार्यालयमा हाजिर भएका उपसचिव ज्ञवालीले लामो समयदेखि कर्मचारीले गरेको तालाबन्दी खुलाउन पहल गर्दै समस्या समाधान गर्ने र नगरपालिका नियमित रूपमा सञ्चालन गर्ने आश्वासन दिएका थिए ।

उनको आश्वासनपछि नगर प्रमुख अजय प्रकाश जयसवालले कर्मचारीहरू सँग समन्वय गरि कार्यालयको तालाबन्दी खुलाएका थिए ।
तर, बुधबार नगर कार्यपालिकाको बैठक बसेपछि बिहीबारदेखि उनी कार्यालयमा उपस्थित नभएको र मोबाइल फोनसमेत स्विच अफ रहेको नगर प्रमुखको भनाइ छ । पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि कार्यालय प्रमुखको अनुपस्थितिले नगरपालिकाको प्रशासनिक कामकाज अन्योलमा परेको छ ।

नगरप्रमुख अजयप्रकाश जयसवालले नयाँ उपसचिवको आगमनसँगै नगरपालिका व्यवस्थित हुने र कर्मचारी तथा जनप्रतिनिधिका समस्या समाधान हुने अपेक्षा गरिएको बताएका छन् । नियम, विधि र प्रणालीअनुसार कार्यालय सञ्चालन गर्न आफूहरू तयार रहे पनि कार्यालय प्रमुख नै सम्पर्कविहीन हुनु दुःखद भएको सरोकारवालाहरूको गुनासो छ ।


दीपावली तथा छठजस्ता महत्वपूर्ण पर्व नजिकिँदै गर्दा कर्मचारीहरू तलब, सेवा–सुविधा तथा प्रशासनिक निकासको समस्याले थप चिन्तित बनेका छन् । कार्यालय प्रमुखको अनुपस्थितिले कर्मचारी मात्र नभई नगरपालिकाबाट सेवा लिन आउने सर्वसाधारणसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।


यस घटनाप्रति कर्मचारी तथा स्थानीय सरोकारवालाहरूले आक्रोश व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग तत्काल छानबिन गरी कार्यालय सञ्चालन र सेवा प्रवाह नियमित बनाउन माग गरेका छन् ।

रौतहट कार्तिक १५ गते

रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र थियो। पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि दुवै पुलको ठेक्का सम्झौता अन्त्य गरिएको हो।

यी दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभी, गरुडा, रौतहटसँग सम्झौता भएको थियो। सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दै अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्‍याइएको थियो। तर, निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन।

पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गर्ने निर्णयमा सरकार पुगेको मन्त्री लम्सालले बताएका छन्।

त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ। गत आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।

सडक डिभिजन चन्द्रनिगाहपुरले पनि ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ। सूचनाअनुसार लमाहा र लौकाहा खोला पुल निर्माणका लागि पप्पु/शिवशंकर जेभीसँग गरिएका दुईवटा ठेक्का तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नतिसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको हो।

सरकारले देशभर रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनाको निर्माण अघि बढाउन कडा नीति लिएको मन्त्री लम्सालले बताएका छन्। निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिने र त्यसबाट पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ।

लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको मन्त्री लम्सालले स्पष्ट पारेका छन्।सभार नागरिक न्युज

प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको खराब दिन सुरु हुने बताएका हुन्।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

प्रधानमन्त्रीले चेतावनी कसलाई लक्षित गरेर दिएको हो भन्नेबारे भने खुलाएका छैनन्।

काठमाडौं । विचौलियाका अवाञ्छित गतिविधिसँग जोडेर प्रधानन्यायाधीश र न्यायाधीशबारे सञ्चारमाध्यममा आएका विवादका विषयमा निर्णय लिन सोमबार (कात्तिक १३) सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दै छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको बैठकले अदालतमा देखिएका विकृति र विवाद समाधानका लागि संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिइसकेको अवस्थामा बस्न थालेको सर्वोच्चको फुलकोर्ट बैठकलाई विशेष चासोपूर्वक हेरिएको छ ।

रास्वपाको उक्त निर्देशनका कारण सर्वोच्चका जो सुकैमाथि महाअभियोग लाग्न सक्ने त्रासको छायामा सर्वोच्चका न्यायाधीश परेका छन् ।

