२०८३ श्रावण १५
२०८३ श्रावण १५

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरु बताउछन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

अर्कोतर्फ साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउँछन् । यद्यपि यसको कुनै शास्त्रीय वचन भने नभएको बताइन्छ ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।  एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १स् १५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

बैठकमा गृह मन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ । त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन् ।

यस्तै, राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृह मन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ ।

यसैगरी बैठकमा संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।   एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा गण्डकी प्रेदशको पहाडी भूभागको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ साउन १५ गते शुक्रबार ईस २०२६ जुलाई ३१ नेपाल सम्बत ११४६ दिल्लाथ्व द्वितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल द्वितीया, चन्द्रमा मकर राशिमा, घनिष्ठ नक्षत्र, सौभाग्य योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा बजे हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज साउन १५, खीर खाने दिन परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ अवसर र सकारात्मक परिवर्तनको संकेत बोकेको छ। बिहानदेखि नै मनमा उत्साह बढ्नेछ र अधुरा रहेका काम पूरा गर्ने प्रेरणा मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको सक्रियता, नेतृत्व क्षमता र समयमै निर्णय गर्ने बानीले राम्रो सफलता दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक वा साझेदारीको सम्भावना देखिन्छ। आर्थिक रूपमा आम्दानी बढ्ने संकेत छ र पुरानो लगानीबाट पनि लाभ प्राप्त हुन सक्छ। परिवारमा सुख, शान्ति र आत्मीयता कायम रहनेछ। प्रियजनसँगको भेटघाटले मनलाई आनन्दित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायाम र सन्तुलित भोजनले थप स्फूर्ति प्रदान गर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्षेत्रमा सहकर्मी र वरिष्ठ व्यक्तिको साथले महत्त्वपूर्ण काम समयमै सम्पन्न हुनेछ। विगतदेखि रोकिएका योजनाले गति लिन सक्छन्। व्यापार–व्यवसायमा नियमित लाभ कायम रहनेछ। आर्थिक रूपमा खर्च र आम्दानीबीच राम्रो सन्तुलन रहनेछ। बचत गर्ने योजनाले भविष्यलाई थप सुरक्षित बनाउनेछ। परिवारका सदस्यहरूसँग आत्मीय सम्बन्ध अझ बलियो बन्नेछ। सामाजिक भेटघाटले नयाँ अवसरको ढोका खोल्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा शान्ति अनुभव हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको सिर्जनशीलता, चतुर व्यवहार र स्पष्ट अभिव्यक्तिले धेरैको मन जित्नेछ। अध्ययन, लेखन, सञ्चार, शिक्षण तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन उपलब्धिमूलक रहनेछ। कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना देखिन्छ। नयाँ सम्पर्क र चिनजान भविष्यमा लाभदायक बन्न सक्छ। साथीभाइको सहयोगले महत्त्वपूर्ण योजना सफल हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र उत्साह दुवै बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज पारिवारिक जीवनमा सुखद वातावरण कायम रहनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। घरमा कुनै शुभ कार्यको चर्चा हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, लगनशीलता र जिम्मेवारीबोधको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। घर वा सम्पत्तिसँग सम्बन्धित विषयमा सकारात्मक निर्णय हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति र सन्तुष्टि कायम रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज आत्मविश्वास र नेतृत्व क्षमताले तपाईंलाई विशेष सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास अझ मजबुत बन्नेछ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिएको छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च रहनेछ। प्रियजनसँग बिताएको समय सुखद रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा दिनभर ऊर्जा तथा स्फूर्ति कायम रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन र निरन्तर मेहनतले राम्रो परिणाम दिलाउनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। आवश्यक खर्च भए पनि बचत गर्ने अवसर मिल्नेछ। परिवारमा आपसी समझदारी र सहयोग बढ्नेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट फलदायी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित जीवनशैलीले थप ऊर्जा प्रदान गर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा उल्लेखनीय सुधार आउने सम्भावना देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। नयाँ योजना सफल हुने सम्भावना बलियो छ। परिवारसँग खुसीका क्षण बिताउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध विस्तार हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा सकारात्मक सोच र आत्मविश्वास बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज निरन्तर मेहनत र धैर्यले तपाईंलाई उल्लेखनीय उपलब्धि दिलाउनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हात लाग्ने सम्भावना बलियो छ। व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ। आर्थिक अवस्था मजबुत बन्दै जाने संकेत देखिन्छ। परिवारमा प्रेम, विश्वास र आत्मीयता बढ्नेछ। प्रियजनसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह तथा आत्मबल कायम रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज आशावादी सोच र दृढ इच्छाशक्तिले नयाँ उपलब्धिको मार्ग खोल्नेछ। अध्ययन, व्यापार, वैदेशिक क्षेत्र वा यात्रासँग सम्बन्धित काममा सकारात्मक परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप आत्मीय बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। दिनभर मन प्रसन्न र ऊर्जावान रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र मार्गदर्शन प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्न सके बचत बढ्नेछ। भविष्यका लागि दीर्घकालीन योजना बनाउने उपयुक्त समय रहनेछ। परिवारका सदस्यहरूको सुझाव लाभदायक सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण कायम रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु आवश्यक हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।