२०८३ भाद्र १०
२०८३ भाद्र १०

काठमाडौँ । मनोद्दीपक औषधि ट्रामाडोल ७२ हजार ९०० क्याप्सुलसहित लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ महानगरपालिका–६ कुमारीगालबाट दुई जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी तथा विशेष अभियान सञ्चालन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरू औषधिजन्य मनोद्दीपक पदार्थको अवैध कारोबारमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–६ घर भएका २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल ७२ हजार ९०० क्याप्सुल, बा.५७ प २४२४ नम्बरको एउटा स्कुटर र एक थान मोबाइल बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । अभियन्ता एएवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याएको छ ।

झापाबाट आइतबार काठमाडौँ आएका प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको हो ।

निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि नियन्त्रणमा लिएर भक्तपुरस्थित घर पुर्‍याएको प्रहरीले जानकारी इद्येको छ ।

प्रसाईले गणेश नेपालीको मृत्यु प्रकरण लगाएका विषयमा आफ्ना समर्थकहरु र मिडियालाई विमानस्थलमै सम्बोधन गर्ने तयारी गरेका थिए । त्यसका लागि विमानस्थलमा ठुलो संख्यामा उनका समर्थक र मिडियाकर्मी विमानस्थलमा उपस्थित थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा परिवार र पिडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएको छ ।

सरकारको तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा परिवारका तर्फबाट मृतक नेपालीकी पत्नीसहितबीच सहमति भएको हो ।

सहमतिका बुँदाहरू: 

१- यस घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नेछ।

२- स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ ।

३- घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानविन आयोगको प्रतिवेदन/सिफारिस बमोजिम जाने गरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने ।

४- काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।

५- काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ ।

६- मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइनेछ ।

७- पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ ।

८- मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौंमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।

९- पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य विमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मलाइनेछ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

उनीहरूको चार वर्षअघि विवाह भए पनि अहिलेसम्म नागरिकता नबनेको र विवाह दर्ता पनि नभएको पाइएपछि विशेष अवस्था भएको भन्दै काठमाडौँबाट एकमायालाई नागरिकता दिइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिएका छन् । साथै उनको विवाह दर्ता पनि गरिएको पौडेलले बताएका छन् । अब उनको राष्ट्रिय परिचय पत्र पनि बनाइदिने उनले बताए  ।

राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खन्याएर आगो लगाएका गणेशको शुक्रबार उपचार क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि आइतबार सरकार पक्ष र परिवारबीच ९ बुँदे सहमति भएको छ।

परिवार र सरकारबीच सहमति भएसँगै अब परिवारले शव बुझ्न सहमत भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । देशभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष सोही अवधिमा भने ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६५.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत क्षेत्रमा,   बागमतीमा ५७.१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, मधेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९३. १० प्रतिशत, कर्णालीमा ८३.२३ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७१.०३ प्रतिशत, कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ । यसको प्रमुख कारण मनसुन ढिला शुरु हुनु र मलखादको व्यवस्था नहुनु रहेको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोली हुन सक्ने भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले अचानक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अकस्मात बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपासको क्षेत्रमा यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने र नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी तथा पहिरोको सम्भावित जोखिम व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।

विपद् व्यवस्थापनमा सहयोग गर्ने साझेदार संस्थाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बर मोबाइलमा सुरक्षित राख्न तथा आवश्यक पर्दा सम्पर्क गर्न आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदुरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश सहित कोशी, बागमती, गण्डकी,  लुम्बिनी प्रदेशको पहाडी  र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार २८ गते आइतबार ईस २०२६ जुलाई १२ नेपाल सम्बत ११४६ तछलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण द्वादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन नयाँ अवसरलाई आत्मविश्वासका साथ उपयोग गर्ने समय रहनेछ। विगतदेखि रोकिएका केही काममा सकारात्मक प्रगति देखिनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, निर्णय क्षमता र नेतृत्व शैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने भएकाले समय व्यवस्थापनमा विशेष ध्यान दिनु उचित हुनेछ। व्यापार–व्यवसायमा सामान्यभन्दा राम्रो लाभ मिल्ने संकेत देखिन्छ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना रहे पनि आवश्यकताअनुसार मात्र खर्च गर्नु बुद्धिमानी हुनेछ। परिवारमा आपसी विश्वास र सहयोगको वातावरण कायम रहनेछ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर पर्याप्त आराम र सन्तुलित खानपानलाई बेवास्ता नगर्नुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सही निर्णय लिन मद्दत गर्नेछ। कार्यक्षेत्रमा विगतको मेहनतले राम्रो परिणाम दिन थाल्नेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ भने सहकर्मीको सहयोग पनि सहज रूपमा मिल्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत गर्ने योजना प्रभावकारी बन्नेछ। व्यापारमा साना लगानीबाट पनि लाभ प्राप्त हुन सक्छ। परिवारमा शान्ति, मेलमिलाप र आत्मीयता कायम रहनेछ। आफन्तसँगको भेटघाटले मनमा नयाँ ऊर्जा थप्नेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज सिर्जनशील सोच, प्रभावकारी संवाद शैली र आत्मविश्वासले तपाईंलाई विशेष सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने सम्भावना छ। सहकर्मी तथा साथीभाइको सहयोगले जटिल काम पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ र सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह कायम रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज परिवारसँग सम्बन्धित विषयले मनमा खुसी ल्याउनेछ। घरमा मेलमिलाप, सहयोग र समझदारीको वातावरण कायम रहनेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारीबोध र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सामान्य सुधार आउनेछ। नयाँ योजना बनाउन वा भविष्यका विषयमा छलफल गर्न उपयुक्त समय रहनेछ। कुनै शुभ समाचारले मन उत्साहित बनाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता, आत्मविश्वास र स्पष्ट निर्णयले तपाईंलाई विशेष उपलब्धि दिलाउन सक्छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। नयाँ जिम्मेवारी वा अवसरले भविष्यमा राम्रो प्रगतिको आधार तयार गर्न सक्छ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि दीर्घकालीन सोचका साथ निर्णय लिनु उपयुक्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ। परिवारको साथ र प्रोत्साहनले मनोबल उच्च रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, अनुसन्धान, तालिम तथा ज्ञानसँग सम्बन्धित कार्यमा उल्लेखनीय सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो प्रतिफल दिलाउनेछ। नयाँ सीप सिक्ने वा आफ्नो अनुभव प्रयोग गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र नियमित जीवनशैलीले थप स्फूर्ति दिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो छ। रोकिएको रकम प्राप्त हुने, व्यापारमा लाभ बढ्ने वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। व्यवसाय विस्तार गर्ने योजना सफल बन्न सक्छ। परिवारसँग खुसीका क्षण बित्नेछन् र घरमा सुखद वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा राम्रो अवसर प्रदान गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि हतारमा ठूलो निर्णय नगर्नु उपयुक्त हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक ऊर्जा पनि उच्च रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले तपाईंलाई नयाँ उपलब्धितर्फ डोर्‍याउनेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान बढ्नेछ। भविष्यका योजना बनाउन र नयाँ लक्ष्य निर्धारण गर्न दिन अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझाव महत्त्वपूर्ण निर्णयमा उपयोगी बन्नेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त विश्राम लिनु राम्रो हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले मनमा सन्तुष्टि ल्याउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई सफलताको नयाँ बाटो देखाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र आपसी विश्वास कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यमा लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति महसुस हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा अपेक्षाभन्दा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउनेछ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना छ। साँझतिर सुखद समाचार प्राप्त हुन सक्छ, जसले भविष्यप्रति नयाँ आशा र उत्साह जगाउनेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर बढ्दै जानेछ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।