बिचौलियासँग हिमचिम र उठ–बसको विषय बाहिरिएपछि ठोस धारणा बनाउन प्रधानन्यायाधीश डा. मनोज शर्माले शुक्रबार डाकेको सम्पूर्ण न्यायाधीश संलग्न फुलकोर्ट बैठक ठोस निष्कर्षबिना उठेको थियो ।

कार्यालय खुलेलगत्तै करिब एक घण्टासम्म चलेको बैठकमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान विदेशमा रहेका कारण सहभागी थिएनन् ।

भोलिको बैठकमा महाभियोगको विषयवस्तु र आन्तरिक छानबिन प्रस्तावमा छलफल हुने जानकारी सर्वोच्चका एक न्यायाधीशले दिए । “सत्तारुढ दलबाटै संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिएको विषय मिडियामार्फत जानकारीमा आएको छ । यस्ले सबै श्रीमान् (न्यायाधीश) हरूमा भयत्रासको वातावरण छ,” सर्वोच्चका ती न्यायाधीशले बाह्रखरीले राखेको जिज्ञासामा संक्षिप्त प्रक्रिया दिँदै भने, “यो विषय (महाभियोग) मा फुलकोर्ट बैठकमा छलफल हुने स्वाभाविक भैहाल्यो । जहाँसम्म बिचौलिया भनिएकासँग भेटघाटबारे कुरा छ, संसद्को विषय बन्न नदिई आन्तरिक रूपमा छानबिनको प्रस्ताव जाने र एक मतले एउटा निष्कर्षमा पुग्ने सम्भावना छ ।”

शुक्रबारकै बैठकमा सहभागी कतिपय न्यायाधीशहरूले उच्चस्तरीय आन्तरिक छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन उपयुक्त हुने भन्दै सुझाए पनि ठोस निर्णय भने भएन ।

बिचौलियाको आरोप लागेका सापकोटासँग हिमालय होटलमा भेटघाट गरी सँगै चिया–खाजा लिएको विषयमा अरु न्यायाधीशसमेत संलग्न रहेको विषय मिडियामार्फत बाहिरिएपछि शुक्रबार सर्वोच्चका कतिपय न्यायाधीशले समकक्षी न्यायाधीश हरि फुयाललाई भेटेर सरोकार राखेका थिए ।

“चारजना न्यायाधीशले उहाँ (फुयाल) लाई च्याम्बरमा गएर कुरा राख्दा आफ्नो बारेमा प्रस्ट पारेको हुँ, अरुका बारे केही भनेको होइन । कसरी आयो मलाई थाहा भएन भन्नुभयो,” सर्वोच्चका एक न्यायाधीशले भने ।

यता, न्यायपालिकामा देखिएका विकृति र विवादमा संसद्बाटै आवश्यक प्रक्रिया अगाडि बढाउने तयारीमा रास्वपा छ । सम्पत्ति शुद्धीकरण र अन्य शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिनुअघि सापकोटासँग सर्वोच्चका न्यायाधीश सम्पर्कमा रहेको तथ्य बाहिरिएपछि रास्वपाभित्र ‘महाभियोग’ र ‘न्यायालय पुनर्संरचना’ को एजेण्डाले प्रवेश पाएको हो ।

सभापति रवि लामिछानेकै पहलकदमीमा महाभियोगदेखि न्यायालय पुनर्संरचनासम्म पार्टी सचिवालयबाट संस्थागत निर्णय भएको छ ।

लामिछानेले बिहीबार पनि यस विषयमा सभामुख डीपी अर्यालसँग ‘वान टू वान’ कुराकानी गरेका थिए । कानुन पृष्ठभूमिका एकजना रास्वपा सांसदले बताएअनुसार, लामिछानेले न्यायाधीश–बिचौलिया सम्बन्ध, सम्पर्कलाई लिएर अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, कानुनविद् रहेका रास्वपानिकट प्रतिनिधिसभा सदस्यलगायतसँग छलफल गरेका थिए ।

कानुन पृष्ठभूमिका सांसदले  बताएअनुसार रास्वपा बैठकमा तत्कालै एक्सनमा जानुपर्ने भन्दै अधिकांश पदाधिकारीको राय आएकोे छ । कतिपय रास्वपा सांसदले सर्वोच्च वा न्यायपरिषद्बाटै आन्तरिक छानबिन गरी निकास निकास खोज्न समेत सुझाएका थिए । रास्वपाका अधिकांश सांसद भने महाभियोगको पक्षमा देखिएको जनाइएको छ ।

