२०८३ बैशाख १३
२०८३ बैशाख १३

गोरखा : खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ।

प्रहरी चौकी नजिकै भएर होला, चोरी, लुटपाट लगायत विभिन्न अपराधिक क्रियाकलाप हुँदैनन् र त्यसको डर पनि छैन यी बस्तीका मानिसहरूलाई तर एउटा मात्र डर छ कि कति बेला हावाहुरी चल्छ, पानी पर्छ अनि जस्ता र त्रिपाल उदाउँछ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको दिन सम्झिँदै ५७ वर्षीय माइती माया सुनार ‘भूकम्पअघि हामी डाँडागाउँको गैरीगाउँमा बस्थ्यौँ। ढुङ्गा–माटोको घर थियो,’ उनी भन्छिन्, ‘एक्कासी भूकम्प आयो र घर भत्कियो। घर, घडेरी सबै पहिरोको जोखिममा परेपछि हामी यहाँ आएँ, त्यसयता त्रिपालमुनि बस्नुपरेको छ।’

यहाँ त खेती गर्नका लागि न खेतबारी छ नत ढुक्कसँग बस्नका लागि घर नै छ, कतिबेला हावाहुरी, पानी पर्ने थाहा छैन। अहिले यस बस्तीमा २४ घरपरिवारका लागि महिला र पुरुष गरी जम्मा २ वटा मात्र शौचालय छन, जुन व्यवस्थित भने छैन।थाहा खबर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ह्वाइट हाउस संवाददाता संघको रात्रिभोज कार्यक्रममा गोली चलाउने व्यक्ति दक्षिण क्यालिफोर्नियाका शिक्षक तथा भिडियो खेल निर्माता रहेको खुलेको छ ।

गोली चलाउने व्यक्ति ३१ वर्षीय कोल टोमस एलेन भएको सिएनएनले उल्लेख गरेको हो । राष्ट्रपति ट्रम्पसहित उच्च अधिकारीहरू सहभागी भएको कार्यक्रममा उनलाई हतियारसहित नियन्त्रणमा लिइएको छ । उनी लस एन्जलस नजिकैको टोरेन्स क्षेत्रमा बसोबास गर्दै आएका थिए । सार्वजनिक अभिलेखअनुसार एलेन परीक्षा तयारी तथा ट्युसन सेवा दिने एक संस्थामा अंशकालीन शिक्षकका रूपमा काम गर्थे । उनलाई सन् २०२४ डिसेम्बरमा कम्पनीले ‘महिनाको उत्कृष्ट शिक्षक’ समेत घोषणा गरेको थियो ।

उनले सन् २०१७ मा क्यालिफोर्निया प्रविधि संस्थानबाट यान्त्रिक इन्जिनियरिङमा स्नातक गरेका थिए । त्यसपछि गत वर्ष क्यालिफोर्निया राज्य विश्वविद्यालय-डोमिङ्गेज हिल्सबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर पूरा गरेका थिए । विद्यार्थी जीवनमा उनले ह्विलचेयरका लागि आपत्कालीन ब्रेकको नमुना तयार गरेका थिए, जसका कारण स्थानीय समाचारमा पनि स्थान पाएका थिए । एलेनले आफूलाई भिडियो खेल निर्माता पनि बताएका छन् । उनले ‘बोर्डम’ नामक स्वतन्त्र भिडियो खेल सार्वजनिक बिक्रीमा राखेका थिए । साथै ‘फर्स्ट ल’ नामक दोस्रो खेल विकास गरिरहेको जानकारी पनि दिएका थिए ।

उनले किन गोली चलाए भन्ने बारेमा भने खुलासा हुन बाँकी रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।

उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भारतको दिल्ली विमानस्थलमा उडान भर्ने क्रममा स्विस एयरलाइन्सको विमानको एउटा इन्जिन बिग्रिएपछि आगलागी भएको छ । त्यसपछि पाइलटले तुरुन्तै विमान रोकेर ठूलो दुर्घटना टारेका छन् ।

स्विस एयरलाइन्सको एलएक्स १४७ उडान शनिबार राति १: ०८ बजे स्विट्जरल्यान्डको ज्युरिखका लागि उड्ने तयारीमा थियो । टेकअफको क्रममा विमानको एउटा इन्जिनमा समस्या आएर आगो लागेको बताइएको छ।

अधिकारीहरूका अनुसार सबै यात्रुलाई आपत्कालीन स्लाइडमार्फत सुरक्षित रूपमा रनवेबाट बाहिर निकालिएको थियो। घटनामा ६ जना यात्रु घाइते भएका छन् ।

एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा बिग्रिएको विमान एयरबस ए ३३० रहेको जनाएको छ। विमान रनवेमा पुगेपछि बायाँतर्फको अवतरण चक्काबाट धुवाँ निस्किएको देखिएपछि उडान तत्काल रोकिएको थियो ।

एयरलाइन्सले स्थानीय टोली घटनास्थलमा खटिएको र यात्रुको हेरचाह भइरहेको जनाएको छ । साथै स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिने बताएको छ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।