<

काठमाडौँ । ‘चपली हाइट’ फेम निर्माता अर्जुन कुमारले सानो संसार नामको फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको छ ।

फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती) ले मुहूर्त सट दिएकी थिइन् ।

सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ । उनीहरु सबैले यही फिल्मबाट डेब्यु गर्दैछन् । यही जेठ अन्तिमबाट काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन हुने निर्माता अर्जुनले बताए ।

फिल्ममा निर्देशक सिद्धार्थ र सरिष्मा पुडासैनीको संयुक्त लेखन छ । शुभमुहूर्तसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । आगामी दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट फिल्म सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको संयुक्त निर्माण रहने फिल्मले सानो परिवारको कथालाई पेश गर्ने निर्देशक पुडासैनीले बताए । उनले पछिल्लोपटक ‘चपली हाइट ३’ निर्माण गरेका थिए ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0