“प्रधानन्यायाधीश शर्मा आफैँ सापकोटासँग प्रत्यक्ष कुराकानीमा संलग्न नदेखिएकाले शंकाको सुविधा दिनुपर्ने भन्ने एकाथरी साथीहरूको कुरा पनि आएको छ । माथिदेखि तलसम्म जो जोबाट गलत भएको छ, सबैलाई सजायको भागिदार बनाउनुपर्छ भन्ने पनि छ,” ती सांसदले भने, “संविधानबमोजिम महाभियोगको औचित्य पुष्टि हुनेगरी प्रत्यक्ष्य विवादमा मुछिएकाको हकमा मात्र एक्सनमा जानुपर्ने भन्ने पनि कुरा आएको छ । होइन, सोलोडोलो अदालतको पुनर्संरचनामै जानुपर्ने भन्ने राय पनि छ ।”

रास्वपा संसदीय दलको सचिवालयले सोमबार यस विषयमा थप छलफल र परामर्श गर्ने भएको छ । बिचौलिया आरोपित सापकोटासँग कुपण्डोलस्थित हिमालय होटलमा सर्वोच्चका न्यायाधीश हरि फुयालसँगै अरु न्यायाधीश समेतले मुद्दाका सन्दर्भमा भेटघाट गरेको विषय मिडियामा बाहिरिएपछि अहिले संसद्, न्यायालय, सत्तारुढ रास्वपासहितका राजनीतिक दल, नागरिक समाज, नेपाल बारलगायत क्षेत्र तरंगीत छ ।

रामअधार यादब, रौतहट, कार्तिक १४ गते ।

सागर संगम ठाकुर,रौतहट, कार्तिक १४ गते।

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरका प्रत्याशी धर्मेन्द्र पटेलले नगरपालिकाको विकास निर्माण, स्वास्थ्य सेवा, नगर अस्पतालको सञ्चालन तथा सार्वजनिक सम्पत्तिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

जनताले ठूलो आशा र भरोसाका साथ निर्वाचित गरेका जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उनले नगरपालिकाको विकासका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र जवाफदेहिताको आवश्यकता औँल्याएका हुन्।

शुक्रबार बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा प्रस्तोता सागर संगम ठाकुरसँगको अन्तर्वार्ताका क्रममा पटेलले नगरपालिकाको वर्तमान राजनीतिक अवस्था, जनप्रतिनिधिहरूको कार्यशैली र विकास निर्माणका योजनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले नगर प्रमुख प्रेमलाल साह र वडा नं. ४ का अध्यक्ष रामप्रवेश प्रसाद पटेल निलम्बनमा परेको प्रसंग उल्लेख गर्दै त्यसपछि नगरपालिकाको नेतृत्व तथा विकास निर्माणको अवस्था सन्तोषजनक नरहेको बताए। यसअघि तत्कालीन नगर प्रमुख धर्मेन्द्र पटेल निलम्बनमा पर्दा परनिया देवी पटेलले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हालेको प्रसंग स्मरण गराउँदै उनले पटक–पटक नेतृत्व परिवर्तन भए पनि नगरपालिकाको विकासले अपेक्षित गति लिन नसकेको टिप्पणी गरे।

निर्वाचनका बेला जनतासमक्ष विभिन्न प्रतिबद्धता गर्ने तर निर्वाचित भएपछि ती प्रतिबद्धता कार्यान्वयनमा पर्याप्त ध्यान नदिने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। जनताले विश्वास गरेर सुम्पिएको जिम्मेवारीलाई जनप्रतिनिधिहरूले परिणाममुखी काममार्फत प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।

नगर अस्पताल निर्माणसँगै सञ्चालनमा पनि ध्यान दिनुपर्ने
अन्तर्वार्ताका क्रममा पटेलले नगर अस्पताल निर्माण तथा सञ्चालनको विषयलाई विशेष प्राथमिकताका साथ उठाए। आफ्नो कार्यकालमा नगर अस्पतालको शिलान्यास गरिएको र अहिले भवन निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै उनले अस्पताल निर्माणका लागि उपयुक्त स्थान छनोट तथा सहज पहुँचलाई प्राथमिकता दिनुपर्ने बताए।

