<

मुम्वई, १५ फागुन ।

विधुत जामवाल हालै रिलिज भएको फिल्म ‘क्र्याक’का कारण चर्चामा छन् ।

 

उनको फिल्म २३ फेब्रुअरीमा हलमा रिलिज भएको थियो र राम्रो कमाई गरिरहेको छ ।

 

यसैबीच, विद्युत जामवालले चर्चित चलचित्र समीक्षक सुमित कँडेलमाथि ठूलो आरोप लगाएका छन् । अभिनेताले फिल्म समीक्षकले फिल्मको मूल्याङ्कनका लागि पैसा लिएको आरोप लगाएका छन् ।

 

एक्समा पोस्ट गर्दै ‘क्र्याक’ अभिनेताले लेखेका छन, ‘घुस माग्नु अपराध हो, दिनु पनि अपराध हो, मेरो अपराध यो हो कि मैले दिइन ? सुमित कँडेल, त्यसैले जहिले पनि कसैको तारिफ गर्छौ, अपराधी थाहा छ ।’ विद्युतले पोस्टसँगै स्क्रिनसट पनि सेयर गरेका छन् जसमा सुमित कडेलले अभिनेतालाई एक्समा ब्लक गरेको देखिन्छ ।

 

विधुत जामवालको यो आरोपमा चलचित्र समीक्षक सुमित कँडेलले पनि क्रिप्टिक पोस्ट गर्दै प्रतिक्रिया दिएका छन् । सुमित कँडेलले नाम नलिई एक्समा पोष्ट गर्दै विद्युतलाई सरल इशारामा निशाना बनाएका छन् । उनले लेखेका छन्, ‘साथीहरू, मैले यो स्पष्ट गर्न चाहन्छु कि यो कुनै सुपरस्टार वा यस पुस्ताका स्टारहरूको लागि होइन। यो पोस्ट अरू कसैको लागि हो, जो स्टार होइन तर आफूलाई ब्रुस ली र ज्याकी च्यान ठान्छन ।’

 

फिल्म समीक्षकले थप लेखेका छन्– ‘मैले उद्योगका लगभग सबै मुख्य कलाकारलाई भेटेको छु र ती सबै धेरै राम्रा छन् । मैले भेटेको एक मात्र पागल उहाँ नै हुनुहुन्छ। उद्योगका मानिसहरूले बुझ्नेछन्, कृपया कमेन्ट बक्समा कसैलाई नराम्रो नलाग्न अनुरोध छ।’न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0