२०८३ जेष्ठ १६
२०८३ जेष्ठ १६

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे÷नगरेको सम्बन्धमा अनुगमन र सहजिकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेका विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने भन्ने व्यवस्था छ ।

यस्तै, शिक्षा नियमावली, २०५९ मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई गरीब, आङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुरुप सम्पूर्ण विद्यालयहरुले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गर्न निर्धारण गरिएको छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नमावली आईएमआईएसमा तत्काल अध्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।  साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी विद्यालयहरुले सार्वजनिक गर्ने तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे÷नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अद्यावधिक गर्न लगाउने पत्रमा भनिएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । दिवंगत बलिवुड गायिका आशा भोसलेको मुम्बईस्थित शिवाजी पार्क शवदाह गृहमा पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

उनलाई महाराष्ट्र प्रहरीले गार्ड अफ अनर दिएको थियो । बलिउड गायकहरूले उनको गीत ‘अभी ना जाओ छोडकर…’ गाएर उनलाई बिदाइ दिएका थिए ।

सोमबार बिहान उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि उनको मुम्बईस्थित निवास कासा ग्रान्डेमा राखिएको थियो । उनलाई राष्ट्रिय झण्डाले बेरिएको थियो र सलामी दिइएको थियो ।

उनको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो । उनी ९२ वर्षकी थिइन् । आशा भोसले आफ्नो ८२ वर्षको गायन करियरमा नौ फिल्मफेयर पुरस्कारसहित १०० भन्दा बढी पुरस्कार जितेकी थिइन् । उनलाई देशको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरिएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । दिवंगत बलिवुड गायिका आशा भोसलेको मुम्बईस्थित शिवाजी पार्क शवदाह गृहमा पूर्ण राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । उनलाई महाराष्ट्र प्रहरीले गार्ड अफ अनर दिएको थियो । बलिउड

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्दै आएको स्पष्ट पारेको छ।

निगमका अनुसार मार्च ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रति लिटर २२१.३२ , डिजेलको २९४.९९, मट्टितेलको २४३.७० र हवाई इन्धनको आन्तरिक तर्फ  प्रतिलिटर २५७८२ र एलपी ग्यासको प्रति सिलिन्डर २३४१.२५ लागत रहेको छ ।

निगमले पछिल्लो पटक मुल्य समायोजन गर्दा पेट्रोलमा प्रति लिटर २. ३२ डिजेलमा ८७.९९ र मट्टितेलमा ३६.७० घाटा रहेको छ । त्यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा रहेको निगमले जनाएको छ । निगमले यस अनुसार १५ दिन (पाक्षिक) मा ७ अर्ब ८१ करोड ६१ लाख घाटा हुने अवस्था रहेको जानकारी दिएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि ढुवानी लागत, कर तथा विनिमय दरका कारण उपभोक्ता मूल्यमा तुरुन्तै समान अनुपातमा कमी गर्न कठिन हुने गरेको छ ।

आपूर्ति व्यवस्थापनलाई सहज बनाउन विभिन्न वैकल्पिक उपाय अपनाइएको जनाउँदै निगमले चाडपर्व नजिकिँदै गर्दा आपूर्तिमा कुनै समस्या नआउने दाबी गरेको छ । साथै अन्तर्राष्ट्रिय बजारअनुसार आगामी दिनमा मूल्य समायोजन गरिने पनि जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता,रौतहट, २९ चैत ।

रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। मेयर साहको प्रवेशसँगै स्थानीय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
देवाहीगोनाहीमा आयोजित भव्य कार्यक्रमबीच मेयर साहसहित वडा नं. ४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नं. ९ का अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरू सामूहिक रूपमा आजपामा प्रवेश गरेका हुन्। आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवका अनुसार अझै अन्य जनप्रतिनिधि र कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेका छन्।
कार्यक्रममा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नवप्रवेशी नेता तथा जनप्रतिनिधिहरूलाई खादा तथा अबिर लगाएर स्वागत गर्दै पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले जनताको अपेक्षा अनुसार काम गर्न र वैकल्पिक राजनीतिक शक्तिको रूपमा आजपालाई स्थापित गर्ने प्रतिबद्धता जनाए।
पछिल्लो समय अध्यक्ष साह विभिन्न नगर तथा गाउँस्तरमा सक्रिय रूपमा जनभेटघाट गर्दै आएका छन्। फतुवा विजयपुर, कटहरिया, मौलापुर लगायतका स्थानहरूमा नेता–कार्यकर्तासँग छलफल गर्दै जनताको समस्या र सुझाव संकलन गरिरहेका उनी आज देवाहीगोनाहीमा पनि व्यापक भेटघाट तथा अन्तरक्रियामा सहभागी भएका थिए।
स्थानीय स्तरमा प्रभावशाली जनप्रतिनिधिहरूको आजपामा प्रवेशसँगै रौतहटको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आउने आकलन गरिएको छ।

आरके श्रीवास्तव,रौतहट,२९ गते चैत ।
रौतहट क्षेत्र नं. ३ रास्वपाबाट नव निर्वाचित सांसद रविन्द्र पटेल धिरजले आज कटहरिया स्थित विवाह भवनमा स्थानीय जनतासँग आत्मीय भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