जयनगर–वीरगन्ज मुख्य सडकसँग जोडिएको क्षेत्रमा फोरलेन सडक निर्माण भइरहेको र उक्त सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको उल्लेख गर्दै उनले दुर्घटनामा घाइते हुने तथा अन्य बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन सकिने स्थानमा अस्पताल स्थापना गर्नुपर्ने धारणा राखे।

नगरपालिकाले भाडाको घरमा तामझामका साथ नगर अस्पतालको सेवा सुरु गरे पनि केही समयपछि नियमित सञ्चालन हुन नसकेको विषयमा उनले प्रश्न उठाए। अस्पताल किन नियमित सञ्चालन हुन सकेन र स्वास्थ्य सेवा प्रभावकारी बनाउन के–कस्ता समस्या देखिए भन्नेबारे नगरपालिकाले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो।

नगर अस्पताल निर्माणमा ठूलो रकम लगानी भइसकेको अवस्थामा त्यसको प्रभावकारी उपयोग हुनुपर्नेमा जोड दिँदै उनले भवन निर्माण सम्पन्न भएपछि आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापनसहित नियमित स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बताए।

पोखरी सौन्दर्यीकरणमा करोडौँ लगानी, उपलब्धिमाथि प्रश्न
पटेलले नगरपालिकाको कार्यालयअगाडि रहेको पोखरीको संरक्षण तथा सौन्दर्यीकरणमा भएको लगानीको उपलब्धिमाथि पनि प्रश्न उठाए। पोखरीको संरक्षण र सौन्दर्यीकरणका नाममा करोडौँ रुपैयाँ खर्च भएको भनिए पनि त्यसअनुरूपको सुधार र आकर्षक स्वरूप देखिन नसकेको उनको टिप्पणी थियो।

उनका अनुसार पोखरीको नियमित सरसफाइ, घेराबार, पैदलमार्ग निर्माण, व्यायामस्थल, फूलबारी तथा हरियाली व्यवस्थापन गर्न सके त्यसलाई नगरको आकर्षक सार्वजनिक स्थलका रूपमा विकास गर्न सकिन्छ। तर नगरपालिकाको कार्यालयकै अगाडि रहेको पोखरीको अवस्था दयनीय रहनुले विकाससम्बन्धी प्राथमिकता र योजनाको प्रभावकारितामाथि प्रश्न उठाएको उनले बताए।

अघिल्लो नेतृत्वको कार्यकालमा समेत पोखरी सौन्दर्यीकरणले अपेक्षित गति लिन नसकेको र वर्तमान कार्यवाहक नेतृत्वले जिम्मेवारी सम्हालेको करिब दुई महिना बितिसक्दा पनि ठोस पहल तथा प्रगति सार्वजनिक हुन नसकेको उनको आरोप थियो।

अवसर पाए कामबाट क्षमता देखाउने दाबी
नगरपालिकाको विकासका लागि बजेट खर्च गर्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै पटेलले योजनाको छनोट, कार्यान्वयनमा पारदर्शिता र दीर्घकालीन विकासको दृष्टिकोण आवश्यक रहेको बताए।

नगर अस्पताल, पोखरी सौन्दर्यीकरणलगायत सार्वजनिक महत्त्वका योजनालाई प्राथमिकतामा राखेर जनताको वास्तविक आवश्यकता सम्बोधन हुने गरी काम गर्नुपर्ने उनको धारणा थियो।

उनले अवसर पाए देवाही गोनाही नगरपालिकाको विकासका लागि आफ्नो क्षमता र दृष्टिकोण काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे। जनताले दिएको आशा र भरोसालाई सम्मान गर्दै नगरको समग्र विकास तथा नागरिकको सेवामा जनप्रतिनिधिहरू केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

नगरपालिकामा नेतृत्व परिवर्तनसँगै विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला पटेलले सार्वजनिक गरेका धारणा तथा आरोपबारे नगरपालिका र वर्तमान कार्यवाहक नगर प्रमुखको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। यस विषयमा सम्बन्धित पक्षको धारणा पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ।

