<

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले  ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।

नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।

अब तेस्रो खेलमा पाकिस्तानले मंगलबार युएईविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । अब नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0