कार्यक्रममा उहाँले ठूलो संख्यामा उपस्थित जन्ताजनार्धनसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो । सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा रोजगारीका विषयमा आफ्ना धारणा राखेका थिए ।

सांसद पटेलले जनताका हरेक आवाजलाई नीति तथा योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका कार्यलाई तीव्रता दिने बताउनुभयो । उहाँले स्थानीय तहसँग सहकार्य गर्दै दिगो विकासका कार्यक्रमहरू अघि बढाउने स्पष्ट पार्नुभयो ।

भेटघाट कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै विकासप्रति साझा सहकार्यको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।

आरके श्रीवास्तव, रौतहट, २९ गते चैत ।
रौतहटको सन्तपुर क्षेत्रमा खानेपानी संकट गम्भीर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नभएको कारण सन्तपुर खानेपानी सरसफाइ आयोजनाको विद्युत लाइन काटेपछि शुद्ध खानेपानीको हाहाकार सिर्जना भएको हो ।

फतुवा विजयपुर–५, सन्तपुर दोस्तियामा सञ्चालित उक्त खानेपानी आयोजनाको विद्युत लाइन काटिएको करिब पाँच दिन बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन । विद्युत आपूर्ति बन्द भएसँगै पानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ, जसका कारण वडा भरिका स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन् ।

स्थानीयका अनुसार दैनिक उपभोगका लागि आवश्यक शुद्ध खानेपानी नपाउँदा जीवनयापन कष्टकर बनेको छ । “पाँच दिनदेखि पानीको निकै समस्या भइरहेको छ, तर अहिलेसम्म कसैले चासो देखाएको छैन,” स्थानीय मदन राय यादवले गुनासो व्यक्त गर्नुभयो ।

यस्तै, स्थानीय शेष मोमताज आलमले खानेपानी जस्तो आधारभूत सेवामा अवरोध हुनु अत्यन्तै गम्भीर विषय भएको बताउँदै तत्काल समाधानको माग गर्नुभयो । अर्का स्थानीय मुकेश कुमार पटेलले सम्बन्धित निकायको लापरबाहीका कारण सर्वसाधारणले दुःख पाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै, संजय यादवले पानीको अभावले दैनिक जीवन नै अस्तव्यस्त भएको उल्लेख गर्दै विद्युत लाइन तुरुन्त पुनः सञ्चालन गर्न आग्रह गर्नुभयो ।

यता, सम्बन्धित निकाय तथा राजनीतिककर्मीहरूले समस्या समाधानमा आवश्यक पहल नगरेको भन्दै स्थानीयले चर्को असन्तुष्टि जनाएका छन् । उनीहरूले तत्काल विद्युत लाइन पुनः सञ्चालन गरी खानेपानी सेवा सुचारु गर्न माग गरेका छन् ।

स्थानीयवासीले यस समस्यालाई गम्भीर रूपमा लिएर सम्बन्धित निकायले शीघ्र ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

आरके श्रीवास्तव,रौतहट,२९ गते चैत ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–३ बलुआ टोलमा लामो समयदेखि अपेक्षित नाला निर्माण कार्य अन्ततः सुरु भएको छ । वर्षौंदेखि विकास निर्माणमा उपेक्षित हुँदै आएको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए, तर यसपटक स्थानीय पहल र नगरपालिकाको सहकार्यले सकारात्मक सुरुवात भएको छ ।

स्थानीय युवा समाजसेवी शेष सेराज लगायत स्थानीय युवाहरूको टिमकाे सक्रिय पहलमा नगरप्रमुख सन्तलाल चौधरीले १८ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँका दुई स्थानमा नाला निर्माण कार्य अघि बढाइएको हो ।

सेराजका अनुसार, “पहिला पनि स्थानीय सरकारले प्रयास नगरेको होइन, तर विभिन्न कारणले काम अघि बढ्न सकेन । यसपटक भने स्थानीय बासिन्दा आफैं सक्रिय भएर सडक खाली गरेपछि नाला निर्माण सम्भव भएको हो । ” उनले नगरप्रमुख चौधरीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप विकासको अपेक्षा पनि गरेका छन् ।

यसैबीच, प्रदेश सरकारबाट सडक ढलानको काम समेत यसै वर्ष सुरु हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् । स्थानीय नैमुदिन मियाँले नाला निर्माण सुरु हुनु सकारात्मक भए पनि समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । अर्का स्थानीय जहुर मियाँले नाला निर्माणले गाउँको स्वरूप नै बदल्ने विश्वास व्यक्त गरे भने जाहिर हुसेनले ढिलै भए पनि स्थानीय सरकारले गाउँमा ध्यान दिएको भन्दै खुशी व्यक्त गरे ।

यता, जेन–जी उमेर समूहका युवाहरूले नाला निर्माणसँगै सडक ढलानको कामलाई पनि प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरूले समग्र पूर्वाधार विकासले मात्रै गाउँको दिगो सुधार सम्भव हुने बताएका छन् ।

स्थानीयको सक्रियता र सरकारको सहयोग मिल्दा बलुआ टोलमा सुरु भएको यो नाला निर्माण कार्यले अब समग्र विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।