आरएन पटेल, रौतहट, कार्तिक १२ गते।

रौतहटको फतुवा बिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवका छोरा आदित्य कुमार यादव नेपाली कांग्रेस परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनीसँगै सयोंको संख्यामा युवा तथा विभिन्न दलका नेता–कार्यकर्ताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन्। यस पार्टी प्रवेश कार्यक्रमले फतुवा बिजयपुरको स्थानीय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ।

बिहीबार गुजराको नगरपालिका–८ मा आयोजित जसपा नेपालको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै आयोजित पार्टी प्रवेश कार्यक्रममा आदित्य कुमार यादवसहित सयकड़ो संख्याका नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको हो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री एवं पूर्वसंविधानसभा सदस्य माननीय गोविन्द चौधरी, मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादव, केन्द्रीय सदस्य तथा गुजराको नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता सहभागी थिए।

नेपाली कांग्रेस पार्टीबाट दुई कार्यकाल फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका गोपाल राय यादवका छोरा आदित्य कुमार यादवको जसपा नेपाल प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनीसँगै जेनजी पुस्ताका युवासहित विभिन्न राजनीतिक दल परित्याग गरी आएका कार्यकर्ताहरू जसपा नेपालमा आबद्ध भएपछि नगरपालिकाको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पर्न सक्ने चर्चा सुरु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई उचित स्थान र जिम्मेवारी दिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले पार्टीमा आबद्ध भएका नेता तथा युवाहरूलाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।

त्यसैगरी, जसपा नेपालका मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवले नवप्रवेशीहरूलाई बधाई तथा शुभकामना दिँदै पार्टीमा उचित सम्मान र स्थान प्रदान गरिने बताए। उनले अग्रगामी मोर्चा तथा जसपा नेपाल जनताको सुख–दुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। युवाहरूको सक्रियता र योगदानको कदर गर्दै उनीहरूलाई आवश्यक सहयोग तथा अवसर उपलब्ध गराउने विश्वाससमेत उनले दिलाए।

कार्यक्रममा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने नेता, कार्यकर्ता तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवप्रवेशीहरूको आगमनले जसपा नेपालको संगठन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फतुवा बिजयपुरका नगर प्रमुखका छोरासहित युवाहरूको पार्टी प्रवेशले स्थानीय राजनीतिमा नयाँ बहस सुरु भएको छ। आगामी दिनमा यसले नगरपालिकाको राजनीतिक गतिविधि र दलहरूबीचको प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

आरके श्रीवास्तव,राैतहट,०८ गते कार्तिक ।
रौतहटको व्यस्त व्यापारिक केन्द्र कटहरिया बजारमा सञ्चालित लोकप्रिय शक्ति मार्टले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा भव्य वार्षिकोत्सव मनाएको छ । मार्टले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूलाई लक्षित गर्दै विशेष उपहार वितरण तथा केक काटेर खुसीयाली साटासाट गरेको हो ।

वार्षिकोत्सव समारोहमा मार्टका सञ्चालक महाशक्ति निरालाले मार्टले स्थापनाकालदेखि नै यस भेगका उपभोक्ताहरूलाई गुणस्तरीय सामानहरू सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सेवाको गुणस्तरलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाँच जना लकी विजेता पुरस्कृत
वार्षिकोत्सवको अवसरमा मार्टले सञ्चालन गरेको लकी ड्र कार्यक्रमअन्तर्गत पाँच जना भाग्यशाली विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख पुरस्कारमा कटहरिया निवासी निरज शाहले पहिलो पुरस्कारस्वरूप ३२ इन्चको स्मार्ट टेलिभिजन प्राप्त गर्नुभएको छ ।

 

तथा अन्य पुरस्कारहरू बाँकी चार जना विजेताहरूलाई घरयासी प्रयोजनका लागि उपयोगी पानी तताउने इलेक्ट्रिक क्याटल, थर्मस लगायतका आकर्षक उपहारहरू प्रदान गरिएको थियो ।

कार्यक्रममा कटहरिया बजार तथा आसपासका गाउँबाट आएका स्थानीय उपभोक्ता, व्यापारी तथा बुद्धिजीवीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उपस्थित महानुभावहरूले शक्ति मार्टले यस क्षेत्रका जनतालाई सहज रूपमा दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराएर ठूलो राहत दिएको बताएका थिए । कार्यक्रमका बीच केक काटेर वार्षिकोत्सवको खुसियाली मनाइएको थियो ।
दैनिक ५०० रुपैयाँको खरिदमा स्क्र्याच कुपन योजना घोषणा
वार्षिकोत्सवको उल्लासलाई थप दीर्घकालीन बनाउँदै शक्ति मार्टले ग्राहकहरूका लागि नयाँ योजना समेत सार्वजनिक गरेको छ । सञ्चालक निरालाका अनुसार गत असाेज ०१ गते देखि मार्टमा आउने ग्राहकहरूले दैनिक ५०० रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा एक थान स्क्र्याच कुपन प्राप्त गर्नेछन् ।
उक्त स्क्र्याच कुपनमार्फत ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने गर्दछन् । यो योजनाले स्थानीय उपभोक्ताहरूमा थप उत्साह जगाउने विश्वास मार्टले लिएको छ ।

सागर संगम ठाकुर,रौतहट,कार्तिक ७ गते
रौतहटको कटहरिया नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय डुमरियाका प्रधानाध्यापक नवल किशोर ठाकुरले विद्यालयको शैक्षिक तथा भौतिक रूपमा सुधार गर्दै नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न पहल अघि बढाइएको बताएका छन ।


विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्ने तयारी, अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना तथा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने अभियानलाई प्राथमिकतामा राखिएको प्रधानाध्यापक ठाकुरले बताएका हुन्।बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा प्रस्तोता आरके श्रीवास्तव संग कुराकानी गर्दै प्रधानाध्यापक ठाकुरले विद्यालयको समग्र विकासका लागि स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।


उनका अनुसार नगर प्रमुख जयप्रकाश जैसवालको सल्लाह र सहयोगमा विद्यालयको शैक्षिक तथा भौतिक सुधारको काम अघि बढाइएको हो ।आफू यसअघि बलरामपुर माध्यमिक विद्यालयमा कार्यरत रहेको उल्लेख गर्दै उनले नगर प्रमुखको सुझावअनुसार डुमरिया विद्यालयमा जिम्मेवारी सम्हालेपछि त्यहाँका समस्या पहिचान गरी सुधारको प्रयास थालेको बताए ।


आफू विद्यालयमा पुग्दा कक्षा ८ सम्म मात्रै पठनपाठन भइरहेको र शिक्षकको समेत अभाव रहेको उनले जानकारी दिए।विद्यालयमा त्यतिबेला आठ जना मात्रै शिक्षक रहेकाले पठनपाठन सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ ।


स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेर कक्षा ९ सञ्चालन गरिएको र क्रमशः कक्षा १० सम्म विस्तार गरिएको उनले बताए ।नगर प्रमुखको सहयोग तथा शिक्षक व्यवस्थापनका लागि गरिएको पहलपछि विद्यालयमा शिक्षकको संख्या बढेर करिब १८ पुगेको र विषयगत शिक्षकको व्यवस्था पनि भएको उनले जानकारी दिए।
विद्यालयको भौतिक पूर्वाधार विकासअन्तर्गत भवन निर्माण र कम्पाउन्ड वाललगायतका काम अघि बढाइएको छ ।


विद्यालयका लागि नगर प्रमुखका बुबाले एक कठ्ठा जग्गा उपलब्ध गराएको तथा पोखरीको क्षेत्रबाट तीन कठ्ठा १५ धुर जग्गा प्राप्त भएको प्रधानाध्यापक ठाकुरले बताए ।
विद्यालयमा तीनवटा भवन रहेको उल्लेख गर्दै उनले उपलब्ध संरचनालाई उपयोग गरी कक्षा ११ र १२ सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।


विद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएपछि नर्सरीदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजना रहेको पनि उनले बताए ।डुमरिया विद्यालय विगतमा शैक्षिक रूपमा पछाडि परेको र तत्कालै अंग्रेजी माध्यम सञ्चालन गर्न आवश्यक तयारी पूरा नभएको उल्लेख गर्दै उनले क्रमिक रूपमा शैक्षिक गुणस्तर सुधार गरेपछि उक्त योजना कार्यान्वयन गर्ने बताए ।


सामुदायिक विद्यालयले पनि समयअनुसार अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको धारणा थियो।कार्यक्रममा टेलिफोनमार्फत सहभागी विवेक यादव नामका श्रोताले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।


स्थानीय विद्यालयमा आवश्यक सुविधा र गुणस्तरीय शिक्षा उपलब्ध भए विद्यार्थीलाई गरुडा तथा अन्य स्थानका निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता कम हुने उनको भनाइ थियो।श्रोताको प्रश्नको जवाफ दिँदै प्रधानाध्यापक ठाकुरले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन प्रभावकारी पठनपाठन, अनुशासन र नियमित अनुगमन आवश्यक रहेको बताए।


सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने पुरानो धारणालाई व्यवहारमै गुणस्तरीय शिक्षा प्रदान गरेर परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।
अभिभावकले आफ्ना छोराछोरीको कापी जाँच गर्ने, कक्षाकार्य तथा गृहकार्यको अवस्था बुझ्ने र शिक्षकले पढाएका विषयवस्तुको मूल्यांकन गर्ने बानी बसाल्नुपर्ने उनले सुझाव दिए ।


शिक्षक र अभिभावकबीच नियमित समन्वय भए सामुदायिक विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उनले बताए।विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रधानाध्यापकले अन्य विद्यालयबाट समेत विद्यार्थी आउने क्रम जारी रहेको जानकारी दिए ।


अनुभवी शिक्षकहरूबाट व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गरिएकाले विद्यार्थी र अभिभावकको विश्वास क्रमशः बढिरहेको उनको भनाइ छ।
विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनसमेत अभियान सञ्चालन गरिएको उनले बताए ।


भर्ना अभियानका क्रममा विद्यालयको टोली मुसहरी टोल तथा दलित समुदायको बस्तीमा पुगेर अभिभावकसँग छलफल गरेको थियो ।उक्त अभियानपछि केही बालबालिका विद्यालयमा भर्ना भएको र आगामी शैक्षिक सत्रमा थप बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए।विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रधानाध्यापकले अन्य विद्यालयबाट समेत विद्यार्थी आउने क्रम जारी रहेको जानकारी दिए ।


अनुभवी शिक्षकहरूबाट व्यवस्थित रूपमा पठनपाठन सञ्चालन गरिएकाले विद्यार्थी र अभिभावकको विश्वास क्रमशः बढिरहेको उनको भनाइ छ ।विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनसमेत अभियान सञ्चालन गरिएको उनले बताए ।भर्ना अभियानका क्रममा विद्यालयको टोली मुसहरी टोल तथा दलित समुदायको बस्तीमा पुगेर अभिभावकसँग छलफल गरेको थियो ।


उक्त अभियानपछि केही बालबालिका विद्यालयमा भर्ना भएको र आगामी शैक्षिक सत्रमा थप बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य राखिएको उनले जानकारी दिए ।लामो समयदेखि विद्यालयबाहिर रहेका बालबालिकालाई नियमित पठनपाठनमा सहभागी गराउन चुनौती रहे पनि निरन्तर प्रयासबाट उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन सकिने उनले बताए ।


निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई समेत सामुदायिक विद्यालयतर्फ आकर्षित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।लामो समयदेखि विद्यालयबाहिर रहेका बालबालिकालाई नियमित पठनपाठनमा सहभागी गराउन चुनौती रहे पनि निरन्तर प्रयासबाट उनीहरूलाई शिक्षाको मूलधारमा ल्याउन सकिने उनले बताए ।


निजी विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई समेत सामुदायिक विद्यालयतर्फ आकर्षित गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।विद्यालयलाई नमुना बनाउन भने जग्गाको अभाव प्रमुख चुनौतीका रूपमा रहेको प्रधानाध्यापक ठाकुरले बताए ।पर्याप्त जग्गा, थप भवन, आवश्यक शैक्षिक सामग्री र विषयगत शिक्षकको व्यवस्था गर्न सके विद्यालयलाई व्यवस्थित रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।


यसका लागि नगरपालिकाले जग्गा खरिद गर्न बजेट छुट्याउने, पूर्वाधार निर्माण गर्ने र आवश्यक जनशक्तिको व्यवस्था गर्ने अपेक्षा आफूले राखेको उनले बताए ।
कार्यक्रमको अन्त्यमा प्रधानाध्यापकले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकार, जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायलाई सहकार्य गर्न आग्रह गरे।


सामुदायिक विद्यालयप्रति विश्वास बढाउँदै सबै बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले डुमरिया विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता ठाकुरले व्यक्त गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।